काठमाडौं– विशेष अदालतले काठमाडौंका विभिन्न स्थानका जग्गाको गैरकानुनी श्रेस्ता तयार गरी बिक्री गर्ने मालपोतका कर्मचारी र गिरोहहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ।
न्यायाधीशद्वय पवनकुमार शर्मा र नरेन्द्रकुमार शिवाकोटीको इजलाशले ५५ जनालाई जनही ४० र २० हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो।
विशेषले मातपोतका कर्मचारीसँग २० हजार र नक्कली जग्गाधनीहरुसँग ४० हजार जनही धरौटी माग गर्ने आदेश गरेको हो। अदालतले माग गरेको धरौटी रकम बुझाएर उनीहरु रिहा भएका छन्। अख्तियारले उनीहरुसँग २८ लाख ८२ हजार रुपैयाँ दावी गर्र्दै भदौ १४ गते मुद्दा दर्ता गरेको थियो।
विशेषले जग्गाधनी होमबहादुर विष्टसहित ४४ जनासँग ४० हजार र मालपोतका ११ कर्मचारीसँग जनही २० हजार धरौटी माग गरेको हो।
काठमाडौंको विभिन्न स्थानका जग्गाहरुको गैरकानुनी श्रेस्ता तयार गरी बिक्री गरेको आरोपमा मालपोत कार्यलय चाबहिलका मालपोत अधिकृतद्वय चेतनाथ ढकाल र तीर्खाराम अर्याल र जग्गाधनी विरुद्ध सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दा दायर गरेको थियो।
उनीहरुले काठमाडौँको गोठाटार, बालुवा, मूलपानी, विष्णु लगायत स्थानका जग्गाहरुको गैरकानुनी श्रेस्ता खडा गरेका थिए। मालपोत कार्यालयमा रहेको दर्ता बाँकी श्रेस्ता केरमेट गरी, प्रमाणित गरी, कार्यालयबाट वैधानिक रुपमा निर्णय नै नभएका जग्गाहरुको विवरण ठिक छ भनी रुजु र स्विकृत गर्ने कार्यमा मालपोतका कर्मचारीहरु संलग्न भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
दर्ता नै नखुलेका र नभएका जग्गाहरुको अनलाइन सिस्टममा प्रवृष्टिसमेत गरी वदनियतपूर्वक दर्ता नभएको फर्जी श्रेस्ता खडा गरी उनीहरुले जग्गा बिक्रीसमेत गरेका थिए।
२० हजार धरौटीमा रिहा भएका मालपोत कार्यालयका कर्मचारी
चेतनाथ ढकाल, मालपोत अधिकृत
तिर्खाराम अर्याल, मालपोत अधिकृत
प्रमोद भट्टराई, कम्प्युटर अधिकृत
भोजराज पोखरेल, नायब सुब्बा
रामबाबुप्रसाद अर्याल, नायब सुब्बा
सुन्दरकुमार कार्की, नायब सुब्बा
उमेश पोखरेल, नायब सुब्बा
शिवराम पुडासैनी, नायब सुब्बा
लक्ष्मणप्रसाद खतिवडा, कम्प्युटर अपरेटर
दिव्यराज घिमिरे, खरिदार
राजेन्द्र बस्नेत, कार्यालय सहयोगी
४० हजार धरौटीमा रिहा भएका नक्कली जग्गाधनीहरु
हरिनारायण श्रेष्ठ
हरिलाला श्रेष्ठ
होमबहादुर विष्ट
धर्म महर्जन
श्यामसुन्दर दाहाल
विश्वनाथ लामिछाने
ध्रुवराम श्रेष्ठ
काजिलाल श्रेष्ठ
हरिभक्त श्रेष्ठ
टीकानारायण श्रेष्ठ
मोहनमाया श्रेष्ठ
चेतबहादुर मिजार
श्रीकृष्ण नगरकोटी
पुरुषोत्तम श्रेष्ठ
घनश्याम कार्की
प्रेमबहादुर कार्की
रामहरि ढकाल
रामबाबु ढकाल
रामेश्वर ढकाल
श्यामबहादुर मिजार
काजिलाल श्रेष्ठ
भरत रञ्जित
कृष्णप्रसाद लामिछाने
रामप्रसाद लामिछाने
उमादेवी गुरुवाचार्य
उज्जल थापा श्रेष्ठ
लिलाकुमारी रेग्मी धिताल
दुर्गालाल श्रेष्ठ
रामकृष्ण श्रेष्ठ
श्रीधर देवकोटा
राजु थापा
शान्ति वैध
रामकेशरी श्रेष्ठ
मदनबहादुर थापा
बहत्तमगोपाल श्रेष्ठ
नरबहादुर दोचे
रामगोपाल डंगोल
रामकृष्ण डंगोल
धनबहादुर महर्जन
मोतिराम श्रेष्ठ
नारायणीदेवी श्रेष्ठ
गम्भीरबहादुर चाँदिकार
प्रेमबाहदुर केसी
सुशीला रामुदामु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।