• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'नाकाबन्दी र सिके राउतको समर्थन गर्ने दमननाथले मसँग कसरी प्रतिस्पर्धा गर्नुहुन्छ?' [भिडियो वार्ता]

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २५, २०७४  २०:२९
1140x725

कस्तो छ चुनावी धपेडी?
अहिले हामी पार्टीका आन्तरिक भेला र बैठकहरुबाट निर्वाचन प्रचार कमिटीहरु बनाउँदै, युवा, महिला, बुद्धिजीवी, पेशाकर्मीहरुसँग व्यापक आन्तरिक तयारीहरु गरिरहेका छौं। जनताको तहमा पनि टोलटोलमा, वडावडामा भेलाहरु गरिरहेका छौं।

तपाईं दोस्रो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। कस्तो अनुभूति भइरहेको छ, पहिलो र दोस्रो चुनावमा?
भक्तपुर एमालेको हकमा तुलनात्मक रुपले कमजोर आधार भएको क्षेत्र थियो विगतमा। म युवा संघको राजनीतिबाट राष्ट्रिय राजनीतिमा आउँदा साथीभाइले मिडियामा स्पेस दिनुभयो र मैले चर्चा पाउने अवसर पाएँ। त्यसपछि मैले ०७० को चुनावमा भक्तपुरबाट उम्मेदवार हुने इच्छा पनि जायर गरेँ, त्यहाँको माग पनि रह्यो। नेताहरुले मलाई समानुपातिक तर्फबाट प्रवेश गरेर आधार बनाउनू भन्दै हुनुहुन्थ्यो।

संसदीय राजनीतिमा लागिरहेको एउटा नेताका लागि पहिचानको लागि एउटा जिल्ला वा एउटा क्षेत्र हुनुपर्छ भन्ने सोच ममा आयो। अर्को कुरा, म जुन ठाउँमा जन्मेँ, त्यो ठाउँको सेवा गर्ने अवसर पनि प्राप्त गर्नुपर्छ भन्ने लागेर मैले उम्मेदवारी दिएँ। त्यतिबेला परिणाम आफ्नो अनुकूल बनाउन सकिएन। त्यसलाई मैले के समीक्षा गरेँ भने जनताको सेवा गर्न पुगेको रहेनछ। मैले देशभरि जति काम गरेँ, भक्तपुरमा काम पनि गर्न सकेको थिइनँ। त्यसैले मैले भक्तपुरमा अझै बढी जनताको सेवा गर्नुपर्छ भन्ने महसुस गरेर जनताको सेवामा, विकासमा, भूकम्पपछि जनताको पीडामा साथ दिँदै गएँ। फेरि म भक्तपुरमा उम्मेदवारको रुपमा प्रस्तुत भएको छु। मलाई लाग्छ, भक्तपुरमा मेरो उम्मेदवारी निकै सशक्त र बलियो उम्मेदवारीको रुपमा प्रस्तुत भएको छ।

अघिल्लो पटक जनताको सेवा गर्न नपुगेर हारेको भन्नुभयो। युवासंघको अध्यक्ष हुँदा देशभर यो संस्था ‘भयको संस्था’ थियो। त्यसले तपाईंको व्यक्तित्वमा पारेको प्रभावले पनि तपाईंलाई त्यहाँ अप्ठ्यारो पारेको हो कि?
हरेक आन्दोलनका राम्रा पक्ष पनि हुन्छन्, केही नराम्रा पक्ष पनि हुन्छन्। जस्तो फ्याक्ट्रीमा कुनै वस्तु उत्पादन गर्दा केही ड्यामेज पिस पनि उत्पादन हुन्छन्। युवा आन्दोलनको जटिल मोडको मैले नेतृत्व गरेँ। मूलतः सामन्तवाद र अधिनायकवादले आँखा गाडिरहेको, लोकतन्त्र धरापमा परिरहेको, सर्वसाधारण जनताले आफ्नो बाँच्न पाउने अधिकारबाट असुरक्षित महसुस गरिरहेको अवस्थामा मैले जुझारु युवा आन्दोलनको नेतृत्व गर्नुपर्‍यो। यद्यपि त्यो मेरो शीलस्वभावसँग नमिल्ने खालको जिम्मेवारी थियो। त्यो संगठनले दिएको वा समाजले आवश्यकता महसुस गरेको आन्दोलनको नेतृत्व गरिरहँदा तपाईंले भनेजस्तो मेरो इमेज समाजमा अलि डरलाग्दो खालको बन्यो।

तपाईंले पार्टीका गुन्डा पृष्ठभूमिकालाई संरक्षण गर्नुभयो, उनीहरुको पक्षमा खुलेर बोल्नुभयो। आलोचनात्मक टिप्पणी गर्ने मिडियालाई धम्की दिएका कुरा पनि बाहिर आए। त्यसले तपाईंको इमेजलाई बिगार्‍यो भन्ने लाग्दैन?
बिगार्‍यो भन्ने त लाग्दैन। मेरो इमेजको बारेमा क्षणिक भ्रम चाहिँ पर्‍यो। त्यो भ्रम अहिले पूरै चिरिइसक्यो। तर, मैले संरक्षण गरेको भन्दा पनि त्यसमा दुई वटा कुरा देखिए। एउटा, त्यतिखेरको एउटा अधिनायकवादी आन्दोलनलाई प्रतिरोध गर्न हामीले समाजका सबैखालका जुझारु युवालाई परिचालन गर्‍यौं। मैले युवा आन्दोलनमा रहेका विकृति र विसंगतिलाई हटाउन कतिपय गर्न नहुने काम गर्ने युवाहरुलाई पनि सच्याउने प्रयत्न गरेँ। त्यतिखेर मेरा कारणले र युवा संघका कारणले धेरै युवालाई सही बाटोमा हिँडायौं। तर, सही बाटोमा हिँडाएको कुराको समीक्षा कम रह्यो। कतिपय युवा त्यो आन्दोलनमा सहभागी भएको कुराको आलोचना आयो। त्यो कुरालाई हामीले आत्मसात् पनि गर्‍यौं। मूलतः विराटनगरमा एकजना मिडियाकर्मी साथीसँग हाम्रो स्थानीय कार्यकर्ताको विवादलाई एउटा ढंगले उचालियो। 

नामै लिऊँ न। परशुराम बस्नेतको जुन विवादित छवि थियो। उहाँलाई तपाईंले संरक्षण गर्ने सवालमा अग्रसरता देखाएकै हो नि!
उहाँको प्रत्यक्ष संलग्नता होइन। उहाँलाई पछि जोडियो। त्यो रोहित कोइराला र मनोज राईको सन्दर्भ थियो। त्यतिखेर खिलराज भन्ने नागरिकका संवाददातासँगको एउटा घटना थियो। त्यसलाई पछि परशुरामसँगको नाम जोडिएर अनावश्यक ढंगले एउटा पत्रिकाले जुन ढंगले चलखेल गर्‍यो। पत्रिका पनि भन्दिनँ म, त्यतिखेरका सम्पादकजीले अलिकति व्यक्तिगत आग्रह राखेर जानुभयो।

तपाईं पनि त एकदम आक्रामक रुपमै जानुभयो। पत्रिकै बन्द गर्नेसम्मका धम्की दिनुभयो!
धम्की दिएको थिइनँ। त्यसलाई पनि ट्विस्ट गरियो। वास्तवमा मैले त्यतिखेर त्यो घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रयत्न गरेर तथ्यका आधारमा बोलेँ। तर, त्यही पत्रिकाले त्यसलाई ट्विस्ट गर्ने ढंगले अगाडि बढ्यो। जसका कारण एउटा भ्रम फिँजियो। तर, हाम्रा पार्टीका श्रद्धेय कमरेड केपी शर्मा ओलीले सबै सम्पादकहरुलाई राखेर त्यतिबेला मैले विराटनगरमा बोलेको झन्डै ३५ मिनेटको फुटेज टेलिभिजनबाट देखाउनुभयो। त्यसपछि मेरा बारेमा मिडियामा आएका भ्रमहरु सकिए। मैले त्यहाँ जे बोलेको थिएँ, त्यो कुरा ट्विस्ट गरेर समाचार बनाउने काम भएको पुष्टि भयो।

nimb
nimb
Ncell 2
Ncell 2

फेरि निर्वाचनतिरै फर्कौं, तपाईं जनतामाझ के कुरा लिएर गइरहनुभएको छ? राष्ट्रिय राजनीतिका कुरा लिएर जानुभएको छ वा स्थानीय विकासका कुरा लिएर जानुभएको छ? के कुरामा बढी प्राथमिकता दिनुभएको छ?
यसपाली जनताको मनोविज्ञान कस्तो बनेको छ भने उनीहरु धेरै कुरा सुन्न चाहँदैनन्। विशेषगरी हाम्रो भक्तपुरका जनताको समस्या र माग भनेको तीन वटा कुरा- सडक, ढल र खानेपानी छन्। युवाहरुको समस्या भनेको रोजगारीको समस्या बढी छ। यी चार वटा कुरा चाहिँ प्रमुख रुपमा उठेका मुद्दा हुन्। पार्टीले घोषणापत्र सार्वजनिक गरिरहँदा हामीले पाँच वर्षभित्र १० लाख युवालाई रोजगारी दिनेदेखि अविकसित मुलुकको पहिचान बनेको नेपाललाई पाँच वर्षभित्र विकासशील बनाउने र १० वर्षभित्र विकसित मुलुक बनाउने र त्यसका पूर्वाधारका असंख्य एजेन्डा जारी गरेका छौं। त्यो कुरा हामीले प्रमुख रुपमा उठाइरहेका छौं। 

दोस्रो कुरा, काठमाडौंबाट सीमा जोडिएको नजिकको जिल्ला भक्तपुरको केन्द्रीय स्रोत-साधन र पहुँचमा निकै कमजोर उपस्थिति रह्यो। विगतका नेतृत्वले यस कुरामा ध्यान दिन सकेन, वा उहाँहरुको पहलकदमी पुगेन। यो कुरालाई हामीले हाइलाइट गरेका छौं र नेकपा एमालेले चुनाव जितिसकेपछि हामी राष्ट्रिय राजनीतिमा भक्तपुरको पहुँचलाई व्यापक रुपमा वृद्धि गर्छौं। यस्तै, केन्द्रीय स्रोत-साधन र शक्तिलाई भक्तपुरको निम्ति सदुपयोग गर्छौं। विगतमा म एक वर्ष मन्त्री हुँदा वा नौ महिना हाम्रा पार्टीका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा भक्तपुरमा हामीले राष्ट्रिय योजनाहरु ल्यायौं। हामीले हनुमन्ते करिडोर, मनहरा करिडोर, सूर्यविनायकमा प्राणी उद्यम केन्द्र, मोहन पोखरीमा ठूलो ड्याम बनाउने कुरा गर्यौंर। दुई वटा स्याटेलाइट सिटी भक्तपुरमा पार्ने काम गर्‍यो। मेलम्चीका दुई वटा ट्यांकीहरु भक्तपुरमा बनाउने योजना बनायौं।

योजना मात्रै बने कि काम पनि अगाडि बढेको छ?
ती सबै काम सुरु भएका छन्। टेन्डरको प्रक्रिया अगाडि बढिसकेका छन्। झन्डै चार अर्बको योजना त्यसबेला हामीले लैजान सफल भयौं। ४८ वटा सडक विस्तार गर्यौंम। हनुमन्ते खोलामा ५ वटा पुल बनाउने काम गरेका छौं। कुनैमा १० करोड, हनुमन्तेमा ७८ करोड परेको छ। सडककै कुरा गर्ने हो भने सल्लाघारीबाट पेप्सीकोला जाने सडकमा ८४ करोड परेको छ। मनहरा करिडोरमा ६४ करोड रुपैयाँ परेको छ। यसरी धेरै ठाउँमा रकमहरु विनियोजन गर्न सफल भयौं। त्यो कुरा आज जनताले महसुस गरेका छन्। जसका कारण, स्थानीय तहमा चारमध्ये तीन वटा नगरपालिका एमालेले जित्न सफल भएको छ। इतिहासमा एमालेले यो तहको विजय कहिले पनि हासिल गरेको थिएन। ०५४ सालमा एमालेको पक्षमा व्यापक लहर आउँदा पनि हामीले हाम्रो क्षेत्रमा रहेका आठ वटा गाविसमध्ये दुई वटामा मात्रै जितेका थियौं। 

वाम गठबन्धनका कारण पनि केही सहयोग हुन्छ?
वाम गठबन्धन हुँदाखेरि हाम्रो क्षेत्रमा एमालेको भोटमा माओवादीको थप चार हजार भोट थपिएको छ। कांग्रेस र राप्रपाको गठबन्धन हुँदा कांग्रेसले राप्रपाको दुई हजार भोट थपिन्छ। यो दुइटा गठबन्धन हुँदाखेरि पनि हामीलाई झन्डै दुई हजारभन्दा बढी मत लाभ भएको छ।

संसदीय राजनीतिको पुरानो खेलाडी र फरक व्यक्तित्व बनाउनुभएका दमननाथ ढुंगाना लोकतान्त्रिक गठबन्धनबाट तपाईंको प्रतिस्पर्धी बन्नुभएको छ, अप्ठ्यारो पर्ला नि!
उहाँको भक्तपुरको आगमन फलदायी हुँदैन। सम्मान त पाउनुहोला, तर मत पाउने र विजयी हुने स्थिति चाहिँ छैन। 

उहाँको तुलनामा तपाईंको विवादित व्यक्तित्वको कारणले केही असर पर्छ होला नि!
मेरो व्यक्तित्वलाई विवादित भन्नु भनेको त स्यालको सिङ छ भने जस्तै हो। आत्मरतिमा रमाउने साथीहरुले मेरो व्यक्तित्वलाई विवादित भन्नुहोला। त्यसबारे कुनै भ्रम न नेपाली समाजमा बाँकी छ, न त हाम्रो मतदातामै बाँकी छ। उहाँको व्यक्तित्व चाहिँ एकदम हेभिवेट भन्ने मलाई लाग्दैन। हो, एउटा जमानामा उहाँको व्यक्तित्व थियो। त्यो त एउटा भनाइ छ, बैंसमा स्याल पनि घोर्ले हुन्छ। त्यस्तै हो। ०४८, ०४९, ०५१ सम्म दमननाथ ढुंगानाको हाइट थियो। ०५१ सालको दमननाथ ढुंगाना भइदिएको भए उहाँले सहज ढंगबाट विजय प्राप्त गर्नुहुन्थ्यो। 

आजको दमननाथ ढुंगाना भनेको २९ वर्ष राजनीतिबाट निस्क्रिय रहेर मानवअधिकारवादी भएर, सिके राउतको आन्दोलन समर्थन गर्ने स्थितिमा पुगेको व्यक्ति हो। संविधान लेखनको प्रक्रिया सर्वस्वीकार्य बनाउनुपर्छ भनेर नाकाबन्दीलाई अझ कडा गर्नुपर्छ भनेर वकालत गरेको सबैले बुझेका छन्। उहाँले मसँग कसरी प्रतिस्पर्धा गर्न सक्नुहुन्छ? भक्तपुरेको एउटा स्वभाव के छ भने रैथाने मान्छेहरु नै रोज्छन्। हामीले यो अनुभव ०५१ सालमै गरेको हो। ०५१ सालमा हामीले युवराज कमरेडलाई लगेर त्यहाँबाट उठायौं। त्यसको सकारात्मक प्रभाव पर्ला भन्ने हामीलाई लाग्यो। तर, त्यसले नकारात्मक प्रभाव पर्योा। आजसम्म हामीले त्यो भोगिरहेका छौं। हामीलाई तंग्रेर आउन दुई दशकभन्दा बढी समय लागेको छ। 

अर्को भनेको, आजको राजनीतिले नै युवापुस्ता खोजिरहेको छ। भक्तपुरको १ नम्बर क्षेत्रमा नारायणमान बिजुक्छेले बिदा लिएर प्रेम सुवाललाई प्रमोट गरिरहनुभएको छ। २ नम्बर क्षेत्रमा चाहिँ दुर्लभ थापा, रामेश्वर ढुंगेल, कविर राणा जस्ता कांग्रेसका होनहार युवालाई ब्याक गराएर दमननाथ ढुंगाना आइरहनुभएको छ। यो विषयमा कांग्रेसभित्रै निकै ठूलो असहजता र असन्तुष्टि प्रकट भइरहेको छ। मलाई लाग्छ, कांग्रेसभित्र पनि विद्रोह हुने, फ्लोर क्रस हुने ठूलो स्थिति भक्तपुरमा बन्दै छ। 

अघि तपाईंले दमननाथ ढुंगानाले नाकाबन्दी, सिके राउतको आन्दोलनलाई प्रवर्द्धन गरेको जस्ता कुरा गर्नुभयो। यी पनि तपाईंका चुनावी एजेन्डा हुन्छन्? 
अटल विहारी बाजपेयी भारतको प्रधानमन्त्री हुँदा त्यहाँ बुद्धिजीवीहरुले के प्रश्न उठाए भने, भारतको स्वतन्त्रता आन्दोलनमा विहारीजी कतिको लाग्नुभएको थियो? उहाँ भक्तपुरमा आइरहँदा हामीले एजेन्डा उठाउनेभन्दा पनि कांग्रेसभित्रकै साथीहरु र एकखालका बुद्धिजीवी साथीहरुले यसलाई एउटा बहसको विषय बनाउनुभयो। यो एउटा जबर्जस्त एजेन्डाको रुपमा प्रवेश गर्‍यो। 

अस्ति एउटा साक्षात्कार कार्यक्रममा हामी सँगसँगै भयौं। उहाँले त्यहीँबाट नै कुरा सुरु गर्नुभयो– 'यी-यी धारणाहरु मेरा बारेमा बनेका छन्। यसैलाई मुद्दा बनाउनुभयो भने म अझै चर्को ढंगले जान्छु, यो कुरामा तपाईंहरुले बोल्नुभएन भने म कन्सिडर गर्छु।' उहाँको मनमा पनि यो कुरा मैले खण्डन गर्नुपर्छ भन्ने लागिरहेको छ। यो कुरा हामीले पार्टीगत रुपमा वा विपक्षीका रुपमा नउठाए पनि यो विषय जबर्जस्त एजेन्डाको रुपमा हाम्रो निर्वाचन क्षेत्रमा उठिरहेको स्थिति छ। 

यसपटक चाहिँ चुनाव जित्छु भन्ने कुरामा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ?
यसपटक चाहिँ हामी सयमा सय चुनाव जित्छौं। किनभने पाँच महिनाअघि भएको स्थानीय तहको निर्वाचनमा पनि मेरो क्षेत्रका दुई वटै नगरपालिकामा हामीले चुनाव जितेका छौं। वाम गठबन्धनले हामीलाई अझ लाभ गरेको छ। व्यक्तित्वको हिसाबले चार वर्षसम्म मैले जुन योगदान पुर्याकएँ। भूकम्प आउँदा मैले खेलेको भूमिका, विकासका लागि खेलेको भूमिका, जनताको हरेक सुख-दु:खमा मैले जुन सहयोग गरेको छु, चार वर्ष म भक्तपुरमा धूलोमैलो भएर खटेको छु। यी सबै कुराले मैले भक्तपुरमा चुनाव जित्नेमा कुनै सन्देह छैन। 

पछिल्लो समय चुनाव खर्चिलो बन्दै गएको छ। भक्तपुरको अवस्था के छ?
चुनाव खर्चबारे साथीहरुले धाकै लगाएर लागेको भन्दा बढी बोल्दा रहेछन्। मैले अघिल्लो चोटि पनि अनुभव गरेँ। मैले अघिल्लोचोटि चुनावमा मोटामोटी २७ लाख खर्च गरेको थिएँ। अहिले निर्वाचन आयोगले २५ लाखसम्मको सीमा तोकेको छ। मलाई लाग्छ, त्यो २५ लाखको सीमाभित्रै चुनाव खर्च व्यवस्थापन गर्न सकिन्छ। तर, २५ लाख जुटाउनु पनि सामान्य चाहिँ होइन। त्यो पनि जटिल नै विषय हो। तथापि, मैले सम्पत्ति कमाउन नसके पनि साथीभाइ धेरै कमाएको हुनाले आफ्नो निजी आठ-दस लाख रुपैयाँ खर्च होला, बाँकी चाहिँ सरसहयोगबाटै मैले चुनाव खर्च व्यवस्थापन गर्न सक्छु। 

अघिल्लो पटक २७ लाख खर्च भयो भन्नुभयो। आयोगको सीमा १० लाख थियो। यसपटक झनै बढ्ने होला नि?
अहिलेसम्मको स्थितिमा त्यहीभित्र व्यवस्थापन गर्न सकिन्छ भन्ने लाग्छ। पहिलो चोटि भन्दा यसपटक हामीलाई के सजिलो छ भने, मोटरसाइकल र्या ली गर्न पाइन्न, गन्जी-ज्याकेट लिन पाइन्न, पम्प्लेट छापिँदैन। अघिल्लो पटकभन्दा यसपटक खर्च चाहिँ निकै घटेको छ। अघिल्लो पटक हामीले धेरै खर्च पम्प्लेट, क्यालेन्डर, मोटरसाइकल र्या्ली जस्ता काममा गरेका थियौं। यी सबै कुरामा निर्वाचन आयोगले आचारसंहिता टाइट गरिदिएकाले यसपटक त्यति धेरै खर्च हुँदैन। 

सांसद भएर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तयारी गरिरहँदा त्यहाँ गएर के गर्छु भन्ने सोच छ?
सांसदको दुई वटा कुरा हुन्छ। एउटा विधि निर्माणको तहमा, नीति निर्माणको तहमा हामीले खेल्ने भूमिका हुन्छ। त्यो स्वाभाविकै ढंगले खेलिन्छ। संविधान निर्माण भइसकेपछि त्यसको कार्यान्वयनको लागि बन्नुपर्ने असंख्य नयाँ ऐन हामीले बनाउनुपर्नेछ। शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रुभता, आवास जस्ता विषयवस्तुलाई हामीले मौलिक हकको रुपमा लेखेका छौं। त्यो त कानुन बनेपछि मात्रै कार्यान्वयन हुनेछ भन्ने कुरा पनि राखिएको छ। त्यो अनुसारको कानुन बनाउनुपर्नेछ। कानुन बनाएर मात्रै भएन, स्रोत-साधनको परिचालन गर्नुपर्छ।

वाम गठबन्धनले बहुमत ल्याएपछि ५ वर्षे स्थिर सरकार बन्छ। त्यो सरकारमा आफूले प्रतिनिधित्व गर्ने अवसर पाउँदा हामीले अधिकतम उपयोग गरेर स्रोत-साधनको व्यापक प्रयोग गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, कुशासनको अन्त्य गरेर सुशासनको स्थापना गर्ने, राजस्व वृद्धि गर्ने, उद्योगधन्दा कलकारखानाको व्यापक विस्तार गर्ने, आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको विकास गर्ने कुरामा आफ्नो तर्फबाट योगदान पुर्‍याउनेछु। साथै, भक्तपुरलाई केन्द्रीय राजनीतिमा चर्चामा ल्याउने कुरा छँदैछ, स्रोत-साधन र शक्तिको हिसाबले, सिंहदरबारले भक्तपुर खोज्न बाध्य बनाउने खालको पहलकदमी गर्ने, भूमिका खेल्ने काम हुन्छ। 

तपाईंले शिक्षा, स्वास्थ्यको कुरा गर्नुभयो। तर, चिकित्सा क्षेत्र सुधारको विधेयक रोक्नेदेखि संसदमा छलफल हुन नदिनेसम्मका कामले एमाले पंक्ति विवादित छ। सरकारमा गएर जनतालाई सेवा गर्ने संस्था निर्माण गर्नुको साटो पार्टी नै संस्थागत रुपमा व्यापारमा लाग्नु त कसरी राम्रो भयो र?
यसलाई कतिपय स्थितिमा प्रोपोगान्डाको हिसाबले पनि बढाइयो। डा गोविन्द केसीले अनसन बसेर शिक्षा क्षेत्रको विकृति र विसंगतिलाई हटाउन निकै ठूलो माहौल बनाउनुभयो। इन्डियामा केजरीवालले जसरी एउटा माहौल बनाएका थिए, त्यसैगरी यहाँ गोविन्द केसीले एउटा माहौल बनाउनुभयो। तर, सँगसँगै एमालेमाथि अन्याय पनि भएको जस्तो पनि लाग्छ, विशेष गरेर मनमोहन सामुदायिक अस्पतालबाट मनमोहन विज्ञान प्रतिष्ठान बनाउने कुरामा। एउटा दिवंगत नेताको नाममा एउटा सहकारीको माध्यमबाट सर्वसुलभ ढंगले विद्यार्थीलाई स्वास्थ्य सेवा दिने हिसाबले मनमोहन खोलिएको थियो। तर, अरु कहाँकहाँका विकृति-विसंगतिमा त्यसलाई पनि जोडियो। अर्को कुरा, यसमा पार्टी नै संलग्न भएको चाहिँ होइन। एउटा सहकारी हो, त्यसमा आज राजेन्द्र पाण्डे अध्यक्ष हुनुहुन्छ। भोलि साधारणसभाले अरु कसैलाई अध्यक्ष बनाउन सक्छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०७४  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री
पाकिस्तानी सेना प्रमुख मुनिर र इरानका सभामुख गालिबाफबिच भेटवार्ता
प्राकृतिक स्रोत रोयल्टीमा स्थानीय तहको हिस्सा विस्तारका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय
सम्बन्धित सामग्री
एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मात्र नयाँ वर्ष २०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल, र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधाहरू... शुक्रबार, चैत २७, २०८२
एनसेलले दैनिक १०० एमबी डेटा निःशुल्क दिँदै, हरेक साता ५० जीबीसम्म जित्ने मौका यसका साथै ग्राहकले हरेका साता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरुप जित्न सक्नेछन् । ग्राहक अनुभव अभिवृद्धि र डिजिटल प्रयोगलाई प्रोत्स... बुधबार, चैत २५, २०८२
Taurian MPS को नेपालका लागि आधिकारिक डिलरमा RBG International नियुक्त काठमाडौंको होटल बराही प्लाजामा आयोजित एक विशेष समारोहका बीच दुई कम्पनीबीच साझेदारी सम्झौता सम्पन्न भएको छ । उक्त कार्यक्रममा Taurian... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
पाकिस्तानी सेना प्रमुख मुनिर र इरानका सभामुख गालिबाफबिच भेटवार्ता बिहीबार, वैशाख ३, २०८३
प्राकृतिक स्रोत रोयल्टीमा स्थानीय तहको हिस्सा विस्तारका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्