• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २७, २०८२ Fri, Apr 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'ठूलो परिवर्तन गर्ने लक्ष्यसहित राजनीतिमा आएको हुँ'

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १, २०७४  १४:१९
1140x725

विनोद चौधरी, फोर्ब्समा सूचीकृत एक मात्र नेपाली खर्बपति व्यवसायी हुन्। विश्वका धेरै मुलुकमा आफ्नो व्यापार–व्यवसाय बिस्तार गरिसकेका चौधरी अघिल्लो संविधानसभामा एमालेका तर्फबाट मनोनित सभासद थिए। एमालेले दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ चुनाव लड्न गरेको आग्रह उनले मानेनन्। करिव ५ वर्ष प्रत्यक्ष राजनीतिबाट टाढा रहेका चौधरी एकाएक फेरि राजनीतिमा फर्किएका छन्। तर, यसपटक उनी कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिक सूचीमा छन्। राजनीतिमा पुनरागमनबारे उनीसँग सरोजराज अधिकारीले गरेको संवादः

५ वर्षपछि नेपाली राजनीतिमा दोस्रो इनिङ्स खेल्न आइरहनुभएको छ। किन राजनीतिमा फर्कनुभयो? 

पहिलो संविधानसभामा गएँ। त्यसको बनोट फरक थियो। पहिलोपटक जनताले संविधान लेख्ने वातावरण बनेको थियो। जसको सपना नेपालीले ६० वर्षअघि देखेका थिए। त्यसमा पनि वाम पृष्ठभूमिबाट आएकाहरुको वर्चस्व थियो। सशस्त्र द्वन्द्वबाट आएकाहरु समेत मूलधारको राजनीतिमा होमिएका थिए। स्वाभाविक रुपमा चर्को नाराको पृष्ठभूमिमा त्यो संविधानसभा बनेको थियो। 

हामीलाई ठूलो चिन्ता थियो कि सम्पत्तिमाथिको अधिकार,  व्यापारमाथिको अधिकार कुण्ठित नहोऊन्। त्यस प्रकारका कुनै प्रावधान संविधानमा नछिरुन्। भोलिका दिनमा सदासदाका लागि नेपालतिर फर्किएर हेर्ने लगानीकर्ताको दृष्टिकोण नफेरियोस् भन्ने एउटा मिसनसहित संविधानसभामा गएको थिएँ। 

मलाई त्यहाँ एमालेले लगेको थियो। एमालेको सदस्य भएर गएको होइन। विशेषज्ञ, उद्यमीको हैसियतमा अरु विभिन्न पार्टीले सांसदहरु लगेका थिए। त्यसमा हामी खरो रुपमा उत्रियौं। दुई वर्षको यात्रामा संविधानसभा धेरै कठिन र जटिल परिस्तिथिबाट गुज्रियो; इतिहास साक्षी छ। तर, संविधानमा आर्थिक लगानी,  प्राकृतिक स्रोत र राजस्व समितिले गरेको काम निर्विवाद र  कुनै नोट अफ डिसेन्टबिना निश्चित समयभित्र लेखिएको थियो। जुन कामका लागि गएका थियौं, त्यसमा हामी शतप्रतिशत सफल भयौं। त्यो समय म महत्वपूर्ण मिसन लिएर गएको थिएँ। 

राजनीति कस्तो हुँदो रहेछ भने, जीवनमा राजनीतिबाट म जति टाढा गए पनि राजनीति मबाट कहिल्यै टाढा गएन। कुनै न कुनै रुपमा राजनीतिले मलाई घेरेर राख्यो। म पनि एउटा सम्पन्न राष्ट्रको नागरिकको हैसियतमा टाउको उठाएर सबैका बीचमा उभिन सकियोस् भन्ने चाहन्छु। म जुन मञ्चमा उभिन्छु, सबै सम्पन्न राष्ट्रबाट आएका हुन्छन्। नेपाली डायस्पोरा लगायत विभिन्न स्थानमा मलाई बोलाइन्छ। जहाँ गए पनि मलाई एउटै प्रश्न सोधिन्छ, 'तपाईं अर्बपति हुनु भो,  कम्पनी त बहुर्राष्ट्रिय बनाउनुभयो। राम्रैसँग विश्वमा चिनिनु भयो। तपाईंको नेपालप्रति जिम्मेवारी के?'  

नेपालको अर्थतन्त्र खस्कँदो छ। त्यसबेला भित्रबाट जवाफ दिन सक्ने अवस्था हुँदैन। किनकि मलाई कताकता लाग्थ्यो, मैले गर्न सक्ने र गर्नैपर्ने काममा अग्रसरता लिन सकिरहेको थिइनँ। यसपटक म आफ्ना सम्पूर्ण जिम्मेवारी ईश्वरको हातमा छाडेर पूरा चेतनाका साथ अर्को ५ वर्षको समय राजनीतिमा लगाउँछु भन्ने उद्देश्यका साथ आएको छु। 

nimb
nimb
Ncell 2
Ncell 2

संजोगले स्थिति पनि राम्रो बन्यो। कांग्रेसजस्तो लामो इतिहास बोकेको, लोकतन्त्रको पक्षमा उभिने पार्टीले मेरो आवश्यकता महसुस गरेको छ। विकासको दृष्टिकोणबाट २०४६ सालदेखि ०५२ सालसम्म नेपालमा आएको लगानीलाई अत्यन्त उदाहरणीय मान्नुपर्छ। साढे ७ प्रतिशत आर्थिक वृद्धि, निर्यात वृद्धि दोब्बर, आयस्तर बढेको समयमा त्यसको एक हिस्सा बन्ने मौका मलाई पनि मिलेको थियो। त्यसबेला म उद्योग वाणिज्य महासंघको उपाध्यक्ष थिएँ, अध्यक्ष भएँ। कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइरालासम्म नजिक रहेर काम गर्ने मौका पाए। आज त्यही पार्टीले मलाई सार्वजनिक रुपमा तपाईं आउनुहोस्, राजनीतिक मुद्दा सकिए, आर्थिक विकासको अभियान अघि बढाउनुहोस्, जे जति गर्नुभयो तपाईंलाई सम्मान गर्छौं भनेर आह्वान गरेपछि म यता आएँ।

नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तरलाई माथि उठाउने तपाईंको सपना पूरा गर्ने अवसर एमालेले ७० सालको चुनावमा पनि दिएको थियो। प्रत्यक्षतर्फ चुनाव लडेर संसदमा आउनु भनेको थियो। किन ग्याप बस्न चाहनुभयो?

त्यो समय म मानसिक रुपमा तयार थिइनँ। म जस्तो फुलटाइम, अभ्यस्त भएको र ठूलो संस्थाको विस्तारको जिम्मेवारी बोकेको मान्छेले त्यसलाई एक निश्चित अवस्था र ठाउँमा पुर्यावएर, त्यसको राम्रो व्यवस्था नगरेसम्म फड्को मार्न गाह्रो थियो। 

त्यसो भए अहिले चाहिँ तपाईंले व्यवस्था मिलाइसक्नुभयो?

हो। अहिले त्यो व्यवस्था मिलाएको छु। जिम्मेवारी हस्तान्तरण गरेर म निस्किएको छु। अहिले म 'फुल टाइमर' भनेर निस्किन सक्ने अवस्था सिर्जना भएको छ। 

जसरी अमेरिकामा व्यापारिक पृष्ठभूमिबाट आएका डोनल्ड ट्रम्प राष्ट्रपति पदमा पुगे। त्यसबाटै प्रेरित भएर सफल हुन सक्छु र देशको नेतृत्व गर्न सक्छु भनेर तपाईं यता लागेको त होइन?

हेर्नुस्, मैले ट्रम्प मात्र नभएर थाक्सिन सिनावात्रा, नवाज सरिफको राजनीति पनि देखेको छु। फ्रान्समा भर्खरै निर्वाचित युवा राष्ट्रपतिको राजनीतिक पृष्ठभूमि समेत बुझेको छु। 

उद्यमी भनेको एउटा व्यवस्थापक हो। मानिसका फरक-फरक स्वार्थ हुन्छन्। विश्वले एउटा मान्यता स्थापित गरेको छ। तपाईंमा सोच ठिक भए पनि, दृष्टिकोण या राजनीतिक पृष्ठभूमि जति बलियो भए पनि स्रोत साधानको परिचालन गर्न सक्ने सामर्थ्य छैन भने तपाईं राष्ट्र चलाउन सक्नुहुन्न। विकास अभियानलाई अघि बढाउन सक्नु हुन्न। नेपाल नै त्यसको उदाहरण हो। 

तपाईंले आफ्नो व्यवसायको जुन रुपमा बिस्तार गर्नुभयो। त्यो व्यवस्थापनको सिप अब राष्ट्र निमार्णमा लगाउन चाहन्छु भन्न खोज्नुभएको हो? 

शतप्रतिशत। मैले जानेको त्यही हो।

स्थानीय चुनाव र त्यसपछि हुन गइरहेको निर्वाचनमा व्यापारिक पृष्ठभूमिका मान्छेको राजनीतिक आकांक्षा बढेर आइरहेको छ। व्यापारीहरु राजनीतिमा आउन खोज्नुमा व्यापारिक स्वार्थले काम गरेको छ कि तपाईंले भने जस्तै देश निर्माण गर्ने इच्छाशक्तिले काम गरेको छ? 

साधारणतया आफूले गरेको पेसामा राम्रै सफलता हासिल गरेपछि नाम/इज्जत कमाउनु कुनै गलत कुरा होइन। अरु मुलुकमा 'अपर हाउस'को व्यवस्था त्यसैका लागि भएको हो, जो चुनावमा लडेर आउन सक्दैनन्। उद्योगी मात्र नभएर अन्य क्षेत्रका मानिस पनि हुन्छन्। उनीहरु आफ्नै वौद्धिकता, अनुभव र प्रभावका हिसाबले त्यहाँ पुग्छन्। त्यस्ता मानिस त्यहाँ उभिँदा पनि त्यसको शोभा बढ्छ। त्यस किसिमको वातावरण नभएको ठाउँमा उद्योगी-व्यवसायीले जुन किसिमको इच्छा देखाएका छन्,  त्यसलाई म अस्वाभाविक मान्दिन। तर, जुन प्रक्रियाबाट लैजाने काम भएको छ, त्यसले कसैको हित गर्दैन।

खर्च बढेर चुनाव महँगो बन्दै गएको छ। त्यसबाट व्यापारीले नेतालाई र नेताले व्यापारीलाई प्रयोग गर्ने प्रवृत्ति बढेको हो कि? 

जुन प्रक्रियाबाट लैजाने काम भयो,  त्यसले न व्यापारी न पार्टीलाई सहयोग गरेको छ। जुन दिनसम्म पार्टीहरु पारदर्शी हुन चाहँदैनन्। आफ्ना सम्बन्ध पारदर्शी बनाउन चाहँदैनन्। तिनले 'डिल' गर्ने विभिन्न क्षेत्रका मानिसबाट पारदर्शिता खोज्नु कानुनी र नैतिक रुपमा गलत छ। म संसदमा हुँदा सार्वजनिक रुपमा यो कुरा उठाएको छु। 

अमेरिकाको निर्वाचन पनि व्यापारिक हाउसको चन्दाबाट चल्ने हो। त्यो भारतमा समेत छ। विश्वमा जहाँ पनि छ। व्यापारी राजनीतिक दलमा आबद्ध हुनु गलत होइन। म यसको समर्थक हुँ। व्यापारी राजनीतिक प्रक्रियाका साझेदारसमेत हुन्। त्यसले प्रणालीलाई बिगार्छ भन्ने जुन आशंका छ, मलाई त्यस्तो लाग्दैन। 'मिसयुज' गर्ने हो भने बाहिर बसेर अझ सजिलो हुन्छ। त्यसका लागि म त्यहाँ पुग्नै पर्दैन। 

तर, केही व्यवसायीसँग कुरा गर्दा उनीहरु भन्छन् कि, विभिन्न पार्टीलाई ३०-५० लाखका दरले पैसा बाँड्दा ३-४ करोड खर्च हुँदो रहेछ, यतिमा त कुनै पार्टीबाट  समानुपातिक सांसद नै बन्न सकिन्छ। तपाईं के भन्नुहुन्छ?

मैले यस्ता प्रतिक्रिया सुन्ने अवसर पाइनँ। म यस मानसिकताको पक्षधरसमेत होइन।

अघिल्लो पटक सांसदमा विज्ञका रुपमा गएको थिएँ भन्नुभयो। तर यस पटक कांग्रेसले तपाईंलाई आर्थिक र विकास समितिको संयोजक समेत बनाएको छ, निर्वाचनमा परिचालन गर्ने लक्ष्यसहित। तपाईं विभिन्न कोणसभा र कार्यक्रममा उपस्थित हुनुभएको छ। भोट मागिरहनुभएको छ। वास्तविक रुपमा राजनीतिमा हामफाल्न कत्तिको गाह्रो रहेछ?

गाह्रो भन्दा पनि यसका कैयौं जटिलता छन्। मैले संकल्प गरेर गएको हुनाले त्यो 'फिल' गरेको छैन। नसोचेको जस्तो वातावरण हुने रैछ। धेरै चिज 'फेस' गर्नुपर्ने रहेछ। अरुलाई सहयोग गर्न खोज्दा समेत अनावश्यक रुपमा खुट्टा तान्नेको जमात धेरै छ।

अर्को मुख्य कुरा, समय व्यवस्थापन हो। सानातिना अनावश्यक कुरामा मिसिनुपर्ने रहेछ। यसका अलग र फरक नियमहरु छन्। तपाईंको सोच यदि स्पष्ट छ, दृष्टिकोण र समयको व्यवस्थापन गर्न सकिने हो भने त्यसले तपांईलाई निश्चित ठाउँमा पुर्‍याउँछ।

तपाईंले सार्वजनिक रुपमा मुलुकको नेतृत्व गर्ने रहर जाहेर गर्नुभएको छ। यसबारे प्रस्ट पारिदिनुहोस् न?

मैले भनेको के हो भने, कुनै पनि ठूलो परिवर्तन राजनीतिको अभावमा सम्भव छैन। बलियो संस्थाको प्रतिनिधित्व गर्ने भए पनि त्यसका निश्चित सीमा छन्। ठूला परिवर्तन गर्न आफू नै त्यो ठाउँमा हुनुपर्छ भनेको हुँ। त्यसैले म ठूलो परिवर्तन गर्ने लक्ष्यसहित राजनीतिमा आएको हुँ। अझ मैले त्यो पनि भनेको छु, सक्रिय राजनीतिमा लागेको मानिसले सर्वोच्च पदमा पुग्ने इच्छा राखेको हुन्छ। छैन भन्छु भने मैले झुट बोलिरहेको हुन्छु। तर मेरा कुनै पूर्वसर्त छैनन्, मैले त्यो पदमा पुर्याभउनुपर्छ भनेर भनेको छैन। पार्टीको कुरा हो।

म काम गर्न सक्छु। त्यो वातावरण बनाउन मैले बल-बुद्धि प्रयोग गर्न सक्छु। अरु सामूहिक निर्णयमा हुनेछन्। मेरा कुनै गलत आकांक्षा छैनन्। काम र एजेन्डालाई पूर्णता दिन म कठिन समयमा बस्न सक्छु। त्यसका लागि त एमालेमा बसेको भए मलाई सजिलो थियो। अब हामी कमजोर छौं कि बलियो हुन्छौं, त्यसले कुनै अर्थ राख्दैन। आर्थिक एजेन्डालाई पूर्णता दिन म सबै कुरा गर्न सक्छु। अरु बाँकी सबै काम ईश्वरको हातमा छोड्छु। 

वर्तमान राजनीतिक परिदृश्य अनुसार एमाले र माओवादीको बलियो गठबन्धन बनेको छ। कांग्रेस लगभग एक्लैजस्तो चुनाव लडिरहेको छ। कांग्रेसमा के अवसर देखेर आउनुभयो?

मैले ४ वर्षदेखि राजनीतिलाई नजिकबाट हेरिरहेको थिएँ। विकल्पमा सोचिरहेको थिएँ। कुनै न कुनै दिन सक्रिय राजनीति गर्ने विषयमा सोचेको थिएँ। मेरो चुनाव क्षेत्र नवलपरासी (अहिले नवलपुर-१) बाट वाम गठबन्धन वा स्वतन्त्र रुपमा चुनाव लड्ने वा कुनै प्रकारको समझदारी गराउने विकल्प मसँग थियो। त्यसबीचमा मलाई नेपाली कांग्रेसले प्रस्ताव गर्यो। म गएँ। पछिल्ला मेरा एजेन्डा सबै नेपालीका लागि थियो। कुनै पार्टीको हो भन्ने अवस्था थिएन।

प्रधानमन्त्रीले स्व:स्फूर्त रुपमा तपाईंलाई पत्र लेख्नुभएको हो वा पत्र लेखेर दिएको खण्डमा वातावरण सहज बन्छ भन्ने तपाईंको आग्रह थियो?

उहाँले आफैंले लेख्नुभएको हो। उहाँले टिमसँग बसेर, शीर्ष तहका नेतासँग बसेर सँगै काम गर्न आग्रह गर्नुभएको हो। 

बीचको समयमा तपाईंले आफैं पार्टी खोल्ने तयारी गर्नुभएको थियो, होइन? 

विभिन्न प्रकारको प्रयोग-सम्भावना केलाएर नहेरेको होइन। मलाई कुनै न कुनै दिन राजनीतिमा सक्रिय रुपमा आउनु थियो। कुन विकल्प मेरा लागि उपयुक्त हुन्छ र कुन विकल्पको धरातलमा उभिएर अन्तिम लक्ष्य प्राप्त गर्न सक्छु भनेर मैले सोचिरहेको थिएँ।

मुलुकको नेतृत्व गर्न सक्ने लक्ष्यका साथ आउनुभएको छ। यतिका वर्ष व्यापारिक क्रियाकलाप गरिरहँदा सामाजिक सेवाका काममा पनि मान्छेले मूल्यांकन गर्छन्। त्यो पाटो त प्रभावकारी देखिएन नि? 

जुन बेलामा देशमा भूकम्पले क्षति गर्यो। पुनःनिर्माण प्राधिकरणमा सिइओ को होला भनेर खिचातानी भइरहँदा हामीले बोलेको १५ दिनभित्रै घर बनाएर दिने काम अघि बढाइसकेका थियौं। फोर्ब्स एसिया म्यागजिनको फ्रन्ट पेजमा भूकम्पपछिको उद्धार कार्यमा अग्रसरता लिएको भन्दै मेरो फोटो राखिएको छ। मलाई कुनै लघुताभास छैन। गर्व छ। एउटा कम्पनीले आवश्यक समयमा आफ्नो दायित्व पूरा गरेको छ। 

तपाईंले गर्नु भएन भन्ने होइन कि, बाहिर देखिनेगरी भएन भन्ने सुनिन्छ। धुर्मुस-सुन्तलीजस्ता कलाकारले निजी प्रयासमा त्यतिका नमूना बस्तीको निर्माण गरिरहेका छन्। तपाईंले आफ्नो नाम र क्षमता अनुसारको सहयोग गर्नु भएन भन्ने छ नि?

नदेख्नेले के चस्मा लगाए? थाहा भएन। हात समातेर देखाउने कुरा पनि भएन। यसको मूल्यांकन इतिहासलाई छोडिदिऊँ, स्रोता/दर्शकलाई छोडिदिऊँ। हामीले आफ्नो धर्म चाहिँ शतप्रतिशत पूरा गरेका छौं।

तपाईंलाई बारम्बार सोधिने अर्को प्रश्न, विश्वको एक मात्र नेपाली अर्बपतिका रुपमा तपाईंको नाम छ। तर, नेपाललाई कर तिर्ने मामिलामा तपाईको संस्था पछाडि छ, किन? 

सिंगो कम्पनीको आँकडालाई यहाँ कर विभागले बाहिर राख्छ। तर, ग्रुपमा धेरै कम्पनी छन्। त्यसमा हाम्रो नबिल बैंकसमेत पर्छ। नबिल नै हरेक वर्ष कर तिर्नेमा दोस्रो,  तेस्रोमा पर्छ। धेरै कम्पनीले दिने कर, त्यो राजस्वमा जान्छ। त्यसलाई समग्रमा जोडेर मूल्यांकन गर्ने परिपाटी नेपालमा छैन। आज यही माध्यमबाट भन्न चाहन्छु, त्यसो गरिए सबै कुरा छर्लंग हुन्छ। 

तपाईंले भर्खरै मात्र युरोपका विभिन्न ठाउँमा व्यापार विस्तार गरिरहनुभएको छ। वाइवाई चाउचाउको प्लान्ट युरोपमा पनि बिस्तार गर्नुभएको छ। सक्रिय राजनीतिमा तपाईंको आगमनले व्यापार विस्तारमा असर गर्दैन? 

हरेक मानिसले एउटा विन्दुमा पुगेपछि आफू जस्तै सफल मानिस जन्माउन सक्नुपर्छ। अनि हार्दिकतापूर्वक त्यहाँबाट बाहिरिन सक्नुपर्छ। हामीले बलियो संस्था निर्माण गरेका छौं। व्यावसायिक संस्था हो, चौधरी ग्रुप। छोराहरु मात्र होइन अन्य कर्मचारीसमेत त्यस्तै सक्षम छन्। २५ वर्षमा २६ सरकार बदलिएको अवस्थामा समेत हामीले आफ्नो यात्रालाई निरन्तरता किन दिन सक्यौं भने हाम्रो प्रतिबद्ध कार्यसम्पादन, प्रतिबद्ध टिम र नेतृत्वकर्ता छन्। उनीहरुले मैलेभन्दा पनि राम्रोसँग संस्था चलाउन सक्छन्। 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै
लेबनानसँग वार्ता थाल्न मन्त्रिपरिषद्लाई इजरायली प्रधानमन्त्री नेतन्याहूको निर्देशन
वनमा आगो लगाएको अभियोगमा मुद्दा दायर
सम्बन्धित सामग्री
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो। बिहीबार, माघ १५, २०८२
छैठौं टाइगर कपमा एनसेलको सहकार्य यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवद्र्धनमा अर्थपूर्ण योगदान पुर्‍याउनुका साथै स्थानीय तहका युवालाई सशक्त बनाउँदै भविष्य... शुक्रबार, माघ ९, २०८२
एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर अफर अन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ। शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै शुक्रबार, चैत २७, २०८२
लेबनानसँग वार्ता थाल्न मन्त्रिपरिषद्लाई इजरायली प्रधानमन्त्री नेतन्याहूको निर्देशन शुक्रबार, चैत २७, २०८२
वनमा आगो लगाएको अभियोगमा मुद्दा दायर शुक्रबार, चैत २७, २०८२
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर शुक्रबार, चैत २७, २०८२
आज सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
रास्वपाले राप्रपालाई गरेको थियो सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बिहीबार, चैत २६, २०८२
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्