• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कन्हैया हिँडेको फरक बाटो

64x64
नेपाल लाइभ सोमबार, वैशाख २, २०७६  ११:१७
1140x725

काठमाडौं- भारतीय सत्ताले सायदै सोचेको थियो होला कि राज्यद्रोहमा जेल कोचिएको एउटा सामान्य विद्यार्थी कुनै दिन आफैंलाई भारी पर्ने गरी उदाउने छ। तर, समयको फैसला निकै निर्मम हुने गर्छ।

विखण्डनकारी आरोप लगाएर जेल कोच्दै गर्दा सत्ताको केन्द्रमा आसीन नरेन्द्र मोदी सन् २०१६ तिर सोच्दै थिए होलान्- नाथे केटोलाई दुई/चार महिना जेलको चिसो हावा चखाएपछि आफै ‘लाइन’मा आउँछ।

तर, प्रतिशोध साँधिएका कामको परिणाम जहिल्यै ‘काउन्टर प्राेडक्टिभ’ हुन्छ। त्यस्तै भयो, मोदी नेतृत्वको सत्ताका हकमा पनि। दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय(जेएनयू) आसपासमै सीमित कन्हैयाको ओज मोदीकै कारण दिल्लीबाट निस्किएर भारतभर फैलिँदो छ।

जेएनयूका विद्यार्थी नेताबाट कन्हैया १७औं भारतीय लोकसभा चुनावमार्फत् देशकै नेतामा बढोत्तरी हुने क्रममा छन्, चाहे चुनावी नतिजा उनकै विपक्षमा किन नआओस्। कन्हैया बिहार राज्यको बेगुसरायबाट चुनाव लड्दै छन्, कम्युनिस्ट पार्टी अफ इन्डिया(सिपिआई)का तर्फबाट।

११ अप्रिलदेखि सुरु भइसकेको भारतीय लाेकसभा निर्वाचान बेगुसरायमा भने २९ अप्रिलमा हुनेछ। ७ चरण पार गर्दै मे १९ मा सकिने चुनावमा करिब ९० करोड भारतीय मतदाताले गरेको फैसला भने मे २३ तारिखपछि सार्वजनिक हुनेछ।

संसारकै धेरै मतदाता र धेरै उम्मेदवार भएको विश्वकै ठूलो यो चुनावी प्रक्रियामा भारत बाहिरको विश्वले थाहा पाउने गरी चर्चामा रहेका दुई/चार पात्र मात्रै छन्। नरेन्द्र मोदी, राहुल गान्धी, प्रियंका गान्धी, कन्हैया कुमार लगायतका केही उम्मेद्वार मात्रको बन्छ सूची।

वर्षौंका स्थापित राजनीतिक हस्तीलाई छायाँमा पार्दै चर्चाको अग्रभागमा कन्हैया कुमार आउन सक्नुमा केही कारण छन्, जसमध्ये यहाँ उनले चुनावी मैदानमा उत्रेपछि अपनाएको केही अभ्यासको चर्चा गरिनेछ।

Ncell 2
Ncell 2

'कर्पोरेट'मुक्त राजनीतिका लागि ‘क्राउड फन्डिङ’
केवल भारतमा मात्र होइन, अहिले विश्व राजनीति नै 'कर्पोरेट' क्षेत्रको कब्जामा छ। नेपालकै नेताहरूले पनि खुल्लमखुल्ला भनिरहेका छन्- ‘चुनावमा ४ करोड, ५ करोड, ६ करोड...खर्च गरियो।’ यसरी चुनावमा पोखिने करोडौं पैसा ठूला-ठूला राजनीतिक घरानाले तिरिदिने र राजनीतिकर्मी उनीहरुकै चङ्गुलमा बन्धक हुने अवस्था छ। यसका केही बाछिटा नेपालमा समेत देखिन थालिसकेका छन्।

उदाउँदा कन्हैयाले कर्पोरेट हाबी राजनीतिको निकै आलोचना गर्ने गरेका छन्। भारतीय ठूला व्यापारिक घरानाको जालमा फसेर गरिबलाई अन्याय गरेको भन्दै उनी मोदीको खरो आलाेचनामा उत्रिन्छन्।

परम्परागत राजनीतिलाई ‘मनि र मसल’को प्रभावबाट मुक्त पार्न कन्हैयाले अनलाइन ‘क्राउड फन्डिङ’को सहायता लिएका छन्। चुनावमा जनताबाट सिधै आर्थिक सहायता पाउन उनले इन्टरनेट प्लेटफर्म ‘क्राउड फन्डिङ’ अभियान चलाएका हुन्। ‘आवर डेमोक्रेसी’ नामको अनलाइन पोर्टलमा सहयोग गर्न इच्छुकले आफूले चाहेको रकम जम्मा गर्न सक्छन्।

‘परिवर्तन ल्याउन पहिलो चरणमा राजनीतिलाई धनीको गोजीबाट बाहिर ल्याएर औषत करदाताका हातमा फिर्ता गरिदिनुपर्छ,’ आर्थिक सहायताका लागि यस्तो अभियान चलाउनुका कारणबारे कन्हैया भन्छन्, ‘जसले सरकारमा लगानी गरेको छ, उसकै मुद्दा हाम्रो बहसबाट पूर्ण रूपमा हराइसकेका छन्। किन? किनकि, यो करदाताका लागि चलेको सरकार होइन। यो धनीका लागि चलेको राजनीतिक संयन्त्र हो। यो यस्तो प्रणाली हो, जसलाई फिर्ता ल्याउनै पर्छ र सरकार जनतातर्फ फर्किनुपर्छ।’

क्राउड फन्डिङको सुरुवात पूर्व भारतीय पत्रकार बिलाल जैदीले सन् २०१७ गरेका हुन्। भारतमा लामो समय संसद् र चुनावको रिर्पोटिङ गरेका जैदीले दलित नेता जिग्नेश मेहवाणीलाई सन् २०१७ को गुजरात विधानसभा चुनावमा पैसा उठाउन सहयोग पुर्‍याएका थिए। यही अभियानबाट मेहवाणीका लागि २० लाख भारतीय रुपैयाँ संकलन भएकाे थियो।

आर्थिकरूपमा कमजोर राजनीतिक उम्मेदवारका लागि यो प्लेटफर्म महत्वपूर्ण मानिन्छ। भारतीय चुनाव आचारसंहिता अनुसार निर्वाचनमा ७० लाख रुपैयाँभन्दा बढी खर्च गर्न पाइँदैन। त्यसैकारण त्यो सीमाभन्दा बढी चन्दा लिन पाइँदैन। आर्थिकरूपमा कमजोर कन्हैया कुमारले पनि तोकिएको सीमा ७० लाख भारु अनलाइन 'क्राउड फन्डिङ'मार्फत् उठाइसकेका छन्। उनका अनुसार चन्दातादाले एक सयदेखि ५ लाख रुपैयाँसम्म सहयोग गरेका छन्।

‘आवर डेक्रोसेक्री’ले मुख्य गरी तीन क्षेत्रमा यस्तो अभियान चलाउने गरेको छ। जसअनुसार यसले मिडिया र जनमतलाई अझ विश्वसनीय बनाउन सहयोग पुर्‍याउँछ। त्यस्तै राजनीतिक फन्डिङलाई पारदर्शी र नेतालाई जनताप्रति उत्तरदायी बनाऔं र आवश्यक परेका बेला राजनीतिक र समाजिक हस्तक्षेपका लागि नागरिक परिचालनमा सहयोग पुर्‍याउँछ।

प्रजातन्त्र र निर्वाचन सहायताका लागि अन्तर्राष्ट्रिय संस्था (इन्टरनेसनल आइडिया)को सन् २०१८ को प्रतिवेदनमा पारदर्शी अनलाइन क्राउड फन्डिङले राजनीतिक दल तथा उम्मेदवारलाई विश्वसनीयता आर्जन गर्न र मतदाताप्रति पार्टीको उत्तरदायित्व बलियो बनाउन सहयोग पुर्‍याउने उल्लेख छ।

यद्यपि, यस्ता अनलाइन अभियानलाई ह्याकरले आक्रमण गर्ने खतरा भने हुन्छ। कन्हैया कुमारको यो अभियानमा पनि कैंयौं पटक साइबर हमला भएका छन्। यसले केही प्रभावित पारे पनि फन्डिङमा केही असर नपरेको कुमार बताउँछन्।

चुनावी एजेन्डा : साम्प्रदायिकताबाट टाढा
मोदीका चुनावी एजेन्डा हिन्दू राष्ट्रवाद र हिन्दूत्वकै वरिपरि छन्। यसलाई कन्हैयाले 'साम्प्रदायिक राजनीति र राष्ट्रवाद' भन्दै चर्को आलोचना गर्ने गरेका छन्। पछिल्लो समय भारतीय राजनीति यति धेरै ध्रुविकृत भइसकेको छ कि जाति, धर्मजस्ता कुराले चुनावी परिणाममा नचाहँदा-नचाहँदै पनि प्रभाव पार्ने गरेको छ।

कन्हैया आफू यसलाई चुनौती दिनेगरी वैकल्पिक राजनीति गरिरहेको बताउँछन्। ‘देशको वैकल्पिक राजनीति कस्तो हुनुपर्छ?,’ आफ्नौ सवालको जवाफमा कन्हैया भन्छन्, ‘वैकल्पिक राजनीति अत्याचारविरुद्धको लडाईं मात्र होइन, स्वतन्त्रता र समानताका लागि पनि हो। यो केवल भाजपा–आरएसएसको हिन्दू अन्धराष्ट्रवादका लागि मात्रै होइन। यो त अम्बेडकरको सामाजिक समावेशीकरणका लागि पनि हो। यो केवल भिडतन्त्रविरुद्धको लडाईं मात्रै होइन, वास्तविक सहभागितामूलक प्रजातन्त्रका लागि पनि हो। यो मेरो लडाईं होइन, हाम्रो लडाईं हो।’

अब केही क्षणको चर्चा लोकसभा चुनावमा चर्चाको केन्द्रमा रहेको बेगुसरायको जातिगत संरचना र विगतका केही परिणामबारे गरौं।

बिहार राज्यका सहरमध्ये एक हो बेगुसराय। भूमिहार जातिको बाहुल्यता रहेको यस निर्वाचन क्षेत्रमा उनीहरुकाे मत नै निर्णायक हुने ठानिन्छ। त्यहाँ १९ प्रतिशत भूमिहार, १४ प्रतिशत मुस्लिम र १२ प्रतिशत यादव जातिको जनसंख्या छ। कूल १९ लाख मतदाता रहेको यस क्षेत्रमा जातीय संरचनाले चुनावमा ठूलो अर्थ राख्ने त्यहाँका स्थानीय विश्लेषकको विश्लेषण छ।

उनीहरुकै कुरा मान्ने हो भने यहाँको चुनावमा भूमिहार र मुस्लिम समुदायको मत निर्णायक मानिन्छ। कसले जित्छ? त्यो भन्न भने निकै कठिन छ, किनभने उम्मेदवार पनि त्यसलाई नै लक्षित गरी खडा गरिएको छ। कन्हैयाविरुद्ध भारतीय जनता पार्टी (भाजपा)बाट गिरिराराज सिंह उम्मेदवार बनेका छन्। उनी र कन्हैया भूमिहार जातिको प्रतिनिधित्व गर्छन्। मुख्य विपक्षी भारतीय राष्ट्रिय कांग्रेससहितको महागठबन्धनबाट राष्ट्रिय जनता दल (आरजेडी)का तनवीर हसन उम्मेदवार बनेका छन्। उनी मुस्लिम समुदायको प्रतिनिधित्व गर्छन्।

सन् २०१४ मा भाजपाका भोला सिंहले चुनाव जितेका थिए। उनीसँग तनवीर हसनले ६४ हजार भोटले हारेका थिए। तनवीरले ३ लाख ६९ हजार ८ सय ९२ मत पाएका थिए। कम्युनिस्ट पार्टीलाई १ लाख ९२ हजार मात्रै मत मिलेको थियो। यो क्षेत्रलाई कम्युनिस्टहरुको गढ मानिएपनि सिपिआईले १९६७ मा मात्रै चुनाव जितेको छ।

बेगुसरायको जातिगत संरचना, विगतको परिणाम र अहिलेको चुनावी माहोल जोडर हेर्दा चुनावमा चर्को त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ।

अब चर्चा गरौं,  कन्हैया र भाजपाका उम्मेदवार गिरिराजको चुनावी प्रचार शैली र नाराको। गिरिराजले आफू भूमिहार जातिको हुनुलाई चुनावी फाइदाका रुपमा प्रयोग गरेका त छन् नै, उनले हिन्दूमत आकर्षण गर्न पनि निकै कोसिस गरिरहेका छन्।

गिरिराज चुनाव प्रचारका लागि जहाँ-जहाँ जान्छन्, त्यहाँ भेटिने मन्दिरमा पूजा गर्न छुटाउँदैनन्। त्यस्तै राष्ट्रवादलाई पनि निकै उछालेका छन्। उनका समर्थक भारतको राष्ट्रिय गान ‘बन्दे मातरम’ र ‘भारत माताकी जय’ जस्ता नारा चर्को गरी लगाइरहेका हुन्छन्। गिरिराज कन्हैयालाई देशद्रोही भएको भन्दै आफ्नो लडाईं सांस्कृतिक राष्ट्रवादका पक्षमा भएको बताउँछन्।

कन्हैया कुमारको भने अलि भिन्नै नारा र शैली छ। उनी र उनका समर्थक ढोलकलगायत स्थानीय बाजा बजाउँदै गरिब, अन्याय–अत्याचारबाट आजादी (मुक्ति)को नारा लगाउँछन्। कन्हैया विपक्षीले आफूमाथि राजनीतिक एजेन्डाभन्दा पनि व्यक्तिगत र जातिगत आधारमा आक्रमण भइरहेको बताउँछन्। तर, आफ्नो लडाईं कुनै व्यक्तिविरुद्ध नभई एक विचारविरुद्ध रहेको उनको भनाइ छ। ‘मेरो लडाईं यी दुई जनासँग होइन,’ उनी भन्छन्, ‘मेरो लडाईं एक सोच, एक विचारविरुद्ध हो, जसको अनुहारका रुपमा गिरिराज सिंह चुनावी मैदानमा आएका छन्।’

आफ्नो लडाईं संविधानको मूल्य जोगाउनु रहेको भन्दै संविधानको प्रस्तावनामै जातको कुरा नरहेको बताउँन्। ‘यो लडाईं संविधानको मूल्य जोगाउन हो, जसमा लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समाजवाद लगायतका कुरा छन्,’ कन्हैयाको भनाइ छ, ‘संविधानको प्रस्तावनामा लेखिएको छ– हामी भारतका जनता। त्यसमा न कुनै जातको कुरा छ, न कुनै धर्मको कुरा छ। संविधानको यही प्रस्तावना संरक्षण गर्नु हाम्रो पहिलो लडाईं हो।’

प्रगतिशीलको साथ
राजनीतिक मैदानमा कन्हैयाजस्ता पढेलेखेका युवाको आगमन धेरे भारतीयमा आशा जगाएको छ कि अब राजनीति सहि ट्रयाकमा आउँछ। कन्हैयाको छिन्नभिन्न भएका भारतीय ‘लेफ्टिस्ट’हरुमा पनि निकै आशाको सञ्चार गराएको छ। चुनावी मैदानमा कन्हैयालाई सिपिआईले उतारे पनि अरु कम्युनिस्ट पार्टीले पनि उनलाई आफ्नो नेता मान्दै चुनावमा सहयोग पुर्‍याइरहेको पाइन्छ।

त्यति मात्रै होइन मोदीको आलोचना गर्ने र प्रगतिशील विचारधार राख्ने प्रभावशाली युवा नेता र कलाकारले समेत देशका विभिन्न भागबाट आएर कन्हैयाका पक्षमा मत माग्ने र चुनाव प्रचार–प्रसारमा सहयोग गर्ने काम गरिरहेका छन्।

भारतीय लोकसभा चुनाव प्रभावित पार्न सक्ने ठानिएका युवा बेगुसरायमै आएर कन्हैयाका प्रक्षमा चुनाव प्रचार गरेपछि त्यहाँको माहोल झन् रौनकमय भएको देखिन्छ। युवा नेताहरू सहेला रसिद, जिग्नेश मेवाणी, गुरमेहर कौर र कलाकार स्वरा भाष्कार लागयतले चुनावी मैदानमै गएर कन्हैयाका पक्षमा प्रचार–प्रसार गरिरहेका छन्।

जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेकी सहेला सन् २०१५ मा जेएनयू छात्रा संघकी उपाध्यक्षसमेत भएकी थिइन्। ३१ वर्षीया सहेला राज्यद्रोहको आरोपमा पक्राउ परेका कन्हैया कुमार, उमार खालिदलगायतका विद्यार्थी नेताको रिहाइको माग गर्दै भएको विद्यार्थी आन्दोलनलाई नेतृत्व गरेपछि चर्चामा आएकी थिइन्। उनी हालै स्थापना गरिएको ‘जम्मु एन्ड काश्मिर पिपुल्स मुभमेन्ट’मा आबद्ध छिन्।

जिग्नेश मेवाणी मोदीको गृहराज्य गुजरातबाटै उदाएका युवा नेता हुन्। समाजिक अभियान्ताका रुपमा काम गरेका ३८ वर्षीय उनले सन् २०१६ मा गुजरातमा दलित समुदायले गरेको आन्दोलनको नेतृत्व गरेका थिए।

गाई रक्षाका नाममा गुजरातमा दलित समुदायमाथि आक्रमण भएपछि अहमदावाददेखि उनासम्म ‘दलित अस्मिता यात्रा’ नाममा मार्चपास भएको थियो। जसमा २०औं हजार दलित समुदाय सहभागी भएका थिए। मेवाणीले सन् २०१७ मा गुजरात राज्यसभा निर्वाचनमा स्वतन्त्र रूपमा उठेर चुनाव जितेका थिए।

त्यस्तै, गुरमेहर विद्यार्थी अभियन्ता तथा लेखक समेत हुन्। उनी दिल्ली विश्वविद्यालयमा अंग्रेजी साहित्य अध्ययन गरिरहेकी छिन्। रामजास कलेजमा विद्यार्थी नेताहरू उमार खालिद र सहेला रसिदलगायतलाई निमन्त्रणा दिएर आयोजना गरिएको सेमिनारमा २ विद्यार्थी संगठनबीच झडप भएको थियो। उक्त झडपपछि चलाइएको ‘दिल्ली विश्वविद्यालय बचाऊ’ अभियानमा सहभागी भएपछि उनी चर्चामा आएकी थिइन्।

त्यसअघि भारत-पाकिस्तानबीच शान्तिको कामना गरी जारि गरिएको एउटा भिडियो सन्देशबाट उनको चर्चा भएको थियो। २२ वर्षीया कौर मोदी र उनले व्याख्या गर्ने राष्ट्रवादको कडा आलोचक हुन्। चर्चित 'टाइम म्यागेजिन'ले सन् २०१७ मा उनलाई ‘स्वतन्त्र अभिव्यक्तिकी योद्धा’को उपमा दिँदै ‘अर्को पुस्ताका दश नेता’को सूचीमा समावेश गरेको थियो।

स्वरा भाष्कर बलिउड कलाकार हुन्। ३१ वर्षीया स्वराले ‘अनारकली अफ आरा’ जस्ता समाजिक विसंगतिविरुद्ध बनाएका धेरै फिल्ममा अभिनय गरेकी छिन्। मोदीको चर्को आलोना गर्ने स्वराले आफ्नो चुनावी सम्बोधनको भिडियो ट्विटरमा सेयर गर्दै स्वराले लेखेकी छिन्, ‘मेरो पहिलो राजनीतक सम्बोधन, बेगूसरायमा कन्हैया कुमारलाई समर्थन। जय भीम, लाल सलाम।’

देशद्रोहको मुद्दामा राष्ट्रिय बहस चलाउने एक बुलन्द आवज कन्हैया कुमारको सर्मथनमा भारतभरका नागरिक उभिएका छन्। तर, बाहिरबाट आएका सामाजिक कार्यकर्ता तथा नेता कन्हैया कुमारको मत वृद्धिमा कति सफल रहलान् यो भने निकै ठूलो मुद्दा हो।

कन्हैयाले चुनावका लागि नाम दर्ता गर्ने बेला पनि निकै भिड देखिएको थियो। स्थानीय पत्रकार विपिन कुमार भन्छन्, ‘सबैभन्दा ज्यादा भिड कन्हैया कुमारको नाम दर्तामा देखियो। यो बेला युवा वर्गमा विशेष उत्साह देखियो। नाम दर्ता गर्दा आएको भिडकै आधारमा त्यो भोट उनकै लागि खस्छ भन्न सकिँदैन।’

त्यसपछिका चुनावी सभामा पनि मानिसको राम्रो भिड जम्मा भएको देखिन्छ। मानिस वर्षामा भिँजेर पनि कन्हैयालाई सुन्नका लागि बसिराख्नुले उनीप्रति मानिसहरुको रुचि भएको देखिन्छ।

‘बाहिरबाट जो–जो आएका छन्, त्यसले अन्य प्रतिष्पर्धीको निन्द्रा भंग गरिदिएको छ,’ पत्रकार विपिन कुमार भन्छन्, ‘अब यसलाई कायम राख्नमा कन्हैया कहाँसम्म सफल हुन्छन् यो चाहिँ हेनुपर्छ। अब यसको प्रभाव चुनावका दिन पर्छ त्यो देख्नुपर्छ।’

बिहारदेखि तिहारसम्म
कन्हैया विहार राज्यको बेगूसरायको एक आर्थिक रुपमा कजोर परिवारमा जन्मेका हुन्। चुनावका लागि नाम दर्ता गर्दा उनले देखाएको सम्पत्तिमा उनका नाममा करिब ३ लाख भारु मात्रै बचत रहेको उल्लेख गरेका छन्। उनी कथित माथिल्लो जातको मानिन्छन्।

सन् २०१६ मा ३२ वर्षका कन्हैयालाई विश्वविद्यालयमा भारतीय संसद्‍मा आक्रमण गर्ने अफजल गुरुको वार्षिकी मनाउन कार्यक्रम गरेको र त्यहाँ भारत विरोधी नारा लगाएको आरोपमा दिल्ली प्रहरीले पक्राउ गरेको थियो। उनीसहितका केही विद्यार्थी नेतालाई दिल्ली प्रहरीले पक्राउ गरी राज्यद्रोहको आरोपमा जेलमा हालेपछि उनी एकाएक चर्चामा आएका थिए।

दिल्लीको तिहार जेलमा रहेका उनीविरुद्ध लगाइएको आरोप अदालतबाट पुष्टि हुन नसकेपछि छुटेका हुन्। जेलबाट छुटे लगत्तै उनले ‘बिहारदेखि तिहारसम्मः मेरो राजनीतिक यात्रा’ नामको पुस्तकसमेत लेखेका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साम्प्रदायिक राष्ट्रवाद चर्काएको र उनको आर्थिक नीतिले गरिब र धनीबीचको खाडल बढाएको भन्दै चर्को आलोचना गर्ने गरेका छन्।

आफ्ना तार्किक भाषणमार्फत् कैंयौंलाई प्रभावित पार्न सक्ने कन्हैयालाई उदाउँदो भारतीय युवा नेताका रुपमा हेरिन्छ। उनलाई कैयौं गरिबले आफ्नो एजेन्डा उठाउने नेताका रुपमा हेर्न थालेका छन्। ‘नोटतन्त्र र लोकतन्त्रको यो लडाईंमा बेगुसराय लोकतन्त्रका पक्षमा उभिएको छ,’ एक चुनावी र्‍यालीलाई सम्बोधन गर्दै कन्हैयाले भनेका छन्, ‘म तपाईंहरुलाई भरोसा दिलाउन चाहान्छु, बेगुसरायको यो लडाईं पुरै देशमा लोकतन्त्रको एक आवाज सावित हुनेछ। बेगुसराय जित्नेछ, मोदीको झुटले हार्नेछ।’

बेगुसराय कसको पक्षमा उभिन्छ, त्यसका लागि भने मे २९ कुर्नैपर्छ। तर, कन्हैयाले चुनाव जिते पनि हारे पनि उदाउँदो नेताका रुपमा स्थापित भइसकेका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ११:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला
क्यानडालाई शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश ढकालकाे इजलासमा
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला आइतबार, माघ ११, २०८२
क्यानडालाई शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी आइतबार, माघ ११, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश ढकालकाे इजलासमा आइतबार, माघ ११, २०८२
हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगलागी आइतबार, माघ ११, २०८२
सुनचाँदीको मूल्य बढ्यो आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्