• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'छिन्ताङ काण्डका सहिदको नाम बेचेर एमालेले राजनीति गरिरहेको छ'

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ३०, २०७४  ०६:५९
1140x725

मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट राप्रपा प्रजातान्त्रिकका महामन्त्री एवम उद्योगमन्त्री सुनिलबहादुर थापा उठेका छन्। लोकतान्त्रिक गठबन्धनबाट मैदानमा उत्रेका सुनिललाई कडा टक्कर दिन वाम–गठबन्धनका तर्फबाट नेकपा एमाले धनकुटा अध्यक्षका राजेन्द्र राईको उम्मेदवारी परेको छ। 

दोस्रो संविधानसभा निर्वाचनमा थापासँगै धनकुटा क्षेत्र नम्बर २ बाट ४ सय ५४ मतले मात्र पराजित भएका थिए। त्यसैले यसपालिको निर्वाचनमा यी दुई बीच फेरि कडा टक्कर पर्ने अनुमान गरिएको छ। पहिले २ वटा क्षेत्र रहेको धनकुटालाई अहिले एकै ठाउँमा गाभिएको छ। 

धनकुटामा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ‘लिगेसी’ जोगाउन एक पटक फेरि चुनावी मैदानमा होमिएका सुनिलसँग नेपाल लाइभका लागि एलबी कटवालले गरेको कुराकानीः

लोकतान्त्रिक गठबन्धनबाट चुनाव लड्दै हुनुहुन्छ, जित्ने आधार कस्तो देख्नुहुन्छ?

धनकुटामा लोकतान्त्रिक गठबन्धनको व्यापक लहर चलेको छ। नेकपा एमालेका प्रभावशाली कार्यकर्ताको ठूलो पंक्ति पार्टी परित्याग गरी हामीसँग आउनुभएको छ। उहाँहरु पनि हाम्रो चुनावी अभियानमा लागिरहनुभएको छ। यसले माहौल हाम्रो पक्षमा तात्तिएको छ। फेरि, संविधानसभा चुनावमा जितेर गएपछि मैले मन्त्री हुँदा भूकम्प, नाकाबन्दी जस्ता अप्ठेरोमा राष्ट्र र जनताको हितमा काम गरेको छु। जनताले मलाई राम्रोसँग बुझेका छन्। चुनावमा वाम गठबन्धनका राजेन्द्र राईलाई मज्जाले जित्छु, यसमा ढुक्क छु। 

चुनावी अभियान कस्तो हुँदै छ?

धनकुटा अहिले एउटा मात्र क्षेत्र बनेको छ। जिल्लाका अधिकांश ठाउँमा जनताको घरदैलोमा पुग्ने प्रयास गरिरहेको छु। विशेषगरी साविकको क्षेत्र नम्बर १ को भ्रमणपछि मैले के पाएँ भने, विगत २८ वर्षदेखि यहाँ विकास भएको छैन। मेरो बुवा सूर्यबहादुर थापाको पालामा बनेको बाटोघाटो, स्कुल जे थियो, त्योभन्दा थप विकास केही भएको देखिनँ। बुवाले शिलान्यास गरेर निर्माण भएको राजारानी–भेडेटार सडकखण्डमा अहिलेसम्म मर्मत–सम्भार भएको छैन। त्यसैले म बुवाको धनकुटाको विकास अभियानलाई पछ्याउन यो क्षेत्रबाट फेरि उठेको छु। बुवाका विकासको अधुरा कामलाई अब मैले हेर्नुपर्छ। मेरो चुनावी अभियानमा जनताको उल्लेखनीय सहभागिता छ। मलाई गोलाकारभित्रको हलोमा भोट हाल्न जनता तयार भएर बसेका छन्।

वाम गठबन्धनका उम्मेदवारले तपाईंलाई 'टुरिस्ट उम्मेदवार'को संज्ञा दिएका छन् नि!

Ncell 2
Ncell 2
nimb
nimb

मेरो राजनीतिक जीवनमा कुनै दाग लगाउने ठाउँ नपाएपछि यो आरोप लगाइएको हो। म जनतालाई झुक्याएर भोट माग्दिनँ। जनतालाई जे भनेको छु, त्यो पूरा गरेरै छाड्छु। यसमा शंका नगरे हुन्छ। वाम गठबन्धनबाट एमालेका उम्मेदवार राजेन्द्र राई पनि चुनाव सकिएपछि काठमाडौं नै पुग्छन्, टुरिस्ट बनेर। अहिले म भन्दा टुरिस्ट बनेर उनी हिँडिरहेका छन्। सस्तो गफ र ‘प्रोपोगन्डा’ गरेर हिँड्न उनलाई सुहाउँदैन। राईले एमालेबाट केन्द्रमा नेतृत्व गरे, तर उनले धनकुटामा माखो मारेका छैनन्। मलाई टुरिस्ट भन्ने हो भने केपी ओली, झलनाथ खनाल र प्रचण्ड पनि त टुरिस्ट नै भए नि! 

जनतामाझ तपाईंका चुनावी एजेन्डा कस्ता छन्?

मेरा एजेन्डा स्पस्ट छन्। यो क्षेत्रमा मुख्य ६ वटा काम गर्न मैले उम्मेदवारी दिएको हुँ। जनताले पनि मेरा विकास योजनालाई राम्ररी बुझिसकेका छन्। लोकतान्त्रिक गठबन्धनको पहलमा धनकुटा अस्थायी राजधानी भइसकेको छ। अहिले अस्थायी हुनु भनेको भोलि स्थायी हुनु हो। धनकुटालाई नै राजधानी बनाउने हामीसँग प्रशस्त पूर्वधार छन्। लोकतान्त्रिक गठबन्धनको प्रमुख एजेन्डा धनकुटालाई प्रदेश १ को राजधानी बनाउने हो। 

इतिहास पल्टाएर हेर्ने हो भने मेरै बुवाका पालामा धनकुटालाई पूर्वाञ्चलको सदरमुकाम बनाउनुभएको हो। धनकुटालाई प्रदेशको राजधानी बनाउने विषयमा प्राध्यापक हर्क गुरुङको अध्ययन टोलीको निष्कर्ष पनि आएको थियो। भौगोलिक हिसाबले पनि धनकुटा पूर्वका जिल्लाहरुको बीच भागमा भएकाले आवतजावतमा सबैलाई सहजता छ। मेरो सोच धनकुटालाई पर्यटकीय क्षेत्रमा विकास गर्ने पनि छ। धनकुटा यस्तो ठाउँ हो, जहाँबाट हिमालदेखि तलको समथर भूभाग राम्रोसँग अवलोकन गर्न सकिन्छ। तराईमा गर्मी बढे शीतल दिने नजिकको ठाउँ पनि धनकुटा नै हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

६ सय ५० मेगावाटको अरुण जलविद्युत् आयोजना बनेपछि यहाँका सडक र अन्य भौतिक पूर्वाधारको विकास हुनेमा शंका छैन। मेरो बुवाले पाख्रिबासमा कृषि केन्द्र स्थापना गर्नुभयो। अब पहाडी भेगको नेतृत्व गर्ने किसिमको नमुना कृषि विश्व विद्यालय बनाउने मेरो योजना छ।

यस्तै, खाल्सा छिन्ताङ क्षेत्रमा एमालेले मेरो बुवाको विरुद्धमा चुनावी मुद्दा बनाएर जित्दै आएको थियो। तर, एमालेको सरकार पटकपटक बन्दा पनि त्यहाँका सहिद परिवारका लागि  एमालेले केही गरेन। म व्यक्तिगत प्रतिबद्धता जनाउन चाहान्छु, छिन्ताङका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने र परिवारलाई उचित क्षतिपूर्ति दिलाउने काममा पहल गर्नेछु। म तत्काल अर्को घोषणा पनि गर्न चाहन्छु, छिन्ताङ घटनाका सहिद परिवारलाई मेरो बुवाको नाममा खुलेको सूर्यबहादुर थापा प्रतिस्ठानबाट परिवारका एक सदस्यलाई रोजगारी र एक जनालाई निःशुल्क अध्ययनको व्यवस्था गरेको छु।

मेरो बुवा छिन्ताङ हत्याकाण्डको योजनाकार पनि होइन। त्यो बेला शान्ति सुरक्षाको जिम्मेवारी अञ्चलाधीश, क्षेत्रीय प्रशासक र त्यहाँको सिडियोको हातमा हुन्थ्यो। तर, आजसम्म कम्युनिस्टहरुले त्यो घटनालाई भजाएर खाइरहेका छन्।  

खोकु छिन्ताङमा चुनावी प्रचारमा जान तपाईलाई रोक लगाइएको हो? 

वाम गठबन्धनका साथीहरुले हार्ने बुझिसकेपछि हरेक बहाना खोजिरहेका छन्। आफू हार्ने डरले खुट्टा कमाउँदै हिँडेका छन्। यसबाट के बुझिन्छ भने राजेन्द्र राईको अतिवादी चरित्र र प्रजातन्त्रमा जनताको अगाडि उभिन नसक्ने डरले यस्तो आरोप लगाइएको हो। प्रजातन्त्रमा निषेध भन्ने कुरा हुँदैन। निषेधको राजनीति गर्नेलाई यसपालि जनताले नराम्रो जवाफ दिनेछन्। 

भोट माग्न जाँदा जनताका अपेक्षाहरु कस्ता छन्?

धनकुटामा विमानस्थल बनाउन मैले पहल सुरु गरिसकेको छु। उहाँहरुको चासो पनि यही हो। यसमा मलाई माओवादीका हेमराज भण्डारीले साथ दिएका छन्। यहाँका जनताले मलाई अभिभावकको रुपमा लिइसकेका छन्। मेरा बुवाले राजनीतिमा हारे पनि धनकुटा र यहाँको विकासमा लागिरहनुभयो। मेरो सफलता धनकुटासँग जोडिएको छ र त्यसैले धनकुटाका जनतासँग मेरो नङ र मासुको सम्बन्ध छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४  ०६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्