• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख ५, २०८३ Sat, Apr 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सडक दुर्घटनाका प्रतिवेदन दराजमा, यात्रुबस त्रिशूलीमा

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १३, २०७४  ०६:३६
1140x725

— २०७३ असोज ९ गते दिउँसो ४:३० बजे पृथ्वी राजमार्ग अन्तर्गत दारेचोक–३ घोप्टेभीर नजिक पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जीप दुर्घटना भयो। जीप त्रिशूली नदीमा खस्दा घिमिरेसहित उनका परिवारका ६ जनाको मृत्युभयो।

— दुर्घटनाको दुई दिनपछि अर्थात् असोज ११ गते धादिङको मार्पाकमा यात्रुबस दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाए।

यात्रुबस दुर्घटना भएको केही घन्टापछि बसेको मन्त्रिपरिषद् बैठकले पूर्वगृहमन्त्री घिमिरे र मार्पाक दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन र दुर्घटना न्यूनीकरणका लागि सुझाव पेश गर्न एक उच्चस्तरीय समिति बनायो। पूर्व प्रहरी महानिरीक्षक कुबेरसिंह राणाको संयोजकत्वमा गठित उक्त समितिलाई निम्न तीन कार्यक्षेत्र तोकिएको थियो:

१. पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको जीप दुर्घटनाबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउने।
२. धादिङको मार्पाकमा १९ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउने।
३. पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक क्षेत्रमा सुरक्षित आवागमन र दुर्घटना न्युनीकरण गर्ने उपायहरुको सुझाव दिने।

समितिले एक महिना लगाएर १८२ पृष्ठ लामो प्रतिवेदन तयार पार्‍यो। प्रतिवेदनमा घिमिरे र मार्पाक दुर्घटनाका विषयमा विस्तृत विवरणसँगै पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक खण्डको सडकको अवस्था र दुर्घटना न्युनीकरणका उपायहरु पनि समेटिएका थिए।

प्रतिवेदनले यी सडकखण्डमा रहेका जोखिमयुक्त सडकको विवरण दिँदै ती क्षेत्रमा सुरक्षाका उपाय अपनाउन सुझाव दिएको थियो।

जसमध्ये एक क्षेत्र थियो, धादिङको गजुरीस्थित बांगेमोड।

यो त्यही स्थान हो, जहाँ हिजो शनिबार ३१ जनाको मृत्यु हुनेगरी यात्रुबस दुर्घटना भयो। राजविराजबाट काठमाडौं आउँदै गरेको ना६ख १४६७ नम्बरको बस बिहान ५:५५ मा पोखरे खोलास्थित बांगेमोडमा अनियन्त्रित भई त्रिशूली नदीमा खसेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

एक वर्षअघि नै उच्चस्तरीय समितिले दिएको उक्त प्रतिवेदन कार्यान्वयनमा ल्याएको भए, सम्भवत: बांगेमोडमा ३१ जनाले विनाकारण ज्यान गुमाउने थिएनन्। तर, उक्त प्रतिवेदनको सुझाव कार्यान्वयन नहुँदा ठूलो जनधनको क्षति भएको छ। मृतकका परिवार यतिबेला शोकमा डुबेका छन्।

हिजोको दुर्घटनालगत्तै सरकारले सत्यतथ्य बाहिर ल्याउन र दुर्घटना न्युनीकरणका सुझाव दिन एक समिति बनाएको छ। गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले पनि एक वर्षअघिको समितिले झैं घटनाको छानबिन गरेर दोषीलाई कारबाहीका लागि सिफारिस गर्नेछ। यसका साथै समितिले दुर्घटनाका कारण र यसको नियन्त्रणका उपाय सहितको प्रतिवेदन पनि सरकारलाई बुझाउनेछ।

तर, उक्त प्रतिवेदन यसअघिका झैं सरकारकै दराजमा नथन्किएला भन्न सकिन्न। किनकि यसअघि पनि हरेक ठूला दुर्घटनापछि बनाइएका प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै थन्किएका छन्। 

सरकारले पछिल्लो चार वर्षको अवधिमा सडक दुर्घटनाको कारण र समाधानका उपाय खोज्न भन्दै एक दर्जनभन्दा बढी समिति बनाइसकेको छ। आजसम्म ती प्रतिवेदनका सुझाव कार्यान्वयनमा आउन सकेका छैनन्। दुर्घटना न्युनीकरण गर्ने र सडक सुरक्षा कायम गर्न भनी बनाइएका यी प्रतिवेदन दराजमा थन्किँदा चार वर्षको अवधिमा आठ हजारभन्दा बढी नेपालीको सडक दुर्घटनामा ज्यान गुमाउनुपरेको प्रहरीको तथ्यांकले देखाएको छ।

प्रतिवेदन तयार पार्ने हरेक समितिका सदस्य नै भन्छन्, ‘प्रतिवेदनलाई महत्व नदिँदा दुर्घटनाको दर घट्न सकेन।’ 

चार वर्षको यो अवधिमा भएका ठूला दुर्घटना तथा शृंखलाबद्ध दुर्घटनापछिका केही दिनमै कहिले मन्त्रालयगत तथा कहिले यातायात व्यवस्था विभाग अन्तर्गत समिति र कार्यदल बनेका छन्। हरेक समितिका पदाधिकारीले प्रतिवेदन तयार पार्न राज्यका नाममा लाखौँ रुपैयाँ सिध्याएका छन्। मोटो रकम खर्चेर बनाइएका यस्ता प्रतिवेदन भने सधैं मन्त्रालयमा पुगेर थन्किने गरेका छन्। 

तयार भएका प्रतिवेदनका सुझाव मन्त्रालयले कार्यान्वयनमा ल्याउनुपर्ने हो। तर, यातायात व्यावसायीको दबाबमा पर्दै आएको मन्त्रालयले हरेक समितिका प्रतिवेदन दराजमै सीमित गराएको देखिन्छ।

पूर्वगृहमन्त्री घिमिरेको घटनाअघि कानुन नै संशोधन गर्ने भन्दै तत्कालीन भौतिक तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाको संयोजकत्वमा उच्चस्तरीय समिति बनेको थियो। दुर्घटना न्युनीकरणका लागि ऐन, नियम नै संशोधन गर्ने गरी सुझाव दिन भन्दै २०७१ मंसिरमा उक्त समिति बनाइएको थियो।
 
सिटौलाको संयोजकत्वमा बनेको सो समितिले एक महिना लगाएर ३२ पृष्ठको प्रतिवेदन तयार पार्यो। प्रतिवेदनले दुर्घटनामा मानवीय, भौतिक, यान्त्रिक, संस्थागत तथा भौगोलिक अवस्थाको सूक्ष्म अध्ययन गरी दुर्घटना न्युनीकरणका सुझाव दिएको थियो।

मुख्य सचिवका पाँचबुँदे निर्देशन

समितिको प्रतिवेदन बुझेलगत्तै ०७१ पुस २१ गते तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागका कर्मचारीलाई प्रतिवेदनका हरेक बुँदा कार्यान्वयनमा ल्याउन र तत्कालै लागू हुनेगरी भन्दै निम्न पाँचबुँदे निर्देशन दिएका थिए:

१. क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने सवारी साधनलाई तत्कालै नियन्त्रण गरी कारबाही गर्नू।
२. यातायात निरीक्षक तत्कालै नियुक्ति गरी अनुगमनको कार्यलाई निरन्तरता दिनू।
३ लामो दुरीमा सञ्चालन हुने सवारीमा अनिवार्य दुई जना चालक राख्नू। नराखे कारबाही गर्नू।
४. राजमार्गको पाँच सय मिटर वरपर मदिरा बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाउनू।
५. मापसे गर्ने चालकलाई ५० हजार जरिवाना, अनिवार्य कैद र लाइसेन्स खारेजको व्यवस्था छ महिनाभित्र गर्नू।

मुख्य सचिवले दिएको निर्देशनपछि केही दिन यातायात विभागले प्रहरी प्रशासनको सहयोगमा सिट क्षमता र दुई जना सवारी चालक राख्ने नियममाथि कडाइ पनि गर्यो। तर, सिन्डिकेटको बलमा दादागिरी चलाइरहेका यातायात व्यावसायीको चर्को दबाबका बीच प्रहरीको कारबाही यत्तिकै तुहियो।

विभागले लामो दुरीमा दुई जना चालक राख्ने व्यवस्थाप्रति आँखा चिम्लियो। यातायात निरीक्षक नियुक्ति गरेन। राजमार्ग छेउ मदिरा बेच्न नपाउने व्यवस्था कार्यान्वयनमा आएन। न मापसेकर्तालाई जरिवाना र कारबाही गर्ने कानुन नै बन्यो न त ३२ पृष्ठ लामो उक्त प्रतिवेदनका अन्य सुझाव कार्यान्वयनमा आए। 

तयार भएका प्रतिवेदनका सुझाव मन्त्रालयले कार्यान्वयनमा ल्याउनुपर्ने हो। तर, यातायात व्यावसायीको दबाबमा पर्दै आएको मन्त्रालयले हरेक समितिका प्रतिवेदन दराजमै सीमित गराएको देखिन्छ।

यातायात व्यवसायीको दबाबमा मुख्य सचिवका निर्देशन र प्रतिवेदनका सुझाव कार्यान्वयनमा नआउँदा सडकमा चालकको लापरबाही र मनपरी बढ्दै गयो। फलस्वरुप सडक दुर्घटनाको दर घट्नुको साटो बढिरहेको छ।

चालकको लापरबाहीका कारण दुर्घटना बढेको तथ्य प्रहरी प्रधान कार्यालयको तथ्यांकले पनि देखाउँछ। तथ्यांक भन्छ, ‘नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढीको सवारी दुर्घटनामा ज्यान जान्छ भने हजारौं घाइते हुन्छन्।’

उक्त प्रतिवेदनमा नीतिगत सुधारसहित मौजुदा कानुनको पूर्ण पालनामा जोड दिएको थियो। प्रतिवेदनले दुर्घटना न्युनीकरणका लागि सिन्डिकेट तथा कार्टेलिङको अन्त्य गर्नुपर्ने, सजाय तथा जरिवानालाई बढाउनुपर्ने, तीव्र गतिमा सवारी कुदाउनेलाई कारबाही गर्ने, क्षमताभन्दा बढी यात्रु राख्न निषेध गर्ने, राजमार्ग तथा भित्री सडकहरुमा सवारीको निगरानी बढाउने, रुट पर्मिट नभएका क्षेत्रमा सवारी चलाउनेलाई कारबाही गर्ने, छतमा यात्रु राख्नेलाई कारबाही गर्ने, लामो दुरीका बसमा अनिवार्य रुपमा दुई जना चालक राख्नुपर्ने, बिग्रेका सवारी चलाउनेलाई कारबाही गर्ने, मापसे गरी सवारी चलाउने चालकलाई सार्वजनिक मुद्दा लगाउने, सडकमा जथाभावी सामग्री राख्नेलाई कारबाही गर्ने, पैदलयात्रीले पनि जथाभावी बाटो काटेमा कारबाही गर्ने लगायतका सुझाव दिएको थियो।

यस्तै, रणनीतिक सडकलाई सम्भव भएसम्म डबल लेन र कम्तीमा इन्टर मिडियट लेन (६ मिटर चौडा) बनाउने गरी नीति तय गरी कार्यान्वयन गर्ने, स्थानीय/ग्रामीण सडकलाई सकेसम्म ६ मिटरभन्दा चौडा र न्युनतम ५ मिटर चौडाइको बनाउने गरी व्यवस्था गर्ने, कानुनमा संशोधन गरेर कारबाही तथा जरिवानालाई भारी मात्रामा वृद्धि गर्नुपर्ने लगायतका सुझावसमेत दिएको थियो। सरकारका कमीकमजोरी औंल्याउँदै सुधारका सुझावसहितको उक्त प्रतिवेदन अझै कार्यान्वयनमा आउन सकेको छैन।

उक्त प्रतिवेदनभन्दा दुई महिनाअघि मात्र मन्त्रालयले यातायात व्यवस्था विभागका तत्कालीन निर्देशकको संयोजकत्वमा पनि समिति गठन गरेको थियो। उक्त समितिले पनि बृहत् अनुसन्धान गरी सिटौलाको समितिले झैं सुझाव दिएको थियो। तर, उक्त प्रतिवेदन मन्त्रालयमा नै थन्किएपछि सिटौलाको संयोजकत्वमा पाँच सदस्यीय नयाँ समिति बनाएर प्रतिवेदन बनाउन लागेको थियो।

सिटौला र विभागका महानिर्देशकको समितिभन्दा दुई वर्षअगाडि डोटीको छतिवनमा भएको दुर्घटनाको समयमा पनि सरकारले समिति बनाएको थियो। उक्त समितिले डोटी दुर्घटनाका विषयमा छानबिन गर्दै देशभरकै दुर्घटना न्युनीकरणका लागि सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझायो। उक्त प्रतिवेदनका सुझाव पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन। 

यस्तै, नुवाकोटमा भएको दुर्घटनापछि बनाइएको समितिको प्रतिवेदन पनि मन्त्रालयमै थन्किएको छ। दुर्घटनापछि बनाइने हरेक समितिले एकै प्रकृतिका सुझाव सरकारलाई दिँदै आएका छन्। तर ती सुझाव कार्यान्वयनमा ल्याउनुपर्ने मन्त्रालय तथा विभागले भने प्रतिवेदनलाई बेवास्ता गरिरहेका छन्।

साझा सुझाव

दुर्घटना न्युनीकरणका लागि गठित सबै समितिले सरकारलाई यस्ता सुझाव दिएका थिए:
कडा कानुन बनाउनु पर्ने, चालकको लाइसेन्स खारेज गर्नुपर्ने, सिन्डिकेटको अन्त्य हुनुपर्ने, क्षमता भन्दा बढी यात्रु चढाउनेको रुट खारेज गर्नुपर्ने, ग्रामीण सडकको चौडाइ बढाउनुपर्ने, सडकको अवस्थाका आधारमा मात्र सवारी रुट दिनुपर्ने, सडकमा निगरानी बढाउनुपर्ने लगायत।

तर, ती सबै प्रतिवेदन गायब हुँदा सडकमा व्यवसायीको दादागिरी चलिरहेको छ भने यात्रुबस कहिले त्रिशूली त कहिले घोप्टेभीरबाट खस्ने क्रम बढिरहेको छ।

'प्रतिवेदन थन्कँदा दुःख लाग्छ'
(तुलसीप्रसाद सिटौला, पूर्वसचिव- भौतिक तथा यातायात मन्त्रालय) : ठूलो खर्च गरी तयार पारिएका अध्ययन प्रतिवेदनलाई कार्यान्वयन नगरी दराजमा नै थन्कयाउने परिपाटीका कारण दुर्घटनाको दरमा कमी आउन नसकेको हो। समितिले दिएका सुझाव हुबहु कार्यान्वयना ल्याइएको भए यति धेरै दुर्घटना हुने थिएनन्। सबैभन्दा पहिला सडकमा रहेको सिन्डिकेटको अन्त्य र व्यावसायिक लाइसेन्स दिने व्यवस्था कार्यान्वयनमा आए आधाभन्दा बढी समस्या समाधन हुनेछ। 

चालकहरुलाई व्यावसायिक लाइसेन्स दिने र गल्तीका आधारमा लाइसेन्स खारेज गर्ने व्यवस्था नगरेसम्म सुधार आउन सक्दैन। त्यत्रो मेहनत र खर्च गरेर बनाइएको प्रतिवेदन कार्यान्वयनमा नआउँदा दुःख लागेको छ।

'प्रतिवेदन सबै थराजमा थन्कियो'
(मधुसुदन बुर्लाकोटी, पूर्वमहानिर्देशक- यातायात व्यवस्था विभाग) : तीन वर्षअघि म आफैं संलग्न रहेर तयार पारेको सुझाव प्रतिवेदन अझै कार्यान्वयनमा आउन सकेको छैन। निकै मेहनत गरेर बनाइएको प्रतिवेदन अहिले कता हरायो हरायो। त्यतिबेला हामीले प्रशासनको सहयोगमा सिन्डिकेट हटाउने, सिन्डिकेटको पक्षमा रहेका व्यावसायीको रुट पर्मिट खारेज गर्ने, चालकलाई प्रशिक्षण दिने, मापसे तथा अन्य नियमविपरीत सवारी चलाउनेलाई लिँइदै आएको जरीवाना तथा कारबाहीको मात्रालाई भारी मात्रामा वरृद्धि गर्ने लगायतका सुझाव दिएका थियौँ। तर सबै दराजमा थन्कियो।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०७४  ०६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन
बुधबारसम्म ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने ट्रम्पको धम्की
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव शनिबार, वैशाख ५, २०८३
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन शनिबार, वैशाख ५, २०८३
बुधबारसम्म ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने ट्रम्पको धम्की शनिबार, वैशाख ५, २०८३
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्