• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'छिन्ताङ काण्डका सहिदको नाम बेचेर एमालेले राजनीति गरिरहेको छ'

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ३०, २०७४  ०६:५९
1140x725

मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट राप्रपा प्रजातान्त्रिकका महामन्त्री एवम उद्योगमन्त्री सुनिलबहादुर थापा उठेका छन्। लोकतान्त्रिक गठबन्धनबाट मैदानमा उत्रेका सुनिललाई कडा टक्कर दिन वाम–गठबन्धनका तर्फबाट नेकपा एमाले धनकुटा अध्यक्षका राजेन्द्र राईको उम्मेदवारी परेको छ। 

दोस्रो संविधानसभा निर्वाचनमा थापासँगै धनकुटा क्षेत्र नम्बर २ बाट ४ सय ५४ मतले मात्र पराजित भएका थिए। त्यसैले यसपालिको निर्वाचनमा यी दुई बीच फेरि कडा टक्कर पर्ने अनुमान गरिएको छ। पहिले २ वटा क्षेत्र रहेको धनकुटालाई अहिले एकै ठाउँमा गाभिएको छ। 

धनकुटामा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ‘लिगेसी’ जोगाउन एक पटक फेरि चुनावी मैदानमा होमिएका सुनिलसँग नेपाल लाइभका लागि एलबी कटवालले गरेको कुराकानीः

लोकतान्त्रिक गठबन्धनबाट चुनाव लड्दै हुनुहुन्छ, जित्ने आधार कस्तो देख्नुहुन्छ?

धनकुटामा लोकतान्त्रिक गठबन्धनको व्यापक लहर चलेको छ। नेकपा एमालेका प्रभावशाली कार्यकर्ताको ठूलो पंक्ति पार्टी परित्याग गरी हामीसँग आउनुभएको छ। उहाँहरु पनि हाम्रो चुनावी अभियानमा लागिरहनुभएको छ। यसले माहौल हाम्रो पक्षमा तात्तिएको छ। फेरि, संविधानसभा चुनावमा जितेर गएपछि मैले मन्त्री हुँदा भूकम्प, नाकाबन्दी जस्ता अप्ठेरोमा राष्ट्र र जनताको हितमा काम गरेको छु। जनताले मलाई राम्रोसँग बुझेका छन्। चुनावमा वाम गठबन्धनका राजेन्द्र राईलाई मज्जाले जित्छु, यसमा ढुक्क छु। 

चुनावी अभियान कस्तो हुँदै छ?

धनकुटा अहिले एउटा मात्र क्षेत्र बनेको छ। जिल्लाका अधिकांश ठाउँमा जनताको घरदैलोमा पुग्ने प्रयास गरिरहेको छु। विशेषगरी साविकको क्षेत्र नम्बर १ को भ्रमणपछि मैले के पाएँ भने, विगत २८ वर्षदेखि यहाँ विकास भएको छैन। मेरो बुवा सूर्यबहादुर थापाको पालामा बनेको बाटोघाटो, स्कुल जे थियो, त्योभन्दा थप विकास केही भएको देखिनँ। बुवाले शिलान्यास गरेर निर्माण भएको राजारानी–भेडेटार सडकखण्डमा अहिलेसम्म मर्मत–सम्भार भएको छैन। त्यसैले म बुवाको धनकुटाको विकास अभियानलाई पछ्याउन यो क्षेत्रबाट फेरि उठेको छु। बुवाका विकासको अधुरा कामलाई अब मैले हेर्नुपर्छ। मेरो चुनावी अभियानमा जनताको उल्लेखनीय सहभागिता छ। मलाई गोलाकारभित्रको हलोमा भोट हाल्न जनता तयार भएर बसेका छन्।

वाम गठबन्धनका उम्मेदवारले तपाईंलाई 'टुरिस्ट उम्मेदवार'को संज्ञा दिएका छन् नि!

Ncell 2
Ncell 2

मेरो राजनीतिक जीवनमा कुनै दाग लगाउने ठाउँ नपाएपछि यो आरोप लगाइएको हो। म जनतालाई झुक्याएर भोट माग्दिनँ। जनतालाई जे भनेको छु, त्यो पूरा गरेरै छाड्छु। यसमा शंका नगरे हुन्छ। वाम गठबन्धनबाट एमालेका उम्मेदवार राजेन्द्र राई पनि चुनाव सकिएपछि काठमाडौं नै पुग्छन्, टुरिस्ट बनेर। अहिले म भन्दा टुरिस्ट बनेर उनी हिँडिरहेका छन्। सस्तो गफ र ‘प्रोपोगन्डा’ गरेर हिँड्न उनलाई सुहाउँदैन। राईले एमालेबाट केन्द्रमा नेतृत्व गरे, तर उनले धनकुटामा माखो मारेका छैनन्। मलाई टुरिस्ट भन्ने हो भने केपी ओली, झलनाथ खनाल र प्रचण्ड पनि त टुरिस्ट नै भए नि! 

जनतामाझ तपाईंका चुनावी एजेन्डा कस्ता छन्?

मेरा एजेन्डा स्पस्ट छन्। यो क्षेत्रमा मुख्य ६ वटा काम गर्न मैले उम्मेदवारी दिएको हुँ। जनताले पनि मेरा विकास योजनालाई राम्ररी बुझिसकेका छन्। लोकतान्त्रिक गठबन्धनको पहलमा धनकुटा अस्थायी राजधानी भइसकेको छ। अहिले अस्थायी हुनु भनेको भोलि स्थायी हुनु हो। धनकुटालाई नै राजधानी बनाउने हामीसँग प्रशस्त पूर्वधार छन्। लोकतान्त्रिक गठबन्धनको प्रमुख एजेन्डा धनकुटालाई प्रदेश १ को राजधानी बनाउने हो। 

इतिहास पल्टाएर हेर्ने हो भने मेरै बुवाका पालामा धनकुटालाई पूर्वाञ्चलको सदरमुकाम बनाउनुभएको हो। धनकुटालाई प्रदेशको राजधानी बनाउने विषयमा प्राध्यापक हर्क गुरुङको अध्ययन टोलीको निष्कर्ष पनि आएको थियो। भौगोलिक हिसाबले पनि धनकुटा पूर्वका जिल्लाहरुको बीच भागमा भएकाले आवतजावतमा सबैलाई सहजता छ। मेरो सोच धनकुटालाई पर्यटकीय क्षेत्रमा विकास गर्ने पनि छ। धनकुटा यस्तो ठाउँ हो, जहाँबाट हिमालदेखि तलको समथर भूभाग राम्रोसँग अवलोकन गर्न सकिन्छ। तराईमा गर्मी बढे शीतल दिने नजिकको ठाउँ पनि धनकुटा नै हो। 

६ सय ५० मेगावाटको अरुण जलविद्युत् आयोजना बनेपछि यहाँका सडक र अन्य भौतिक पूर्वाधारको विकास हुनेमा शंका छैन। मेरो बुवाले पाख्रिबासमा कृषि केन्द्र स्थापना गर्नुभयो। अब पहाडी भेगको नेतृत्व गर्ने किसिमको नमुना कृषि विश्व विद्यालय बनाउने मेरो योजना छ।

यस्तै, खाल्सा छिन्ताङ क्षेत्रमा एमालेले मेरो बुवाको विरुद्धमा चुनावी मुद्दा बनाएर जित्दै आएको थियो। तर, एमालेको सरकार पटकपटक बन्दा पनि त्यहाँका सहिद परिवारका लागि  एमालेले केही गरेन। म व्यक्तिगत प्रतिबद्धता जनाउन चाहान्छु, छिन्ताङका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने र परिवारलाई उचित क्षतिपूर्ति दिलाउने काममा पहल गर्नेछु। म तत्काल अर्को घोषणा पनि गर्न चाहन्छु, छिन्ताङ घटनाका सहिद परिवारलाई मेरो बुवाको नाममा खुलेको सूर्यबहादुर थापा प्रतिस्ठानबाट परिवारका एक सदस्यलाई रोजगारी र एक जनालाई निःशुल्क अध्ययनको व्यवस्था गरेको छु।

मेरो बुवा छिन्ताङ हत्याकाण्डको योजनाकार पनि होइन। त्यो बेला शान्ति सुरक्षाको जिम्मेवारी अञ्चलाधीश, क्षेत्रीय प्रशासक र त्यहाँको सिडियोको हातमा हुन्थ्यो। तर, आजसम्म कम्युनिस्टहरुले त्यो घटनालाई भजाएर खाइरहेका छन्।  

खोकु छिन्ताङमा चुनावी प्रचारमा जान तपाईलाई रोक लगाइएको हो? 

वाम गठबन्धनका साथीहरुले हार्ने बुझिसकेपछि हरेक बहाना खोजिरहेका छन्। आफू हार्ने डरले खुट्टा कमाउँदै हिँडेका छन्। यसबाट के बुझिन्छ भने राजेन्द्र राईको अतिवादी चरित्र र प्रजातन्त्रमा जनताको अगाडि उभिन नसक्ने डरले यस्तो आरोप लगाइएको हो। प्रजातन्त्रमा निषेध भन्ने कुरा हुँदैन। निषेधको राजनीति गर्नेलाई यसपालि जनताले नराम्रो जवाफ दिनेछन्। 

भोट माग्न जाँदा जनताका अपेक्षाहरु कस्ता छन्?

धनकुटामा विमानस्थल बनाउन मैले पहल सुरु गरिसकेको छु। उहाँहरुको चासो पनि यही हो। यसमा मलाई माओवादीका हेमराज भण्डारीले साथ दिएका छन्। यहाँका जनताले मलाई अभिभावकको रुपमा लिइसकेका छन्। मेरा बुवाले राजनीतिमा हारे पनि धनकुटा र यहाँको विकासमा लागिरहनुभयो। मेरो सफलता धनकुटासँग जोडिएको छ र त्यसैले धनकुटाका जनतासँग मेरो नङ र मासुको सम्बन्ध छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४  ०६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक
सम्बन्धित सामग्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान... बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आ... बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । कम्पन... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्