• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'ताप्लेजुङवासीले मबाट धेरै आशा गरेका छन्'

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २४, २०७४  १९:१४
1140x725

काठमाडौं– संविधानसभाको अघिल्लो दुईवटा निर्वाचन काठमाडौंबाट लडेका नेकपा एमालेका सचिव योगेश भट्टराई यस पालि आफ्नो जन्मथलो ताप्लेजुङबाट प्रतिनिधिसभाको निर्वाचनमा होमिएका छन्। उनको प्रमुख प्रतिस्पर्धामा नेपाली कांग्रेसका केशव दाहाल उठेका छन्। दाहाल तिनै उम्मेदवार हुन्, जो केही महिनाअघि ताप्लेजुङमा भएको स्थानीय निर्वाचनमा फुङलिङ नगरपालिकाको मेयर पदमा नेकपा एमालेका छत्रपति प्याकुरेलबाट २ सय ८९ मतले पराजित भएका थिए। 

विद्यार्थी राजनीतिबाट २०६४ सालमा राष्ट्रिय राजनीतिमा उत्रिएका योगेश पहिलो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका हितमान शाक्यसँग पराजित भए। २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा उनलाई नेपाली कांग्रेसका भीमसेनदास प्रधानले पराजित गरे। 

काठमाडौंमा दुईवटा निर्वाचनमा पराजय भोगेपछि योगेश आफ्नो जन्मस्थान ताप्लेजुङ फर्किएका हुन्। ‘वाम गठबन्धन’ का तर्फबाट ताप्लेजुङको एक मात्र संसदीय सिटमा उनको नाम प्रस्ताव भएपछि त्यहाँको माहोल तातिएको छ।

विपक्षीले उनलाई बाहिरबाट निर्वाचन लड्न आएको भन्दै चुनावी अभियानमा घेर्ने गरेका छन्। तर, पार्टीमा उनको माथिल्लो हैसियतका कारण विपक्षीले पनि उनलाई ‘हेभिवेट’ उम्मेदवारका रुपमा ग्रहण गरिसकेका छन्। यहाँ कूल मतदाता संख्या ८० हजारको हाराहारीमा छ।  

चुनावको सेरोफेरोमा नेपाल लाइभका लागि नवीन अर्यालले उनीसँग गरेको कुराकानीः

पहिलो पल्ट आफैं जन्मिएको ठाउँबाट निर्वाचन लड्दै हुनुहुन्छ? कस्तो माहोल भेट्टाउनु भयो?

म मनोनयन दर्ता गरेदेखि नै यहाँ सक्रिय छु। मेरो पक्षमा माहोल बन्दै गइरहेको छ। जनतासँग अन्तक्र्रिया गरिरहेको छु। प्रतिक्रिया एकदमै सकारात्मक पाएको छु। विकाश योजनालाई लिएर मानिसहरुमा व्यापक गुनासा छन्। माथिल्लो तहको व्यक्ति चुनाव लड्न आएको भन्दै सबैको ध्यान आकृष्ट भएको छ। मैले वाम गठवन्धनको नेतृत्व गरिरहेको हुनाले स्थिति सहज बन्दै गइरहेको महसुस गरेको छु। 

काठमाडौं र ताप्लेजुङमा के भिन्नता देख्नु भयो? 

Ncell 2
Ncell 2

भिन्नता छ। ताप्लेजुङ विकट ठाउँ हो। काठमाडौं जस्तै सबै ठाउँ सुगम छैनन्। त्यसैले जनताको घर–घरमा जान गाह्रो परिरहेको छ। तर, पनि म अत्याधिक ठाउँ पुगेर जनताको गुनासो सुनिरहेको छु। विकाशको आशा मरिसकेको छैन। मबाट जनताले धेरै आशा राखेका छन्। 

प्रतिद्वन्द्वी कसलाई देख्नु भएको छ?

नेपाली कांग्रेस नै हो। राजनीतिक रुपमा लामो समयदेखि उनीहरुको यहाँ राम्रो उपस्थिति छ। तर, हामीले वाम गठबन्धन निमार्ण गरेका छौं। यसैले हामीबाहेक अन्यको विकल्प छ जस्तो मलाई लाग्दैन। वाम गठबन्धन भनेको नै लोकतान्त्रिक मूल्यमा आधारित शक्ति हो। लोकतान्त्रिक मूल्य–मान्यतालाई टेकेर हामीले सबै कुरा ‘डेलिभर’ गर्ने भएपछि अरु पार्टी चाहिन्छ जस्तो मलाई लाग्दैन। तर, चुनावमै उत्रिसकेपछि प्रतिस्पर्धा त हुन्छ नै। 

ताप्लेजुङको समस्या के–के देख्नु भयो? 

यहाँको मुख्य समस्या भनेको बाटोको ‘कनेक्टिभिटी’ हो। जिल्लामा बाटोको ठूलो समस्या छ। हिमाली र पहाडी दुवै क्षेत्र पर्ने हुनाले यसलाई जोड्नुपर्ने आवश्यकता छ। शिक्षा, स्वास्थ्य, खानेपानीको समस्या पनि उस्तै छ। कृषकहरुले उचित मूल्य पाएका छैनन्। पयर्टनको प्रचूर सम्भावना भए पनि खासै प्रचारप्रसार भएको छैन। पाथिभरा माई मन्दिरले धार्मिक पयर्टक भित्र्याएर यो ठाउँमा ठूलो सम्भावना भएको प्रस्ट पारिसकेको छ। कञ्चनजंगा हिमाल लगायत थुप्रै हिमाली रेन्ज यहाँ पर्छन्। यो धनी जिल्ला भएर पनि सोचेजति विकाश भएको छैन। त्यसकारण यसपालिको मेरो उम्मेदवारी यहाँको विकासका लागि पनि हो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०७४  १९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक
सम्बन्धित सामग्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान... बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आ... बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । कम्पन... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्