• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २७, २०८२ Fri, Apr 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'नेतृत्वको पुरुषवादी चिन्तनका कारण बाध्यताले निर्णय स्विकार्नुपर्‍यो' [भिडियो वार्ता]

64x64
नेपाल लाइभ शनिबार, मंसिर २, २०७४  ०७:५४
1140x725

एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की अध्यक्ष नवीना लामा यसपटक प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा छिन्। वाम गठबन्धनपछि माओवादी केन्द्रको अनेरास्ववियु क्रान्तिकारीसमेत समेटेर जम्बो परिचालन कमिटी बनाइएको छ। उनी निर्वाचन प्रचारको युवा-विद्यार्थी मोर्चाको सामूहिक नेतृत्व गरिरहेकी छिन्। चुनावकै सेरोफेरोमा रहेर लामासँग गरिएको संवाद : 

कस्तो भइरहेको छ चुनावी अभियान?
चुनावी दौडधुप एकदमै उत्साहजनक छ। संविधानलाई कार्यान्वयन गर्नका लागि प्रदेशससभा र प्रतिनिधिसभा निर्वाचन भइरहेको छ। वाम गठबन्धनको बहुमत आउने अवस्था भएकाले पनि चुनावी अभियान असाध्यै उत्साहजनक छ।

विद्यार्थी संगठनको मोर्चा सम्हाल्नुभएको तपाईंले चुनावी अभियानमा कत्तिको खटाउनुभएको छ विद्यार्थीहरुलाई?
स्थानीय तहको चुनावमा पनि हामीले विद्यार्थी परिचालन गरेका थियौं। अहिले वाम गठबन्धन निर्माण भएकाले अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त निर्वाचन परिचालन कमिटी निर्माण भएको छ। ११ हजार १ सय ११ जना चुनावी अभियानमा परिचालित छन्। कार्यकर्ताहरुमा एकताको भावनात्मक सन्देश फैलाउनका निम्ति म माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डको क्षेत्रमा केन्द्रित छु भने क्रान्तिकारीका अध्यक्ष एमाले अध्यक्ष कमरेड केपी ओलीको निर्वाचन क्षेत्रमा परिचालन हुनुभएको छ।

आवश्यक परेमा भिड्ने तयारी पनि छ कि क्या हो?
लड्ने/भिड्ने अवस्था आउँछ भन्ने हामीले सोचेका पनि छैनौं। कम्युनिस्ट पार्टी विभाजित हुँदा जनतामा वितृष्णा थियो। स्थिर सरकार पनि बन्न सकेन। जसले गर्दा जनताको मौलिक हक अझै पूरा हुन सकेको छैन। जनतालाई मौलिक हक प्रदान गर्न स्थायी सरकार चाहिन्छ र त्यसका लागि वाम गठबन्धनको जित हुनुपर्छ भन्ने अभियानका साथ हामी परिचालन भएका छौं।

स्थानीय चुनावमा माओवादी र कांग्रेसको गठबन्धनसँग प्रतिस्पर्धा गरेको एमालेले अहिले माओवादीसँग मिलेर गइरहेको छ, कस्तो लागिरहेको छ?
यो चाहिँ हामीलाई नयाँ लागिरहेको छ। तर कम्युनिस्ट केन्द्र बनाउने चाहना पूरा गर्नका लागि एमाले र माओवादीको गठबन्धनले सकरात्मक सन्देश दिएको छ। दुनियाँको राजनीतिक प्रणालीलाई हेर्ने हो भने कतिपय देशमा दुई वटा दलबीच मात्रै मुख्य प्रतिस्पर्धा छ। नेपालमा चाहिँ राजनीति व्यापार जस्तै भयो। कम्युनिस्ट र कांग्रेस मात्रै भएको अवस्थामा दुई पार्टीबीच वैचारिक लडाइँ हुन्छ र यसले राजनीतिमा प्रणालीको विकास गर्छ। राजनीतिलाई स्वच्छ बनाउन पनि मद्दत पुग्छ। एमाले र माओवादीबीच गठबन्धन मात्रै होइन दुई पार्टीबीच एकीकरण हुन पनि जरुरी छ।

प्रचण्डको निर्वाचन क्षेत्रमा कहिलेबाट खटिनुहुन्छ?
निर्वाचनको मनोननयनकै दिनदेखि म प्रचण्ड कमरेडको निर्वाचन क्षेत्रमा सक्रिय छु। चुनावीसभामा भाग लिइरहेको छु। त्यहाँ अनेरास्ववियु र क्रान्तिकारीको संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर विद्यार्थीहरुलाई खटाइरहेको छु।

nimb
nimb
Ncell 2
Ncell 2

तपाईं जस्तो युवाहरु प्रत्यक्ष निर्वाचन नलडेर समानुपातिक निर्वाचनमा लड्दा के राम्रो सन्देश जाला?
हामीले प्रत्यक्ष नै निर्वाचन लड्ने भनेका थियौं। संगठनको आन्तरिक चुनावमा कहिल्यै पराजय नभोगेको र स्ववियुमा लडेको अनुभव लिएको हुनाले प्रत्यक्ष नै लड्छु भन्ने आँट थियो। मैले हामी जस्तो युवा, महिला जनजाति प्रत्यक्ष चुनवामा लड्दा पार्टीको सान/गरिमा छुट्टै हुन्छ भनेको थिएँ। नेताहरुले त्यसमा धेरै चासो राख्नुभएन। पार्टीको नेतृत्वमा पुरुषवादी चिन्तन र पुरातनवादी सोच भएका कारण बाध्यताले पार्टीको निर्णय स्वीकार गरेर अघि बढेँ।

जनजाति र महिलाहरुलाई समानुपातिक सूचीमा राखेर कोटा मात्रै पुर्‍याउन खोज्दा तपाईंहरुको क्षमताको अवमूल्यन गरेको जस्तो देखियो नि?
यसलाई दुई वटा कोणबाट हेर्नुपर्छ। एउटा नेतृत्वले महिलाहरुको क्षमतालाई कम मूल्यांकन गर्दा यो समस्या आएको हो। अर्को, संविधानमा महिला जनजाति युवाहरुलाई प्रत्यक्ष निर्वाचनतर्फ कोटा नराख्दा यो समस्या आएको हो। ३३ प्रतिशत प्रतिनिधित्व पुर्‍याउनका लागि धेरैलाई समानुपातिक सूचीमा राखिन्छ। महिलालाई नेतृत्व दिनुपर्छ र महिला सशक्तीकरणको सवाल व्यवहारमै कार्यान्वयन गर्नुपर्छ। महिलाहरुलाई नेतृत्वको अवसर नदिएकै कारण हामीले प्रत्यक्षमा अवसर नपाएका हौं। पार्टीभित्र हामीले दबाब दिनुपर्थ्यो तर बाध्यात्मक परिस्थितिका कारण सबै पार्टीका संगठनले दबाब दिन सकेका छैनन्।

नेपाली महिलाहरुको आर्थिक स्रोतमा पहुँच कम छ। महिलाहरुले निर्वाचनमा पैसा खर्च गर्न सक्दैनन् भन्ने हिसाबले पनि प्रत्यक्षमा अवसर नदिएको हो कि?
यो पनि एउटा कारण हुन सक्छ। तर हामी पूर्ण रुपमा पार्टीलाई समय दिने मान्छेले कहाँबाट पैसा ल्याउने? पार्टीले उत्पादनसँग जोड्ने त भनेको छ। उत्पादनमा लाग्न पैसा पनि चाहियो, समय पनि आवश्यक भयो। समय पार्टीलाई दिनुपर्दा त उत्पादनमा लाग्न सकिँदैन। पैसावाललाई मात्रै चुनावमा उठाउन हुँदैन, यसले पार्टीलाई ध्वस्त पार्छ। संगठन विस्तारमा योगदान पुर्यासएका र सक्रिय कार्यकर्तालाई मात्रै अवसर दिनुपर्छ। कसैसँग पैसा लिएर टिकट दिने परम्परा अन्त्य हुनुपर्छ।

यसमा त तपाईंहरुको पनि कमजोरी छ नि, नेतृत्वले गरेको कामलाई सहजै  स्वीकार गरेको र सशक्त ढंगले लड्न नसकेको देखियो नि?
महिला सशक्तीकरणका लागि पार्टीभित्र हामीले केही गर्न सकेनौं, यसलाई स्वीकार गर्नैपर्छ। आगामी दिनमा यो परिपाटीलाई अन्त्य गर्न पहल गर्नैपर्छ। पार्टीले पनि आफूलाई सुदृढीकरण गर्नुपर्छ।

राज्य संरचनामा समावेशी समानुपातिक खोजिरहँदा पार्टी संरचनामै समावेशी/समानुपातिक प्रतिनिधित्वका लागि पार्टीको भेला या अधिवेशनमा बोलेको पाइँदैन नि?
म अनेरास्ववियुको महासचिव हुँदा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व स्ववियुमा सुनिश्चित गर्ने,  केन्द्रीय कमिटीमा ५० प्रतिशत महिला सुनश्चित गर्ने र नगरेमा कमिटी अवैधानिक हुने भनेको थिएँ। तर कार्यान्वयन हुन सकेको छैन। दलहरुको जनवर्गीय संगठनमा  ५० प्रतिशत  महिला सहभागिता अनिवार्य हुनुपर्छ। यो भयो भने महिला नेतृत्वको विकास हुन्छ। यसको लागि पार्टी नेतृत्वलाई हस्तक्षेपकारी दबाब दिन जरुरी छ।

प्रतिनिधिसभामा  पार्टीले अवसर  दियो भने संसदमा महिला सशक्तीकरणको एजेन्डा उठाउनुहुन्छ?
म महिलालाई प्रत्यक्ष उम्मेदवारीमा कोटा निर्धारण गर्न संसदमा आवाज पक्कै उठाउँछु। अहिले पनि मैले 'म आफैलाई समानुपातिकमा होइन प्रत्यक्षमा टिकट दिनुस्, मेरो जित सुनिश्चित छ' भनेकै थिएँ। मैले पार्टीमा काभ्रे वा बानेश्वरका क्षेत्रमा मलाई टिकट दिनुस् भनेको थिएँ। पार्टीले समानुपातिकमा राखिदियो। मागेर मात्रै टिकट नपाइने रहेछ। महिलाहरुले टिकटका लागि हारगुहार गर्नुपर्ने अवस्था अन्त्यका लागि पार्टीमा अब म सशक्त भएर लाग्छु।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै
लेबनानसँग वार्ता थाल्न मन्त्रिपरिषद्लाई इजरायली प्रधानमन्त्री नेतन्याहूको निर्देशन
वनमा आगो लगाएको अभियोगमा मुद्दा दायर
सम्बन्धित सामग्री
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो। बिहीबार, माघ १५, २०८२
छैठौं टाइगर कपमा एनसेलको सहकार्य यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवद्र्धनमा अर्थपूर्ण योगदान पुर्‍याउनुका साथै स्थानीय तहका युवालाई सशक्त बनाउँदै भविष्य... शुक्रबार, माघ ९, २०८२
एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर अफर अन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ। शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै शुक्रबार, चैत २७, २०८२
लेबनानसँग वार्ता थाल्न मन्त्रिपरिषद्लाई इजरायली प्रधानमन्त्री नेतन्याहूको निर्देशन शुक्रबार, चैत २७, २०८२
वनमा आगो लगाएको अभियोगमा मुद्दा दायर शुक्रबार, चैत २७, २०८२
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर शुक्रबार, चैत २७, २०८२
आज सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
रास्वपाले राप्रपालाई गरेको थियो सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बिहीबार, चैत २६, २०८२
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्