• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जब 'जोखना' मिल्दैन

64x64
नेपाल लाइभ शुक्रबार, चैत २९, २०७५  ०७:४९
1140x725

‘क’देखि अक्षर ‘ज्ञ’सम्म
बदामसोलीमा यो दिल अल्झ्यो नि तिम्रै बोलीमा
बसेरी वनको आहाले टेलिफोनको तार
के छ नि भनन त्यो मनको विचार।

पृष्ठभूमीमा गुञ्जिरहेछ जादुमयी संगीत।

मुन्धुमी संस्कृति झल्किने लोकभाका एकछत्र गाइरहेछन् एक हुल मानिस। रंगमञ्चमा देखिएको त्यो गाउँको दृश्य, जसले दर्शकका आँखामा गाउँले रङ भरेको छ।

गाउँमा बाटो बन्दैछ। यसैका लागि कोही माटो फ्याँक्दै त कोही सम्याउँदै छन्। सांगीतिक वातावरणका बीच उनीहरु कहिले एकले अर्कालाई व्यंंग्य गरिरहेका छन् त कहिले छेडखानी। एकपछि अर्को गर्दै थपिने हाँसोमा दर्शकदिर्घाबाट पनि उत्तिकै साथ र बल मिलिरहेको छ।

यसै क्रममा खाजा लिएर आउँछिन् धनसुवा। त्यो हुल खाजा खानतर्फ लाग्छ।

सेवारो है सेवारो!

यहि मेसोमा एउटा अप्रत्याशित व्यक्ति सस्वर उपस्थित हुन्छन् दृश्यमा।

Ncell 2
Ncell 2

ती व्यक्ति र मञ्चका अन्य पात्रमा देखिने हाउभाउले दर्शकको मस्तिष्कमा पनि तरंग ल्याउँछ।

राई जेठा, थुप्री, जन्तरी, पुर्ने, लक्ष्मण, गौरुङ सबै तर्सन्छन् एकफेर। हाँसोमजाकमा रमाएका उनीहरु एकाएक 'छाँगाबाट खसेजस्ता' हुन्छन्। वातावरण सुनसान बन्छ। खाजा दिएर घर फर्किने तयारीमा रहेकी धनसुवा यसरी टोलाउँछिन्, जब दुःख र खुसी एकैसाथ विष्फोट भएर शून्यमा विलिन हुन्छ।

लामा/लामा दारी पालेको एउटा बुढो अनुहार, थाेत्रो झोेला बाकेर लठ्ठी टेक्दै आएको मानव आकृति अरु कोही नभएर ‘जसे’ हुन्छ। जसे अर्थात जसबहादुर राई। धनसुवाको पति, निछ्छाहाङको पापा।

वर्षौंअघि साथीभाइसँग साकेला नाच्न गएको थियो जसे। जतिबेला माओवादी सशस्त्र युद्ध चरम उत्कर्षमा थियो।

साकेला नाच्न गएको जसे, एकाएक बेपत्ता हुन्छ। २ वर्षको काखे बच्चाका साथमा धनसुवाका दिनहरु कष्टकर बित्छन्। एकातर्फ छोराको लालनपालन, अर्कातर्फ श्रीमान फर्किने आश, धनसुवा यीनै विषय वरिपरि लामो समय घुमिरहन्छिन्। हरदिन छ्टपटाउँदै बसिरहन्छिन्।

‘हजुरकै काखमा बसी
धुरुधुरु रोई मा रोई
दुःखै कहुँला
दुःखै कहुँला सबै सुखै कहुँला’

विरहमा आफ्नो पति सम्झिँदै भाका हाल्छिन् धनसुवा। यस्तो लाग्छ उनका आँशु गीत बनेर बगिरहेछन्।

समय बित्दै जान्छ। निछ्छाहाङ पनि उमेरमा परिपक्व हुन्छन्। लाहुर जान्छन्। यसबीचमा पनि जसे आउने आश छोड्दिनन् धनसुवा। लाग्छ छोडेर गएकाहरुको शरीर छुट्छ तर, बिताएका पल, गरेका वाचा, हंश छुट्दैन। बरु जसे फर्किने आशमा उसकै लागि स्विटर बुन्न छाड्दिनन् धनसुवा। बजाइरहन्छिन् मुर्चुंगा र गाइरहन्छिन् गीत।

थुप्रै वर्ष बितिसक्दा पनि जसे नआएपछि सेलेमी (झांक्री)लाई जोखना हेराउँछिन् धनसुवा। जोखना हेरेपछि सेलेमीले जसे मरेको निष्कर्ष सुनाउँछन्।

‘जसे मरेजस्तो छ। जसे मरेपनि हंश मरेको छैन। जसेको हंश यतिबेला यतै वरिपरि छ। मुन्धुमले उसलाई बाटो नदेखाइन्जेली उसको हंश घर बाहिरै बसिरहन्छ। उसले त साथीभाइ गाउँलाई दुःख पो दिन्छ। यतिखेर तिम्रो सातो पनि जसेको हंशले पक्रेर राखेको छ।’

जोखनाले धनसुवालाई ठूलै धक्का दिन्छ। र पनि जसे गुमाएकोमा उनलाई पटक्कै विश्वास लाग्दैन। परिवारजन, छरछिमेक र गाउँलेले भने जसे अब नरहेकाे निचाेडमा निकाल्छन्। जसेको काजक्रिया गर्ने सल्लाह दिन्छन्। सबै एकमत भएपछि अन्ततः धनसुवा पनि काजक्रिया गर्न राजी हुन्छिन्।

मुन्धुमी संस्कृतिअनुसार जसेको काजक्रिया गरिन्छ।

तर, मर्‍यो भनेर सबैले बिर्सिसकेको जसे काजक्रिया गरेको केही दिनमै एकाएक गाउँ आइपुग्दा सबै आश्चर्यचकित पर्छन्। यानेकी जोखना बिग्रन्छ।

०००

‘जोखना’ समाजको भ्रम हो। सशस्त्र युद्धले एउटा नागरिकको परिवारमा निम्त्याएको कष्ट र दुर्दशा कतिसम्म पीडादायी थियो? बेपत्ता परिवार फर्किने आश कुन हदसम्म रहन्छ? जोखना हेरेर भाग्यलाई विश्वास गर्ने हाम्रो समााज कहाँ अल्झिएको छ? भ्रम र आदर्शको दूरी कति हुन्छ?

नाटक जोखना यीनै प्रश्नहरूको दरिलो जवाफ हो। कथाकार वियस राईको ‘हिउँमाझी’ कथासंग्रभित्रको ‘जोखना’ कथामा आधारित छ नाटक। ‘भ्रमयुक्त समाजको आदर्श पनि भ्रमयुक्त हुन्छ। त्यही आदर्शमा टेकेर खोजिएको समाधानले कति नतिजा ल्याउँछ? यसको मनोदशा लेख्ने प्रयासमात्र हो जोखना,’ नाटकबारे कथाकार बोल्छन्।

कथालाई नाट्य रुपान्तरण गरेका हुन् आख्यानकार राजन मुकारुङले। उनी मसिना कुराहरूबाट नाटकमा मुन्धुम भन्ने प्रयास गरिएको बताउँछन्। नाटकलाई नाट्य रुपान्तरण गर्दा लेखनको मर्म उतिकै शक्तिशाली छ।

नाटकमा विरह र हास्यरस अनुभव गर्न पाएपनि यसले एक गम्भीर प्रश्न छोडेर गएको छ। राज्यसत्तासँग नाटकले प्रश्न गरेको छ – बेपत्ता नागरिकहरू जसे जसरी फर्के भने राज्यले के गर्छ?

नाटकमा जसे फर्केपछि फेरि ऊ गाउँ बस्दैन। गाउँमा आफ्नो जीवित अस्तित्व नभेटेपछि ऊ पुनः अनिश्चित यात्रामा फर्किन्छ। ‘समयले मलाई जिउँदै मार्‍याे, अब म कुन मुख लिएर यो गाउँमा बसौं?’, जसेको यो प्रश्नको जवाफ गाउँलेले दिन सक्दैनन्। के राज्यले दिनसक्ला?

पर्खेर बस्नेहरुको केन्द्रीय पात्रको रुपमा देखिएकी धनसुवाले पनि वेपत्ता पारिएका परिवारका गुनासा, अनुभव र संघर्षलाई सबलरुपमा उठान गरेकी छिन्। ‘तिमी छौ मात्रै भन्ने आशमा पनि कति भरोसा थियो, तिमी छैनौ भन्ने थाहा पाउँदा मन कस्तो भयो होला? जुन दिनदेखि तिमी गाउँबाट हरायौ, मैले यत्तिका वर्खा के गरेर काँटे हुँला? मलाई मात्र थाहा छ।’, पुनः गाउँ छोड्न लागेको जसेमाथि धनसुवाका प्रश्न हुन् यी।

तर, आफ्नो अस्तित्व नै नभेटेपछि, चाहे जन्मेकै किन नहोस्, त्यस्तो स्थानमा मान्छेको मन अडिरहन सक्दैन। जसेको मन पनि उडिजान्छ, गाउँ बस्न मान्दैन। फर्किने बेला धनसुवालाई जसेले दिएको अभिव्यक्तिले भने मन गह्रौं बनाउँछ।

‘समय सालले अवश्य जुराउने छ। याम फर्किने छ। समुद्रै पुगेका माछा त उभौँली लागेपछि आफ्नै मुलमुहानतिर फर्किन्छन्। हिमालै नाघिगएका कर्‍याङकुरुङ पनि त उधौँली लागेपपछि आफ्नै बेँसी फर्किन्छन्। हो, हामी मान्छेको जीवन पनि त उभौँली–उधौली जस्तै हो। म पनि फर्कुंला निछ्छाम्मा।’

राई तथा लिम्बु परिवेश बोकेको जसेको यो वाणीले एकपल्ट सोच्न बाध्य बनाएको छ कि उजस्ता बेपत्ता पारिएका नागरिक कहाँ होलान्, जसेजस्तै फर्केलान् त एकदिन, फर्किएपछि के उनीहरुको मन अडिएला त गाउँमा? आफ्नो अस्तित्वको खोजीमा राज्यसत्तासँग प्रश्न गरिरहेका कैंयौं जसे र धनसुवाहरु विरक्तिएका छन्। मुक्तिको नयाँ याम खोजिरहेका छन्।

०००

नाटकको निर्देशन गरेका हुन् किरण चाम्लिङ राईले। उनको निर्देशनमा बनेको यो दोस्रो नाटक हो। पहिलो नाटक ‘लाटो पहाड’बाट राईले रंगमञ्चमा आफ्नो बलियो उपस्थिति जनाइसकेका छन्। जोखनाबाट आफ्नो संस्कृतिको विविध आयाम भन्न खोजिएको बताउँछन् उनी। यद्यपि राईलाई लाग्छ– अहिलेको समयमा आफ्ना कुरा भन्नु निकै कठिन छ। जबकि हामीले आफ्नो संस्कृति र पहिचान भुल्दै पश्चिमाहरूको नक्कल गरिरहेका छौं।

राईले यो सचेतना नाटकबाट पनि उजागर गर्न खोजेको स्पष्ट हुन्छ। नाटकमा प्रयोग भएको भाषा, भेषभुषा, रितिस्थिति, लोकसंगीत, बाजागाजा, तथा मान्यताहरुले यसलाई संस्कृति संरक्षणको कसीमा अघिल्लो स्थानमा ल्याएर खडा गरिदिएको छ। यी चिजहरुले कथालाई पूर्णरुपमा मञ्चमा उतार्न बल पनि थपेको नाटक हेर्दै जाँदा थाहा लाग्छ।

०००

धागो किँराती जीवन दृष्टिकोणसँग गाँसिएको चिज हो। नाटक जोखनामा यसको निक्कै सुन्दर ढंगबाट संयोजन गरिएको छ। जोखना हेराउन होस् या चिनो र उपहार दिन नै किन नहोस्, या सम्पत्तिकै बिम्बका रुपमा किन नहोस्, नाटकभरि धागोलाई नै विशेष सामाग्रीको रुपमा प्रयोग गरिएको छ। विभिन्न रङ र परिवेशमा यसको प्रयोग गरिएको छ, जसले मानिसको आत्मा, सम्वेदना र भावनालाई मुखरित गरेको छ। किराँती संस्कृतिको नजिक लाने कोशिष गरेको छ धागोले पनि।

नाटकको अर्को बलियो पाटो हाे स्थानीय संगीत। नाटकका धेरै स्थानमा सुनिने गीतसंगीतले कतिपयलाई गीती नाटकको झल्को दिनसक्छ। गीतका शब्द तथा बाजाले बोकेको मर्म र महिमाले नाटकलाई आलकांरिक रुपमा कथा भन्न सहज समेत तुल्याएको छ। विशेष गरी धनसुवा अर्थात संगीता थापाले आफ्ना कथा भन्न अधिकांश स्थानमा गीतसंगीतकै सहारा लिएकी छिन्। 

पूर्वमा हेर घाम झुल्किन्छ
पश्चिममा हेर घाम डुबिजान्छ
घाम डुब्ने देशमा जून डुब्ने देशमा
कहिल्यै नरुनु
जरा बेगरको लहरा जस्तै, पात बेगरको पहरा जस्तै
कहिल्यै नरुनु

**********************************************

नदी, खोला, बतास, ए जून, घाम
भनिदेउ ए के होला मेरो नाम
लैलै कहाँ होला मेरो ठाम
ए साथीसंगी, जून, घाम, फूल
बतास, नदी, खोला, अब त थाक्यो होला
आफैंलाई भुल्यो होला
आफैंलाई बिर्स्याे होला
भनिदेउ न ए काँ होला मेरो ठाउँ
के होला मेरो नाउँ

साकेला नाच्दा होस् यात बाटो खन्दा, यात लोरी नै सुनाउँदा किन नहोस्, किराँती लोकसंगीतको अधिकतम प्रयोगले पनि एक मौलिक नाटकको रुपमा जोखनालाई चित्रित गरेको छ। निर्देशक किरण चाम्लिङ यसमा पनि सफल देखिएका छन्। त्यसमाथि नाटकमा प्रयोग भएका गीतसंगीतमा जोडिएका राजन मुकारुङ, दयाहाङ राई, बेनुका राई, नवनित आदित्य वाइवाको साथलाई पनि बिर्सन मिल्दैन।

नाटकमा अर्को विशेष उठान भएको विषय हो किराँती परम्परासँग जोडिएको जोखना र काजक्रिया। नाटकको मुल कथानै यसै वरिपरि घुम्छ। निमेषमै परिवर्तन गर्नुपर्ने फरक–फरक हाउभाउ होस् यात ढ्यांग्रोको तालमा उत्रिनुपरोस्, सेलेमीको रुपमा अनिल सुब्बाले जीवन्त र सशक्त अभिनय गरेका छन्। ‘सायद यो परम्परासम्म जानकार नभएको भए यहाँसम्म म पुग्न सक्दिनथें’, सेलेमीको भूमिकामाथि अनिल आफैलाई प्रश्न गर्छन्, ‘झाँक्री बन्दा ममा साँच्चै झाँक्रीको हंश आइपुग्छ। यदि त्यसो नहुँदो हो त?’

नाटकले लाहूरे परम्पराबारे पनि बोलेको छ। पहिलो विश्वयुद्ध देखिनै नेपाली समाजमा प्रचलनमा रहेको लाहुरे परम्परालाई आजका दिनसम्म पनि उत्तिकै चासोका साथ हेरिन्छ। त्यसमाथि मंगोलियन समुदायमा यसले झन विशेष अर्थ राख्छ। आमा धनसुवालाई छाडेर छोरा निछ्छाहाङ (सञ्जीव राई) लाहुर जाने दृश्यले यो जनाउँछ।

नाटकमा निर्देशकको अर्को खुबी देखिएको पक्ष हो मञ्च र प्रकाश संयोजन। नाटकमा कतिपय अवस्थामा पात्र या उसको जुनसुकै हर्कत र उपस्थिति अनिवार्य मानिँदैन। कतिपय कुराहरु मञ्च, यसमा प्रयोग गरिएका सामाग्री, संगीत र प्रकाशले पनि बोलिरहेका हुन्छन्। नाटक जोखनामा यस पक्षमा निर्देशक राई भरपुर मात्रामा खेलेका छन्।

साकेला नाच्दै गरेको समय अचानक आउने द्वन्द्वको दृश्य, घरबाहिर डुलिरहेको निछ्छप्पाको हंश, निछ्छाहाङ लाहुर जाने बेलामा आवाज र दृश्यको संयोजन संझिन लायकका क्षण हुन्। त्यसमाथि फरक ढंगबाट तयार गरिएको सेट र फरक–फरक अवस्थामा कथाको मर्म, पात्रको अभिनय र बाजा तथा प्रकाशको तादाम्यता हेर्नलायकको देखिन्छ।

अर्काे एक दृश्यमा साकेला नाच्ने क्रममा अचानक हुने गाेलाबारीपछि मञ्चकाे बीच भागमा माथिबाट कुखुराकाे प्वाख झर्छ। काँधमा सेताे सल तथा हातमा कुचाे बाेकी त्यही प्वाँख बढार्दै गरेकाे दृश्यबाट आल‌ंकारिक रुपमा द्वन्द्वकाे सिकार बनेकाहरुकाे मलामी गइरहेकाे देखाउन खाेजिएकाे छ। फरक विषयवस्तुलाई फरक किसिमबाट संयाेजन गर्नमा निर्देशक राई सफल दखिएकाे यसबाट पनि पुष्टि हुन्छ।

०००

नाटकको केन्द्रमा रहने पात्र धनसुवाको कुरा गरौं। गाउँले तर पीडा र पखाईमा बाँचिरहेकी धनसुवालाई देख्दा हाम्रै परिवार वा वरपरको प्रतिनिधि पात्रसँग देखभेट गरेजस्तो अनुभव हुन्छ।

अधिकांश समय करुण रसमा आफूलाई उतारे पनि धनसुवाको धैर्य, आफ्नाप्रति गर्ने विश्वास र माटोमाथिको माया सम्मानजनक लाग्छ। धनसुवाको भूमिकामा देखिएकी संगीता थापाको केन्द्रीय भूमिकामा पहिलो उपस्थिति हो भन्दा विश्वास लाग्दैन। उनी यसअघि ‘लिलामे माइलो’ नाटकमा छोटो भूमिकामा देखिएकी थिइन्।

विशेषगरी अनुहारको भावभंगिमामा सहज तबरबाट काबुमा राख्नसक्नु उनको बलियो पक्ष हो। हरेक पीडा तथा हास्यरसले भरिएका दृश्य तथा संवादपछि पनि सहजै गीत गाउनसक्नु उनको सम्झनलायक पाटो हो। गजल लेखन तथा गायन थापाको थप परिचय हो। जसले गर्दा पनि उनलाई यसरी उभिन सहज भएको लाग्छ। उनले संगीतमा स्नातक गर्नुका साथै नेपालीमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी छिन्।

थोरै मात्रै मञ्चमा देखिएर पनि गहिरो छाप छोडेका छन् जसे अर्थात रुपेश लामाले पनि। राईजेठाको भूमिकामा मानाहाङ लावती, थूप्रीको भूमिकामा पार्वती राई, जन्तरेको भूमिकामा निशा पाख्रिन, लक्ष्मणको भूमिकामा सुदर्शन क्षेत्री, गौधनको भूमिकामा दिवान रसाइली र गौरुङको भूमिकामा देखिने मणि के राई बिना पनि नाटक अपुरो लाग्नसक्थ्यो।

०००

सामाजिक यथार्थमा उतारिएको नाटकमा जोखनामार्फत पछिल्लो समयको परिदृश्यलाई स्पष्ट पार्न खोजिएको छ। यसले देशको संक्रमणकालिन अवस्थालाई समेत चित्रित गरेको छ। जोखनासँग जोडेर हाम्रो अवस्था तथा मनोवृत्तिमा निर्देशक राई गतिलोगरि खेलेका छन्। आखिर हाम्रो पनि आ–आफ्नै जोखना हुन्छन्। आखिर किन मिल्दैनन् त जोखना?

सेलेमीको यो भनाइमा सायद यसको जवाफ भेट्न सकिन्छ। उनी भन्छन्, ‘नाथे मुन्छेको मन त छिनछिनमा फेरिन्छ। हामी त जे देख्यो त्यहि भन्ने हो। उही गर्ने हो। अहिले सप्पै संसार जालीपापीहरुले ढाकेको छ। सत्यता नि जसे, न तिमीले थामेका छौं, न मैले थामेको छु।’

सत्यता, भ्रम र आदर्श, यी तीन चिजमा हामी रुमल्लिराखेका छौं। यो समयमा यी सबै चिजमा जबसम्म एकरुपता आउँदैन, तबसम्म कसैको पनि जोखना मिल्दैन।

नाटक बोल्छ, ‘जोखना त हंशहरुले भन्ने हो, आत्माहरुले भन्ने हो, पितृहरुले भन्ने हो। अहिले न हंशहरु ठेगानमा छन्, न आत्माहरु ठेगानमा छन्, न त पितृहरु नै ठेगानमा छन्। तब तिमीहरुको सत्य जोखना कसरी मिल्छ?

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  ०७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला
क्यानडालाई शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश ढकालकाे इजलासमा
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला आइतबार, माघ ११, २०८२
क्यानडालाई शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी आइतबार, माघ ११, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश ढकालकाे इजलासमा आइतबार, माघ ११, २०८२
हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगलागी आइतबार, माघ ११, २०८२
सुनचाँदीको मूल्य बढ्यो आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्