जनकपुर- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसवादी दलको पसल बन्द हुन लागेपछि भ्रम फैलाउन थालेको बताएका छन्।
सिरहाको मिर्चैयामा आयोजित पार्टीको प्रथम जनसभालाई सम्बोधन गर्दै अध्यक्ष राउतले मधेसवादी नेताले फैलाइरहेको भ्रममा नपर्न मधेसी जनतासँग अपिल गरेका छन्। उनले भने, ‘कसैको पसल त कसैको ठेकेदारी बन्द हुन लागेको छ । त्यसैले उनीहरु जनतामा भ्रम फैलाउँदै हिडेका छन्।’
राउतले सरकारसँग भएको सम्झौताबारे प्रश्न गर्न मधेसवादी दलका नेताको औकात नभएको बताए।
'उनीहरु टाउकोमा कफन लगाएर मधेसी जनताका लागि लडिरहेका छन्,’ उनले भने।
उनले सरकारसँग आफूले होइन, सरकारले नै सम्झौता गरेको भन्दै विजयी हासिल गरेको दाबी गरे।
सप्तरीको मलेठ घटनाका बेला मधेसवादी दल पनि सरकारमा रहेको र ५ मधेसीको हत्या हुँदा पनि सरकार नछाडेकोमा दुःख व्यक्त गरे।
उनले मधेसी दल जनताको हत्या गराएर आफू सधैं सत्तामा रमाइरहेको कुरा कसैबाट नलुकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।