• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'अर्को पटक सरकारको नेतृत्व गर्छौं' [भिडियो वार्ता]

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २२, २०७४  १९:३२
1140x725

चुनावी अभियान कस्तो भइरहेको छ?

हामीलाई एकदमै राम्रो अनुभव भइरहेको छ। हामी मिहिनेत पनि गरिरहेका छौं। बिहान सबेरदेखि राति अबेरसम्म खटिरहेका छौं। घरदैलो गरिरहेका छौं। साना ठूला भेला गरिरहेका छौं। कोणसभा गरिरहेका छौं। जे–जे सम्भव छ, गरिरहेका छौं। यसले हामीलाई उत्साहित पनि बनाएको छ।

तपाईंले यत्तिका वर्ष आमनागरिकका सरोकारलाई लिएर अरुलाई प्रश्न सोध्नुभयो। अहिले तपाईं जनताको घरदैलोमा जाँदा कस्तो प्रश्नको सामना गरिरहनुभएको छ? प्रश्न सोधिरहेको मान्छे, उत्तर दिनुपर्दा कस्तो महसुस गर्नुभएको छ?

वास्तवमा मलाई धेरै उत्तर दिनुपरेको छैन। किनकि, विगतमा मैले जे जति काम गरें त्यसले मप्रति सद्भाव व्यक्त भएको पाइरहेको छु। हामीले भनेजस्तो यसपटक संसदमा गएर अर्कोपटक यो देशको नेतृत्व गर्‍यौं भने त्यसपछि प्रश्नको ओइरो लाग्ने हुन्। अहिले चाहिँ सद्भाव धेरै छ, प्रश्न कम छ। तैपनि ठाउँठाउँमा आधारहीन रुपमा लगाइएका आरोपबारे कहिलेकाहीँ प्रश्नहरु सामना गर्नुपर्छ। 

 

तपाईंहरुको संगठन सबै ठाउँमा राम्रोसँग फैलिसकेको छैन। सद्भावले मात्रै चुनाव जित्न सकिन्छ?

चुनाव जित्ने संगठनले भन्दा पनि सद्भावले नै हो। तर, यसको अर्थ संगठन चाहिँदैन भन्ने होइन। मुख्य रुपमा सद्भाव नै चाहिन्छ। सद्भावकै कारण साझा पार्टी अस्तित्वमा आएको ६ हप्तामै हामी मेयरको चुनावमा जाँदा सम्मानजनक मत पाएका थियौं। त्यतिबेला हामी १५/२० जनाको समूह मात्रै थियौं। हामीसँग कार्यकर्ता थिएनन्। अफिस थिएन। तर, सद्भावको परिणामस्वरुप सम्मानजनक मत ल्यायौं। 

nimb
nimb
Ncell 2
Ncell 2

सुविधाजनक करियर छाडेर राजनीतिजस्तो जोखिममूलक क्षेत्रमा किन प्रवेश गर्नुभयो?

मैले धेरै पटक भनिसकेको छु, आफ्नो सफलता देखेर आफैंलाई लज्जा महसुस हुन थालेको थियो। किनकि, ठाउँठाउँमा गयो। बोल्यो। स्वागत गर्छन्, ताली पिट्छन्। झन् परोपकारी काम गरेपछि त्यसको पनि सद्भाव हुन्छ। पत्रपत्रिकाबाट पनि सद्भाव बोलियो। लेखनबाट पनि सद्भाव बोलियो। तर, जिल्लामा जाँदा वा काठमाडौंकै छेउछेउमै जाँदा चप्पल नलगाई स्कुल जाने केटाकेटी अहिले पनि देख्न सकिन्छ। त्यसैले आफू सुविधाजनक दायराभित्र बस्नुको अर्थ देख्न छाडेकै हो। 

अर्कोतर्फ, यो देश निकै स्रोतसाधन सम्पन्न छ। यस्तो देशमा व्यक्ति बन्ने तर देश नबन्ने कस्तो समाज बनायौं हामीले? यस्तो पनि हुन्छ? देश बन्यो भने त व्यक्ति पनि बन्छ नि! न्यून आय भएका व्यक्तिको पनि सम्मान हुन्छ। उसको जीवन सहज हुन्छ। व्यक्ति बन्यो, देश बनेन भने अत्यन्त समृद्ध व्यक्तिको जिन्दगीको पनि कुनै सुरक्षा हुन्न। न आर्थिक, न व्यापारिक न व्यावसायिक सुरक्षा हुन्छ। 

ठूला दलहरुले नै हामीसँग सुविधाजनक बहुमत नभएकाले, अरुसँग मिलेर सरकार बनाउनुपरेकाले काम गर्न नसकेका हौं भनिरहेका छन्। तपाईंहरु केही संख्यामा संसदमा गएर के गर्न सक्नुहोला र?

हामीलाई धेरै ठाउँमा, धेरै जनाले तपाईंहरु राम्रो त हो, तर एकदुई जनाले के गर्न सक्नुहोला र? भन्नुहुन्छ। हामीले स्पष्टैसँग भनेका छौं, यो पटकको हाम्रो लक्ष्य भनेको राष्ट्रिय पार्टी बन्ने हो, जसका लागि खसेको मध्ये ३ प्रतिशत मत चाहिन्छ। र प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नुपर्छ। त्यसैले संसदमा यो पटक पार्टीहरुको संख्या निकै कम हुन्छ। ७, ८ होला। त्यसमध्ये हामी एउटा हुन्छौं। 

हिजो पञ्चायतकालमा पद्मरत्न तुलाधर एकजनाले संसदमा गर्जन सिर्जना गर्दा पञ्चायत ढल्नमा ठूलो योगदान पुगेको थियो। हामी पनि अहिले भइरहेको अनियमितता, कुकृत्य र भ्रष्टाचार, जेजस्ता नाङ्गो खेल भइरहेका छन्, त्यसविरुद्ध गर्जिंदाखेरी धेरैको आत्मा हल्लाउँछौं, हल्लाउँछौं। अनि अर्कोपटक यो देशको नेतृत्व गर्ने हो। अनि रुपान्तरणको यात्रा साँच्चिकै त्यहाँबाट सुरु हुन्छ। 

विवेकशील साझाका तपाईं शीर्ष नेताहरु काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित हुनुभएको छ। देश दौडाहमा हुनुहुन्न। यस्तो परिस्थितिमा राष्ट्रिय पार्टी बन्नका लागि आवश्यक मत कसरी आउँछ?

हाम्रो संगठन नभएकाले हामीले तल्लो तहबाटै निर्वाचन अभियान सुरु गर्नुपरेको छ। त्यसैले आ–आफ्नो निर्वाचन क्षेत्रमा नै केन्द्रित हुनु हाम्रो वाध्यता हो। हाम्रो दलका हामी चिनिएका नेताहरु नै चुनावमा उठिसकेपछि हामीले जित्नु नै पर्छ भनेर हामी लागेका लाग्यै छौं। जितेनौं भने पार्टी निर्माण गर्न र संगठन बनाउन अप्ठ्यारो हुन्छ। 

काठमाडौंमा उम्मेदवारी दिएर जुन किसिमको तरंग सिर्जना गरिदिएका छौं, त्यो तरंग देशभरि फैलिएको छ। मान्छेले टिभीमा, रेडियोमा, पत्रपत्रिकामा यसलाई हेरिरहेका छन्। अहिले चर्चा कि तीन ठूला दलहरुको छ, कि विवेकशील साझाकै छ। जबकि, विवेकशील साझा अस्तित्वमा आएको ४ महिनामात्रै भएको छ। 

हाम्रो परिचय देशभर फैलिएको छ। साँच्चिकै गरौं भन्ने मानिसहरु राजनीतिमा आएका छन्। पूर्वदेखि पश्चिमसम्मका मानिसहरुले हामीलाई हेरिरहेका छन्। त्यसैले हामी देश दौडाहमा नजादैंमा मत कम आउँछ भन्ने होइन।

तपाईं अहिले जनतामाझ गइरहँदा राष्ट्रिय मुद्दा लिएर गइरहनुभएको छ कि क्षेत्रको स्थानीय मुद्दा लिएर गइरहनुभएको छ?

म दुईथरी प्रतिबद्धता लिएर गइरहेको छु। एउटाचाहिँ मेरा केही स्थानीय प्रतिबद्धताहरु छन्। जुन निर्वाचन क्षेत्रसँग सम्बन्धित छन्। तर, अर्को प्रतिबद्धता भनेको हाम्रै जीवनकालमा यो देशको रुपान्तरण गर्ने प्रतिबद्धता हो। जुन राष्ट्रिय प्रतिबद्धता हो। 

अहिलेको संविधानको चार प्रमुख उपलब्धिमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समानुपातिक÷समावेशी प्रतिनिधित्वलाई लिने गरिएको छ। तर, विवेकशील साझाको तर्फबाट यसमा स्पष्ट दृष्टिकोण आएन भनिन्छ। शीर्ष नेताको हिसाबले के भन्नुहुन्छ?

यी चारैवटा विषयमा विवेकशील साझा बनेपछि मात्रै होइन, साझा पार्टी बनेदेखि नै स्पष्ट रुपमा हरेक अन्तर्वार्तामा, हाम्रो पुस्तिकामा, हाम्रो वेबसाइटमा हामीले पूर्ण र निःशर्त प्रतिबद्धता जनाइसकेका छौं। हामीले वर्तमान संविधानलाई उल्ट्याउने कुनै मनसाय छैन भनिरहेका छौं। किनभने, कतिचोटि उल्ट्याउने? संसारमा संविधान नै नउल्ट्याईकन कहाँका देश कहाँ पुगिसके। तपाईं र म काम गर्न नसक्ने तर हरेकचोटि हामीलाई संविधान उल्ट्याउनुपर्ने? त्यसैले यो संविधान उल्ट्याउने कुरा नगरौं भनेर हामीले स्पष्टसँग बारम्बार भनेका छौं।

बुँदागत रुपमै जान चाहन्छु। गणतन्त्रबारे विवेकशील साझाको धारणा के हो?

नेपाल गणतान्त्रिक मुलुक हो। र यही गणतान्त्रिक दायराबाट नेपाल विकास र समृद्धिको बाटोमा अग्रसर हुन सक्छ भन्ने हाम्रो मान्यता हो। 

संघीयताबारे?

संघीयताबारे पनि हामी स्पष्ट छौं। यही संघीय संरचनाभित्रैबाट यो देशलाई विकास र समृद्धिको बाटोमा लैजान सकिन्छ। विकास र समृद्धिको बाटोमा लैजान सकिन्छ। 

समानुपातिक/समावेशी प्रतिनिधित्वबारे?

समानुपातिक समावेशिताबारे प्रश्नै गर्नुपर्दैन। यो देशमा जुन किसिमका जटिलता र स्थितिहरु थियो, त्यसमा विभिन्न कमीकमजोरीहरु थिए। त्यसमा संविधानमा व्यवस्था भएको समानुपातिक÷समावेशिताको व्यवस्थाले ठूलो हदसम्म सम्बोधन गरेको छ। त्यसलाई हामीले यो देश अलिकति समृद्ध र शिक्षित नभईकन बदल्नु हुँदैन। 

धर्मनिरपेक्षताबारे?

धर्म निरपेक्षताको सवालमा नेपालमा परम्परादेखि अभ्यास गरिँदै आएको धर्मदेखि अन्य धर्म पालना गर्ने जति पनि नागरिक छन्, उनीहरुले धार्मिक स्वतन्त्रता पाउनुपर्छ। सबै धर्मलाई हामीले प्रवद्र्धन गर्नुपर्छ। सम्बद्र्धन गर्नुपर्छ। तर, नेपालको संविधानले बर्जित गरेको जबर्जस्ती धर्म परिवर्तनको काम भने हुनु हुँदैन।

हिजो तपाईं कलम चलाइरहँदा यी विषयमा तपाईंका धारणा केही फरक थिए। तर, अहिले तपाईं स्पष्ट भएर आउनुभएको छ। तपाईं बदलिनुभएको हो कि परिस्थिति बदलिएको हो?

हिजो जतिबेला म कलम चलाउँथे, त्यतिबेला यी कुरामा मेरा केही फरक मतहरु थिए। मलाईं धेरैले अन्तर्वार्ताका क्रममा तपाईंको मनमा राजतन्त्रको विषयमा नरमपना थियो नि भनेर सोध्नुहुन्छ। म मेरो बाजेले घ्यु खाएका थिए, हात सुँघ भन्ने संस्थाको कहिल्यै समर्थक भइनँ। तर, मैले केचाहिँ स्पष्ट शब्दमा भनेको हो भने, नारायणहिटी दरबार भत्काएर त्यसको ठाउँमा दिल्ली दरबार निर्माण नगरौं। त्यो कुरा मैले स्पष्ट शब्दमा भनेको हो, त्यो कुरा अहिले धेरै नेपालीले महसुस गरिरहेका छन्। 

संघीयताबारे जतिबेला बहस भयो। त्यतिबेला मैले भन्ने गरेको थिएँ, ‘नाँच्न नजान्ने आँगन टेडो’ व्यवहार नगरौं। संसारमा संघीयता नभएका देशले पनि प्रगति गरेका छन्, संघीयता भएका देशले पनि परिवर्तन गरेका छन्। नेपालको परिप्रेक्ष्यमा काम गर्न नसक्ने हामी। आचरण नहुने हामी। नेतृत्व गर्न नसक्ने हामी। भ्रष्ट हामी। अनि संविधानको धारा परिवर्तन गरेर देश परिवर्तन हुन्छ? संविधानको रेखा परिवर्तन गर्ने तर मस्तिष्कका रेखा परिवर्तन नगर्नेहरुले देश परिवर्तन गर्न सक्छन्? त्यसैले मैले के भनेको हो भने, देशको जगलाई पूर्णरुपमा खलबल्याएर नयाँ बनाउनुको साटो, जगमा भएका त्रुटिहरुलाई सच्याएर नयाँ बनाउँदा विकासको गति तीव्र हुनसक्छ। त्यसैले यसमाथि गम्भीरतापूर्वक सोच्नुपर्छ। 

त्यतिबेलाका भयानक संघीयतावादीहरु पनि अहिले के भन्छन् भने– होइन, नेपालले संघीयता त धान्न सक्छ? कसरी गर्न सकिएला? ल्याउन त ल्याइहालियो, भन्नेहरु धेरै छन्। त्यतिबेला पत्रकारका रुपमा दुवै दृष्टिकोणबाट सन्तुलित ढंगले आफ्ना धारणा अभिव्यक्त गरेको हुँ। 

पार्टी निर्माण भएको चार महिना भए पनि यसको अभियानमा लामो समयदेखि हुनुहुन्थ्यो। तर, नाकाबन्दीजस्ता राष्ट्रिय सरोकारका विषयमा तपाईंहरुले खुलेर आवाज दिनुभएन भन्ने कुरा आउँछ नि!

नाकाबन्दी हुँदा म बिबिसीमा थिएँ। त्यतिबेला मैले पत्रकारका रुपमा अन्तर्वार्ता र टिप्पणी गर्थें। तर, राजनीतिक दलको नेता भइसकेपछि र पत्रकार नरहेपछि म स्पष्ट रुपमा भन्न सक्छु कि, त्यो नाकाबन्दी अत्यन्तै अमानवीय काम थियो। भर्खरको भूकम्पबाट अलिकति उठ्न खोजिरहेको देश, जहाँ भूकम्पका कारण लाखौंले पीडा भोगिराखेका थिए, त्यो पीडामा नुनचूक छर्किने काम भएको थियो। त्योभन्दा बढी मैले के भनौं?

डा गोविन्द केसीको चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको अभियानमा पनि पहिले तपाईंहरु जति मुखर रुपमा प्रस्तुत हुनुभएको थियो, पछिल्लो समय त्यति मुखर नभएको त देखिएकै कुरा हो नि!

अस्ति भर्खर एउटा लोकप्रिय टेलिभिजन अन्तर्वार्तामा मलाई बारम्बार गोविन्द केसीका पनि त्रुटिहरु छन्, त्यसबारे किन बोल्नुहुन्न? भनेर प्रश्न गरियो। मैले भने, तपाईं हिँड्दै हिँड्नु भएन भने ठेस लाग्दैन। हिँडेपछि त ठेस लाग्छ। तपाईं केही नगरी बस्नुभयो भने प्रश्न उठ्दैन। केही गरेपछि त प्रश्न उठ्छ। गोविन्द केसीका पनि कमजोरी होलान्। तर गोविन्द केसीजस्तो मान्छे तपाईंले संसारमा कतिजना पाउनुहुन्छ? म गोविन्द केसीका पक्षमा निरन्तर बोलिराखेको छु। उहाँजस्तो मान्छे म बन्न सक्दिनँ। संसारका अधिकांश मान्छे उहाँजस्तो बन्न सक्दैनन्।

उहाँले हाम्रा लागि लडिदिएको हो। तपाईं र मेरो स्वास्थ्यका लागि, छोराछोरीको लागि र बाबुआमाको स्वास्थ्यका लागि लडिदिएको हो। उहाँको त आफ्नो छोराछोरी नै छैनन्। अझै पनि गोविन्द केसीको सानो गल्ती खुट्याएर बस्ने पक्षमा मचाहिँ व्यक्तिगत रुपमा छैन। त्यसैले उहाँका पक्षमा आवाज मुखरित नगर्ने कुरै छैन। आवाज बुलन्द गर्ने हो। 

फेरि निर्वाचन क्षेत्रतिरै फर्कौं। तपाईंले जित्ने आधारहरु के–के हुन्?

आजसम्म जुन धरातलमा टेकेर मैले आफ्नो जीवनलाई यो बिन्दुमा ल्याइपुर्‍याएँ, त्यो धरातललाई काठमाडौं क्षेत्र नम्बर १ मा बस्ने बासिन्दा, देशका अन्य क्षेत्रमा बस्ने जनता, विदेशमा बस्ने नेपालीहरुले ठूलो विश्वास र स्नेहका साथ हेरेको मैले पाएको छु। पाएको मात्रै होइन, त्यसका प्रमाणहरु पनि मसँग छन्। ममाथि भएको विश्वास नै मेरो जितको पहिलो आधार हो। 

यो इमान गुमाएको समाजमा, नीतिसँग नियत नमिलेको समाजमा यो साँच्चिकै देश बनाउनै भनेर आएको हो भन्ने सर्वसाधारणमा परेको छ, त्यो अर्को कारण हो। 

तेस्रो कारण, काठमाडौं क्षेत्र नम्बर १ तुलनात्मक रुपमा शिक्षित र सुसंस्कृतहरु बसोबास गर्ने ठाउँ हो। यहाँका जनता पहिलेदेखि नै मेरा गतिविधि, लेखन, बोलन र मेरा कामहरुसँग परिचित हुनुहुन्छ। म यहाँका कलेज र स्कुलहरुमा धेरैचोटि अन्तक्र्रियामा पनि आएको छु। यी सबै कारणले मैले जित्ने आधार देखेको छु। 

घोषणापत्र वा प्रतिबद्धताका कारणले मात्रै जित्ने आधार छ भनेर म भन्दिनँ। प्रतिबद्धता र घोषणापत्र कसको नराम्रो छ र? तर, शब्दसँग कर्म मिल्छ कि मिल्दैन भन्ने प्रधान कुरा हुन्छ। देश बिग्रिएको शब्दसँग कर्म नमिलेर हो। तर, मेरो शब्दसँग कर्म पनि मिल्छ भनेर मानिसहरुमा विश्वास जागेको छ। 

तपाईंको मुख्य प्रतिस्पर्धाचाहिँ कोसँग हुन्छ जस्तो लाग्छ?

म कसैलाई ठूलो वा सानो भन्न चाहन्नँ। चुनाव नजितेसम्म सबै प्रतिस्पर्धी नै हुन्। उनीहरु कसैलाई पनि हलुका वा गह्रौं रुपमा लिने पक्षमा म छैन।

म इमान र बेइमान राजनीति संस्थागत भइरहेको बेला बेइमान राजनीतिका विरुद्धमा इमानको राजनीतिलाई संस्थागत गर्न मैदानमा आएको हुँ। त्यसो नहुँदासम्म तपाईं र म त बनौला। तपाईं र मेरो परिचय त बन्ला। तर यो देश बन्दैन। 

एउटा हल्ला छ, तपाईंलाई भित्रभित्रै सघाउन वामपन्थी गठबन्धनले तपाईंको क्षेत्रमा कमजोर उम्मेदवार उठाएको छ। केही कुरा भएको छ, वाम गठबन्धनका नेतासँग?

पटक्कै भएको छैन। एक शब्द पनि कुरा भएको छैन। सुरुमा यहाँ वाम गठबन्धनले पनि रवीन्द्र मिश्र नै उठेपछि ‘हेभिवेट’ उम्मेदवार नै उठाउनुपर्छ भनेर अरु कसैको नाममा चर्चा चलाएको थियो। तर, अर्को कोही उम्मेदवार उठ्नुभयो। तपाईंले भनेजस्तो विषयमा केही कुरा भएको छैन। 

उनीहरुले सद्भाव राखिदिँदा तपाईंलाई राम्रै हुन्न र?

स्वभाविक रुपमा चुनावको समयमा त्यो सद्भाव रह्यो भने त त्यसलाई सकारात्मक रुपमै लिनुपर्छ।

त्यसभन्दा बाहेक जनताको सद्भावले नै जित्छु भन्नेमा चाहिँ कतिको विश्वस्त हुनुहुन्छ?

म एकदमै विश्वस्त छु। जनताको सद्भावले जित्छु र विजयी हुन्छु। तर, घरदैलोमा जाँदाखेर धेरैले भन्नुहुन्छ, तपाईंहरु प्रति एकदमै सद्भाव छ। एकदमै विश्वास छ। समानुपातिक भोट दिन्छु तर प्रत्यक्षमा चाहिँ लामो समयदेखि रहेको पार्टीबाट मत परिवर्तन गर्न गाह्रो हुन्छ। 

मैले उहाँहरुलाई भन्ने गरेको छु, मत कुनै पार्टी वा नेतालाई दिने होइन। मत तपाईंलाई, तपाईंको परिवार, तपाईंको छोराछोरी, तपाईंको बाबुआमालाई दिने हो। किनकि, तपाईंले मत दिने व्यक्तिलाई तपाईको धारामा पानी आउँछ कि आउँदैन, हस्पिटलमा उपचार गराउने पैसा, बाटोमा उडेको धुलोको बारेमा चिन्ता हुँदैन। 

तपाईंलाई बिरामी भए कसरी उपचार गर्ने, छोराछोरीलाई कस्तो स्कुलमा पढाउने, बिहान ४ बजे धारामा पानी थाप्न उठ्ने चिन्ता छ। भएभरको चिन्ता बोक्ने तपाईं तर तपाईं नै मेरो आस्था र आबद्धताको आधारमा मत दिन्छु भन्ने? सम्झिनुस्, त्यसरी मत दिँदा आफ्नो परिवारमाथि घात हुन्छ। नेताले त सुख पाउँछन्। तपाईं हामी जनताले दुःख पाउँछौं। 

काठमाडौं–१ र देशभरका जनतालाई केही भन्न चाहनुहुन्छ?

काठमाडौं क्षेत्र नम्बर १ का जनतालाई के भन्छु भने यो पटक उहाँहरुले नेपालको राजनीतिक धारलाई सधैंका लागि परिवर्तन गर्दै हुनुहुन्छ। उहाँहरुले यसपटक नेपालमा साँच्चिकै सुशासनयुक्त, समृद्धिमुखी क्रान्ति ल्याउँदै हुनुहुुन्छ। उहाँले यसभन्दा अघि पनि धेरै नेतालाई परिवर्तनको आशमा निर्वाचित गर्नुभएको हो। तर, यो पटक उहाँहरुले हामीलाई निर्वाचित गर्दाखेरी नेपालको राजनीतिको धार सदाका लागि परिवर्तन हुनेछ। र, त्यो धारले नेपाललाई साँच्चिकै विकास र समृद्धिको बाटोमा अग्रसर गराउनेछ। 

देशभरका जनताले विवेकशील साझालाई तराजुमा भोट हालेर हामीलाई संसदमा पु¥याउनुभयो भने उहाँहरुकै जीवनकालमा यो देशलाई समृद्ध नेपाल, सुशासन नेपाल र विकसित नेपाल कस्तो हुँदोरहेछ भनेर देखाउन सक्नेछौं। र, जेष्ठ नागरिकहरु, जो सफल हुँदा पनि र सामान्य हुँदा पनि निराश हुनुभयो। उहाँहरु यो धर्ती छाडेर जानुअघि यो देश पनि बन्न लाग्यो भनेर संकेत दिन चाहन्छौं। उहाँहरु मुस्कुराएर यो धर्ती छोड्न सक्नुहुनेछ। 

यो प्रतिबद्धता मात्र होइन। हामीसँग यो गर्ने क्षमता पनि छ। हामीले विगतमा पनि गरेका छौं। जनशक्ति छ। साथ दिने जनता छन्। तर, यो पटक आशंका गरेर उहाँहरुले भोट दिनुभएन भने नेपालको हविगत फेरि धेरै वर्षसम्म त्यस्तै हुनेछ। जहाँ हामी दैनिक १५ सय देखि १७ सय सम्म युवालाई विदेश पठाउनेछौं। कैयौं युवतीले यहाँ एक्लै जिन्दगी बिताउनेछन्। कैयौं युवाले एक्लै जिन्दगी बिताउनेछन्। त्यसको मानसिक र मनोवैज्ञानिक पीडा उनीहरुले भोग्नुपर्नेछ। परिवारमा हुने अन्य दुःखदायी अवस्था हामीले भोग्नुपर्नेछ। नेताहरु सुखी हुनेछन्। जनताहरु दुःखी हुनेछन्। हामी त्यसलाई उल्ट्याएर नेताहरुले बेस्कन दुःख गर्नेछन्, जनताले सुखी हुन पाउने स्थिति सिर्जना गर्न चाहन्छौं। 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०७४  १९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री
पाकिस्तानी सेना प्रमुख मुनिर र इरानका सभामुख गालिबाफबिच भेटवार्ता
प्राकृतिक स्रोत रोयल्टीमा स्थानीय तहको हिस्सा विस्तारका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय
सम्बन्धित सामग्री
एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मात्र नयाँ वर्ष २०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल, र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधाहरू... शुक्रबार, चैत २७, २०८२
एनसेलले दैनिक १०० एमबी डेटा निःशुल्क दिँदै, हरेक साता ५० जीबीसम्म जित्ने मौका यसका साथै ग्राहकले हरेका साता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरुप जित्न सक्नेछन् । ग्राहक अनुभव अभिवृद्धि र डिजिटल प्रयोगलाई प्रोत्स... बुधबार, चैत २५, २०८२
Taurian MPS को नेपालका लागि आधिकारिक डिलरमा RBG International नियुक्त काठमाडौंको होटल बराही प्लाजामा आयोजित एक विशेष समारोहका बीच दुई कम्पनीबीच साझेदारी सम्झौता सम्पन्न भएको छ । उक्त कार्यक्रममा Taurian... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
पाकिस्तानी सेना प्रमुख मुनिर र इरानका सभामुख गालिबाफबिच भेटवार्ता बिहीबार, वैशाख ३, २०८३
प्राकृतिक स्रोत रोयल्टीमा स्थानीय तहको हिस्सा विस्तारका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्