काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले राजनीतिक दलहरूलाई राजनीतिक दल सरहकै व्यवहार गर्न सरकारलाई सुझाव दिएका छन्।
शनिबार राजधानीमा आयोजित नेपाल कम्युनिस्ट पार्टीका संस्थागत नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभामा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले दलहरूप्रति राजनीतिक दलकै व्यवहार गर्न सुझाएका हुन्।
उनले सरकारले नेत्र विक्रम चन्दलाई अनावश्यक रुपमा माथि उठाएको टिप्पणी गरे।
उनले कम्युनिस्टको सरकारले कम्युनिष्टहरूलाई नै दमन गर्ने गरेको भन्दै असन्तुष्टि जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।