• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

तीन राष्ट्रिय खेलकुद, तीन फरक विधामा स्वर्ण

64x64
नेपाल लाइभ आइतबार, वैशाख ८, २०७६  ०६:५०
1140x725

तुलसीपुर (दाङ)-  एक खेलाडी २५ वर्ष निरन्तर जीवनमा सक्रिय रहनु चानचुने विषय होइन। सबै खेलाडीलाई लामो समयसम्म खेलमा रहनलाई यस्तो सौभाग्य पनि मिल्दैन। फर्म र स्वास्थ्य दुवैले साथ दिए मात्र निरन्तर खेलमा लाग्न सम्भव हुन्छ। ९ वर्षको उमेरदेखि कराँतेमा लागेका मण्डेकाजी श्रेष्ठलाई भने शरीर र भाग्य दुवैले साथ दिएको छ। ३४ वर्षीय मण्डेकाजी कराँतेमा लागेको २५ वर्ष नाघिसक्यो। यो अवधिमा उनले सफलता र असफलताका थुप्रै परीक्षा पार गरेका छन्।

शनिबार उनका लागि ऐतिहासिक दिन सावित भयो। आठौं राष्ट्रिय खेलकुदअन्तर्गत कराँतेको प्रतिस्पर्धामा स्वर्ण जितेर उनले इतिहास बनाएका छन्। तीन फरक राष्ट्रिय प्रतियोगितामा उनले कराँतेका तीन ‍फरक विधामा स्वर्ण जितेर इतिहास बनाएका हुन्।

शनिबार दाङको तुलसीपुरमा भएको पुरुष एकल कातामा पुलिसका खेलाडी मण्डेकाजीले स्वर्ण जितेर इतिहास बनाएका हन्। उनले काताको फाइनलमा सुदूरपश्चिमका ललित खत्रीलाई पछि पारेर स्वर्ण जितेका थिए। त्यसअघि उनले सेमिफाइनलमा आर्मीका परशुराम बास्तोलालाई हराएका थिए। परशुराम सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन्।

यसअघि, उनले काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा ५० केजी तौल समूहको फाइटमा स्वर्ण जितेका थिए। त्यतिबेला उनले फाइनलमा सशस्त्र प्रहरीका सुनील लामालाई पराजित गरेका थिए। लामाले पछि सागमा भाग लिँदै स्वर्ण जित्न सफल भए।

मण्डेकाजीले धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जित्न सफल भएका थिए। त्यतिबेला उनले टिम कातामा स्वर्ण हात पारेका थिए। उनीसहितको त्यतिबेलाको पुलिस टिममा गणेश थिङ, केदार सिंखडा र निरबहादुर मोक्तान थिए।

सातौं राष्ट्रिय खेलकुदमा भने उनी सफल हुन सकेनन्। एकल कातामा उनी पहिलो चरणमै पराजित भए। उनलाई परशुराम बास्तोताले पहिलो चरणमा हराएका थिए। बास्तोलाले पछि स्वर्ण पदक नै जिते।

यसरी चार वटा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएका मण्डेकाजीले तीन वटा प्रतियोगितामा तीन फरक विधामा स्वर्ण जित्न सफल भए। लामो सयमसम्म कराँतेमै साधना गर्दा उनले यो सफलता हात पारेका हुन्। त्यसो त उनले बाल्यकालमा पहिलो पटक सिकेकै खेल कराँते हो। २०५१ सालमा थिमी डोजोमा उनी भर्ना भएका थिए। कराँतेमा आबद्ध हुनुमा बुवाबाट मिलेकाे प्रेरणा नै प्रमुख मान्छन् उनी।

nimb
nimb
Ncell 2
Ncell 2

उनले त्यसपछि राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा भाग लिन थाले। पहिलो ठूलो प्रतियोगितामा भाग लिने उद्देश्यका साथ उनले २०५५ मा नेपालगन्जमा आयोजना भएको चौथो राष्ट्रिय खेलकुदको छनोटमा भाग लिए। तर, १२ वर्षे ठिटो मण्डेकाजीकाे पहिलाे गासमै ढुंगा लाग्याे। त्यसपछि भने उनी राष्ट्रिय प्रतियोगितामा छाउन थाले। तर, उनको अन्तर्राष्ट्रिय सहभागितामा भने तितो अनुभव छ।

सन् २०१० मा बंगलादेशको ढाकामा भएको एघारौं साग गेम्सका लागि उनी छनोट भएका थिए। राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि उनी बैंकक पनि पुगे। तर, साग गेम्समा कराँते खेलका १५ वटा तौल समूहलाई घटाएर १० वटा तौल समूहबीच मात्र प्रतिस्पर्धा गराउने निर्णय भयाे। जसको प्रत्यक्ष मार मण्डेकाजीसहित ५ खेलाडीलाई पर्‍याे। उनीहरुको तौल समूह काँटिदा प्रतियोगितामा भाग लिनबाट वञ्चित भए। सागमा नेपालको झण्डा फहराउने धोको पूरा नभएको त्यो क्षण मण्डेकाजीले अहिले पनि बिर्सन सकेका छैनन्।

 'बैंककमा तयारी गरेर ढाका जाने कुरा भइरहेको थियो। तर, एक्कासी हाम्रो तौल समूह काटिएको कुरा आयो। पछि पदाधिकारीहरुले थप हुने आश्वासन पनि दिए। तर, आश्वासन पूरा भएन। छनोट भएर पनि साग गेम्स खेल्न नपाएको उक्त क्षण अहिलेसम्मकै दु:खद हो,'  उनी ९ वर्ष अघिको घटना सम्झिन्छन्।

तीन वर्षअघि भारतमा भएको १२औं सागमा त उनी मात्र होइन समग्र कराँते खेलाडीले नै प्रतिस्पर्धा गर्न पाएनन्। प्रतियोगितामा कराँतेलाई प्रतिस्पर्धाबाटै हटाइएको थियो।

३४ वर्षको उमेरमा चौथो पटक राष्ट्रिय खेलकुद खेलेर तीन फरक विधामा स्वर्ण जितेका मण्डेकाजीको साग खेल्ने सपना भने अझै मरेको छैन। उनको ब्याचका अधिकांसा साथीहरु खेलाडी जीवनबाट अलग भइसकेका छन्। सन्यास लिएका कोही प्रशिक्षक भएका छन् भने कोही रेफ्री। मण्डेकाजी भने अझै खेल्ने मुडमा छन्।

'मेरो खेलाडीका रुपमा साग गेम्स खेल्ने अन्तिम इच्छा हो। आगामी डिसेम्बरमा हुने तय भएको साग गेम्स खेल्न पाएमा मेरो लक्ष्य पूरा हुनेछ,' उनले योजना सुनाए।

प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश
फेवातालको जमिनबारे अध्ययन गर्न फेरि बन्यो समिति
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अस्पतालले दिनुपर्ने १० प्रतिशत निःशुल्क सेवामा के-के समेटिन्छन्? मंगलबार, चैत २४, २०८२
खाद्यका हिसाबले सुरक्षित कर्णाली मंगलबार, चैत २४, २०८२
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर मंगलबार, चैत २४, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, चैत २४, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
विदेशी ऋण लिने कुरा स्वीकार्य छैन, विरोध गर्छौं : हर्कराज राई सोमबार, चैत २३, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, चैत २४, २०८२
८ बजे नै कार्यालय पुगे सरकारी कर्मचारीहरु सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्