• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बत्तीमुनिको अँध्यारो काँठ : उम्मेदवारसँग खोजियो विश्वासिलो प्रतिबद्धता

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २७, २०७४  १५:५९
1140x725

काठमाडौ – नेपालीमा एउटा उखान छ ‘बत्तीमुनिको अँध्यारो’। काठमाडौँ उपत्यकाभित्र रहेका काँठ क्षेत्रका बासिन्दाले यस्तै अनुभव गर्दै आएका छन्। 

राजधानी नजिक भएर पनि आफूहरूलाई राज्यले कहिल्यै सुविधा नदिएको सो क्षेत्रका बासिन्दाको गुनासोे छ। हरेक राजनीतिक आन्दोलनमा काँठ क्षेत्रका नागरिकको योगदान महत्वपूर्ण रहँदै आएको छ। विसं २०६२÷६३ को आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै माओवादीले सञ्चालन गरेको जनयुद्धमा समेत काँठ क्षेत्रका २० भन्दा नागरिकले शहादत प्राप्त गरेका छन् तर नजिकै रहेको सिंहदरबारले कहिल्यै पनि काँठलाई आफ्नो नसम्झेको र सधैँ अपहेलना गरेको सो क्षेत्रका नागरिकको तितो अनुभूति छ। 

‘भन्नलाई काठमाडौँ भन्ने मात्रै हो, तर हामीले कहिल्यै काठमाडौँवासी भए जस्तो अनुभव गर्न पाएनौ । हरेक निर्वाचनमा राजनीतिक दलका नेता तथा कार्यकर्ताले सो क्षेत्र सम्झन्छन् तर विजयी भएर गएको दिनदेखि निर्वाचित वा पराजित भएकाले समेत सो क्षेत्रलाई हेर्दैनन्’ काठमाडौँ फुटुङका हरिप्रसाद काभ्रेलीको भनाइ हो यो। 

काँठ क्षेत्रले चक्रपथभित्र बस्ने नागरिकलाई दूध, फूल, हरियो तरकारी, खानेपानीसमेत उपलब्ध गराएको छ । सेवा र सहयोग सबै दिएको छ तर राजनीतिक नेतृत्वले कहिल्यै यो क्षेत्रलाई ध्यान नदिएको र विकास तथा भौतिक पूर्वाधारको क्षेत्रका कुनै उल्लेखनीय काम नगरेकोमा उनीहरूको आपत्ति छ। 

काठमाडौँ गोठाटारका मिलन कार्की भन्छन् “सिंहदरबार हामी काँठमा बस्नेलाई कहिल्यै आफ्नो लागेन । नेताले चुनावमा उपयोग गरे, विकास निर्माणमा समेत सौतेलो व्यवहार भयो । राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि त्यसपछि कुनै पनि अर्थमा राज्यले हाम्रो भावनालाई सम्बोधन गर्न सकेन।” 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएको छ। विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता मत माग्दै राजधानीको काँठ क्षेत्रमा केन्द्रित भएका छन् तर स्थानीयले भने चित्तबुझ्दो प्रतिबद्धता राजनीतिक नेतृत्वसँग खोजेका छन्। 

पानी पर्दा हिलो र घाम लाग्दा धुलोको समस्या भोग्नु परेकोमा स्थानीयले मत माग्न पुगेका उम्मेदवारलाई समस्या समाधानका लागि आग्रह मात्रै गरेका छैनन् आगामी दिन विगतको भन्दा फरक हुनुपर्ने अपेक्षा समेत गरेका छन्। 

सरकारले काठमाडौँ उपत्यकाभित्रका अधिकांश नगर तथा नगरोन्मुख क्षेत्रलाई गाविसविहीन बनायो र विकासलाई युद्धस्तरमा अगाडि बढाउने घोषणा समेत ग¥यो तर राजधानी नजिक भएर पनि अपहेलितजस्तो भएर बस्नुपरेकामा उनीहरु खुशी छैनन्। 

nimb
nimb
Ncell 2
Ncell 2

राजधानी नजिकका गाँगलफेदी, आलापोट, भद्रवास, डाँछी, मूलपानी, गोठाटार, फुटुङ, काभ्रेस्थली, धर्मस्थली, जितपुरफेदी, टोखा, खड्काभद्रकाली जस्ता स्थानमा अझै पनि विकासले गति लिन सकेको छैन। 

ती स्थानमा लामो समयदेखि बस्दै आएका मानिस बाहिरी जिल्लाबाट आउनेको बाहुल्यताका कारण अल्पमतमा पर्दै गएका छन्। वैज्ञानिक योजनको अभावमा वर्षेनी बढ्दै गएको बस्तीका कारण ती स्थानसमेत अव्यवस्थित बस्ती र कंक्रिटको शहरका रूपमा बदलिएका छन्। 

बसाँइ सराइ बढेसँगै बस्ती अव्यवस्थित बन्दै गएको पृष्ठभूमिमा त्यसलाई व्यवस्थित गर्ने मुद्दा कुनै पनि दलका उम्मेदवारसँग नरहेको स्थानीयको गुनासो छ । उनीहरूले राजनीतिक प्रतिबद्धता, लगानीको स्रोत र उपलब्धता मात्रै होइन, देखिने गरी विकासको प्रतिफलसमेत चाहेका छन् । काठमाडौँ क्षेत्र नं ३ मा वाम गठबन्धनका उम्मेदवार कृष्ण राई काँठ क्षेत्रको विकास र राष्ट्रिय आवश्यकता नै आफ्नो प्रमुख राजनीतिक मुद्दा भएको बताउछन्। 

सो क्षेत्रबाट गत संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा एमालेका तर्फबाट रामेश्वर फुयाँल विजयी भएका थिए। स्थानीयवासीले ‘घर घरमा खानेपानी, टोल टोलमा ढल र सडक’ जस्ता कामलाई योजनाबद्ध रूपमा अगाडि बढाउनुपर्ने माग राखेको र आर्थिक, सामाजिक समृद्धि, व्यवस्थित बस्ती विकास, वातावरण संरक्षण र सुशासनलाई केन्द्रबिन्दुमा राखेर जुन उम्मेदवारले योजना ल्याउँछ उसैलाई मत दिने बताउँदै आएका छन्। 

नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं २ का उम्मेदवार दीपक कुइँकेल आफू स्थानीय पनि भएको र काँठ क्षेत्रको मतदाताको भावनालाई आत्मसात् गरेको बताउछन्।  

उनले बत्तीमुनि अध्याँरो भनेजस्तै भएका काँठ क्षेत्रका जनतालाई राहत र आशा जगाउन आफू मैदानमा खडा भएको जानकारी दिए। काँठ क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकास, भौतिक पूर्वाधारले युक्त बस्ती, शिक्षा, स्वास्थ्यमा समान पहुँच तथा कृषिउपज उत्पादनमा बढोत्तरी गर्ने आफ्नो योजना रहेको भन्दै काठमाडौँ क्षेत्र नं ६ का वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदी काँठ क्षेत्रले विगतदेखि भोग्दै आएको अपहेलनालाई सम्बोधन गर्ने आफ्नो कार्यसूची रहेको उल्लेख गरे।

काँठ क्षेत्रका बस्तीमा बाह्रै महिना सहज यातायात सञ्चालन हुने गरी कच्ची सडकको स्तरोन्नति, कृषि, पर्या पर्यटन र बाग्मती एवं मनोहरा नदीमा प्रदूषण कम गर्ने तथा पानीका मूलको संरक्षण गर्नेतर्फ विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ। 

सरकारले पछिल्लो पटक उपत्यका विकास प्राधिकरणमार्फत ‘स्याटेलाइट सिटी’ निर्माणको पहलसमेत गरेको छ। उपत्यकामा काँठ क्षेत्रमा चारवटा स्याटेलाइट सिटी निर्माण एक लाख रोपनीको क्षेत्रमा समेट्ने तयारी गरेको छ। 

त्यस्ता सिटीमा आधारभूत आवश्यकताका सबै सेवा सुविधा पु¥याउने सरकारको लक्ष्य छ । सरकारले काठमाडौँको निश्चित क्षेत्रमा केन्द्रिकृत विकासलाई फराकिलो बनाउन त्यस्तो अवधारणा सारे पनि काम नभएकोमा स्थानीयले उम्मेदवारसँग गतिलो प्रतिबद्धता खोजेका हुन्। 

काठमाडौँ क्षेत्र नं ७ का अर्का उम्मेदवार रामवीर मानन्धर स्थानीयको माग र चाहानालाई सम्बोधन गर्ने गरी योजना बनेको र आफूले मतदातालाई सो विषयमा स्पष्ट प्रतिबद्धता जनाएको बताउछन्। रासस 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०७४  १५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्