• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २९, २०८२ Sun, Apr 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

हेजिङ, हेजफन्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल : भ्रम र यथार्थ

64x64
नेपाल लाइभ आइतबार, चैत २४, २०७५  १२:१४
1140x725

भर्खरै लगानी सम्मेलन सकिएको छ। सरकार विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण उपलब्ध गराउन क्रियाशील छ। वैदेशिक मुद्रामा ऋण र लगानी ल्याउन र प्रतिफल लैजान सजिलो होस् भन्नका खातिर ऊ विभिन्न कानुनी अड्चन र प्रशासनिक प्रक्रिया सरल पार्न सक्रिय लागिपरेको छ।

यही परिप्रेक्ष्यमा सरकारले गएको महिना विदेशी मुद्राको जोखिम व्यवस्थापन  गर्न "हेजिङ कार्यविधि नियमावली - २०७५" ल्याएको थियो। लगत्तै धितोपत्र बोर्डले वैकल्पिक लगानी गर्ने हेजफन्ड, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल जस्ता संस्थालाई बजार प्रवेश गराउन "विशिष्टिकृत लगानी कोष नियमावली - २०७५" ल्याएको थियो।

हेजिङ, हेजफन्ड, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल नेपालको सन्दर्भमा नितान्त नौला अभ्यास हुन्। पुँजीबजारका यी अवधारणाबारे केही व्याख्या, विश्लेषण र टिप्पणीहरु सुरु त भएका छन् तर पर्याप्त छैनन्। प्रशस्त व्याख्या र छलफल नभएकाले यसबारे सरकारी अधिकारीहरुको बारम्बार बाझिने, फेरिने र नमिल्ने धारणा आइरहेका छन्, जसले लगानीकर्ता, उद्यमी र जिज्ञासुहरुमा भ्रम पैदा गरेको छ। यस आलेखमा यही भ्रम चिर्ने र यथार्थ बाहिर ल्याउने कोसिस हुनेछ।

भ्रम: यी अवधारणाबारे अर्थमन्त्री लगायत सरकारी अधिकारीहरुको बुझाइ यस्तो पाइन्छ: "हेजफन्डले हेजिङ गर्छ, प्राइभेट इक्विटीले विदेशबाट इक्विटी लगानी ल्याउँछ र भेन्चर क्यापिटलले ठूला योजनाको लागि पूँजी जुटाउँछ। यी संस्था स्थापना भएमा यिनले वैदेशिक ऋण र लगानी ल्याउने, हेजिङ गर्ने र सरकारले चाहेजसरी अन्य बित्तीय साधनहरु उपलब्ध गराउने गर्छन्।"

तर यो बुझाइ सतही र गलत छ। हेजफन्डले हेजिङ गर्दैन, न त प्राइभेट इक्विटी वा भेन्चर क्यापिटलले नै गर्छ। विदेशी लगानीमा बाहेक यी संस्थाले आफ्नै लगानीमा पनि हेज गर्दैनन् भने यिनले अरुलाई हेजिङ सेवा दिने प्रश्न नै भएन। यी संस्था लगानी, सम्पत्ति र कोष व्यवस्थापन गरेर आम्दानी गर्ने हुन्, न कि हेजिङ गरेर।

हेजिङ सुरु भएको १ सय ७० वर्षभन्दा ज्यादा भइसकेको छ भने हेजफन्ड पनि अभ्यासमा आएको ७० वर्ष जति भएको छ। तर हाम्रा सरकारी अधिकारीहरु भने यी अवधारणाबारे अझै अनभिज्ञ छन्, हचुवाको भरमा गलत र भ्रामक सन्देश प्रेषित गरिरहेका छन्। लगानी सम्मेलनको अवसरमा देखिएको मिडिया अन्तर्क्रियामा पनि अर्थमन्त्री र सरकारी अधिकारीहरु यस्तै सतही र गोलमटोल टिप्पणी गरिरहेका थिए।

अर्थमन्त्रीले हेजफन्डलाई लगेर हेजिङसँग जोडेका छन् र  "हेजिङ गर्न हेजफन्ड ल्याइएको" भन्ने सन्देश दिएका छन्, जुन पूर्णत गलत छ। हेजफन्डले हेजिङ होइन, लगानी व्यवस्थापन गर्छ भनेर प्रस्ट हुन जरुरी छ।

एक टिभी अन्तर्वार्तामा अर्थमन्त्री भन्दै थिए– हामीले हेजिङ गर्न हेजफन्ड सम्बन्धी नियामवाली बनाएका छौं। यो नियमावली अन्तर्गत विदेशी मुद्रामा ऋण दिनेले विदेशी मुद्राको जोखिम बिमा गर्नसक्छ। यो नियमावलीलाई हाल राष्ट्र बैंक मातहत राखिएको छ तर पछि यसलाई स्वतन्त्र बित्तीय संस्थाले हेजिङ सर्भिस दिन सक्नेगरी जिम्मा लगाइने छ। हामीले अरु पनि नियमावली जस्तै वैकल्पिक लगानी सम्बन्धी नियमावली बनाएका छौं। यो कसैलाई भेन्चर क्यापिटल वा प्राइभेट इक्विटी सम्बन्धित लगानी कम्पनी खोलेर इक्विटीमा भाग लिने वा ऋण दिने संस्थाहरु स्थापना गर्ने नियमावली हो। यस्ता नियामावलीहरु धेरै बनिसकेका छन्। धेरै धितोपत्र नियमावलीहरु पनि परिमार्जन भएका छन्। हेजफन्ड स्थापना गर्दा हुने जोखिमको विश्लेषण पनि भइसकेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

उनको भनाइको सार थियो– हेजिंग गर्न हेजफन्ड र वैदेशिक ऋण र लगानी बढाउन प्राइभेट इक्विटी र भेन्चर क्यापिटल ल्याएका छौं।

उनका भनाइलाई केलाएर हेरौं। माथि उद्धृत उनका सबै भनाइ गलत र आधारहीन छन्। यहाँ उनले हेजफन्डलाई लगेर हेजिङसँग जोडेका छन् र "हेजिङ गर्न हेजफन्ड ल्याइएको" भन्ने सन्देश दिएका छन्, जुन पूर्णत गलत छ। हेजफन्डले हेजिङ होइन, लगानी व्यवस्थापन गर्छ भनेर प्रस्ट हुन जरुरी छ।

अर्को उनले "विदेशी मुद्रामा ऋण दिनेले विदेशी मुद्राको जोखिम बिमा गर्न चाहन्छ भने गर्न सक्छ" भनेर अर्को गलत सन्देश दिएका छन्। हेजिङ विदेशी मुद्रामा ऋण दिनेले होइन, विदेशी मुद्रामा ऋण लिनेले गर्ने हो। जसलाई जोखिम हुन्छ उसले हेजिङ गर्छ, जोखिम नहुनेले हेजिङ गर्दैन। विदेशी मुद्राको जोखिम विदेशी मुद्रामा ऋण लिनेलाई हुन्छ, दिनेलाई हुँदैन।

अर्को "अहिले राष्ट्र बैंकले व्यवस्थापन गर्ने हेजिङ कार्य पछि कुनै एक स्वतन्त्र संस्थाले हेर्छ" भनेका छन्। यो पनि सही होइन र यहाँ उनले जोखिम नबुझेको देखिन्छ। असीमित जोखिमका कारण कुनै एक स्वतन्त्र संस्थाले मात्र हेजिङ गर्न सक्दैन। हेजिङ या त कमोडिटी बजारमा गरिन्छ या त ओभर द काउन्टर मार्फत गरिन्छ। कमोडिटी बजारमा कुनै एक्सचेन्ज मार्फत हजारौं क्रेता र बिक्रेताले आफूले चाहेको संख्यामा हेजिङका उपकरणहरु किनबेच गरेर हेजिङ गर्छन्। ओभर द काउन्टरमा  कुनै एक इन्टरमिडियारी बित्तीय संस्थाले विभिन्न संस्थागत बिक्रेताबाट धेरै हेजिङका उपकरणको बिक्री आदेश लिएर खरिद गर्न चाहने पक्षलाई आवश्यक संख्यामा खरिदका लागि उपलब्ध गराउछ। सही अर्थको हेजिङ कार्य यसरी गरिन्छ न कि कुनै एउटा स्वतन्त्र संस्थाले हेजिङका सम्पूर्ण कार्य गर्छ। 

बैकल्पिक लगानी सम्बन्धमा पनि उनको बुझाइ शत-प्रतिशत गलत छ। भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फर्महरुले यहाँ लगानी कम्पनी खोलेर इक्विटी लगानी गर्ने वा ऋण दिने कार्य गर्न सक्नेछन् भन्ने उनको बुझाइ छ। प्राइभेट इक्विटी र भेन्चर क्यापिटलले न त वैदेशिक लगानी ल्याउँछन् न त वैदेशिक ऋण नै प्रदान गर्छन्।
अर्थमन्त्री जस्तो आधिकारिक व्यक्तिको बुझाइ यस्तो छ भने उनको अग्रसरता र निर्देशनमा आएको नियमावली र सो लागू गराउने उनका सहयोगीको अवस्था के होला? यस्तो नियमावलीले कसरी काम गर्ला? पुँजीबजारका यी पछिल्ला र जटिल अवधारणाबारे सरकारी अधिकारीहरु अनभिज्ञ रहेकोले यस्तो हुन गएको हो। सर्वप्रथम यी सरकारी अधिकारीहरुलाई नै यी अवधारणाबारे सही जानकारी दिएर प्रस्ट बुझाउनु आवश्यक छ।

यी संस्था विदेशी लगानीमा आउने होइनन्। यी पूर्ण स्वदेशी संस्था हुनेछन्, जसको व्यवस्थापन नेपालीले गर्ने छन्। विद्यमान कानुनी प्रावधान अनुसार हाललाई कुनै यस्ता विदेशी संस्था आउने सम्भावना छैन।

अर्थमन्त्रीले नियतबस यसो भनेका भने पक्कै होइनन्। नबुझेरै वा बुझाइ सतही भएका कारण उनी यसो भन्न पुगेका हुन्। तर नबुझेको भनेर उनले उन्मुक्ति पाउँदैनन। अर्थमन्त्रीको जिम्मेवारी लिएको व्यक्तिले कि बोल्नु नै हुँदैन, बोलेपछि जानेर, बुझेर सही र तथ्यमात्र बोल्नुपर्छ।अर्थमन्त्री जस्तो जिम्मेवार व्यक्तिले बोलेको विषयको असर राष्ट्रब्यापी मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत पुग्छ। 

आज नेपालीहरु वालस्ट्रिट, लन्डन, सिंगापुर, हङकङका ठूला लगानी बैंक, म्युचुअल फन्ड, ब्रोकेरेज फर्म र लगानी व्यवस्थापक फर्महरुमा कार्यरत छन्, जो यी अवधारणाबारे राम्रो जानकारी राख्छन्। ती व्यक्तिहरुले मन्त्रीहरुको बोली र भनाइलाई विभिन्न कोणबाट जाँच र परख गरेका हुन्छन्। त्यसैले सरकारी अधिकारीहरुले विषयवस्तुबारे राम्रो जानकारी राखेर मात्र बोल्नु बान्छनीय हुन्छ। 

अर्को टिभी पत्रकारले लगानी बोर्डका कार्यकारी प्रमुखलाई पनि हेजफन्डबारे सोधेका थिए। बहुचर्चित हेजफन्डको स्थापनाको प्रक्रिया कहाँ पुगेको छ भनी सोध्दा उनले पनि हेजिङबारे व्याख्या गर्दै थिए। उनको पनि बुझाइ अर्थमन्त्रीको भन्दा फरक थिएन।

अन्य केही स्वतन्त्र विश्लेषकहरुको धराणा पनि अन्दाजकै भरमा आएको देखिन्छ। उनीहरुले "हेजफन्ड, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल जस्ता संस्था विदेशी लगानीमा आउने हुन् र यिनले विदेशबाट बैंकहरु मार्फत अपारदर्शी पूँजी र धन ल्याउनेछन्, जसले हाम्रो जस्तो सानो अर्थतन्त्रलाई धरासायी पार्नेछ" भन्ने धारणा राखेका थिए। यो पनि उत्तिकै सतही र गलत बुझाइ हो। यी संस्था विदेशी लगानीमा आउने होइनन्। यी पूर्ण स्वदेशी संस्था हुनेछन्, जसको व्यवस्थापन नेपालीले गर्ने छन्। विद्यमान कानुनी प्रावधान अनुसार हाललाई कुनै यस्ता विदेशी संस्था आउने सम्भावना छैन।

यथार्थ: अब यी अवधारणा र संस्थाबारेको यथार्थ विवेचना र जानकारी गरौं। 

नेपाली पुँजीबजारको परिप्रेक्ष्यमा हेजिङ, हेजफन्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल नयाँ प्रयोग हुन्। हेजिङ जोखिमलाई कम गर्ने तरिका हो भने हेजफण्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल लगानी व्यवस्थापन गर्ने बित्तीय संस्था हुन्। 

हेजिङ वा हेज:  हेजिङ र हेजको अर्थ एकै हो। हेजिङ भनेको लगानीमा हुनसक्ने सम्भावित हानि/नोक्सानी वा जोखिमलाई बित्तीय साधनको प्रयोग गरेर कम गर्ने वा पूर्ण रुपमा हटाउने तरिका हो। हेजिङ गर्दा आज बित्तीय साधन खरिद गरिराख्ने र भोलि नोक्सानी भएमा प्रयोग गरी नोक्सानीको क्षतिपूर्ति लिने गरिन्छ। सरल भाषामा हेजिङ इन्सुरेन्स जस्तै हो।

हेजिङ एक नितान्त व्यावसायिक कार्य हो। यसमा नाफा/नोक्सान र जोखिम हेरिन्छ। यसको लागत र दायित्व हुन्छ। लागत निर्धारणको कार्य महत्वपूर्ण हुन्छ। सम्भावित दायित्वलाई लागतमा रुपान्तरण गरेर यो सेवा दिइन्छ। विदेशी मुद्रा र नेपाली मुद्रा बीचको विनिमयदर जति धेरै चलायमान हुन्छ, विदेशी मुद्रामा गरिने हेजिङमा उति धेरै जोखिम र लागत हुन्छ। लागत निर्धारण गर्दा यी पक्षलाई बुझ्नु जरुरी हुन्छ। अप्सन्स, फर्वार्ड्स, फ्युचर्स, स्वाप जस्ता फाइनान्सियल डेरिभेटिभहरु हेजिङका साधन हुन्। अवस्था हेरेर स्टक, बण्ड, सुन, विदेशी मुद्रा पनि हेजिङको रुपमा प्रयोग गर्न सकिन्छ। 

प्राइभेट इक्विटीले पब्लिकमा रहेको कम्पनीको पुरै इक्विटी खरिद गरेर प्राइभेटमा परिणत गर्ने भएकाले प्राइभेट इक्विटी भनिएको हो। तर प्राइभेट इक्विटीले गर्ने कार्य यतिमा मात्र सीमित भने छैन।

हेजफन्ड:  हेजफन्डले एकै समयमा उही धितोपत्र किन्ने र बेच्ने (जसलाई लङ र सर्ट पोजिसन भनिन्छ) गरेर हेजको अवस्था सिर्जना गर्ने र हेजको अवस्थामा पनि दोहोरो फाइदा लिने भएकाले हेजफन्ड भएको हो। हेजफन्डले देशविदेशका हरेक क्षेत्रमा लगानी गर्छ। उसको लगानीमा कुनै सिमा र बन्देज हुँदैन। उसले कर्जा समेत लिएर प्रतिफल आउने ठाउँमा लगानी गरेको हुन्छ। अन्य संस्थाको तुलनामा हेजफन्डले बृहत लगानी गर्छ। 

प्राइभेट इक्विटी: प्राइभेट इक्विटीले पब्लिकमा रहेको कम्पनीको पुरै इक्विटी खरिद गरेर प्राइभेटमा परिणत गर्ने भएकाले प्राइभेट इक्विटी भनिएको हो। तर प्राइभेट इक्विटीले गर्ने कार्य यतिमा मात्र सीमित भने छैन। प्राइभेट इक्विटीले पनि विविध क्षेत्रमा लगानी गर्छ तर प्राथमिक रुपमा भने पब्लिक वा निजी कम्पनीहरुको सम्पूर्ण वा बहुमत सेयर किनेर  प्राइभेट बनाउने नै हो। यसो गर्दा प्राइभेट इक्विटीले २ किसिमका कम्पनी खरिद गर्छ। एक, भर्खरै स्थापना भएका  कम्पनीहरु जसको भोलि ठूलो व्यवसाय हुने सम्भावना छ। अर्को चालु कम्पनी जसको व्यवस्थापन समस्या  भएर राम्रो प्रतिफल दिन नसकिरहेको अवस्थामा छन्। उसले यस्ता समस्याग्रस्त कम्पनी सस्तोमा खरिद गर्ने, व्यवस्थापनमा सुधार गर्ने र आम्दानी/मुनाफा बढाएर भोलि बिक्री गर्ने गर्छ। प्राइभेट इक्विटीले खरिद गरेका कम्पनीहरुको व्यवस्थापन सक्रिय रुपमा आफैं गर्छ।

प्राइभेट इक्विटीले एकै पटकमा एक वा धेरै कोष व्यवस्थापन गर्न सक्छ। प्राइभेट इक्विटीको लगानी लामो समयको लागि हुन्छ। अन्तर्राष्ट्रिय अभ्यासमा प्राइभेट इक्विटीको लगानी १० देखि ५० बर्षको चक्रमा हुन्छ।

भेन्चर क्यापिटल: भेन्चर क्यापिटलले नयाँ र साना सुरुवाती  कम्पनीहरुमा संयुक्त पूँजी लगानी गर्ने हुनाले भेन्चर क्यापिटल हुन गएको हो। भेन्चर क्यापिटल यतिमै मात्र सीमित भने हुँदैन। हेजफन्ड र प्राइभेट इक्विटीलेझैं उसले पनि हरेक क्षेत्रमा लगानी गर्छ तर उसको विशिष्टता भने सुरुवाती स-साना कम्पनीहरुमा इक्विटी र ऋणको लगानी गर्नु हो। आज लगानी गर्ने, व्यवस्थापन सम्हाल्ने, आम्दानी र मुनाफा बढाउने, अनि कम्पनी नै बिक्री गरेर मुनाफा कमाउने - यो नै भेन्चर क्यापिटलको उद्देश्य र कार्य गर्ने तौर-तरिका हो।

स्थापना, सरचना र सञ्चालन: यी संस्थाको स्थापना, सरचना र सञ्चालन लगभग समान हुन्छ। झट्ट हेर्दा म्युचुअल फन्ड जस्तै लागे पनि यिनको बनावट, सञ्चालन र व्यवस्थापन म्युचुअल फन्डको भन्दा धेरै जटिल हुन्छ। सीमित साझेदारीमा सञ्चालन हुने यी संस्थामा २ किसिमका साझेदार हुन्छन्। एक साधारण साझेदार र अर्को निष्क्रिय/सीमित साझेदार। साधारण साझेदारले संस्था सञ्चालन गर्ने र सीमित साझेदारले लगानी गर्ने हुन्छ। साधारण साझेदारले प्रतिफलको सानो हिस्सा (२०-२५%) लिने र धेरै हिस्सा (७५-८०%) सीमित साझेदारलाई प्रदान गर्ने गर्छन्।

यी संस्था बीचको फरक र विशेषता भनेको लगानी गर्ने तरिका र माध्यम हो। जस्तै हेजफन्ड कुनै पनि क्षेत्रमा लगानी गर्छ भने प्राइभेट इक्विटीले प्राइभेट कम्पनीमा आफ्नो नियन्त्रण हुने गरेर इक्विटी लगानी गर्छ। भेन्चर क्यापिटलले सुरुवाती स-साना राम्रो सम्भावना भएका कम्पनीमा इक्विटी र ऋण लगानी गर्छ। यिनीले जटिल गणितीय विधि प्रयोग गरेर उच्च जोखिम र प्रतिफल हुने धितोपत्र र व्यवसाय छानेर लगानी गर्छन्। उच्च प्रतिफलका लागि यिनले कर्जा समेत लिएर हरसम्भव उपाए अपनाई लगानी गर्छन्। यीमध्ये हेजफन्ड तुलानात्मक रुपमा बढी आक्रामक र बृहद लगानी नीति अख्तियार गर्छ।

हेजफन्ड र हेजिङ उस्तै सुनिने हुँदा हेजिङ भनेको हेजफन्डले उपलब्ध गराउने बित्तीय सेवा हो कि भन्ने अर्थ लाग्न सक्छ। तर त्यो अनुमान सही होइन। हेजफन्ड लगायतका यी संस्थाले हेजिङका साधन उपलब्ध गराउने र विदेशी मुद्राको जोखिम कम गर्ने भूमिका खेल्दैनन। सरकारले चाहे जसरी यिनले इक्विटी लगानी गर्ने र पूँजी जुटाउने कार्य पनि गर्दैनन्।

यी संस्थाको सञ्चालन र संरचना अपारदर्शी हुन्छ। लगानीकर्तासँगको व्यक्तिगत सम्बन्धको आधारमा कोष संकलन गर्ने यी संस्थाले ठूला, समृद्ध र संस्थागत लगानीकर्ताको लगानी मात्र व्यवस्थापन गर्छन्। यिनीहरुले कुनै वित्तीय सूचना सार्वजनिक गर्दैनन्। कसरी उच्च प्रतिफल प्राप्त गर्ने भन्नेमा बढी केन्द्रित हुने हुँदा यिनले आफ्नो लगानी योजना र रणनीति अरूले थाहा नपाउनु भनेर गोप्य राख्छन् र अपारदर्शी हुन जान्छन्। कतिपय अवस्थामा यी संस्थाले आफ्नो ठेगाना, वेबसाइट, व्यवस्थापन, लगानी र लगानीकर्ताबारे समेत  कुनै जानकारी दिंदैनन्।

यी संस्थाको कानुनी र नैतिक दायित्व लगानीकर्ताको सर्बोत्तम हितमा काम गर्नु हुन्छ। सीमित जानकारी र सूचनाका कारण यी संस्थाले लगानीकर्ताको हितमा काम गरेका छन् वा छैनन् भन्ने थाहा पाउन भने सजिलो हुँदैन। यही कारण यिनको लगानीको सही मूल्यांकन र विश्लेषण गर्न सकिंदैन। टाट उल्टिएको अवस्थामा यी संस्थाका लगानीकर्ताले उही कानुनी सुरक्षा र ग्यारेन्टी पाउँदैनन् जुन अन्य लगानीकर्ताले पाउँछन्।

विशिष्टीकृत लगानी कोष नियमावली पनि सही अर्थको हेजफन्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल सञ्चालनको मूल मर्मअनुरूप आएको छैन। यो नियमावली अन्तर्गत रहेर यी संस्थाले काम गर्न सक्दैनन्।

नियमावलीको महत्व : तमाम कमी/कमजोरीका बाबजुद यी नियमावलीले फाइनान्सियल डेरिभेटिभ र वैकल्पिक लगानी गर्ने संस्थाको बजार प्रवेशलाई बाटो खोलिदिएको छ। सरकारले अहिलेलाई राष्ट्र बैंक मार्फत हेजिङ सेवा उपलब्ध गराउने भए तापनि चाडै नै यो कार्य निजी क्षेत्रलाई सुम्पनु पर्नेछ। 

सरकारले हेजिङ गर्दा चासो बाझिने अवस्था आउन सक्छ। उसको जोखिम असीमित हुन गएमा उसले अनेक सर्त र बहाना थोपारेर जोखिमको दायित्व बहन नगर्न पनि सक्छ। यसकारण पनि हेजिङ कार्य निजीक्षेत्रले गर्नु आवश्यक हुन्छ। अहिलेकै परिस्थितिमा पनि हेजिङको कार्य कम्तीमा राष्ट्र बैंक र वाणिज्य बैंकहरूले गर्दा सबैभन्दा उत्तम हुने थियो। 

निजीक्षेत्रबाट हेजिङ कार्य सुरु भएमा अरु थप फाइनान्सियल डेरिभेटिभले पनि बजार प्रवेश पाउने छन्। विदेशी मुद्राको जोखिम नियन्त्रणमा मात्र होइन, हरेक जोखिम व्यवस्थापन गर्न हेजिङका उपकरणलाई प्रयोग गर्न सकिन्छ। सेयर, बन्ड, म्युचुयल फन्ड, ब्याजदर, कमोडिटी लगायतका क्षेत्रमा हेजिङका उपकरण बनाउन र उपलब्ध गराउन सकिन्छ। यी कार्य निजी क्षेत्रबाट मात्र सम्भव हुन्छ। 
 
हेजफन्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटलले लुकेर बसेका र छोपिएका अवसरहरुलाई पहिचान गरी अर्थतन्त्रमा सकारात्मक योगदान दिन्छन्। यिनले नयाँ र अपारम्परिक बित्तीय साधनको प्रयोग गरेर लगानी व्यवस्थापन गर्ने हुँदा पुँजीबजारमा नयाँ बित्तीय साधन र विधिको प्रवेश हुनेछ। सामान्य प्रक्रियाबाट फाइनान्सिङ (कर्जा वा लगानी) प्राप्त गर्न नसक्ने उद्यमी वा व्यवसायीलाई यी संस्थाहरुले लगानी र प्रबर्धन गर्छन्। यसो हुँदा अर्थतन्त्रमा अतिरिक्त पूँजी/कोषको परिचालन, क्षमताको पहिचान, नयाँ उद्यमको स्थापना र नयाँ अवसर पैदा हुन्छ। यी संस्थाको अनुपस्थितिमा अर्थतन्त्रका यी पक्षहरु त्यसै निष्क्रिय भएर रहेका छन्। 

सुझाब र सल्लाह:  हेजिङ कार्यविधि नियमावलीमा रहेका कमी-कमजोरी हटाउन अर्थ मन्त्रलाय र राष्ट्र बैंकले आफ्नो आन्तरिक हेजिङ कार्यविधि प्रक्रिया बनाउन जरुरी छ। सो बिना हेजिङको सही अवधि र लागत तय हुन् सक्दैन। सो नहुँदा सरकारले ठूलो नोक्सानी बेहोर्नुपर्ने छ।

हेजिङ नियमावालीले समेट्नुपर्ने हेजिङको अवधि, लागत (शुल्क), जोखिम, कारोबार राफसाफ लगायतका जटिलता र महत्वपूर्ण विषयहरु छुटेका छन्। भोलि विवाद निम्त्याउनसक्ने यी पक्षलाई समयमै प्रस्ट पार्न जरुरी छ।

विशिष्टीकृत लगानी कोष नियमावली पनि सही अर्थको हेजफन्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल सञ्चालनको मूल मर्मअनुरूप आएको छैन। यो नियमावली अन्तर्गत रहेर यी संस्थाले काम गर्न सक्दैनन्। नियमावली यी संस्थालाई बजार प्रवेश गराउन भन्दा निषेध गर्न सफल हुनेछ। 

यदि सही अर्थका हेजफन्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई बजार प्रवेश गराउने हो भने धितोपत्र बोर्डले नियमावलीमा रहेका कमजोरीलाई अबिलम्व सुधार गर्नु आवश्यक छ। अन्यथा नियमावली उपलब्धिहीन हुने र बोर्डले अपजसको भारी बोक्नुपर्ने छ।

निष्कर्ष: दुवै नियमावालीमा प्रशस्त कमी, कमजोरी र अस्पष्टता छन्। नियमावालीले गरेका व्यवस्था र परिभाषाहरु अपूर्ण र अव्यावहारिक छन्। नियमावली जे उद्देश्यका लागि ल्याइएको छ, यही0 अवस्थामा ती उद्देश्य पूरा हुने सम्भावना देखिंदैन। यी नियमावलीले वैदेशिक ऋण र लगानी ल्याउन र प्रतिफल लैजान सहज बनाउने देखिंदैन।

यी अवधारणाबारे अर्थमन्त्री लगायत सरकारी अधिकारीहरुको बुझाइ सही नहुनाले कमजोरीले भरिपूर्ण नियमावली आएका छन्। नियमावलीमा सुधार गरेर मात्र यसको सही कार्यान्वयन हुनसक्छ। यसका लागि सबैभन्दा पहिला अर्थमन्त्री र सरकारी अधिकारीहरुले यी अवधारणा बारेको आफ्नो गलत बुझाइलाई सुधार गर्नु आवश्यक छ। यो नै हेजिङ उपकरण ल्याउने र वैकल्पिक लगानी गर्ने संस्था स्थापनाको पहिलो शर्त हो।

(एक दशकसम्म नेपाली पुँजीबजारमा काम गरेका अर्याल हाल अमेरिकी पुँजीबजारसँग सम्बद्ध छन्)

प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  १२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चौतर्फी आलोचना भएपछि युट्युबर पोखरेल रिहा
राप्रपा असन्तुष्ट पक्षले गर्‍यो लिङ्देन नेतृत्वको समिति भंगको माग
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
चौतर्फी आलोचना भएपछि युट्युबर पोखरेल रिहा आइतबार, चैत २९, २०८२
राप्रपा असन्तुष्ट पक्षले गर्‍यो लिङ्देन नेतृत्वको समिति भंगको माग आइतबार, चैत २९, २०८२
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा आइतबार, चैत २९, २०८२
दलको नेता छान्न कांग्रेसले वैशाख २ गते कार्यतालिका ल्याउने, ४ गते निर्वाचन आइतबार, चैत २९, २०८२
सीमा विवादमा वार्ता गर्न आग्रह आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ आइतबार, चैत २९, २०८२
आज यी स्थानमा वर्षा र हिमपात हुने आइतबार, चैत २९, २०८२
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा जारी शनिबार, चैत २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्