• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'मेरो प्रतिस्पर्धा मसँग मात्रै हो' [भिडियो वार्ता]

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २६, २०७४  २२:३१
1140x725

चुनावी तयारी र धपेडी कस्तो भइरहेको छ?

काठमाडौंमा धेरै ठूलो भूगोल छैन। त्यसैले योभन्दा अघिल्लो चुनावमा पनि सकेसम्म सबै मतदाताको घरमा पुग्ने कोसिस गरेका थियौं। यो पटक पनि त्यही अनुरुप नै गर्दैछौं। पछिल्लो समय चुनावको नजिक–नजिक पुग्दा हामी ठूला सभाहरु गर्छौं। त्यो भन्दा बाहेक हामी खासै केही गर्दैनौं। पोस्टर, पम्प्लेट पनि टाँस्दैनौं। र्‍यालीहरु पनि गर्दैनौं। मतदाताकहाँ पुग्छौं, सजिलो र सस्तो चुनावी प्रचारको कार्यक्रम छ हाम्रो। 

पहिलो पटक जनताको माझमा जाँदा तपाईंप्रति एकखालको सद्भाव थियो, युवा नेता, सम्भावना बोकेको नेता, अवसर नपाएको भनेर। जनताले अवसर दिएपछि तपाईं सांसद बन्नुभयो। पार्टीले अवसर दियो, मन्त्री पनि बन्नुभयो। प्रतिनिधिको रुपमा दोहोरिएर भोट माग्न जाँदा कत्तिको अप्ठ्यारो हुँदो रहेछ?

दुइटा कुरा छ। एउटा म त्यहाँको जनप्रतिनिधि भएको र लामो समयसम्म निर्वाचित स्थानीय निकाय पनि नभएकाले त्यहाँका जनताका लागि वडा सदस्य पनि म नै हो, वडा अध्यक्ष पनि म नै हो। सांसद पनि म नै हो। त्यसैले कति अपेक्षा पूरा नभएका कुरा, भेटघाट नभएका कुरादेखि लिएर सानातिना ढल–पानीका कुरा र बाटोघाटोका कुरामा सुझाव, गुनासा र अपेक्षाहरु हुनु स्वाभाविक नै भए। ती छन्। तर, ती आक्रोश मिश्रित छैनन्। आग्रह मिश्रित पनि छैनन्। माया छ। कतिपय अझ बढी अपेक्षाका कुरा छन्।

तर, मलाई खुसी चाहिँ के कुरामा लागेको छ भने, मतदाताले चार वर्ष संविधानसभाको भूमिका र सबैभन्दा बढी मन्त्रीको रुपमा गरेको भूमिकालाई राम्रोसँग आभार व्यक्त गर्नुभएको छ। कतिपयले गाली पनि गर्नुहुन्छ। तर, जाने बेलामा तपाईंले गर्नुभएको छ, अझ गर्नुपर्छ भन्नुहुन्छ। सबैको सन्देश अझ गर्नुपर्‍यो, अझ लाग्नुपर्‍यो भन्ने छ। मैले जस्तो सोचेको थिएँ, त्यस्तै पाएको छु। 

जनताका अपेक्षा असीमित हुन्छन्। अघिल्लो चुनावमा तपाईंले केही प्रतिबद्धता व्यक्त गर्नुभयो, त्यो तपाईं एक्लैले गर्दा पूरा हुन सम्भव थिएन होला। कतिपय पूरा नभएका प्रतिबद्धतालाई लिएर जनताको प्रतिक्रिया कस्तो छ?

चुनावकै प्रतिबद्धता त्यस्तो थिएन। चुनावको प्रतिबद्धता मेरो सन्दर्भमा संविधान बनाउने कुरा नै थियो। मैले सिंगो काठमाडौंलाई बस्न लायक काठमाडौं बनाउने अभियान सुरु गर्छु भन्ने थियो। त्यो त एउटा निरन्तरको अभियान हो। बरु त्यतिखेर चुनावभन्दा बढी लामो समयसम्म अनेक अन्तर्क्रिया भए। त्यो बीचमा मैले सांसदको कार्यालय बनाएँ। २४० निर्वाचन क्षेत्रमध्ये मेरो निर्वाचन क्षेत्र मात्रै हो, जहाँ सांसदको व्यवस्थित कार्यालय छ। जहाँ फुलटाइम स्टाफहरु हुनुहुन्छ। मैले नेपाल सरकारले दिएको तलब–भत्ता सुविधा सबै त्यही कार्यालयमा लगाएको छु। साथीहरुले दिनरात क्षेत्रकै कामहरु गरिराख्नुहुन्छ। अहिले नै मेरो क्षेत्रमा खानेपानी, बाटोका सयौं निवेदन छ। ती कतिपय विषय टुंगिसकेको छ। कतिपय विभिन्न अड्डामा पुगेको छ। कतिपय कुरा भएको छैन। त्यसैले निर्वाचनको प्रतिबद्धताको होइन, ‘६ महिनाअघि दिएको खानेपानीको कुरा किन टुंगिएन? तपाईंको कार्यालयमा तपाईंले तोक लगाइदिएर हामी मन्त्रालय गयौं, काम अगाडि बढेन’ भन्ने जस्ता कुरा छन्। चार वर्षअघि बोलेका कुरामा प्रतिक्रिया आउँदैन। किनकि, मैले उहाँहरुलाई एकैचोटि चार वर्षपछि भेटेको होइन। 

Ncell 2
Ncell 2
nimb
nimb

चुनावी प्रतिस्पर्धामा रहेका दलले जहाँनेर अलिकति कमजोरीहरु देखिन्छ, त्यसलाई बढाइचढाइँ गर्नु अस्वाभाविक होइन। हामीले सार्वजनिक सञ्चारमाध्यममा त्यहाँका जनताका कुरा सुन्छौं, खासगरी बाटोघाटोका कुरा, धूलोधूवाँका कुरा, खानेपानीका कुरा, बिजुलीका कुरा, ढल व्यवस्थापनका कुरामा तपाईंले जति कुरा गर्नुभयो, त्यो अनुरुप काम भएन भन्ने पनि छन्।

म निर्वाचित भएर जाँदाखेरि गोपीकृष्ण हलभन्दा उताको चार वटा गाविस बस्ती विकास भएको गाविसहरुमध्ये पर्छ। तपाईं त्यो क्षेत्रमा घुमफिर गर्नुभएको छ भने याद हुन्छ, असाध्यै थोरै बस्ती भएको, बीचमा धोबीखोला बगेको, खहरेहरु आएर मिसिन्छ। हामीले यसरी बस्ती विकास गरेका छौं, यति धेरै घरहरु बनेका छन्। सबैभन्दा ठूलो समस्या भनेको पानीको निकास हो। त्यसपछि हामीसँग एउटै मात्र विकल्प थियो, मूल–मूल सडकमुनि ढलहरु हाल्ने। व्यवस्थित ढंगले पानीको निकास गरेर सडक बनाउने। म सांसद हुँदाखेरि तत्कालीन गाविसको वार्षिक बजेट २ करोड हुन्थ्यो। त्यसबाट बाटोमा १५/२० लाख छुट्टिन्थ्यो। एउटा खहरेले भत्काउँदा २० लाख खोज्न हम्मेहम्मे परेको याद छ। 

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बाटो विस्तारको अभियान सुरु भएको थियो, तर त्यसको प्राथमिकता काठमाडौं महानगरपालिकाभित्र थियो। मसँग एउटा विकल्प रह्यो, यदि मैले मेरो क्षेत्रका बाटोहरुलाई सडक विस्तारमा हाल्न सकेँ भने काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक विस्तार गर्छ। 

त्यसमा असीमित बजेट थियो। अनि मैले त्यहाँका साथीहरुसँग मिलेर के गरेँ भने, यो बाटो पनि विस्तारमा हाल्दिऊँ, त्यो पनि हाल्दिऊँ। हामीले जानेको जति, थाहा पाएको जति सबै बाटो एकै पटक विस्तारमा हाल्यौं। अड्डाको प्रक्रिया पूरा हुँदै जाँदा एकैपटक चरण पूरा गर्‍यो र एकैपटक जस्तो ठेक्कामा लाग्यो। मेरो क्षेत्रमा मात्रै झन्डै चार अर्बको बाटो निर्माणाधीन छ। त्यो कहिले सकिने? हामीकहाँ एउटा निर्माण कम्पनीले सडकको ठेक्का पाउँदा सरदर २ वर्षका लागि पाउँछ। त्यहाँका बाटाहरु कुनै यो फागुनमा, कुनै चैतमा, कुनै जेठमा, असारमा सकिँदैछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हामी गएको बर्खाको कुरा गर्दै छौं, जुन बेला अस्तव्यस्त भयो। त्यो अस्तव्यस्तताले गर्दा त्यहाँका जनताले दुःख पाउने अवस्था भयो, जुन हामी सबैले भोगेका छौं। किन भयो त भन्दा सबै बाटो भत्काएको छ, सबैमा ढल हाल्न खनेको छ। कुनै पनि बाटो पूरा भएको छैन। किनभने कपन र बुढानीलकण्ठभित्रका कुनै पनि बाटो विस्तारमा नहालेको छैन। नखनेको बाटो एउटा पनि छैन। सबै एकैपटक भयो। 

मेरो गल्ती कहाँ भयो भन्ने महसुस हुन्छ भने, एकैपटक सबैतिरका बाटोहरु बनाउने मेरो महत्वाकांक्षा रह्यो। मेरो पहुँचलाई मैले प्रयोग गरेर भएजति बाटो विस्तार गर्ने अभियान थालेछु। गएको डेढ महिनामा मात्रै मैले मेरो क्षेत्रका लागि थप डेढ अर्ब रुपैयाँ ल्याएछु। निर्वाचन प्रक्रिया सुरु भइसकेपछि बुढानीलकण्ठको एउटा बाटो मैले बनाउनुपर्ने थियो, पैसा पुगेन। दुई–तीन वटा मन्त्रालय पुगेँ, अर्थ मन्त्रालय पुगेँ। २१ करोड रुपैयाँ उहाँले हालिदिनुभयो। त्यसैगरी कपनको बाटोका लागि १३ करोड, चुनिखेलको लागि ६५ करोड हालिदिनुभयो। 

यसरी पैसा ल्याउन मलाई बडो असजिलो भयो। अब अर्को साल यो बाटोमा मैले गाली खान्छु। किनभने अर्को वर्ष बर्खामा यो टेन्डर लागिरहेको हुन्छ। त्यसले २ वर्ष म्याद पाउँछ। सबै बाटो खनिएको हुन्छ। मलाई अप्ठ्यारो के हुन्छ भने, यो बाटो विस्तारका लागि अड्डा–अड्डा धाएर लाग्ने कि नलाग्ने भन्ने कुरा भयो। किनकि, निर्माण पूरा गर्न करिब २ वर्ष लगाउँछ। एक न एक पटक बर्खामा त्यो दुःख त भोग्नैपर्छ। अनि त्यो दुःख भोगेको बेलामा सबैभन्दा बढी गाली खाने म हुन्छु। तर, मलाई मेरा मतदाताको गाली प्रिय लाग्छ।

तपाईंको प्रतिद्वन्द्वी उम्मेदवारहरुले तपाईंको निर्वाचन क्षेत्रमा जति धूलो उडेको छ, त्यो गगन थापाको कारणले उडेको छ भनिरहनुभएको छ नि!

मलाई के धन्य लाग्छ भने, काठमाडौंमा यसबीच भएका अप्रिय घटनाहरु मेरो निर्वाचन क्षेत्रमा भएनन्। त्यस्तो भएको भए मैले राजनीतिबाट संन्यास नै लिनुपर्छ, सार्वजनिक जीवन जिउन अयोग्य भनेर लाइसेन्स नै पाउने अवस्था हुन्थ्यो होला!

चुनावमा तपाईंको मुख्य प्रतिस्पर्धा चाहिँ कोसँग हुन्छ?

अहिले निर्वाचनमा देखिएको प्रतिस्पर्धा हेर्दा नेकपा एमालेका राजन भट्टराई हुनुहुन्छ। अहिले निर्वाचनको चुनावी प्रचारप्रसारमा देखिएका हामी तीन जना छौं। कांग्रेसको म छु, एमालेका राजन भट्टराई र विवेकशील–साझाबाट सुबुनाजी हुनुहुन्छ। म सबै प्रतिस्पर्धीलाई आदर गर्छु। तर, मेरो प्रतिस्पर्धा मसँगै हुनेछ। मैले विगतमा मेरो निर्वाचन क्षेत्र, संसदमा र छोटो समय स्वास्थ्यमन्त्री हुँदा निर्वाह गरेको भूमिकाबारे मेरा क्षेत्रका मतदाता जानकार हुनुहुन्छ। 

मुख्य प्रतिस्पर्धा त वाम गठबन्धनका उम्मेदवारसँग नै होला नि!

स्थानीय निर्वाचनको परिणाम, यो भन्दा अगाडिका प्रतिस्पर्धा हेर्दा स्वाभाविक रुपमा त्यही देखिन्छ। 

अघिल्लो चुनावमा माओवादी र एमाले फरक–फरक रुपमा निर्वाचन लडेका थिए। अहिले एकै ठाउँमा आउँदा तपाईंलाई केही अप्ठ्यारो पर्छ?

हाम्रो ठाउँमा काम गरेका पुराना माओवादी हुनुहुन्छ, कपन र बुढानीलकण्ठका ठाउँहरुमा। प्रतिबन्धित अवस्थामा रहँदा पनि थुप्रै भूमिगत संगठन गरेका साथीहरु हुनुहुन्छ। उहाँहरुले ०६० सालको सेरोफेरोमा मलाई चिन्नुभएको छ। भावनात्मक हिसाबले मलाई नजिक पाउनुहुन्छ। अघिल्लो चुनावमा पनि मैले अन्य दलका प्रतिबद्ध साथीहरुको मद्दत पाएको थिएँ। अहिले पनि थुप्रै साथीहरुसँग मेरो संगत छ, उठबस छ, भेटघाट हुन्छ। 

उहाँहरुले जुन स्पिरिटले आन्दोलन गर्नुभएको थियो, त्योसँग मलाई नजिक पाउनुहुन्छ। त्यो भएकाले पनि एक किसिमको सद्भाव मसँग रहन्छ, त्यो मेरो अपेक्षाको कुरा पनि होला। माओवादी र एमालेको गठबन्धन भए पनि हाम्रो ठाउँमा माओवादीका साथीहरुले कुनै पनि महत्व पाउनुभएको छैन। प्रदेश र संघमा एमालेका साथीहरु मात्रै हुनुहुन्छ। त्यसैले कार्यकर्ता बाँधिए पनि माओवादी मतदातालाई बाध्यता हुँदैन। आफ्नो छनोटको कुरा हुन्छ। त्यसले पनि मलाई अप्ठ्यारो नपार्ला भन्ने लाग्छ। 

स्थानीय तहको मतपरिणामले तपाईंलाई असुरक्षित महसुस गराउँदैन?

कसरी हेर्ने भन्ने हो। अघिल्लो पटक मैले १३ हजार मतान्तरले जितेँ। त्यसको तीन–चार वर्षपछि भएको स्थानीय निर्वाचनमा अर्को पार्टीका साथीहरुले जित्नुभयो। त्यसैले मतदाता भनेको कसैको पनि होइन। र यो स्थानीय तहको चुनाव होइन। अबको संसदमा हामीले गर्ने कामको परिभाषा फरक हुनेछ।

म सांसद हुँदै गर्दा मेरो पहल के हुन्छ भने, निर्वाचन ऐन फेरेर प्रत्यक्षतर्फ पनि समानुपातिक जस्तै महिलालाई प्रतिनिधित्व गराउने पहल गर्नेछु। समानुपातिक प्रतिनिधित्वबाट आउने भनेको एक पटक वा दुई पटक, त्यो छलफल गरेर निर्धारण गर्नुपर्छ। तर, त्यही कोटाबाट त्यही व्यक्तिले पटक-पटक अवसर नपाउने कुरा चाहिँ कानुनमै व्यवस्था गर्नुपर्छ। 
वाम गठबन्धनका कारण कांग्रेसको नेतृत्व आत्तिएको जस्तो छ, कांग्रेसलाई वाम गठबन्धनले के असर गर्छ?

निर्वाचनभन्दा अगाडि माओवादीसँग आनन्दसँग सरकार चलाएर तालमेलको हिसाबकिताब गरेर बसिरहेका बेला कांग्रेससँग सरकारमा सहकार्य र चुनावमा विपक्षीसँग गठबन्धन गरेर माओवादी जाँदा त्यसले अलिकति पनि प्रभावित नगर्ने भन्ने कुरा त नाटक गरेको जस्तो हुनेभयो। कांग्रेस र माओवादी मिलेर चुनाव लड्लान् भन्ने आभाषले नै त्यो गठबन्धन निर्माण भएको हो, यसले प्रभावित नहुने भन्ने कुरा नै भएन। मत जोड्दै गर्दा गठबन्धनका कारण ठूलो अन्तर देखिन्छ । गठबन्धनका कारण कार्यकर्ता मिलेका छन्, तर मत त एकढिक्का हुँदैन। अलिकति अप्ठ्यारो छ। अघिल्लो संविधानसभामा हामीले तीन हजार मतान्तरले जितेका थियौं। नेकपा एमालेको मत हामीभन्दा ३ हजार कम  (१४ हजार) थियो भने माओवादीको मत १२ हजार थियो। यसको हिसाब गर्दा त गठबन्धनको मत २६ हजार भयो। मत एकढिक्का हुँदैन, धेरै अत्तालिनुपर्दैन।

सरकारमा सहकार्य गरिएको दललाई अर्को गठबन्धनमा जानबाट रोक्न नसक्नुमा कांग्रेसको कमजोरी पनि देखियो नि!

माओवादीलाई हामीसँगै राख्न नसक्नुमा हाम्रो कमजोरी पनि रह्यो। नेकपा एमालेलाई विश्लेषण गर्न नसक्नु पनि हाम्रो कमजोरी रह्यो। हामीले एमालेले आफूलाई ५० प्रतिशतमा खुम्च्याउँला भन्ने कल्पनै गर्न सकेनौं। यत्रो संकटमा पनि मधेसी दलले मागे अनुसारको सिट नदिईकन चुनावमा गयौं। एमाले हामी जस्तै हो भन्ने थियो, तर उसले सिट धेरै बाँडेर चुनावमा गयो। हाम्रो जस्तो राजनीतिक प्रणाली भएको मुलुकमा पूर्व निर्वाचन गठबन्धन चाहिँ अनिवार्य भएको छ। यस्तो अवस्थामा गठबन्धनका लागि ६ महिना अघिदेखि नै गृहकार्य गर्नुपर्नेमा कांग्रेसले त्यसो गर्न सकेन।

परिवर्तनको स्वामित्व लिएर अगाडि बढ्नुपर्ने कांग्रेसले पश्चगमनकारी शक्तिसँगको गठबन्धनले कांग्रेसलाई के फाइदा गर्ला?

यो गठबन्धनको सैद्धान्तिक आधार भनेको विचार हो। कम्युनिस्ट विचारधारा बोकेर एउटा शक्ति चुनावमा छ, त्यस विचारमा असहमति राखेको एउटा शक्ति अर्को गठबन्धन बनाएर गएको हो।

तर, गणतन्त्र स्थापनाका लागि सडकमा उत्रँदा आफैंलाई दमन गर्नेसँग मिलेर चुनावमा जाँदा के सन्देश दिन्छ?

माओवादीले सबैभन्दा बढी हाम्रै साथीहरुलाई मारेको थियो। हाम्रा साथीहरु मार्ने माओवादीका नेतालाई हामीले भोट हालेर प्रधानमन्त्री बनाएको होइन? उहाँको प्रधानमन्त्रीत्वमा बसेर काम गरेर आएको होइन? यी त राजनीतिको तत्कालीन आवश्यकताको कुरा हो। यो हाम्रो रहरको विषय होइन। कम्युनिस्ट विचारधारा राख्ने शक्तिहरु मिलेर एउटै पार्टी बनाउने भनेपछि त्यो शक्तिको बहुमत रोक्न हामीले गर्ने प्रयत्न स्वाभाविक हो। मेरो व्यक्तिगत अडान त मधेस केन्द्रित दलहरुको चित्त बुझाएर मोर्चा बनाएर चुनावमा जाऔं भन्ने नै हो।

चुनावबाट कांग्रेसले आफूलाई एक नम्बरको स्थान कायमै राख्न सक्छ?

पार्टीको हिसाबले हामी पहिलो पार्टी नै बन्छौं। कांग्रेस, एमाले र माओवादी छुटाछुट्टै पार्टीका हिसाबले हामी फेरि पनि पहिलो पार्टी नै बन्छौं। हाम्रो गठबन्धनले बहुमत ल्याउन सक्छ कि सक्दैन भन्ने कुरामा अनुमान लगाउन सक्ने स्थितिमा हामी पुगेका छैनौं। वाम गठबन्धनका साथीहरुले भनिरहनुभएको जस्तो हिजो माओवादीलाई खसेको मत सर्लक्कै एमालेमा  र एमालेलाई खसेको मत सर्लक्कै माओवादीमा खस्यो भने हाम्रो बहुमत आउँदैन। हामीले अपेक्षा गरेअनुसार एमालेको मत हँसिया-हथौडामा नजाने र हँसिया-हथौडामा खसेको मत एमालेमा जान रोक्यौं भने हाम्रो स्थान सहजै कायम राख्न सक्छौं। बाँकी अवधिमा हामी कत्तिको सक्रियतापूर्वक लाग्छौं, हाम्रो स्थान त्यसले निर्धारण गर्छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०७४  २२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्