• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'शेरबहादुरजीले टिकट वितरणमा अत्याचार नै गर्नुभयो'

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २२, २०७४  १८:०९
1140x725

नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइराला जीवित छँदासम्म नेपालगञ्ज नगर कांग्रेसको एउटा केन्द्रकै रुपमा रह्यो। सुशीलकी भाइबुहारी र कांग्रेस बाँकेका पूर्व सभापति अरुण कोइरालाकी पत्नी किरण कोइरालाले जेठाजु र श्रीमानको निधनपछि बाँके कांग्रेसको विरासत थाम्दै आएकी छिन्।

कांग्रेसको चार पटकसम्म महासमिति सदस्य हुँदै हाल उनी बाँके कांग्रेसकी सभापति छिन्। उनी नेपाल महिला संघ बाँकेको संस्थापक सदस्य र संघको चार कार्यकालसम्म अध्यक्ष भएकी थिइन्। किरणको नेपालगञ्जस्थित घर ०४६ देखि कांग्रेसका लागि शक्तिकेन्द्रकै रुपमा रहेको थियो। सुशील कोइराला नेपालगञ्जमा आउँदा सधैं भाइबुहारीकै घरमा बस्थे। 

कांग्रेसमा निरन्तर ५ दशकदेखि क्रियाशील रहँदा किरणले पार्टीबाट कहिल्यै राजनीतिक लाभको पद पाइनन्। उनी दोस्रो संविधानसभाका बेला समानुपातिक सभासदको सूचीमा परेकी थिइन्। तर, बुहारीलाई सभासद बनायो भन्ने आरोप लाग्ला भनेर पार्टी सभापति सुशीलले उनलाई सभासद बनाएनन्। 

यस पटक पनि प्रतिनिधिसभामा समानुपातिक सांसद हुन चाहने उनको चाहना अधुरै भएको छ। बाँके कांग्रेसले उनको नाम एक नम्बरमा सिफारिस गरेसँगै त्यसका लागि लबिङ गर्न उनी दुई पटक काठमाडौं पनि धाइन्। तर, पार्टीको समानुपातिक सूचीमा आफ्नो नाम नपरेपछि उनी अहिले खिन्न छिन्।

यसै सन्दर्भमा नेतृ किरणसँग नेपाल लाइभका लागि कृष्ण अधिकारीले गरेको कुराकानीः

बाँकेबाट दुई–दुई पटक समानुपातिकबाट सभासद भएकाले प्रत्यक्षमा टिकट पाए। समानुपातिकबाट सभासद भएकाहरुको नाम पुनः समानुपातिकमा पर्‍यो। तर, तपाईंको नाम नाम नपर्नुको कारण के हो?

कांग्रेसमा यही त छ विडम्बना! पहिला सुशील दाइ पार्टी सभापति हुँदा पनि मेरो नाम सिफारिस भएकै हो। त्यो बेला पनि मैले अवसर पाइनँ। मैले ५ दशकदेखि पार्टीमा काम गर्दै आएकी छु। यसपाली अवसर पाउनुपर्छ भन्ने चाहना राखेकी थिएँ। मेरो नाम जिल्लाबाट एक नम्बरमा सिफारिस पनि भएको थियो। दुई पटक काठमाडौं गएर पार्टीका नेताहरुलाई भेट्दै आफ्ना चाहनाबारे बताएकी थिएँ। दुई पटक गरेर काठमाडौंमा १२/१५ दिन जति बस्दा पनि मैले शेरबहादुरजीसँग भेटेर कुरा गर्न पाइनँ। उहाँका पिएले मेरो फोनसम्म उठाएनन्।

शेरबहादुरजी र उहाँकी श्रीमती दुवैले प्रत्यक्षमा टिकट पाए, बालकृष्ण खाँणका श्रीमान्–श्रीमती दुवै समानुपातिकमा परे। खुमबहादुरजीको श्रीमतीले पनि टिकट पाउनुभयो। तर, म पार्टीको निर्वाचित जिल्ला सभापति भए पनि टिकट पाइनँ। कोइराला परिवारकी सदस्य भएकै कारण मलाई पन्छाइएको होला।

nimb
nimb
Ncell 2
Ncell 2

पार्टी नेतृत्वले अन्याय गरेरै समानुपातिकमा तपाईंको नाम नराखेको हो त?

म ५ दशकदेखि कांग्रेसका सक्रिय छु। मैले बिपी, गिरिजाबाबू, सुशील दाइ सबैको सहयोगी भएर पनि काम गरेकी छु। चार पटक पार्टीको महासमिति सदस्य भएँ, अहिले जिल्लाको सभापति छु। कांग्रेसमा समानुपातिक सांसद हुन योभन्दा बढी के योग्यता र योगदान चाहिन्छ? मसँग पार्टी सभापतिमा चुनाव लडेर हारेका निरञ्जन सिंह सिँजापति, लक्ष्मीनारायण शाह र नारायण गौडेल तीनै जनाले आसन्न चुनावको टिकट पाए। उनीहरु तीनै जना देउवा क्याम्पका भएकाले टिकट पाए। तर, मलाई दिइएन। 

२/२ पटक समानुपातिक सभासद भएका बादशाह कुर्मीजीले समेत फेरि बाँकेको ३ नम्बरबाट प्रत्यक्षमा टिकट पाउनुभयो। पूर्व सभासद आशा विक र सर्वतारा देउवा क्याम्पमा भएकाले पुनः टिकट पाए। देउवा क्याम्पमा भएकै कारण क्षेत्र नम्बर १ मा माधवजीले टिकट पाए। बाँकेमा कोइराला क्याम्पमा रहेका कसैले पनि टिकट पाएन।

त्यसो भए बाँकेमा टिकट वितरण गर्दा पार्टी सभापति देउवाले एकलौटी नै गरेका हुन् त?

हो। देउवाजीले पार्टीमा कसले कति योगदान गरेका छन् भन्ने मूल्यांकन नगरी आफ्नो क्याम्पमा रहेकालाई छानीछानी टिकट दिनुभयो। टिकट वितरणमा एकलौटी गरेर देउवाजीले अत्याचार नै गर्नुभयो।
 
टिकटका लागि देउवा र कोइराला क्याम्पबीच भागबन्डा हुँदा कोइराला क्याम्पले तपाईंको पक्षमा लबिङ नगरेकाले तपाईंको नाम नपरेको भन्ने पनि चर्चा छ नि! 

मैले महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, रामचन्द्र पौडेल लगायत धेरै नेतालाई भटेर आफ्नो चाहना व्यक्त गरेकी थिएँ। सबैले तपाईं नाम पर्छ भनेर आश्वासन पनि दिनुभएको थियो। मेरो नाम समानुपातिक सूचीमा नपरेपछि मैले महामन्त्री शशांकलाई किन मेरो नाम परेन भनेर सोधेकी थिएँ। उहाँले अन्तिमसम्म प्रयास गर्दा पनि सकिएन भन्ने जवाफ दिनुभयो।

पार्टीले टिकट नदिए पनि म कांग्रेस–राप्रपा गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपरेकी छु।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०७४  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँ : अध्यक्ष दाहाल
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
प्रतिनिधिसभा बैठक (लाइभ)
सम्बन्धित सामग्री
पोखरामा माउन्टेनमग खुल्यो कफी कम्पनीले विश्वप्रसिद्ध आइकोनिक वाल कभरिङ ब्रान्ड फोमी नेपालसँगको साझेदारीमा बिन्ध्यवासिनीस्थित फोमी पोखरा एक्स्पिरियन्स सेन्टरमा आफ्... सोमबार, वैशाख ७, २०८३
फोमी पोखरा एक्स्पिरियन्स सेन्टरको शुभारम्भ पोखरा–जोमसोम राजमार्गसँगै बिन्ध्यवासिनीस्थित अर्चलबोटमा स्थापना गरिएको उक्त सेन्टरले अब ग्राहकलाई फोमीका सम्पूर्ण उत्पादनहरू प्रत्यक... सोमबार, वैशाख ७, २०८३
Samsung ले नेपालमा सार्वजनिक गर्‍यो Galaxy A57 5G र Galaxy A37 5G Samsung ले पहिलेको १२ महिनाको EMI योजनालाई अपग्रेड गर्दै २४ महिनासम्मको EMI सुविधा उपलब्ध गराएको छ, जसले प्रिमियम प्रविधिलाई अझ सजिल... शुक्रबार, वैशाख ४, २०८३
ताजा समाचारसबै
समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँ : अध्यक्ष दाहाल सोमबार, वैशाख २८, २०८३
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा सोमबार, वैशाख २८, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
प्रधानमन्त्री शाहले अध्यादेश प्रतिनिधिसभामा पेस गर्दै, यस्तो छ सम्भावित कार्यसूची सोमबार, वैशाख २८, २०८३
एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक, कसरी हेर्न सकिन्छ ? (सूचनासहित) आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्