काठमाडौं- ३६ वर्षे न्याय सेवामा रहेर काम गर्दा आफैं अन्यायमा परेको महसुस भएपछि सर्वोच्च अदालत जान बाध्य भए, न्यायाधीश प्रकाशकुमार काफ्ले । काफ्लेको न्यायालय प्रवेश ७ चैत २०३९ मा अस्थायी शाखा अधिकृतका रूपमा सुरु भयो। त्यसपछि उनी २७ साउन २०४१ मा स्थायी जिल्ला न्यायाधीश बने। शाखा अधिकृतले जिल्ला न्यायाधीश पाउने व्यवस्था अनुसार नै न्यायाधीश भएका थिए उनी।
जिल्ला न्यायाधीश भएको ३४ वर्षभन्दा धेरै समय काफ्ले अझै त्यही पदमा छन्। काफ्लेसँगै नियुक्त भएका अधिकांश न्यायाधीश हाल उच्च अदालतमा कार्यरत रहेका छन्। तर, उनी आफ्नो अवकाश मिति नजिकिँदै गर्दा सर्वाेच्चमा आफ्ना कानुन व्यवसायीमार्फत न्याय माग्न व्यस्त छन्।
प्रस्तुत छ भिडियो रिपोर्ट-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।