रामपुर (पाल्पा)- नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले पाल्पाको चिनारी पाल्पाली ढाका, करुवा र अदुवाको व्यापार अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनेबताएकी छन्।
मंगलबार पाल्पा उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष राणाले ढाका कपडा, करुवा र अदुवाको व्यापार अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन सके मुलुकमा आर्थिक सम्मृद्धि विकास हुने बताइन्।
नेपालमा उत्पादित वस्तु भारत र चीनसम्म निर्यातका लागि उद्योग वाणिज्य संघले पहल गरिरहेको उनको भनाइ थियो। 'मुलुकमा अहिले राजनीतिक वातावरण राम्रो बन्दै गएको छ,' उनले भनिन्, 'स्थानीय निकायसँग समन्वय गरी उद्योग वाणिज्य संघले देशभरि नै उद्योगी व्यवसायीका हितमा रहेर काम गर्न लागेको हो।'रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।