रंगेली– मोरङको पथरी–शनिश्चरे नगरपालिकाले मंगलबार नगर सभाको आयोजना गर्दै आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको नगर सभाले पास गरेको नीति र बजेट आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो।
जसअनुसार पहिलो आर्थिक वर्षको खर्च बजेट कूल ५५ करोड, ४४ लाख, ५९ हजार ६ सय ५८ अनुमान गरिएको छ। जसमा आन्तरिक श्रोतबाट २ करोड १७ लाख ४० हजार २ सय ९९ रुपैयाँ आम्दानी गर्ने लक्ष्य नगरपालिकाले राखेको छ। पुजिगत खर्चतर्फ २६ करोड ६५ लाख १९ हजार ३ सय ५९ र प्रशासनिक चालु खर्च २८ करोड ७९ लाख ४० हजार २ सय ९९ अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।