• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नौबिसे-मुग्लिन सडकखण्डमा ३१ 'ब्ल्याक स्पट'

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २२, २०७४  ०३:२८
1140x725

काठमाडौं- काठमाडौं उपत्यकालाई जोड्ने प्रमुख ‘लाइफ लाइन’ हो नागढुंगा-मुग्लिन-नारायणगढ सडक। यो सडकखण्ड अन्तर्गत पर्ने बांगेमोडमा कात्तिक ११ गते ३१ जनाको ज्यान जानेगरी बस दुर्घटना भएको थियो।

बांगेमोडलाई सरकारको एक उच्चस्तरीय समितिले जोखिमयुक्त स्थानका रुपमा राख्दै सुरक्षाको आवश्यक व्यवस्था मिलाउन एक वर्षअघि नै सुझाव दिएको थियो। तर, उक्त सुझाव सरकारको दराजमा थन्किँदा बांगेमोडलाई दुर्घटनाको जोखिममुक्त सडक बनाउने काम भएन। फलस्वरुप ११ कात्तिकमा ठूलो दुर्घटना हुन पुग्यो।
 
सोही सडकखण्डमा पूर्वगृहमन्त्री माधव घिमिरेसहित परिवारका सदस्यले गत वर्ष ज्यान गुमाउनुपर्‍यो। सो दुर्घटनापछि सरकारले उक्त सडकखण्डमा हुने दुर्घटनाको कारण र त्यसको समाधानको उपाय सुझाउन पूर्व प्रहरी महानिरीक्षक कुबेरसिंह राणाको संयोजकत्वमा उच्तस्तरीय समिति बनाएको थियो। समितिले एक महिनाको समय लगाएर १८२ पृष्ठ लामो प्रतिवेदन तयार पारेको थियो।

समितिले बांगेमोडसहित नौबिसेदेखि मुग्लिनसम्मको ८३ दशमलव ३ किलोमिटर लामो सडक खण्डमा दुर्घटनाका हिसाबले ३१ वटा जोखिमयुक्त स्थान (ब्ल्याक स्पट) को पहिचान गरेको थियो। समितिले ती स्थान जोखिमयुक्त हुनुको कारण पहिल्याउँदै आवश्यक सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई सुझाव पनि दिएको छ। तर, आजसम्म ३१ मध्ये कुनै पनि स्थानलाई सुरक्षित बनाउने काम भएको छैन।

प्रतिवेदन अनुसार उक्त सडकखण्डमा वार्षिक १२५ भन्दा बढी सानाठूला सवारी दुर्घटना हुने गरेको छ। र, ती दुर्घटनामा बर्सेनि १२० भन्दा बढी मानिसको मृत्यु हुने गरेको प्रतिवेदनमा उल्लेख छ।

भौतिक तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसीप्रसाद सिटौला ठूलो खर्च गरी तयार पारिएका अध्ययन प्रतिवेदनलाई कार्यान्वयन नगरी दराजमा नै थन्कयाउने परिपाटीका कारण दुर्घटनाको दरमा कमी आउन नसकेको बताउँछन्। 'समितिले दिएका सुझाव हुबहु कार्यान्वयना ल्याइएको भए यति धेरै दुर्घटना हुने थिएनन्। सबैभन्दा पहिला सडकमा रहेको सिन्डिकेटको अन्त्य र व्यावसायिक लाइसेन्स दिने व्यवस्था कार्यान्वयनमा आए आधाभन्दा बढी समस्या समाधन हुनेछ,' उनको सुझाव छ। चालकहरुलाई व्यावसायिक लाइसेन्स दिने र गल्तीका आधारमा लाइसेन्स खारेज गर्ने व्यवस्था नगरेसम्म सुधार आउन नसक्ने बताउँछन् उनी।

दैनिक ५ हजार ५ सयदेखि ६ हजार ५ सय सवारी गुड्ने उक्त सडकमा सडकको बनोट, सवारी चालक, पैदलयात्री, अनधिकृत बस्ती, तीव्र गति, यान्त्रिक गडबडी लगायतका कारणले दुर्घटना हुँदै आइरहेको छ। साँघुरा र इन्जिनियरिङ नमिलेका सडकमा चालकले मनपरी सवारी हाँक्दा पनि दुर्घटना धेरै भएको प्रतिवेदनमा उल्लेख छ।

नौबिसे-मुग्लिनका ३१ जोखिमयुक्त स्थान
पिपलमोड, कानकोट, टायल घर, सुगम मोड, धार्के चालिसे, चर्किला, भट्टबाजे मोड, धार्के–४ सातकिला, भूमिस्थान मछेडी खोला, चिरौंदी पुल, खोस्टे खोला, खयरघारी, छहरा, जहरे, बांगेमोड, बेनिघाट–८ झिल्केडाँडा, गोमती खोला, बाँदरे मोड, मालिंगा डाँडा, धुसा–१ चरौंदी, मलेखु हिलटप मोड, मौवाखोला, हुम्दी खोला, खटौती पुल, कृष्णभीर, घाटबेसी, गलौंदी पुल, सोती पुल, हुग्दी खोला पुल, घोप्टेभीर र नाग्दी खोला पुल दुर्घटनाका हिसाबले जोखियुक्त रहेको प्रतिवेदनमा उल्लेख छ।

खयरघारी
नौबिसेबाट १७ किलोमिटर दुरीमा रहेको खयरघारी तिखो मोडका कारण सुरक्षित दृष्टिगत दुरी नहुनाका कारण एक जोखिमपूर्ण बिन्दुका रुपमा रहेको छ। जसका कारण यस स्थानमा पटकपटक सवारी दुर्घटनाहरु घट्न गएका तथ्य अभिलेखहरुमा रहेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

घाटबेँसी
नौबिसेबाट ३४ किलोमिटर दुरीमा रहेको घाटबेँसी पनि अर्को जोखिमपूर्ण बिन्दु हो । यस स्थानमा सडक साँघुरो हुनुका साथै घुम्ती पनि पर्याप्त सुरक्षित दृष्टिगत दुरी नभएको प्रकृतिको रहेको छ।
 
गलौंदी पुल
नौबिसेबाट ३६ दशमलव ५ किलोमिटर दुरीमा अवस्थित गलौंदी पुललाई साँघुरो तथा बढी दुर्घटना हुने जोखिमपूर्ण पुलका रुपमा पहिचान गरिएको छ। पुलको दुवैपट्टि जोडिने सडकहरु पुनर्स्थापनाका क्रममा विस्तार भई ७ मिटरको हुन गएकोमा पुलको भित्री चौडाइ केवल ५ दशमलव ५ मिटर मात्र रही दोहोरो सवारीसाधन पास हुन नसक्नुका कारण सवारी दुर्घटना हुने गरेको छ। विशेषगरी जाडो समयमा सडकमा जम्ने शीत र कम भिजिबिलिटीका कारण सवारीसाधन चिप्लेर पल्टने गरेका छन्।

सोती पुल
नौबिसेबाट ३८ दशमलव ५ किलोमिटर दुरीमा रहेकोसोती पुल साँघुरो र अधिक भिरालो छ। फुटपाथ समेत नभएको उक्त पुलमा दुर्घटना भई रेलिङहरु भाँचिई सडकबाट सवारी तल खस्ने गरेका छन्।

चालिसे
नौबिसेबाट ३९ दशमलव ९ किलोमिटर दुरीमा रहेको चालिसेमा निकै साँघुरो कल्भर्ट छ। सो कल्भर्ट साँघुरो हुनुका साथै रेलिङ र क्र्यास ब्यारियर जस्ता सुरक्षा प्रबन्ध छैन। सडकभन्दा साँघुरो भएका कारण दुर्घटना हुने गरेको छ।

हुग्दी खोला पुल
नौबिसेबाट ६२ दशमलव ५ किलोमिटर दुरीस्थित यो पुल साँघुरो तथा ९० डिग्री कोणमा रहेको घुम्तीका कारण निकै जोखिमपूर्ण छ। यस स्थानमा पटक पटक सवारी साधनहरु पुलबाट खसेका छन्।

घोप्टेभीर
नौबिसेबाट ७९ किलोमिटर दुरीमा रहेको यो स्थान निकै जोखिमपूर्ण क्षेत्र हो। गत वर्ष पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार गाडी यहीँ दुर्घटना भएको हो। यो सडकको एकातिर पहरा र अर्कोतर्फ त्रिशूली नदी छ। अंग्रेजी अक्षरको एस कर्भमा रहेको सडकमा पटक पटक ठूला दुर्घटना भएका छन्।

नाग्दी खोला पुल
नौबिसेबाट ८० दशमलव ७ किलोमिटर दुरीमा रहेको यो पुन निकै सँघुरो र कमजोर रेलिङयुक्त छ।  

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०७४  ०३:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्