• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कानको सुन्ने शक्ति हराउने कारण

64x64
नेपाल लाइभ आइतबार, वैशाख १, २०७६  १३:४९
1140x725

कान शरीरको महत्वपूर्ण अंग हो। कानले चारैतिर गुञ्जने ध्वनी सुन्ने काम गर्छ। तर, कतिपय व्यक्तिले सुन्ने शक्ति (हियरिङ) गुमाएका हुन्छन्। कानको सुन्ने शक्ति विभिन्न कारणले गुम्ने गर्छ।

विश्वको तथ्यांक हेर्ने हो भण्ने ४ सय ६० मिलियन मानिसमा कुनै न कुनै रुपमा हियरिङ लस छ। यस्तै क्रम चल्ने हो भने सन् २०३० सम्ममा ६ सय मिलियन मानिसमा कुनै कुनै  रुपमा हियरिङ लस हुने अनुमान डब्लुएचओले गरेको छ।

नेपालमा कति मानिसमा यस्तो समस्या छ भन्ने यकिन तथ्यांक छैन तर १५ देखि १७ प्रतिशत मानिसमा सुन्ने शक्ति कम भएको अनुमान गर्न सकिन्छ। हियरिङ लस बढ्दो क्रममा छ। यसको मुख्य कारण ६१ हियरिङ लसको समस्यालाई उपचार गर्न सकिन्छ तर त्यसतर्फ ध्यान दिइएको छैन । मे ३ मा मनाउने हियरिङ डेको थिम ‘चेक योर हियरिङ’ अर्थात् ‘आफ्नो सुनुवाइ जाँच गर’ रहेको छ। 

हियरिङ लस के हो?
सुन्ने शक्तिमा कमी आउन थाल्यो वा सामान्यभन्दा कम सुनिन थाल्यो भने त्यसलाई हियरिङ लस भनिन्छ। २० देखि ३५ डिसेबल हियरिङभन्दा कम भयो भने सुन्नमा कमी आउँछ। 

हियरिङ लस तीन प्रकारका हुन्छन्  
कन्डक्टिभ हियरिङ लस : विभिन्न संक्रमणले कानको जाली प्वाल पर्छ। कानका मुख्य तीन भाग हुन्छन्, बाह्य, मध्य र भित्री कान। बाहिरी कान र मध्य कानमा समस्या आयो भने कन्डक्टिभ हियरिङ लस भनिन्छ। यसमा साउन्ड आउँछ तर भित्रसम्म पुग्न नसक्ने वा कम पुग्ने हुन्छ। 

सिनसियरन्युरल हियरिङ लस : भित्री कानको नशा विभिन्न कारणले गर्दा बिग्रने र सुक्ने गर्छ। भित्री कानमा इन्फेक्सन भएर सुन्ने नशाहरुलाई नै कमजोर गरिदिन्छ। 

दुवै कारण : कन्डक्टिभ कारण र नसा सुक्ने कारणले गर्दा हाम्रो कानको हियरिङ लस हुन्छ।
 
हियरिङ लस हुने कारण 
इन्फेक्सन : भाइरल इन्फेक्सन, जस्तैः दादुरा, ठेउला भएर, चोटपटक लागेर नशालाई असर गर्दा हियरिङ लस हुन्छ। 

जन्मजात हुने समस्या : मध्य कानमा तीन वटा हाड हुन्छन्। इन्फेक्सनको कारणले वा वंशाणुगत कारणले गर्दा हाड एकै ठाउँमा गुजुल्टो पर्ने गर्दछन्। आमाबुबामा हियरिङ लस छ भने बच्चामा जन्मजात नै हियरिङ लस हुन्छ। बढ्दो उमेरले पनि सुन्न सक्ने नशा सुकेर हियरिङ लस हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कस्तो मानिसको हियरिङ लस हुने सम्भावना हुन्छ?
डब्लुएचओका अनुसार यदि बच्चाको जन्मँदा तौल कम छ, समय नपुगी जन्मिएको छ, गर्भावस्थामा आमालाई कुनै इन्फेक्सन भएको छ र विभिन्न औषधि प्रयोग गरिएको छ भने  बच्चाको हियरिङ जन्मजात नै कम हुने वा लस हुनेगर्छ। त्यसैले बच्चाको हियरिङ ठिक छ कि छैन भनेर बच्चा जन्मिनासाथ हियरिङको जाँच गर्नु पर्छ। ठिक छ भने वर्षैपिच्छे कानको जाँच गर्नुपर्छ। 

बच्चा एक वर्ष भइसकेपछि बोल्छ कि बोल्दैन, आमाबुबाले ध्यान दिनुपर्छ। कुनै बेलामा  बच्चाले कान नसुनेर बच्चामा भाषाको विकास नभएकोले पनि बोली नआएको हुनसक्छ। बच्चालाई पहिलो पटक स्कुल जानुभन्दा पहिला हेयरिङ पावर कस्तो छ, टेस्ट गर्नुपर्छ। 

चर्को आवाज आउने ठाउँमा काम गर्ने व्यक्तिहरु, जस्तैः कारखाना, संगीत, धेरै सवारीको चाप हुने ठाउँ, ट्राफिक प्रहरी, एयर फोन लगाएर चर्को स्वरमा घन्टौं सुन्ने, एयरपोर्टका कर्मचारीहरुलाई हियरिङ लस हुने सम्भावना बढी हुन्छ।  

लामो समयसम्म चर्को आवाजमा काम गर्नेले वर्षैपिच्छे जाँच गरेन भने कानको सुन्ने नशालाई कामै नलाग्ने गरी ड्यामेज हुन्छ। सुरुकै अवस्थामा हियरिङ लसको उपचार गर्न सकिन्छ। तर पछि नशा सुकेर हियरिङ लस भयो भने उपचारपछि पनि हियरिङ पावर फर्काउन सकिँदैन। 

Xtrem

Xtrem

६० वर्ष पुगिसकेका व्यक्तिमा पनि हियरिङ लस हुँदै जान्छ। यस्तो अवस्थामा नशा कमजोर हुनुका साथै कान कराउन थाल्छ। मधुमेह, प्रेसर भएका मानिसमा पनि नशा सुकेर र नशा कमजोर भएर हियरिङ लस हुने हुन्छ। 

हियरिङ लसले पार्ने असर 
हियरिङ लस भएपछि अरुका कुरा सुन्न र उत्तर दिन सकिँदैन, त्यसैले समाजसँग अलग बस्न रुचाउने, हिनताबोध गर्ने, एकल महसुस गर्ने हुन्छ। त्यही कारणले मानिस डिप्रेसनमा पनि जानसक्छ।  त्यसैले ६० वर्ष माथिका मानिसले कान चेक गराएर उपचार गर्ने र अलिकति हियरिङ बाँकी छ भने मेसिन लगाउनुपर्छ।

हियरिङ लस भएको कसरी थाहा पाउने?
हियरिङ लस हुँदा खासै केही लक्षण देखिँदैनन्, त्यसैले आफूले प्रयोग गर्ने टेलिभिजन कति भोलुममा हेरेको छु त्यो ध्यान दिनुपर्छ। आफूले सधैं सुन्ने भोलुमभन्दा चर्को बनाउनुप¥यो वा भोलुम बढाउन प¥यो भने हियरिङ लस भयो कि भनेर शंका गर्नुपर्छ। त्यसपछि चिकित्सकको प्ररामर्श लिनुपर्छ।  

उपचार 
इन्फेक्सनको कारणले हुने हियरिङ लसलाई उपचार गर्न सकिन्छ। जस्तैः मध्य कानको इनफेक्सन, पानी जम्ने समस्या भयो भने औषधि खाँदा निको हुन्छ। कुनै बेला जाली प्वाल पर्नुका साथै मध्य कानको हड्डी खिइसकेको हुन्छ, यस्तो अवस्थामा अपरेसन गर्नुपर्ने हुन्छ।  

भित्री कानमा नशा कमजोर वा नसा सुकेर हियरिङ लस भयो भने हियरिङ फर्काउन सकिँदैन। यदि सुरुको अवस्थामा थाहा पाइयो भने मात्र फर्काउन सकिन्छ। अलिकता हेयरिङ बाँकी छ भने कानमा यन्त्र लगाएर सुन्न सकिन्छ।

(डा काफ्ले नाक, कान, घाँटी विशेषज्ञ हुन्)

प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १३:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, असोज १०, २०८३
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्