• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

विमानस्थलमा मल्होत्राको रजाइँ-२ : नियमविपरीत १८ महिना समय थप, अवैधानिक भाडा असुली

64x64
नेपाल लाइभ बिहीबार, चैत २१, २०७५  १६:४२
1140x725

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५२ रोपनी जग्गामा रजाइँ गरिरहेका व्यवसायी दीपक मल्होत्राले नियमविपरीत आर्थिक प्रलोभनमा पारी १८ महिना समय थप गरेको रहस्य खुलको छ।

विमानस्थल कार्यालयका तत्कालीन महाप्रबन्धक इन्जिनियर रतीश चन्द्रलाल सुमनले नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको ५२ रोपनी जग्गा मल्होत्रालाई जिम्मा लगाएका थिए। उनले सवारी पार्किङ, बाहिर निस्कने मार्ग, आगन्तुक प्रतीक्षालय, चमेना गृह, पर्यटक मनोरञ्जनका लागि पार्क, बगैंचालगायत विमानस्थल व्यवसायसँग सम्बन्धित कामका लागि भवनलगायतका आवश्यक पूर्वाधार संरचना निर्माणका लागि भन्दै सो जग्गा मल्होत्रालाई दिने सम्झौता गरेका थिए। 

सम्झौता पत्रको ५औं नम्बरमा यी पूर्वाधार निर्माण गर्नुपर्ने समयसीमा तोकिएको छ। सम्झौतामा पहिलो पक्ष भन्नाले त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल कार्यालय, दोस्रो पक्ष भन्नाले भौतिक पूर्वाधार निर्माण तथा सेवा सञ्चालन गर्ने पक्ष र तेस्रो पक्ष भन्नाले निर्माणपछिका संरचनामा व्यपारव्यवसाय सञ्चालन गर्ने व्यक्ति तथा संस्था हुने उल्लेख छ। सम्झौताको ५औं बुँदामा भनिएको छः

'दोस्रो पक्षले सम्बन्धित निकायबाट पूर्वाधार निर्माणको स्वीकृति प्राप्त गरेको २१ महिनाभित्र स्वीकृत भौतिक पूर्वाधार संरचनाको नक्शा तथा डिजाइन तथा स्पेसिफिकेसन बमोजिम निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ। कथंकदाचित् तोकिएको समयमा उक्त पूर्वाधार निर्माण सम्पन्न गर्न नसकेमा दोस्रो पक्षले म्याद समाप्त हुनुभन्दा एक महिना अगाडि प्रथम पक्षलाई मनासिब कारणसहित लिखित जानकारी दिनुपर्नेछ। 

त्यसपछि प्रथम पक्षले स्थलगत निरीक्षण गरी मनासिब कारण देखेमा विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बढीमा ३ महिनासम्मका लागि एक पटक म्याद थप गर्न सक्नेछ। यस्तो अवधिमा पनि निर्माण सम्पन्न नभएमा दोस्रो पक्षले सम्झौता बमोजिमको भाडा रकम भुक्तानी गर्नु पर्नेछ। तर, तोकिएको समय अवधिभन्दा अगाडि नै पूर्वाधार तयार भएमा सोही मितिदेखि सम्झौता लागू हुने र सम्झौतामा उल्लेख भएका शुल्कहरु दोस्रो पक्षले प्रथम पक्षलाई बुझाउनु पर्नेछ। त्यसमा पनि दोस्रो पक्षले स्वीकृत इन्जिनियरिङ प्रारूप बमोजिम सम्पूर्ण संरचनाको निर्माण कार्य सम्पन्न भएपछि मात्रै प्रथम पक्षले सञ्चालनका लागि अनुमति प्रदान गर्नेछ।’

विमानस्थल कार्यालयका तत्कालीन महाप्रबन्धक सुमनले रसुवा केडी ज्वाइन्ट चेन्चर प्रालिसँग यसरी सम्झौता गरेका थिए। सबैभन्दा पहिलो कुरा त, सुमनले मन्त्रिपरिषद् र नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्डको निर्णयभन्दा बाहिर गएर सम्झौता गरेका थिए। सुमनले 'बुट मोडल'मा पूर्वाधार निर्माण र सेवा सञ्चालनका लागि ३० वर्षे सम्झौता गरेका थिए। 

मन्त्रिपरिषद् र प्राधिकरण बोर्डले बुट मोडलमै संरचना निमार्णदेखि सेवा सञ्चालनको जिम्मा दिने गरी कम्पनी छनोट गर्ने निर्णय गरेको थियो। साथै मन्त्रिपरिषद् र प्राधिकरण बोर्डले कम्पनी छनोटसँगै पूर्वाधार निर्माणका लागि उपलब्ध गराउने जग्गाको भाडा भने सम्झौता भएको दिनदेखि नै लागू हुने निर्णय गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, सुमनले दीपक मल्होत्रालगायतका केही व्यक्तिको आर्थिक स्वार्थपूर्तिका लागि मन्त्रिपरिषद् र प्राधिकरणको बोर्डको निर्णयभन्दा बाहिर गएर सम्झौता गरेका थिए। सम्झौतापत्रको २ नम्बर बुँदामा ‘यो सम्झौता ३० वर्षको हुनेछ। यस सम्झौतामा उल्लेखित पूर्वाधारहरू तथा दिइएको कार्यदिशामा उल्लेख भएको समय अवधि समाप्तपछि मात्रै यो सम्झौता स्वतः लागू हुनेछ’ भन्दै सुमनले व्यक्तिगत निर्णय गरेका थिए।

सम्झौतापत्रको २ नम्बर बुँदामा जेसुकै लेखिएकाे भएपनि सम्झौता भएको दिनदेखि नै लागू हुने विमानस्थल कार्यालयले स्पष्ट पारेको छ। तर, मल्होत्राले सम्झौता भएको साढे ६ वर्ष हुँदा पनि यही बुँदा देखाउँदै जग्गाको भाडा रकम तिरेका छैनन्। सम्झौता हुँदाको समयमा वार्षिक ७८ लाख र पछि विमानस्थल सेवा शुल्क नियमावली २०७६ संशोधनपछि लागू हुने भनिएको वार्षिक १ करोड ५६ रुपैयाँ दरले हुन आउने करिब ६ करोडभन्दा बढी रकम मल्होत्राले तिरेका छैनन्।

यो त भयो ५२ रोपनी जग्गा भाडाको विषयमा भएको विवादास्पद सम्झौता।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अबको विषय हो, कसरी १८ महिना समय थप गरेर मल्होत्रालाई विमानस्थलमा रजाइँ गर्न दिइयो? कसले के आधारमा समय थप गरियाे?

सम्झौताअनुसार मल्होत्राले २०७१ असारभित्र भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने हुन्थ्यो। तर, मल्होत्राले भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरेका थिएनन्। किनकि विमानस्थलभित्र उनलाई लामो समय राज गर्नु थियो। निर्माण सम्पन्न नभएपछि विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार एक पटकका लागि ३ महिनाको मात्रै समय थप गर्न मिल्ने व्यवस्था थियो। सम्झौतापत्रको ५ नम्बरमा पनि यही कुरा लेखिएको थियो।

तर, उनै सुमन सम्झौता अवधि सकिने बेलामा नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक भइसकेका थिए। तत्कालीन समयमा प्राधिकरणका महानिर्देशक सुमनलाई सम्झौतामा भएकाे भन्दा थप समय लिन झन् सजिलो भइसकेको थियो। उनले विमानस्थल सेवा शुल्क नियमावली २०६७ र सम्झौतापत्रको ५ नम्बर बुदामा लेखिएको भन्दा बाहिर गएर १८ महिनाको समय थप गर्दै मल्होत्रालाई विमानस्थलको रजाइँ गर्न दिएको रहस्य खुल्न आएको हाे।

सुरुमा सम्झौता गर्दा विमानस्थल कार्यालयका महाप्रबन्धक तथा १८ महिना समय थप गर्दा प्राधिकरणकै महानिर्देशक भइसकेका सुमनले विमानस्थल सेवा शुल्क नियमावली २०६७ भन्दा बाहिर गएर सार्वजनिक खरिद ऐन २०६३ अुनसार सम्झौता गरी मल्होत्रालाई विमानस्थलको जग्गामा रजाइँ गर्न दिएको प्राधिकरण उच्च स्रोत बताउँछ।

‘विमानस्थल सेवा शुल्क नियमावली २०६७ र सम्झौतापत्रअनुसार ३ महिना भन्दा बढी सयम थप्न मिल्दैन थियो,' स्रोतले भन्यो, ‘आर्थिक स्वार्थपूर्तिका लागि नियम कानुनबाहिर गएर व्यक्तिगत निर्णय भएको छ।’

विमानस्थल कार्यालयले अब रसुवा केडी ज्वाइन्ट भेन्चर प्रालि (हस्ताक्षरकर्ता मोहन आचार्य र मुख्य लगानीकर्ता तथा विमानस्थलको सम्पत्तिमा रजाइँ गर्ने दीपक मल्होत्रा)सँग ठेक्का सम्झौता रद्द गर्दै बाँकी बक्यौता तथा क्षत्तिपूर्ति रकम लिनुपर्ने स्रोत बताउँछ।

कसरी समय थप गराए मल्होत्राले? 
मन्त्रिपरिषद् र प्राधिकरण बोर्ड बैठकको निर्णयविपरीत सम्झौता गर्ने विमानस्थल कार्यालयका तत्कालीन महाप्रबन्धक सुमनले नै नियमविपरीत समय थपको सम्झौता गरेका थिए। पछि प्राधिकरणको महानिर्देशक भएका उनै सुमनले सम्झौताको समय सकिनु अगावै थपको तयारी गरेका थिए। उनको तयारीलाई ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएका वीरेन्द्रप्रसाद श्रेष्ठले समय थपको निर्णयलाई सदर गरिदिएका थिए। 

सुमनले विमानस्थल सेवा शुल्क नियमावली २०६७ र सम्झौतापत्रको ५ नम्बर बुँदाविपरीत १८ महिनाको समय थप गरेका थिए। समय थप गरिएसँगै निर्माण सम्पन्न गर्नुपर्ने समय २०७२ माघ १ गते पुर्‍याइदिएका थिए।

तर, थप गरेको समय सकिएको तीन वर्ष बितिसक्दा पनि मल्होत्राले निर्माण सम्पन्न गरेका छैनन्। तर, व्यवसायी दीपक मल्होत्राले सम्झौतापत्रमा उल्लेख गरिएको विषयभन्दा बाहिर गएर सेवा सञ्चालन गरी तेस्रो पक्षसँग रकम असुली गरिरहेका छन्।

 

मल्होत्राले तेस्रो पक्षबाट गरेको असुली सम्झौताअनुसार अवैधानिक हो। तर, त्यहाँ व्यवसाय गर्ने फर्मले पनि अवैधानिक रूपमा रकम असुली गरिरहेका मल्होत्रालाई मासिक रुपमा आफूले प्रयोग गरेको संरचनाको भाडा बुझाइरहेका छन्।

सम्झौतापत्रको ५ नम्बर बुँदामा 'स्वीकृत इन्जिनियरिङ प्रारूप बमोजिमको सम्पूर्ण संरचनाको निर्माण कार्य सम्पन्न भएपछि प्रथम पक्षले सञ्चालनका लागि अनुमति प्रदान गर्नुपर्ने प्रावधान विपरीत तेस्रो पक्षसँग भाडा असुली गर्दै विमानस्थल कार्यालयलाई नबुझाई दीपक मल्होत्राले एकलौटी रूपमा प्रयोग गर्दै आएका छन्। 

मल्होत्राले तेस्रो पक्षसँग विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार भाडा संकलन गर्नुपर्ने हुन्छ। तर, अहिले कुन किसिमले तेस्रो पक्षसँग कसरी रकम असुली गरेका हुन् त्यसको पनि कुनै प्रमाण विमानस्थल कार्यालयसमक्ष पेस गरेका छैनन्।

तेस्रो पक्षसँग व्यवसाय सञ्चालनका लागि लिएको भाडाको पहिलो १० वर्ष ५ प्रतिशत, दोस्रो १० वर्ष १५ प्रतिशत र बाँकी अवधिमा २५ प्रतिशतदरले मल्होत्राले विमानस्थल कार्यालयलाई भाडा बुझाउनु पर्ने सम्झौतामा उल्लेख छ। 

तर, विमानस्थल कार्यालयले दर्जनौं पटक बक्यौता तिर्न, तेस्रो पक्षसँग गरको सम्झौतापत्र लगायतका विषयमा पत्रचार गर्दा कुनै जवाफ दिएका छैनन्। साढे ६ वर्षको अवधिमा व्यापारी दीपक मल्होत्राले एक पटक मात्र १ करोड रुपैयाँ मात्रै तिरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। यो रकम पनि जग्गा भाडा बापतको केही रकम मात्र हो। जग्गा भाडा बापतको मात्र ६ करोडभन्दा बढी रकम मल्होत्राले विमानस्थल कार्यालयमा बुझाएका छैनन् भने तेस्रो पक्षसँग लिएको रकमको कुनै हिसाबकिताब छैन।

सबै तस्बिरः मनोज न्यौपाने

यो पनि पढ्नुहोस्ः

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५२ रोपनी जग्गामा दीपक मल्होत्राको रजाइँ

प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  १६:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्