• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सप्तरीमा पुस्तक व्यवसायीको सिन्डिकेट, संयुक्त लगानीमा सुरु भयो ‘पुस्तक महल’

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १०, २०७६  ०८:१०
1140x725

राजविराज- सरकारले शिक्षाको गुणस्तर सुधारमा अनेक प्रयास गरिरहेको छ। गरिब जनताका छोराछोरीलाई विद्यालयसम्म पुर्‍याउन सामुदायिक विद्यालयमा खाजा, पोशाक, छात्रावृत्ति, पाठ्यपुस्तकलगायतका सुविधा थपिरहेको छ। 

शिक्षाको गुणस्तर सुधारकै नाममा करोडौं रुपैयाँ लगानी गरिरहेको भएपनि प्रशासनिक र व्यवस्थापकीय कमजोरीका कारण सामुदायिक विद्यालयको गुणस्तरमा अपेक्षा अनुरुप सुधार आएको छैन। 

सामुदायिक विद्यालयको यही कमजोरीका कारण हातमुख जोर्ने समस्यामा रहेका नागरिकले पनि निजी विद्यालयमै बालबालिका भर्ना गराउनुपर्ने बाध्यता छ।

सर्वसाधारणको यही बाध्यताको फाइदा उठाएर सप्तरीमा यतिबेला निजी विद्यालय र पुस्तक व्यवसायीको सिन्डिकेट बनाएर सर्वसाधारणको ढाड सेक्न सुरु गरिएको छ।

यसरी ठगिँदैछन् अभिभावक
शैक्षिक सत्र सुरु भएसँगै राजविराजका करिब आधा दर्जन पुस्तक व्यवसायीको संयुक्त लगानिमा ‘पुस्तक महल’ सुरु भएको छ। बैसाख १ देखि सञ्चालनमा आएको महलमा अधिकांश नाम चलेका निजी विद्यालयका पुस्तक राखिएका छन्। ‘पालो पर्खेर पुस्तक किन्नु पर्छ। छुट पाउने आशा पनि छैन,’ एक अभिभावकले भने। 

राजविराजमा अन्य पुस्तक पसल नभएका होइनन्। तर, बाध्यात्मक अवस्था बनाइएकाले लाइन लागेरै भएपनि 'महल'मै पुस्तक किन्नु परेको अभिभावकहरू बताउँछन्। 

व्यवसायीको चंगुलमा फसेर विद्यालयहरूले तोकिएकै स्थानबाट पुस्तक किन्नुपर्ने अवस्था बनाइएकाले आफूहरूले दुःख पाएको उनीहरू बताउँछन्। 

‘हरेक वर्ष विद्यालयले पाठ्यपुस्तक परिवर्तन गर्छन्। नतिजा प्रकाशन भएको लामो समयसम्म अभिभाकलाई त्यसको जानकारी हुँदैन,’ अर्का एक अभिभावक भन्छन्, ‘कक्षा सञ्चालन हुने बेलामा कुनै एउटा पुस्तकको नाम लिएर फलानो विद्यालयमा पुस्तकको सूची छ। त्यहीबाट लिनु भनेर जानकारी गराइन्छ। ती पुस्तक विरलै अन्य पसलमा भेटिन्छन्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

विद्यालयले हरेक वर्ष पुस्तक परिवर्तन गर्ने र पसलको सेटिङमा अन्तिम समयमा सूची सार्वजनिक गर्ने प्रक्रियाकै कारण सर्वसाधारणले दुःख पाउने र आर्थिक रुपमा पनि घाटा व्यहोर्नु परिरहेको उनीहरूको भनाइ छ।

‘चिनेका पसलमा किन्न पाए केही छुट पाइन्थ्यो। यसवर्ष कक्षा ५ का १२ मध्ये ७ वटा पुस्तक परिवर्तन भएछ,’ राजविराज–६ का अभिभावक चर्तुभुज साहले भने, ‘परिवर्तन भएका पुस्तक अन्य पसलमा छैनन्।’ 

स्थानीय होलीक्रश बोर्डिङ स्कुलको कक्षा ५ मा पढ्ने छोराका लागि पुस्तक किन्न आएका उनले थपे, ‘यो भन्दा ठूलो ज्यादती के हुन्छ?’

Xtrem

Xtrem

यसरी एकजुट भए व्यवसायी 
पुस्तक व्यवसायीले अघिल्ला वर्षसम्म छुट्टाछुट्टै पसलबाट पाठ्यपुस्तक बेच्दै आएका थिए। तर, यस वर्ष भने अधिकांश नाम चलेका व्यवसायीहरूले एक जुट भएर संयुक्त पसल (पुस्तक महल) सञ्चालन गरेका छन्। 

एक पुस्तक व्यवसायीका अनुसार पुस्तक महल सञ्चालनमा आउनुका २ वटा कारण छन्।

विगतका वर्षहरूमा आफनो पुस्तक लगाउने प्रतिस्पर्धाका कारण विद्यालयसँग कमिसनको बार्गेनिङ हुन्थ्यो। तर, व्यवसायी एकजुट भएपछि विद्यालयसँग कमिसनको बार्गेनिङ हटेको छ। कमिसन दिनै नपर्ने र दिनै परे सबैको सहमतिमा थोरै दिए पुग्ने भएपछि व्यवसायी एकजुट भए। 

अर्कोतर्फ पब्लिकेशनसँग उधारोमा पुस्तक ल्याएर विद्यालयमा लगानी गरेका पसलहरूले त्यो पैसा असुल गर्न सकेका छैनन्। सोही बाध्यताका कारण विद्यालयले तिनै पुस्तक पसलमा सूची बुझाउनु पर्ने बाध्यता छ। 

‘यो सबै सेटिङ पब्लिकेशनले नै मिलाएका हुन्,’ ती व्यवसायी भन्छन्, ‘पब्लिकेसनले सिन्डिकेट बनाएर आफनो लगानी असुल गर्न खोजिरहका छन्।’ 

अन्यत्र पुस्तक नपाउने भएपछि महल मार्फत छुटको व्यवस्था पनि हटाइएको उनको भनाइ छ।

सर्वत्र आलोचना, प्रशासन मौन 
व्यवसायीको पुस्तक सिन्डिकेटका कारण अभिभावक र विद्यार्थी मात्र होइन, राजनितिक दलका नेता/कार्यकर्ता समेत रुष्ट छन्। स्थानीय प्रशासन र सरकारी लाचारीका कारण सर्वसाधारणले दुःख पाएको उनीहरूको भनाइ छ। 

‘सरकार सिन्डिकेट हटाएको घोषणा गरिरहेको छ। तर, नयाँ नयाँ सिन्डिकेटतयार भइरहेका छन्,’ नेकपाका नेता छेदि रजक भन्छन्, ‘प्रशासन र सरकारको लाचारी बुझिनसक्नु छ। यो भन्दा अराजकता के हुन्छ?’

पुस्तक महलमा बढी मूल्य लिएर पुस्तक बिक्री गर्ने गरेको विषयमा सोमबार विद्यार्थीहरूले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन्। यस्ता गतिविधि तत्काल नरोके आन्दोलन गर्ने विद्यार्थीले चेतावनी समेत दिए। 

सप्तरीका निमित्त सिडिओ तथा प्रशासकीय अधिकृत आनन्द ठाकुरले पुस्तक व्यवसायीको सिन्डिकेटका विषयमा आफूले पहिलो पटक जानकारी पाएको बताउँदै त्यसलाई नियन्त्रण गर्न र दोषीलाई कारबाही गर्न प्रकृया थाल्ने बताए।

सिन्डिकेटबनाउने निर्णय भएको छैन : महासंघ अध्यक्ष
पुस्तक व्यवसायी महासंघ सप्तरीका अध्यक्ष शिवनारायण साह‘सुरज’ले भने महासंघको निर्णय अनुसार पुस्तक महल सञ्चालन नभएको बताएका छन्।

‘सिन्डिकेटचलाउने गरी हाम्रो कुनै निर्णय छैन,’ उनले भने, ‘यदि त्यस्तो भइरहेको भए व्यक्ति-व्यक्ति मिलेर गरेको हुन सक्छ। यसमा संगठनको संलग्नता छैन।’

प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्