• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बुबालाई कुनै पश्चात्ताप थिएन : सुनीलबहादुर थापा

64x64
नेपाल लाइभ सोमबार, वैशाख २, २०७६  १६:३३
1140x725

काठमाडौं– पटकपटक नेपालका प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाको २०७२ बैसाख २ मा भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। पञ्चायतवादी र बहुदलवादी मात्रै होइन, महेन्द्रदेखि ज्ञानेन्द्रसम्मले उनलाई पत्याए। सिद्धान्त, जनपक्षधरता वा अडान भएका नेताका रुपमा उनी चिनिँदैनथे। तर पनि महेन्द्रदेखि ज्ञानेन्द्रसम्मले उनलाई पत्याए। दोस्रो संविधानसभाका सदस्यलाई सपथ खुवाउने अवसर पनि पाए। दलहरुको द्वन्द्व बढ्दा होस् वा राजालाई अप्ठ्यारो पर्दा होस्, धेरैपटक सूर्यबहादुर अघि सारिए।

पञ्चायतकालमै १३ बुँदे माग राखेका कारण जेल परे। त्यतिबेलाका कांग्रेसभन्दा चर्का माग राखे। आफ्ना पिताका रुपमा र नेताका रुपमा सूर्यबहादुरलाई उनका पुत्र सुनीलबहादुरले कसरी सम्झिन्छन् त? प्रस्तुत छ, उनीसँग नेपाल लाइभले गरेको कुराकानीः

OOO

मैले बुबालाई सम्झिँदा शिक्षा प्राप्तिलाई दिनुभएको जोड नै सम्झिन्छु। उहाँ हामीले पढेनौं भने रिसाउनुहुन्थ्यो। कहिलेकाहीँ पिट्नु पनि हुन्थ्यो। अनुशासन कायम राख्नुहुन्थ्यो। मूल्यमान्यतामा जोड दिनुहुन्थ्यो। रीतिरिवाज र धर्म–संस्कृति नै प्राथमिकता दिनुहुन्थ्यो। हामीलाई त्यस किसिमको अभ्यासमा अभ्यस्त बनाउनुभयो।

म धनकुटाको मुगामा जन्मिएको हुँ। एक वर्षमै म काठमाडौं आएको थिएँ। शिक्षाप्रेमी भएकैले उहाँले त्यस क्षेत्रका केहीलाई काठमाडौं ल्याएर पढाउनुभएको थियो। हामीलाई आम मानिससँग घुलमिल गराउन पनि उहाँले प्रयत्न गर्नुभयो। घरमा मोटर हुँदाहुँदै पनि स्कुल जाँदा भने हिँडेरै जानुपर्थ्यो।

हाम्रा आफन्तहरुलाई जोड्ने 'ग्लु' पनि हुनुहुन्थ्यो बुबा।

पदले वा अरु केहीले, परिवारभित्र पनि उहाँलाई सबैले मान्दथे। कतिसम्म भने मेरो हजुरआमा नै बुबा बसेको कोठामा आउनुहुँदा उहाँले 'आमा बसिबक्सियोस् न' नभनेसम्म बस्नुहुन्नथ्यो। अरु पनि त्यसै गर्थे।

OOO

nimb
nimb
Ncell 2
Ncell 2

नेताको रुपमा उहाँलाई पाउँदा मलाई अचम्म लाग्छ। एउटै घरभित्र नेता पनि देखियो। बुबा पनि देखियो। 'स्ट्रङ पर्सनालिटी' भएको राजनीतिक गुरु भेटेँ।

विदेश सचिव भएका बेला श्यामशरण यहाँ आएर बुबालाई भेटे। उनले भने– तपाईं यो देशको राजनीतिक ज्योतिषी हो। तपाईं भविष्यवाणी गर्न सक्नुहुन्छ। अर्थमन्त्री भएका बेला प्रणव मुखर्जीले त नेपालको मात्रै होइन, दक्षिण एशियाकै टप नेता भन्नुभएको थियो।

बुबा एक जना निर्भीक व्यक्ति हुनुहुन्थ्यो। कसैसँग डराउनुहुन्नथ्यो। कहिलेकाहीँ राजा वा समकालीन साथीहरुसँग गरेको कुरा सुन्दा हामीलाई डर लाग्थ्यो। अप्ठ्यारो परिस्थितिमा पनि आफ्ना कुरा राखेर अरुको मन जित्न सक्नुहुन्थ्यो।

उहाँमा दुरदर्शिता पनि थियो। उहाँले बृहत् प्रजातान्त्रिक शक्तिको जुन कुरा गर्नुभएको थियो, अहिले धेरैको मुखबाट त्यही नै सुनिन्छ। 

नेपालमा हुने परिवर्तनबारे उहाँको स्पष्ट धारणा थियो– कि आफूले जनतालाई डोहोर्‍याउनुपर्छ, कि जनतासँग डोहोरिनुपर्छ।

OOO

कुनैकुनै सार्वजनिक कार्यक्रममा भने बुबा र नेता हुनुको अप्ठ्यारो पर्थ्यो। म जनशक्ति पार्टीको केन्द्रीय सदस्य पनि भए। केन्द्रीय मिटिङमा जाँदा बुबा त भन्नुभएन। त्यतिबेला भने अप्ठ्यारो पर्थ्यो। सार्वजनिक कार्यक्रमहरुमा सम्बोधनहरु गर्नुपर्ने बेलामा पनि अप्ठ्यारो पर्थ्यो।

राजनीतिक टाइमलाइनमा मैले तीन वर्षमात्रै बुबासँग बिताउन पाएँ। त्यसकारण उहाँबाट मैले जति सिक्नुपर्ने वा जान्नुपर्ने थियो, त्योचाहिँ पाइनँ। तर, सूर्यबहादुरको छोरा हुनाका कारण मैले अवसर नै बढी पाएँ।

उहाँ अध्यक्ष भएको बेला मैले चुनाव लडेँ। चुनाव लड्न त कसैले पनि रोकेन। कार्यसम्पादन समितिका सबैले मलाई चुनाव लडाउनुपर्छ भने। तर त्यसपछि भने अप्ठ्यारो अवस्था आयो। मन्त्री बनाउने बेलामाचाहिँ उहाँलाई कठिन भयो होला भन्ने लाग्छ। तर मलाई मन्त्री बनाउनुभयो। 

म निर्वाचित सांसद भएकाले मलाई मन्त्री बनाउनु भयो। त्यतिबेला साथीहरुले दुःख पनि मान्नुभयो। उहाँ पार्टी अध्यक्ष भएका बेलामा पार्टीले निकै राम्रो कामहरु गर्‍यो। पार्टी सत्तामा पनि पुग्यो। उहाँमा दुरदर्शिताको क्षमता थियो।

OOO

(२०१७ पुस १ को महेन्द्रको भाषण सूर्यबहादुरले लेखेको भन्नेबारेको चर्चा) हामीले कहिल्यै पनि सुनेनौं। उहाँले पनि केही भन्नुभएन। 

राजा महेन्द्रले ०२८ सालमा अब बहुदलीय शासन प्रणालीमा जाने भन्ने मानसिकता बनाइसकेपछि शम्भुप्रसाद ज्ञवालीलाई संविधान लेख्न अह्राउनुभयो। मेरो बुबालाई भने सुवर्ण शमशेर, बिपी तथा ज्ञवालीसँग सहकार्य भनिएको र त्यसको ड्राफ्ट लेख्ने हेर्ने गर्नुभएको कुराचाहिँ हामीलाई बताउनुभएको थियो।

OOO

शासन व्यवस्था चलाउँदा हरेक चिज व्यहोर्नुपर्छ। पञ्चायतभित्र प्रजातन्त्रलाई सुदृढ गर्नुपर्छ भन्नुहुन्थ्यो। त्यो सबैलाई अटाउने व्यवस्था होस् भन्ने उहाँको चाहना थियो। त्यसकै नेतृत्व गर्नुभयो। त्यसैले पनि पञ्चायतभित्र उदार र अनुदारवाद भनेर दुईवटा खेमा नै बने।

जनमत संग्रहपछि भने उहाँले अब राजा सर्वोच्च हुनुपर्छ भन्नुभयो। बेलायतको जस्तो हुनुपर्छ भन्नेमा उहाँले जोड दिनुभयो। अर्काथरिले अब झन् राजा सक्रिय हुनुपर्ने बताए। उहाँले पञ्चायतलाई झन् साँघुरो बनाउनु हुँदैन भन्नुभयो। त्यसैले ०२९ सालमा १३ बुँदे माग राख्नुभयो। पछि अनसन पनि बस्नुभयो।

एउटा कुरा के बुझ्नुपर्छ भने नेपालमा जेजति प्रजातान्त्रिक शक्ति बाँचे, उहाँकै कारण बाँचे। राजा महेन्द्रले सत्ता हातमा लिएपछि साम्यवादी शक्तिलाई बढुवा दिए। बुबाले भने प्रजातान्त्रिक शक्तिलाई आफ्नै हिसाबले संरक्षण गरेर ल्याउनुभयो।

उहाँले ०१७ पछि जेल परेका बिपीलाई छाड्नुपर्छ भनिरहनुभयो। बरु बिपीलाई पनि पञ्चायतमै ल्याउनुपर्ने बताउनुभयो। किनकि, पञ्चायतलाई फराकिलो बनाउनुपर्ने बताउनुभयो। उहाँकै पहलमा बिपी छोडिनुभयो। तर बिपीलाई काठमाडौंमा भेट दिइएन।

OOO

जनमत संग्रहका बेला पञ्चायतले जित्यो भने त्यसलाई सुधार गरेर लैजाने भनिएको थियो। पञ्चायतलाई फराकिलो बनाउँछौं भनिएको कारणले नै त्यसले जित्यो।

राजालाई सहयोग गरेको तथा आफ्नै पालामा छिन्ताङ काण्ड भएको विषयमा उहाँमा पश्चाताप थिएन्। उहाँले जहिल्यै पनि आफूले शासन गर्ने बेलामा भएका हर घटनाका लागि आफूले जिम्मेवारी लिनुपर्छ, त्यसप्रति कुनै पश्चाताप छैन भन्नुहुन्थ्यो।

उहाँ पटकपटक प्रधानमन्त्री बन्नुभयो। त्यो अवसर छोप्ने भन्दा पनि आवश्यकताले हो। जस्तो कि ०६० सालमा चुनाव गराउन भनेर उहाँलाई प्रधानमन्त्री बनाइएको थियो। तर चुनाव हुन सकेन। उहाँ केही महिनामै बाहिरिनुभयो।

प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्