• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'मधेसवादी दलले ज्यादा मत ल्याए मुलुक तरंगित हुनेछ'

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १८, २०७४  १२:२१
1140x725

काठमाडौं- आगामी निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधित्व गरेको लोकतान्त्रिक मोर्चा तथा नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई लिएर विभिन्न अड्कलबाजी चलिरहेको बेला भारतका लागि नेपालका पूर्वराजदूत रुक्मशमशेर राणाले मधेसवादी दलले ल्याउने मतले नेपाली राजनीतिको दिशा तय हुने बताएका छन्।
 
नेपाल लाइभसँगको विशेष अन्तर्वार्तामा उनले दुई चरणको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचनमा मधेसवादी दल मुख्य ‘फ्याक्टर’ रहेको बताए। मधेसवादी दलले आगामी निर्वाचनमा राम्रो मत ल्याए मुलुक एकपल्ट फेरि तरंगित हुने, नभए पुरानै ढाँचामा देश अगाडि बढ्ने उनको भनाइ छ।

नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाका छोरासमेत रहेका रुक्मशमशेरलाई कांग्रेसले २०४८ सालमा माथिल्लो सदनमा नियुक्त गरेको थियो। उनीसँग नवीन अर्यालले गरेको कुराकानीः

Ncell 2
Ncell 2
nimb
nimb

अहिले देश निर्वाचनमय भएको छ, यसलाई कसरी विश्लेषण गर्नुहुन्छ?
मान्छेले अनेक दृष्टिकोणले कुरा गरिरहेका छन्। एकापट्टि नेपाली कांग्रेसले नेतृत्व गरेको प्रजातान्त्रिक गठबन्धन छ, अर्कोतर्फ एमालेले नेतृत्व गरिरहेको वाम गठबन्धन। मानिसहरुले जे–जस्तो विश्लेषण गरे पनि म दुइटा कुरा देख्छु। पहिलो, निर्वाचन जितेर पहिलो र दोस्रो हुने दल भनेको कांग्रेस र एमाले नै हो। तर, यसपालि मधेसी ‘फ्याक्टर’ ले महत्वपूर्ण काम गर्छ भन्ने मलाई लाग्छ। मधेसी पार्टीले निर्वाचनमा कस्तो नतिजा ल्याउँछन्, यसपछि नेपाली राजनीतिको दृश्य स्पष्ट हुन्छ।
 
कांग्रेस र एमाले २०४६ सालदेखि नै परस्पर प्रतिस्पर्धी पार्टी हुन्। त्यसैले मधेसवादी दलले जित्यो भने मुलुक तरंगित होला। नभए पुरानै ढाँचामा देश चल्छ। सामानुपातिकतर्फको भोटले पहाडमा भन्दा मधेसमा धेरै अर्थ राख्छ। यहाँ ठूलो जनसंख्या छ।
 
माओवादी केन्द्रको अवस्था के होला?
मलाई लाग्छ, माओवादीलाई एमालेले उद्धार नै गर्यो। उनीहरुले अपेक्षा गरेअनुसारको ठूलो नतिजा नआउन सक्छ। फेरि जुन किसिमले उनीहरु ‘वाम एकता’ भनिरहेका छन्, निर्वाचनपछि त्यो फुट्न पनि सक्छ। एमालेले माओवादीलाई कसरी वाम गठबन्धनमा बाँधेर राख्न सक्छ, त्यसले दुवै दलको भविष्य निर्धारण गर्छ। यदि गठबन्धनलाई मजबुत गरेर लगे भने अन्तर्राष्ट्रिय रुपमा उनीहरुको आवाज ठूलो हुनेछ।
 
नेपालमा वामपन्थीहरुको रोग नै फुट्ने देखिएको छ, यो सम्भव होला?
यही त विडम्बना छ। फेरि माओवादी पार्टी ‘प्रेडिक्ट’ नै गर्न नसक्ने भएर निस्किएको छ। राजनीतिमा ‘इलास्टिक’ जस्तो धेरै तन्किनुलाई राम्रो मानिँदैन। माओवादीको यही व्यवहारका कारण वाम गठबन्धन लामो जान्छ भन्नेमै शंका छ। माओवादीले सैद्धान्तिक कुरामा आफूलाई स्थिर बनाउनै सकेको छैन। युद्ध लड्दा, सामन्ती राज्यसत्ता ध्वंश पार्ने भन्ने आकर्षक नारा थियो, उनीहरुको। त्यसका लागि कुनै सिद्धान्त चाहिँदैन। तर, खुला राजनीतिमा पार्टीलाई जीवन्त राख्न मुलभूत सिद्धान्त पनि चाहिन्छ, राजनीतिक संस्कार पनि। यी दुवै कुरामा उनीहरु चुकेका छन्। त्यसैले आज उनीहरुमाथि प्रश्न उठ्दैछ, जनयुद्धको नाममा त्यत्रा नेपालीहरु किन मार्यो? यो निकै गम्भीर प्रश्न हो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083


 
तर, अहिले वाम एकताको लहर छ नि?
मलाई लाग्दैन। आफ्नो कार्यकर्तालाई थुमथुम्याउन पार्टीहरुले सबै किसिमको ‘प्रोपोगन्डा’ गर्छन्। यसपालि अचम्म लाग्ने नतिजा निस्किन सक्छ। केही ठूला नेता हार्ने सम्भावनालाई पनि नकार्न सकिन्न।
 
यसपालि टिकट वितरणलाई लिएर चर्को आलोचना भइरहेको छ नि?
यो आम नेपालीहरुको प्रवृत्ति हो। टिकट पाउने खुसी हुन्छन्। नपाउने दुःखी। अहिले ६ सय जनाको प्रतिनिधिसभा खुम्चिएको छ। त्यसैले सिट त घट्नै नै भयो।
 
तर, पार्टीमा डनगिरी हाबी भयो...
यो कुनै एक राजनीति पार्टीको मात्र समस्या होइन। देशकै स्थिति यस्तो छ। फेरि प्रजातान्त्रिक व्यवस्था अभ्यास गर्ने पार्टीहरुले यसलाई टिकट दिने, यसलाई नदिने भनेर कसरी भन्न सक्छ। हो, यस्तो प्रवृत्तिलाई रोक्न कडा कानुन पास गर्नुपर्यो। कि पार्टीले पहिले नै निर्धारण गर्नुपर्यो।
 
यो निर्वाचनलाई भारतले कसरी हेरेको होला?
हाम्रो दुर्भाग्य, यहाँ निर्वाचन छ, चीन र भारतले कसरी लेला भनिरहेका छौं। भारतको त्यति ठूलो चासो भए जस्तो मलाई लाग्दैन। प्रदेश २ मा उनीहरुको केही चासो हुन सक्छ। किनभने मधेसी मुद्दाका कारण लामो समय तराई ‘डिस्टर्ब’ भयो। त्यहाँको उग्रपनाले उनीहरुलाई पनि प्रभाव पारेको छ। त्यसैले उनीहरु २ नम्बर प्रदेशमा स्थिरता चाहन्छन्।    

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०७४  १२:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्