• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

‘मैदारोमार्फत नेपाली आख्यानले लामो समय सम्झनामा रहनसक्ने पात्र पाएको छ’

64x64
नेपाल लाइभ आइतबार, वैशाख १, २०७६  ०७:५८
1140x725

काठमाडौं– कवितामा आफ्नो सशक्त उपस्थिति जनाइसकेका कवि भूपिन निबन्धपछि उपन्यासका साथ पाठकमाझ आएका छन्। भूपिनको नयाँ उपन्यास ‘मैदारो’को शनिबार विमोचन गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आख्यानकार नयनराज पाण्डे, लेखक आहुति र राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले पुस्तकको विमोचन गरे।

विमोचनपछि आख्यानकार पाण्डेले उपन्यासले नेपाली आख्यानका लागि सम्झनामा रहनसक्ने पात्र दिएको धारणा राखे। ‘नेपाली आख्यानमा एक पात्रमा आधारित भएर धेरै उपन्यासहरु लेखिएका छन् र ति पात्र स्थापित भएका पनि छन्’, आख्यानकार पाण्डेले भने, ‘मैदारो पढ्दै जाँदा अन्तिमसम्ममा पाठकको दिमागमा मुख्य पात्र ‘नदिन’ बलियो गरी स्थापित भइसक्छ। यो लेखकको सफलता हो। मलाई लाग्छ मैदारोमार्फत नेपाली आख्यानले लामो समयसम्म सम्झनमा रहने एक पात्र पाएको छ।’

उनले लेखकले आफ्नै स्वभावजस्तै पात्र उपन्यासमा खडा गरेको बताए। ‘भूपिनजी आफैंमा अन्तरमुखी स्वभावको हुनुहुन्छ, धेरैजसो कुराहरु आफूसँगै रहोस् भन्ने चाहनुहुन्छ जस्तो लाग्छ, उपन्यासभरि मुख्य पात्रमा यहि व्यक्तित्व हावी छ, यो लेखनको विशेष विशेषता पनि हो।’

दलित पात्र उपन्यासको केन्द्रमा रहेपनि दलितको विषयमै उपन्यास केन्द्रित भएको भने भन्न नमिल्ने पाण्डेको तर्क थियो। उनले विभिन्न घटनाक्रमसँग जोडिएर एक दलित पात्रको मनोअवस्थाको बारेमा मात्रै लेखक केन्द्रित भएको जिकिर गरे। ‘उपन्यासमा यसबाहेक राजनीति, दर्शन र द्वन्द्व पनि भएको भए उपन्यास झनै गरिमामय बन्ने थियो’, उनले भने।

पुस्तकबारे बोल्दै अर्की वक्ता मोहना अन्सारीले दलनको साक्षी बस्न लायक पुस्तक ‘मैदारो’ रोचक र ओजिलो रचना भएको धारणा राखिन्। सामाजिक व्यवस्था निर्माण गर्न पुस्तक ‘रिफरेन्स’को रुपमा रहनसक्ने बताउँदै अन्सारीले भनिन्, ‘पछिल्लो समय सामाजमा डाइभर्स टेस्ट रुचाउने परिस्थिति विकसित भइरहेको छ, यसका लागि मैदारो राम्रो खुराक बन्न सक्छ।’

उनले युवाको संघर्ष र आक्रोषलाई सहि मार्गमा रुपान्तरण गर्न लेखक सफल भएको दाबी गरिन्। अन्सारीले भनिन्, ‘मुद्दा र पात्रमा नयाँपन ल्याउने सन्दर्भमा लेखकको मेहनत देख्न सकिन्छ।’
उपन्यास पढेपछि कालीगण्डकीको सेरेफेरो घुमेको याद ताजा भएको र पुनः सोतर्फ जान मन लागेको अन्सारीको भनाइ थियो।

कार्यक्रमको अन्तिम वक्ताको रुपमा बोल्दै लेखक आहुतिले सुरुमै विमोचन कार्यक्रमको स्वरुप बदल्नुपर्ने तर्क गरे। ‘विमोचनका दिन लेखकका परिवारजन, आफन्तहरु पनि आउनुहुन्छ, एकैदिन विमोचन र समिक्षा गर्दा सबैको दुश्मन भइन्छ। हामी कति जनाको अघि दुश्मन हुने?’, आहुतिले हास्यास्पद शैलीमा भने, ‘अब यसको स्वरुप फेरौं, विमोचनका दिन विमोचन मात्रै गर्ने, अर्को दिन बरु १०÷१२ जना मात्रै राखेर समिक्षा गर्दा राम्रो हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

बोल्ने क्रमको धेरै समय पुस्तकका कमजोर पक्षलाई मात्रै औंल्याएका उनले पुस्तकमा प्रयोग भएको भाषाशैली भने बेजोड रहेको धारणा राखे। ‘सलल्ल बग्ने भाषामा पुस्तक लेखिएको छ। कविको यो किसिमको भाषा र प्रयोग भएका बिम्बहरु पुस्तकका राम्रा पक्ष हुन्।’

उनले उपन्यासको कमजोर पक्ष औंल्याउने क्रममा कथा नै कमजोर भएको जिकिर गरे। उपन्यासमा कथा, द्वन्द्व र निष्कर्ष हुनुपर्ने तर्क गर्दै उनले भने, ‘यी तीन वटै पक्षमा लेखक अलमलमा रहेको लाग्यो। यदि बलियो लेखक नभएको भए यो कथा यति लामो हुने थिएन।’

निरपेक्ष बल प्रयोग आजको विश्वको विचार नै नभएको तर्क गर्दै उनले कुनै समय प्राकृतिक रुपमै बल प्रयोग र द्वन्द्व अपरिहार्य रहेको औंल्याए। ‘२०४६ देखि दोस्रो जनआन्दोलनसम्मको समय दलित आन्दोलन सबैभन्दा बढी सक्रिय रहेको समय हो, त्यसमाथि भयानक द्वन्द्वको समयमा पनि पात्रलाई त्यसको कुनै मतलब नै छैन, नदिन हिंसा विरोधी छ’, आहुति थप्छन्, ‘हावाले बल गरेन भने परागकणहरु कसरी फूल बन्न सक्छन्? दाँत हल्लिएको बेला फुकाल्न बल गरिएन भने दारा आउँदैन? त्यसकारण आवश्यकता अनुसार बल प्रयोग वा हिंसा प्राकृतिक र आवश्यक कुरा हो।’

उनले पुस्तकमा प्रयोग भएको पात्रको जीवनशैली र त्यो बेलाको समय हेर्दा समाजशास्त्रसँग मेल नखाएको तर्क गरे। ‘बुटवलबाट नुन ल्याएर खाने, भैंसी किन्नसक्ने, च्यातिएको भएपनि सिरक ओढ्नसक्ने सार्की परिवार भोकै बस्न सक्दैन। यसरी पात्रलाई भोकै मार्न पाइँदैन र त्यो समाजशास्त्रसँग पनि मेल खाँदैन’, यसै सन्दर्भमा आहुतिले थपे, ‘अधिकांश अवस्थामा जोसुकै महिलालाई पनि तिमी भनिएको छ, यो पनि समाजशास्त्रसँग त्यति मेल खाँदैन।’

हाल लैंगिक मुद्दा पेचिलो बनेर गएको स्मरण गर्दै लेखक आहुतिले भने, ‘हलीले होहो भनेको छ, रोपारले लोकगीत गा’को छ, यसमा के महिला किसान नै होइनन् त भन्ने प्रश्न उठ्छ।’

आख्यानकार पाण्डेको भनाइमा सहमति जनाउँदै उनले पात्र दलित परिवारको भएकै आधारमा मात्र यसलाई दलित भेदभाव र छुवाछुतको कथा भन्न नमिल्ने तर्क गरे। दलित पात्रले भेदभावको कुनै द्वन्द्व नभोगेको जिकिर गर्दै उनले पुस्तकमा ललितकलाको विद्यर्थीको कथा बलियोगरि समेटिएको रुपमा अथ्र्याए। उनले लेखक विशेषगरी चित्रकलामा पोख्त ज्ञान भएको व्यक्ति हो भन्ने कुरा पुस्तक पढ्दा लाग्ने अनुभव साटे।

अन्तिममा लेखकीय मन्तव्य राखेका भूपिनले पुस्तकमाथि टिप्पणी गरिदिएकोमा वक्ताहरुलाई धन्यवाद दिए। पुस्तकमाथि उठेका सवाल र टिप्पणीमाथि गम्भीर ढंगबाट आत्मसमिक्षा गर्ने बताउँदै उनले सामाजिक यथार्थवाद र स्वैरकल्पनाको नजिक रहेर पुस्तक लेख्ने प्रयास गरेको प्रष्ट पारे।

शनिबार नै जन्मदिन परेका लेखक भूपिनले कार्यक्रमको अन्तिममा केकसमेत काटेका थिए।

भूपिनका यसअघि ‘क्षतिग्रस्त पृथ्वी र मुल सडक’, हजार वर्षको निद्रा र सुप्लाको हवाइजहाज गरी तीन कविता संग्रह तथा ‘चौबीस रिल’ निबन्धसंग्रह प्रकाशित छन्।

‘मैदारो’ उपन्यास बुकहिल पब्लिकेसनले बजारमा ल्याएको हो।

प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  ०७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो, भारत निर्यात पनि कटौती
संसद्‌मै प्रेसर हाई भएर लडे सांसद खड्का
सम्बन्धित सामग्री
कविता : शोकमा गाईजात्रा छैन आज गाईजात्रा छैन, किन? शनिबार, भदौ १३, २०८३
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो, भारत निर्यात पनि कटौती बिहीबार, भदौ १८, २०८३
संसद्‌मै प्रेसर हाई भएर लडे सांसद खड्का बिहीबार, भदौ १८, २०८३
‘विदेशी टोलीलाई ढिला अनुमति दिएर के अर्थ ?’ भन्दै सरकारमाथि खनिइन् सांसद शर्मा बिहीबार, भदौ १८, २०८३
‘बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेकै हो’: बासना थापा बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्