• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सडक विस्तार सरकारले चाहेर होइन अब जनताको चाहनामा हुन्छ : भाइकाजी तिवारी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, चैत ८, २०७५  १५:४६
1140x725

सर्वोच्च अदालतको बिहीबारको फैसलापछि अब क्षतिपूर्ति दिने नीतिगत निर्णय गरेर मात्र सडक विस्तार गर्न पाइने भएको छ। असोज १० गते सार्वजनिक गरेको पूर्णपाठ मिलेको भन्दै सरकारको निवेदनमा थप व्याख्या गर्न अदालतले अस्विकार गरेको छ। 

२०७५ भदौ ३ गते मुआब्जा वितरण गरेर मात्र सडक विस्तार गर्न सहज नभएकाले त्यसको पुनरावलोकन हुनुपर्ने माग गर्दै सरकारले दायर गरेको निवेदनमा आदेश जारी गर्न पूर्ण बृहत् इजलासले अस्विकार गरेको हो। यही विषयमा काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीसँग दुर्गा दुलाल र उत्तम काप्रीले गरेको कुराकानी: 

अदालतको फैसलासँगै अब सडक विस्तारको काम कसरी अगाडि बढ्छ?
सम्मानित सर्वोच्च अदालतको फैसला सम्मान गर्दै हामी अगाडि बढ्ने हो। प्रधानमन्त्री कार्यालयसँगै सरोकारवाला सबै निकाय यसअघिको सर्वोच्चको फैसला पुनरावेदनका लागि सर्वोच्च अदालत गएका थियौं। अदालतले मुआब्जा वितरण नगरी सडक विस्तार गर्न नपाउने पुरानौ फैसलालाई नै निरन्तता दिएको छ। अदालतले पुनरावेदन आवश्यक नरहेको समेत फैसला गरेको छ।

यो फैसला जनताको पक्षमा छ। हामी त नेपाल सरकारकै एक अंग हो। नेपाल सरकारले प्रचलित कानुन बमोजिम जनतालाई जति रकम दिनु भनेर पठाउँछ, सोही अनुसार सडक विस्तारमा प्रयोग भएको जग्गाको मुआब्जा वितरण गरिदिन्छौं।

हामीलाई अधिकारी दिए आफै गर्छौं नभए सरकारले जसलाई अधिकार दिन्छ उसैले मुआब्जा वितरण गर्ने हो। 

अदातलको फैसलासँगै उपत्यकाको सडक विस्तारमा कति खर्च हुने अवस्था छ?
उपत्यकामा अहिले ४ सय किलोमिटरभन्दा बढी सडक विस्तार भएको छ। ती सडकको दायाँबायाँ औसत एकएक मिटरदेखि डेढ मिटरसम्म जनताको जग्गा प्रयोग भएको छ। यस हिसाबमा मात्रै सडक विस्तारमा प्रयोग भएका जग्गाको मुआब्जा दिँदा सामान्य रुपमा प्रतिआना १० लाख रुपैयाँको दरले पनि एक खर्ब रुपैयाँभन्दा बढी खर्च हुन्छ।

हामी हिजो नांगै धोती न टोपी भएर जन्मिने, अहिले लुगा लगाएर हिँडेपछि- यो मेरो लुगा त पोलिस्टर होइन संसारकै महँगो कपडा हो, यो कपडाको दाम चाहिन्छ भने जस्तो अवस्था अदालतको फैसलाले गरेको छ।

तपाईंले भन्नुभएको ४ सय किलोमिटर सडकमा कुनकुन पर्छन्?
यो ४ सय किलोमिटर सडक भन्नाले बाहिरी चक्रपथ होइन। यसमा सडक विस्तार भई पिचसमेत भइसकेका सडक हुन्। कतिपय सञ्चालनमा आइसकेका छन्। कतिपय पिच हुने अवस्थामा पनि छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसमा पनि लैनचौरदेखि नारायणगोपाल चोकसम्मको सडक विस्तारमा प्रयोग भएको जग्गाको मुआब्जामा बढी रकम खर्च हुन्छ। यो सडक खण्डको जग्गाको सामान्य मूल्य प्रतिआना ६० लाखभन्दा बढी छ। पहिले यो सडक १२ मिटर थियो। अहिले विस्तार गरेर १८ मिटर बनाएका छौं। दायाँबायाँ ३/३ मिटरको दरले जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ। 

यो निर्णयले कलंकी–कोटेश्वर सडक विस्तारमा पनि असर गर्छ?
अवश्य पनि पर्छ। यो सडक खण्डमा पनि दायाँबायाँ विस्तार भएको ६ मिटरको पहुँचमार्ग जनताको जग्गामा परेको छ। यसको पनि लगतकट्टा भइसकेको छैन। जसका कारण मुआब्जा दिनुपर्छ। करिब १२ किलोमिटर यो सडक खण्डमा मात्रै १८ अर्ब १४ करोडभन्दा बढी मुआब्जा दिनुपर्ने देखिन्छ। अन्य भागको चक्रपथ विस्तारमा पनि ठूलै रकम मुआब्जामा जाने अवस्था छ। 

हामी त सरकारको निर्देशन अनुरुप काम गर्ने हो। सरकारले तत्काल नै आवश्यक ऐनकानुन बनाउँदै अगाडि नबढेको अवस्थामा सडक विस्तार तथा पूर्वाधार विकास ठप्प हुन पनि सक्छ।

यो फैसलाले ७७ जिल्लामा भएका सडक विस्तार र अब हुने सडक विस्तारको परियोजनाका कस्तो असर पर्छ?
हामी हिजो नांगै धोती न टोपी भएर जन्मिने, अहिले लुगा लगाएर हिँडेपछि- यो मेरो लुगा त पोलिस्टर होइन संसारकै महँगो कपडा हो, यो कपडाको दाम चाहिन्छ भने जस्तो अवस्था अदालतको फैसलाले गरेको छ। साथै यो फैसलाले सरकारले चाहेर होइन जनताले चाहेको अवस्थामा मात्रै सडक विस्तार हुने हो। होइन भने कसैको जग्गा कहीँ पनि सडक विस्तारमा प्रयोग गर्न अब पाइँदैन। अहिलेको हाम्रो नयाँ संविधानले मौलिक हक अन्तर्गत राखेको सम्पत्तिको हकअधिकारले कसैको जग्गा कहीँ पनि मुआब्जा नदिई प्रयोग गर्न पाइँदैन। अझ रमाइलो कुरा त स्कुल पढ्ने बच्चा रहेको घर भत्काउँदा त्यो बच्चाको अध्ययनमा असर पर्ने गरी भत्काउन पाइन्न।

Xtrem

Xtrem

यस्तो अवस्थामा पूर्वाधार निर्माण कसरी अगाडि बढ्ला त?
हो। अहिले सरकार तथा हाम्रो पहिलो लक्ष्य भनेको पूर्वाधार निर्माण हो। अदालतको फैसलासँगै पूर्वाधार निर्माणमा ठूलो संकट पैदा भएको छ। संकट नपरोस् भन्दै हामी पुनरावेदनका लागि गएका थियौं। तर, अदालतबाट संकट फुकाउने काम भएन। सरकारले अब सम्मानित अदालतको फैसला समान गर्दै जे छ त्यही पालना गर्नुपर्छ। तर, फैसला कार्यान्वयन गर्दै जाँदा संकट भने अवश्य आउँछ। साथै सरकारले नयाँ कानुन ल्याउनुपर्ने हो कि के हो, आफै गर्छ। हामी त सरकारको निर्देशन अनुरुप काम गर्ने हो। सरकारले तत्काल नै आवश्यक ऐनकानुन बनाउँदै अगाडि नबढेको अवस्थामा सडक विस्तार तथा पूर्वाधार विकास ठप्प हुन पनि सक्छ।

यो फैसलाले पहिले गरिएका सडक विस्तारमा पनि असर देखिन्छ त?
अदालतको यो फैसलाले मध्यपहाडी लोकमार्गदेखि पूर्वपश्चिम राजमार्गका प्रयोग भएका जग्गाको मुआब्जा वितरण गर्नुपर्ने हुन्छ। पूर्वपश्चिम राजमार्ग विस्तारमा प्रयोग भएको कतिपय जग्गाको अहिले पनि लगत कट्टा भएको छैन। लगत कट्टा नभएको जग्गाको पनि अब मुआब्जा दिनुपर्छ। खोलाको पानी बगेको जग्गाको त मुआब्जा दिनुपरेको अवस्थामा सडक विस्तारमा प्रयोग भएको जग्गाको पनि मुआब्जा दिनुपर्छ।

अदालतको यो फैसलाले देशको २/३ आर्थिक वर्षको बजेट सडक विस्तारमा प्रयोग भएको जग्गाको मुआब्जामा नै दिनुपर्ने हुन्छ। 

सम्बन्धित समाचार-
'मुआब्जा अनिवार्य'पछि के हुन्छ सडक विस्तार? काठमाडौंमा मात्र एक खर्ब क्षतिपूर्ति

काठमाडौंको सडक विस्तारमा सर्वोच्चले फेरि भन्यो– मुआब्जा अनिवार्य

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  १५:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्