• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

४० वर्षअघि घर छाडेका अमरबहादुरको थकथकी

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २३, २०७४  ०४:१२
1140x725

काठमाडौं–दूरदराजका जिल्लाको लागि राजधानी काठमाडौं सपनाको शहर हो। केही गर्ने र केही बन्ने सपनाको पन्तरा बोकेर आएकाहरु यहाँको संघर्षमा हेलिन्छन्।

यस्तै सपना लिएर आजभन्दा ४० वर्षअघि एक तन्नेरी धादिङ पिप्लामोडबाट काठमाडौं पसेका थिए। त्यतिबेलाको २५ वर्षे ठिटोमा राजधानीको वातावरणमा रमाउने रहरभन्दा पनि आफू र परिवारका लागि कमाउने सोच थियो।

उनी हुन् अमरबहादुर अधिकारी। अहिले ६५ वर्ष पुगेका उनी विगतको आफ्नो सोच र आजको उपलब्धि केलाउँछन् र हिसाब निकाल्छन्–‘यो बीचमा काठमाडौंको निकै प्रगति भयो। स्याल कराउने झाडीमा चारैतिर भव्य घरहरु ठडिए। तर, यही ठाउँमा काम गर्दागर्दै म बूढो भएँ, मेरो केही प्रगति भएन।’

आज पनि उनी ४० वर्षअघि जस्तै दुई छाक जोरजाम गर्न भरदिन काममा खट्छन्। कुनै बेला भारी बोकेर सडकमा हिँड्ने उनी अहिले पनि सडकमै छन्। परिवर्तन उनको जीवनमा नआएको होइन, आयो। तर, परिवर्तनको नाममा कामको तौरतरिका मात्र फेरियो। उनी पहिले भारी बोक्थे, पछिल्लो समय सडकपेटीमा नाङ्लो पसल थापेर खिच्रिङमिच्रिङ सामान बेच्छन्।

***

पहिलो चोटि धादिङबाट काठमाडौं आएपछि उनी साथीहरुसँग मिलेर कोठा भाडा लिएर बसे। त्यसो त उनको घर नजिकै थियो, तर उनको टाठो दिमागले समयको किफायती सम्झिएर वहालको कोठामै बस्नु उचित सम्झियो।

अमरबहादुर सम्झिन्छन्, ‘घर जाने–आउने समयमा त धेरै भारी बोकिन्छ भन्ने लाग्यो र कोठामै बसेँ।’

पहिले उनी भारी बोकेको ज्याला ५/१० रुपैयाँ पाउँथे। त्यति थोरै ज्यालाले पनि उनको गुजारा चल्थ्यो । किनभने उतिबेला कोठाभाडा सस्तो थियो, सरसामानको भाउ पनि अहिले जस्तो छोइनसक्नु थिएन। उनले सम्झेसम्म एक सय रुपैयाँसम्मको भारी बोकेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

अधिकारी ७ सन्तानका पिता हुन्। आफूले पढिएन र भरिया बन्नुपर्‍यो भनेर उनले दु:खसुख छोराछोरीलाई भने बेलैमा पढाएका रहेछन्। फलस्वरुप उनीहरुले आफ्नो ठाउँमा गरेर खाइरहेका छन्।

डाँडाकाँडा ढाक्ने आधा दर्जन सन्तान भए पनि उनी यो शहरमा जीवनको युद्ध एक्लै लडिरहेका छन्। श्रीमती र केही छोराछोरी धादिङमा छन्, कोही विदेश, कोही गाडीलाइन र कोही नोकरीमा छन्। ७ सन्तानमध्ये ३ जनाको बिहेदान गराइसकेका छन्।

‘छोराछोरी आफ्नो जिम्मेवारी आफैं लिन सक्ने भए, यसमा खुसी लाग्छ’, खिस्स हाँसे।

घर छोडेर यतिका वर्ष काठमाडौं खाल्डोमा एक्लै बसिरहे पनि उनको एकसूत्रीय मान्यता छ, चाडबाडको बेला भने नबिराई घरपरिवारसँग रमाइलो गर्न पुग्ने। यसलाई नियमित पालना गर्दै आएका छन्।

आधा जिन्दगी भारी बोकेरै बिताएका अमरबहादुर बाँकी उमेर पनि कर्ममै खर्चँदै छन्। अचेल उनी भृकुटीमण्डपको गेट नजिकै सिजन अनुसार बदाम, काँक्रो, चना, केराउ, पानी बेच्नेगर्छन्। कमाएको रकममध्ये केही आफू राख्छन् र बाँकी श्रीमतीलाई घरखर्च पठाइदिन्छन्।

झट्ट हेर्दा उनी र उनी जस्ता सडक व्यापारीको काम सजिलो लाग्न सक्छ। तर, कहिले नगर प्रहरीले लखेट्छ, कहिले सामान लगिदिन्छ।

हालै लखेटिएर भृकुटीमण्डप गेट नजिकै सरेका उनले सुनाए, ‘अहिले यो गेटबाट लखेटेर यहाँ बस्न आएको छु। अब लखेटे अन्तै जाउँला। जहाँ गए पनि गरी खान दिँदैनन्।’
छोराछोरीले कमाएको खाने बेलामा उनी किन यस्तो झन्झटिलो सडक व्यापार गरिरहेका छन् त?

अनुहार मलिन बनाए र सुस्केरा हाले, ‘म बूढोले कमाएको पैसा लिन त पछि पर्दैनन्, उनीहरुले मलाई दिनु त परकै कुरा!’ यति हुँदा पनि उनले छोराछोरीको खुसी नै आफ्नो खुसी भन्न छुटाएनन्।

एकछिनमा हक्की स्वरमा भने, ‘मलाई कसैको केही चाहिएको पनि छैन । मैले गर्न सकुन्जेल आफैं कमाएर खान्छु।’

उनी बिहान कोठाबाट निस्किन्छन्, बेच्ने सामानहरुको जोरजाम गर्छन् अनि नाङ्लो र प्लास्टिकको धोक्रोमा सामान फिँजाएर साँझ नछिप्पिएसम्म सडकछेउमा बस्छन् । दिनमा एक हजार रुपैयाँको सामान ल्याएर बेच्छन्। कहिले सबै बिक्री हुन्छ, कहिले हुँदैन। दिनमा दुई सयदेखि पाँच सय रुपैयाँसम्म फाइदा हुन्छ।  

४० वर्षदेखि काठमाडौंको सडकमा कहिले भरिया त कहिले फुटपाथे व्यापारी भएर बाँच्दै आउँदा सडकसँग उनको निकट साइनो गाँसिए झैं भएको छ। उनी अझै पनि सडककै कामलाई प्यारो मान्छन् । सुनाए, ‘जीवनको अन्तिम क्षणसम्म पनि व्यापार गरेर बस्न चाहन्छु।’

यति धेरै वर्ष सडक व्यापार गरिरहँदा उनलाई अलि व्यवस्थित रुपमा र सटर नै लिएर काम थालूँ भनेर नलाग्ने होइन । तर, समस्या खर्चबर्च र लगानीकै आउँछ। उनी घाँटी हेरेर मात्र हाड निल्छन्।

लगानी अभावसँगै उनले व्यापार बढाउन नचाहनुको कारण आफ्नो निरक्षरतासँग पनि जोडे । भने, ‘सटरमा व्यापार गर्न पैसा कहाँबाट ल्याउने ? फेरि मैले धेरै पढेको छैन, व्यापार बढाए पनि हिसाब गर्नै आउँदैन । त्यसैले मलाई अहिलेकै व्यापार ठीक छ।’

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०७४  ०४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
प्रतिनिधि सभा बैठक (लाइभ)
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि....
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री बिहीबार, असार ४, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ४, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने बिहीबार, असार ४, २०८३
सक्रिय राजनीतिबाट अलग भए महरा, पार्टीका सबै जिम्मेवारीबाट बाहिरिए बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्