• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ ८, २०८३ Fri, May 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कसरी बच्ने विद्युतीय दुर्घटनाबाट?

64x64
नेपाल लाइभ बिहीबार, चैत २८, २०७५  १९:३८
1140x725

उन्नाइसौं शताब्दीको अन्ततिर, सन् १८८० मा वैज्ञानिक थोमस एल्बा एडिसनले विद्युतलाई प्रकाश शक्तिमा रुपान्तर गर्ने प्रविधि आविष्कार गरे।

सयौं उपाय पार नलागेपछि उनले एउटा कार्बोनाइज्ड प्लाटिनम फिलामेन्टको धागोलाई ग्लास भ्याकुममा राखेर विद्युत सप्लाई गरेका थिए। त्यसो गर्दा फिलामेन्टको धागो रातो भएर बल्यो तर पग्लेन, बरु वरिपरि प्रकाश फाल्यो। उनको यही आविष्कारले मानव सभ्यतालाई अर्को उचाइ दियो।

उनको यो योगदानलाई कतिपयले आधुनिक मानव इतिहासको आठौं आश्चर्य भनेर सम्मान गरेका छन्। 

व्यापारिक प्रयोजनमा इलेक्ट्रिक बल्ब सफल हुन सक्ने भएपछि एडिसनले ‘एडिसन  इलेक्ट्रिक लाइट कम्पनी’ नामक कम्पनी खोले र मानव इतिहासमा पहिलो पटक विद्युत वितरण गर्ने काम सुरु गरे।

सुरुमा रासायनिक प्रतिक्रियाको आधारमा ब्याट्रीसेलबाट विद्युत उत्पादन गरे पनि एडिसनले १८८२ मा नै लन्डनमा विश्वको पहिलो स्टिम जेनेरेटेड पावर स्टेसन स्थापना गरे।

जसले डाइरेक्ट करेन्ट उत्पादन र वितरण गर्थ्यो। पछि तामाको तार कम प्रयोग गर्न (+१०० भोल्ट, ० भोल्ट, -१०० भोल्ट) गरी तीन प्रकारका भोल्टेज बोकेका तारहरु घर-घरसम्म पुर्‍याए। खासमा १०० भोल्टको विद्युत घरमा पुर्‍याउन ११० भोल्टमा विद्युत उत्पादन गरिएको हो। हाल संसारभर प्रयोग हुने ११० भोल्ट, २२० भोल्ट आदिको भोल्टेज वितरणको मानक एडिसनको यही प्रयोगको आधार हो।

आधुनिक ऊर्जाको रुपमा संसारभर क्रान्ति ल्याउने एडिसनको यो प्रयास सदा सम्माननीय छ। भलै एउटा उत्पादन गृहले एक-डेढ किलोमिटरभन्दा पर विद्युत सप्लाई दिन नसके पनि त्यो परिमितिभित्र चामत्कारिक र नौलो सेवा दिलाएपछि एडिसनको कम्पनी मालामाल भयो।

उनी देश विदेशमा उस्तै शक्तिशाली बने। पत्रपत्रिकामा, आम जनमानसमा उनले जे बोले, त्यो सत्य हुने खालको बलियो नैतिक शक्ति मिल्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

विद्युत वितरणमा एडिसन इलेक्ट्रिकको एकछत्र साम्राज्यमा केही समयपछि उनकै अनुसन्धान संस्थामा काम गरेका निकोला टेस्लाले चुनौती दिए। भनिन्छ, एडिसनले टेस्लालाई ठूलो धोका दिएका थिए। व्यापारीक स्वार्थका लागि एडिसन जे पनि गर्छन् भन्ने आरोप टेस्लाको थियो। 

खासमा डाइरेक्ट करेन्ट वितरण हुने क्षेत्रफल निकै सानो हुने हुँदा त्यसको बदलामा अल्टरनेटिङ करेन्टबाट टाढा-टाढासम्म कम खर्चमा विद्युत सप्लाई सम्भव हुन्छ भन्ने उनको धारणा थियो। त्यतिबेलासम्म ट्रान्सफर्मरको आविष्कार भइसकेको थियो। जसले गर्दा विद्युतको भोल्टेज लेभल सजिलै घटाउन वा बढाउन सकिन्थ्यो।

अहिले हामीले प्रयोग गर्ने थ्री फेज अल्टरनेटिङ करेन्टको अवधारणा ल्याउने, त्यसलाई भोल्टेज बढाएर प्रसारण गर्ने र भोल्टेज घटाएर घर-घरमा विद्युत सप्लाई दिने आदि विषयको व्यवहारिक व्याख्या गर्ने निकोला टेस्ला हुन्। जसले अल्टरनेटिङ करेन्टले चल्ने मोटर लगायत विभिन्न विद्युतीय प्रयोग पनि आविष्कार गरे।

सन् १८८४ मा अमेरिका पुगेपछि उनले आफ्नो पोलिफेज विद्युत, मोटर, ट्रान्सफर्मर आदिको प्याटेन्ट जर्ज वेस्टिङ हाउसलाई बेचे, जो वेस्टिङ हाउस इलेक्ट्रिक कम्पनीका मालिक थिए। टेस्लाको आविष्कारले बल्ल ठूलो लगानीकर्ता पाएको थियो।

एसी करेन्ट वितरणको केही व्यावहारिक प्रयोग सफल भएसँगै वेस्टिङ हाउसले एसी करेन्टबाट विद्युत व्यापार गर्न सुरु गर्न थाल्दा एडिसनले १०० वटाभन्दा बढी कम्पनीमार्फत संसारभर उज्यालो छर्दै थिए। तर यो सबै डिसी सिस्टम थियो। त्यसमाथि राजनीतिज्ञ, व्यापारी, पत्रकार, कर्मचारी सबैतिर एडिसनको राम्रो सम्बन्ध थियो। 

विश्व इतिहासको ठ्याक्कै यही बिन्दुमा अबको विद्युत वितरणको विश्व व्यापार एसी वा डिसी कुन करेन्टले चलाउने भन्नेबारे भयन्कर द्वन्द्व सुरु भयो। मान्छे दुई ध्रुवमा बाँडिएर बहसमा उत्रिए। यो बहस अमेरिकी राष्ट्रपतिसम्म पनि पुग्यो। 

जब आफ्नो एकछत्र साम्राज्यमाथि धावा बोलियो, एडिसन आफ्नो भएभरको शक्ति प्रयोग गरेर एसी करेन्टविरुद्ध उत्रिए। सन् १८८६ मा वेस्टिङ हाउस इलेक्ट्रिकले आफ्नो पहिलो प्लान्ट जोडेपछि एडिसनको भनाइ थियो– वेस्टिङ हाउसले छ महिनाभित्र आफ्ना सबै ग्राहकहरु मार्नेछ। किनभने यत्तिकै एसी करेन्ट सामान्य प्रयोगको लागि लागू गर्नु नै हुँदैन। यो मानव सभ्यताको लागि नै खतरनाक हुनेछ। 

उनको एक मात्र चिन्ता यसले मानव दुर्घटनाको ठूलो मुल्य चुकाउनुपर्छ भन्ने थियो तर आलोचकले भने आफ्नो व्यापार साम्राज्य ध्वस्त हुन लागेको भनेर बर्बराएको अर्थ्याए।

सन् १८८७ सम्म आइपुग्दा वेस्टिङ हाउसको एसी सिस्टम ६० वटा पुगेका थिए भने एडिसनको डिसी सिस्टम १२१ वटा। त्यसमाथि थम्सन होस्टन इलेक्ट्रिक कम्पनीले २२ वटा एसी करेन्टमा आधारित विद्युत वितरण सिस्टम बनाएको थियो। यिनै कारण पनि एडिसन तनावमा थिए। 

यही सिलसिलामा सन् १९८८ मा एसी करेन्टमा आधारित विद्युत वितरण प्रणालीमा ठूलो दुर्घटना भयो। केही मान्छे हताहत भएपछि पत्रकारहरुको झन् ठूलो समूह एसी करेन्टको विरुद्धमा आयो। यही मौकाको फाइदा उठाउँदै उनले एसी करेन्ट विरुद्धको सडक प्रदर्शनमा सहभागी हुन लागे।

एडिसनद्वारा प्रायोजित मान्छेहरुले सार्वजनिक ठाँउमा विभिन्न जनावरहरुलाई एसी करेन्ट लगाएर मार्दै गरेको देखाइयो। त्यही समयमा एडिसनको आग्रहमा विद्युतीय कुर्सी बनाएर त्यसमा उच्च भोल्टेजको एसी करेन्ट लगाएर मृत्युदण्ड पाएका मान्छेलाई मार्न सिफारिस गरियो। विद्युतीय कुर्सीमा लगाइएको विद्युत पनि वेस्टिङ हाउस इलेक्ट्रिककै जेनेरेटरको हो भनेर मानिसहरुलाई विश्वस्त पारियो। 

इतिहासमा ‘वार अफ करेन्ट’ नाम दिइएको यो विद्युत बजारको लडाइँमा अन्तत: एडिसनले हारे। १८९३ मा सम्पन्न वर्ड कोलम्बियन एक्पोजिसनमा विद्युत सप्लाईको काम वेस्टिङ हाउस इलेक्ट्रिकले एडिसनको कम्पनीभन्दा आधा मूल्यमा सकारेपछि उसैले नयगरा फल्सबाट किलोवाट विद्युत निकाल्ने काम पायो। योसँगै डिसी वा एसीमध्ये कुन प्रकारको विद्युत वितरण प्रणालीको लागि ठिक हो भन्ने बहसलाई पनि किनारामा पुर्‍यायो। 

एडिसनको कम्पनीको कारोबार ओरालो लागेपछि सन् १९०२ मा जेपी मोर्गानले एडिसनको कम्पनी र थोम्सन हस्टनको कम्पनीलाई एक बनाए र एडिसनलाई कार्यकारीबाट हटाए। यसरी बनेको नयाँ कम्पनीको नाम जेनेरल इलेक्ट्रिक थियो। लगत्तै यसले पनि आक्रामक रुपमा एसी करेन्टमा आधारित विद्युत प्रणालीमा आक्रामक रुपमा लगानी गर्‍यो र ठूलो सफलता प्राप्त गर्‍यो।

कतिपयले भन्छन् ‘वार अफ करेन्ट’ सकिएको लामो समयसम्म पनि एडिसनले एसी करेन्टको विरोध गर्न छोडेनन्। कतिसम्म भने सन् १९०३ जनवरी ४ मा सर्कसमा प्रयोग गरिएको एउटा टप्सी नामक पोथी हात्तीलाई ६६ किलोभोल्टको करेन्ट लगाएर सार्वजनिक स्थानमा मारियो। सर्कसमा आउने तीन जना मानिसलाई मारेको आरोप लागेको यो हात्तीलाई मृत्युदण्ड दिइएको दृश्यलाई एडिसनको भर्खर बनाएको ‘एडिसन म्यानुफयाक्चरिङ मुभी कम्पनी’ ले फिल्म बनाउने उद्देश्यले खिच्यो।

‘वार अफ करेन्ट’को दौरानमा एडिसनको भूमिका आफ्नो व्यापार र सामाजिक प्रतिष्ठा जोगाउन आफ्नो परिचयको दुरुपयोग गरेको भनेर आरोप लगाए पनि विद्युतीय सुरक्षा सम्बन्धी उनका यी धारणाबारे कसैले प्रश्न उठाउन सक्दैन।

उनले भनेका थिए– विद्युतीय सुरक्षाको हिसाबले अल्टरनेटिङ करेन्टमा आधारित विद्युत वितरण प्रणाली निकै चुनौतीपूर्ण छ। विद्युत सुविधा प्राप्त गर्ने सर्तमा हामीले जुनसुकै बेला मानिसको ज्यान नै खतरामा पर्ने कुरालाई घर भित्र्याएका छौं। मानिसले यसको ठूलो मूल्य चुकाउनुपर्छ।  

नेपालमा हरेक हप्ता जस्तो सुनिरहनुपर्ने विद्युतीय दुर्घटनाका डरलाग्दा समाचार आउँदा मलाई थोमस अल्वा एडिसनको याद आउँछ। अझै हामीले विद्युत प्रयोग गर्दा गर्ने लगानी र व्यवहार भने अनौठो गरी हुर्किएको छ। 

अब हाम्रो सहरी मानसिकताकै कुरा गरौं। 

मान्छेले घर बनाउँदा करोडौं लगानी गर्दछ। अझै २०७२ सालको भूकम्पपछि घर बलियो होस् भनेर सिमेन्ट र रड जस्ता कुरामा कतै केही सम्झौता गर्दैन। घर राम्रो होस् भनेर अरु विषयमा खुलेर लगानी गर्ने मान्छे घरमा बिजुलीको तार तान्ने बेलामा भने निकै मितव्यही देखिन्छ।

न त घरको विद्युतीकरणको काम कुनै जान्ने इन्जिनियरलाई देखाउँछ। न विद्युतीकरणको काम सम्पन्न भएपछि कुनै इन्जिनियरसँग ठिक भयो कि भएन भनेर राय लिन्छ। ठेकेदारहरुले यत्तिकै अनुभवको आधारमा विद्युतको काम गर्दा आवश्यकता अनुसारको गुणस्तर, क्षमता र डिजाइनको विद्युतीय सामग्री प्रयोग हुँदैन। विद्युत सुरक्षाका नवीनतम पूर्वाधार त जोडिएकै हुँदैन। 

सहरी क्षेत्रका घरहरुमा पुग्दा मैले पावर सकेट र लाइट सकेटमा उस्तै साइजका तार र एमसिभी राखेको भेटेको छु।

घरहरुमा विद्युत तार जलेर आगलागी हुनुको एउटा कारण यो पनि हो। अर्थ लिकेज सर्किट ब्रेकर, फेज ब्यालेन्स सर्किट ब्रेकर जस्ता महत्वपूर्ण तर खासै खर्च नलाग्ने सुरक्षा प्रणाली राख्दा पनि ठूलो दुर्घटनाबाट बच्न सकिन्छ। यदि राम्ररी सावधान हुन सकिएन भने भूकम्प जस्तै विद्युत पनि जीवनको लागि उस्तै खतराजन्य कुरा हो भन्ने कुरा मनन हुनु जरुरी छ। 

विभिन्न उद्योगहरु र व्यापारिक ग्राहकहरुकहाँ जाँदा उनीहरुले राखेको आफ्नो विद्युत वितरण बोर्ड, स्विच, तार आदिको अवस्था देख्दा डर लाग्छ। जुन ठाउँ अन्य कुनै प्रयोजनमा काम लाग्दैन, जुन सबैभन्दा अँध्यारो छ, जहाँ सबैभन्दा साँघुरो छ, उनीहरुरले आफ्ना विद्युतीय संरचना त्यहीँ राख्छन्।

विद्युत वितरण जस्तो महत्वपूर्ण र खतराजन्य संरचनाका लागि सुरक्षित स्थानमा संरचना बनाउनुपर्छ। आधा तार जलेर पूरै खरानी जस्तो देखिँदा पनि तार फेर्ने जाँगर हुँदैन। यस्ता ठूला ग्राहकले बेलाबेला इनर्जी अडिट गराउने, आफ्नो विद्युतीय सुरक्षाको कुरा देखाउने र मुख्यत: विद्युतबारे राम्ररी जानकार मान्छेलाई रेखदेखमा राख्ने गर्न सके विद्युत सर्ट हुने कुरा धेरै मात्रामा जोगाउन सकिन्छ।

नेपालका उद्योग व्यवसायमा सुनिएका विद्युत दुर्घटनाका कुरा पनि सुरक्षामा सामान्य लगानी गर्न पनि जाँगर नलगाएर हो। 

द्रुतकर ग्रामीण विद्युतीकरणको लागी हामीले सुरुदेखि हाम्रो वितरण प्रणालीको गुणस्तरको प्रश्नलाई राम्ररी सम्बोधन गरेका छैनौं। यसै पनि दक्षिण एसियामा विद्युतीकरणको सवाल ठूलो राजनीतिक मुद्दा हो। ठोस योजनाबिना ग्रामीण स्तरमा तानिएका विद्युत वितरण लाइनहरु सबस्टेसनबाट निकै टाढासम्म पुगेका छन्।

धेरै त राजनीतिक दबाबमा हचुवामा तानिएको छ। ग्रामीण क्षेत्रमा जाँदा धमिराले खाएर मक्किएका काठका पोलमा ११ किलोभोल्ट सम्मको तार तानिएको ठाउँ पनि छन्। तारहरु झोल्लिएका छन्। जंगलमा घास दाउरा काट्न गएका मानिसहरु दुर्घटनामा परेको मरेको दुखद समाचार आउनुको कारण नै मानिसहरुमा विद्युत दुर्घटनाबाट कसरी बच्ने भन्नेबारे सचेतना नहुनु, विद्युत प्रसारण लाइनको सुरक्षा प्रणालीले काम नगर्नु आदि हुन्।

कतिपय स्थानमा स्थानीय निकाय आफैले पनि विद्युत लाइन विस्तार गरेका छन्। सिन्धुपाल्चोक, रामेछाप लगायत जिल्लामा दोहोरिइरहने विद्युत दुर्घटनाको एउटा मुख्य कारण पनि यसरी जबरजस्ती तानिएका वितरण लाइन हुन्। 

काठमाडौं जस्तो बढी जनघनत्व भएको सहरका आफ्ना कथा छन्। 

म नेपाल विद्युत प्राधिकरणको जोरपाटी वितरण केन्द्रमा इन्जिनियर भएर काम गर्दाको डरलाग्दो घटना सुनाउँछु। जोरपाटीपारि माकलबारी भन्ने ठाउँ छ। जहाँभन्दा माथिबाट ६६ केभी प्रसारण लाइन जान्छ। कति त लाइनमुनि नै घर बनाएर बसेका छन्। लाइन क्लियरेन्स पर्याप्त नछोडेर बनेका घर त कतिकति। त्यहीँनेर एक जना महिलाले छतमा कपडा धोएर सुकाउनलाई सम्मुख पर्ने विद्युत लाइनतिरै पारेर कपडा छिम्किइन्।

दुर्भाग्य, छिम्किएका पानीका थोपा हुँदै ६६ केभी लाइन घरमा आयो। उनी त क्षणभरमै डल्लो परिन्। घरभित्रका कुनै पनि तार र सकेट बाँकी भएनन्। धन्न आगो लागेन। 

काठमाडौं जस्तो सहरमा दोहोरिइरहने अर्को घटना हो– नजिकको विद्युत लाइनमा हावाले उडाएर अड्काएको कपडा तान्दा हुने दुर्घटना। घरहरु विद्युत लाइनको निकै नजिक बनेका छन। त्यसमाथि मानीसहरुलाई विद्युत किन खतरनाक हो भन्नेबारे जानकारी नै छैन। 

नेपालमा हरेक वर्ष एकदुई बसहरु विद्युतको तारमा परेर दुर्घटना भएको सुनेकै छौ। विषेशत: छतमा मान्छे बसेर लाइन छुने या बिहेको दाइजो ल्याएको सामान छतमा राख्दा तार छुने अवस्था आएका छन्। 

यसबाहेक नेपाल विद्युत प्राधिकरणको वितरण प्रणालीमा काम गर्दा भएका विद्युतीय दुर्घटना झन् कहालीलाग्दा छन्।

एउटा पावर सिस्टमको विद्यार्थीको रुपमा काम गरिरहँदा मलाई विद्युतीय सुरक्षा सचेतनाबारे राज्यले गम्भीर कार्यक्रम लागू गर्नुपर्ने बोध भएको छ। हप्तैपिच्छे सुनिने विद्युतीय दुर्घटनाको कारण कसैले पनि थोमस अल्वा एडिसनले भनेझैं अल्टरनेटिङ करेन्ट वरदान नभएर अभिशापको रुपमा व्याख्या गर्न नपरोस्।
(लेखक नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक हुन्।)

प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  १९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
एमाले सचिवालय बैठक आज बस्दै
काभा महिला भलिबल च्याम्पियनसिप: नेपालले भारतसँग भिड्दै
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने शुक्रबार, जेठ ८, २०८३
एमाले सचिवालय बैठक आज बस्दै शुक्रबार, जेठ ८, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप: नेपालले भारतसँग भिड्दै शुक्रबार, जेठ ८, २०८३
क्रिकेट विश्वकप लिग २ मा आज नेपाल र अमेरिका आमनेसामने शुक्रबार, जेठ ८, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
प्रतिनिधिसभा बैठक १२ जेठसम्मको लागि स्थगित बिहीबार, जेठ ७, २०८३
विपक्षीलाई पेलेरै अघि बढे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्