• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

देउवाको राजनीतिक तमासा : ‘कोइराला विरोधी’ कार्डमा अझै आशा?

नारायण अमृत शनिबार, चैत २, २०७५  १२:३७
1140x725

२०४८ सालको निर्वाचनमा काठमाडौं– १ बाट अन्तरिम सरकारका प्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईलाई कम्युनिस्ट नेता मदन भण्डारीले पराजित गरे। भट्टराईको पराजयले गिरिजाप्रसाद कोइरालालाई स्वाभाविक रुपमा कांग्रेसभित्र अझ बलियो नेताका रुपमा स्थापित हुन सहज भयो। बन्दै गरेको मन्त्रिमण्डलको रुपरेखा कोर्ने जिम्मेवारी उनै कोइरालाको हातमा थियो। यद्यपि, शीर्ष नेताहरुबीच छलफलको बहानावाजी पनि जारी थियो।

गिरिजाप्रसाद कोइरालाले मन्त्री बन्न इच्छुक र उनका नजरमा लायक ठहरिनेहरुसँग छलफल सुरु गरे। दायाँ–बायाँ सन्निकटहरु राखेर उनले डडेल्धुराबाट जनमत लिएर आएका शेरबहादुर देउवासँग पनि अरुहरुसँग झैं भलाकुसारी गरे।

‘रामचन्द्रजी र तपाईं यो मन्त्रिमण्डलमा पर्नुहुन्छ,' खिरिला औंलामा सल्कँदै गरेको चुरोट च्याप्दै कोइरालाले सोधे, ‘शेरबहादुरजी, मलाई तपाईंहरुले कसरी सहयोग गर्नुहुन्छ?’

रामचन्द्र पौडेल त्यो छलफलमा थिएनन्। तर, कोइरालाले रणनीतिक रुपमा रामचन्द्रको पनि नाम लिएका थिए। त्यतिबेला उनलाई पौडेल, शैलजा आचार्य, खुमबहादुर खड्का र देउवामध्ये कसलाई बढी सन्निकट र शक्तिशाली बनाउने भन्ने अवसर प्राप्त थियो। 

०४८ सालदेखि भन्दा ५० को दशकारम्भदेखि देउवाले कांग्रेसभित्र ‘एन्टी कोइराला स्पेस’ बनाउने यत्न गरिरहे। यद्यपि उनका लागि ‘सिग्निफिकेन्ट पोलिटिकल स्पेस’ बनेको २०५१ सालमा हो।

‘म बिपी कोइरालाका कारण राजनीतिमा आएको मान्छे हुँ, गिरिजाबाबु,’ कोइराला निवासमा भइरहेको त्यो कुराकानीमा देउवाले स्पष्ट भने, ‘मबाट गिरिजाबाबुलाई कहिल्यै धोका हुँदैन। कोइराला परिवारलाई नै धोका हुँदैन। हजुरले बनाएको पोलिटिकल म्यापमा हिँड्ने हो।’

अन्ततः देउवाको भागमा शक्तिशाली मानिने गृह मन्त्रालय पर्‍यो। तनहुँ–१ बाट चुनिएका पौडेलले स्थानीय विकास मन्त्रालय पाए।

‘खासमा त्यतिबेला गिरिजाबाबुले शेरबहादुरलाई अघि सारेर खुमबहादुर खड्का, शैलजा आचार्य र रामचन्द्रलाई एउटा सन्तुलित सम्बन्ध र रणनीतिको सन्देश दिन चाहनहुन्थ्यो,' एउटा अन्तरवार्ताका क्रममा केही वर्षअघि नेता महन्थ ठाकुरले उल्लिखित किस्सा सुनाउँदै भनेका थिए, ‘भन्न त शेरबहादुरजीले गृहमन्त्री पाउन कोइरालाको म्यापमा हिँड्ने कुरा गर्नुभयो तर त्यसपछि उहाँ कहिल्यै कोइरालाहरुसँग रहनुभएन।’

Ncell 2
Ncell 2
nimb
nimb

०४८ सालदेखि भन्दा ५० को दशकारम्भदेखि देउवाले कांग्रेसभित्र ‘एन्टी कोइराला स्पेस’ बनाउने यत्न गरिरहे। यद्यपि उनका लागि ‘सिग्निफिकेन्ट पोलिटिकल स्पेस’ बनेको २०५१ सालमा हो। कोइरालाले उनका लागि अगाडि बढ्ने चौडा राजमार्ग बनाइदिएको यही बेला हो। 

भयो के भने, २०५१ सालको मध्यावधि चुनावमा एमाले सबैभन्दा ठूलो पार्टी बन्यो र उसले सरकार बनायो। कांग्रेस प्रतिपक्षमा खुम्चियो। प्रमुख प्रतिपक्षी दलको संसदीय दलको नेता बन्न रामचन्द्र पौडेल, खुमबहादुर खड्का लगायत आधा दर्जन नेताले उम्मेदवारी दिए पनि पछि सबैले उम्मेदवारी फिर्ता लिए। देउवा निर्विरोध संसदीय दलको नेता बने। 

त्यतिबेला देउवालाई संसदीय दलको नेता बनाउन कोइरालाको खास भूमिका छ। पौडेललाई सभामुख दिएर र आफ्नै समूहबाट प्रधानमन्त्रीका लागि अघि सारिएकी शैलजाका सन्दर्भमा ‘रहस्यमयी मौनता’ साँधेर कोइरालाले देउवालाई संसदीय प्रणालीको मूलद्वारमा प्रविष्ट नगराएको भए मनमोहन अधिकारी नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर ०५२ भदौ २६ गते राप्रपा लगायत दलसँगको सहकार्यमा देउवा पहिलो पटक प्रधानमन्त्रीको कुर्चीमा पुग्न सक्दैनथे।

०४६ पछिको कांग्रेस राजनीति छिमल्ने सामान्य मान्छेले पनि यो स्विकार्छ। 

देउवाको कोइराला विरोधी कार्ड
देउवाभित्रको कोइरालाविरोधी सुषुप्त भावना विस्तारै बलवान् हुँदै गयो। उनले कांग्रेसभित्रको राजनीतिमा कोइरालाविरोधी कार्डलाई आफ्नो मूख्य हतियार बनाउँदै गए। देउवालाई के थाहा थियो भने, गिरिजाप्रसाद कोइरालाले केही बाध्यता, केही आवेग, केही रणनीति र केही राजनीतिक प्रयोगका लागि मात्र उनका लागि स्थान बनाइदिइरहेका हुन्। जुनसुकै बेला पनि कोइरालाले उनलाई ‘कर्नर’ पार्न सक्छन्। 

कांग्रेस राजनीतिमा सार्वजनिक रुपमा नै पार्टी शीर्षस्थले अरु नेताको नाम किटान गरेरै आलोचना गर्ने परम्परा दुर्लभ छ। विगतमा पार्टीभित्र अति तिक्त र गहिरो अन्तरविरोध हुँदा समेत नेताहरुले कसैको नाम लिएर आक्षेप प्रक्षेपण गरेको सुनिएको थिएन।

‘त्यसैले पनि देउवाले आफूलाई किसुनजीको अनुयायीका रुपमा अघि सारे। जबकि किशुनजी र देउवाको राजनीतिक चरित्र र सोच कुनै पनि घुम्तीमा मेल खाँदैन,' नेता देउवासँग लामो संगतमा रहेका एक नेताका शब्दमा भन्ने हो भने, ‘देउवाभित्र कोइराला परिवारप्रति यो भय र अविश्वास आज पनि छ। त्यसैले देउवाको सार्वजनिक आलोचनाको तारो बनेका हुन्, शेखर कोइराला।’

केही साताअघि वीरगन्जमा देउवाले कोइराला परिवारका एक प्रभावशाली सदस्य शेखरको नामै किटेर ‘शेखरले जथाभावी बोलेको’ भन्दै सार्वजनिक रुपमा आलोचना गरेका थिए। केही दिनअघि विराटनगर विमानस्थलमै पनि उनले शेखर कोइरालाकै कारण पार्टीमा विवाद निम्तिएको बताए। अति भएपछि आफूले जवाफ फर्काएको दाबी गर्दै देउवाले भनेका छन्, ‘मैले शेखरलाई भेटेर दुई पटकसम्म बढी नबोल्न भनेको हो।’

कांग्रेस राजनीतिमा सार्वजनिक रुपमा नै पार्टी शीर्षस्थले अरु नेताको नाम किटान गरेरै आलोचना गर्ने परम्परा दुर्लभ छ। विगतमा पार्टीभित्र अति तिक्त र गहिरो अन्तरविरोध हुँदा समेत नेताहरुले कसैको नाम लिएर आक्षेप प्रक्षेपण गरेको सुनिएको थिएन।

तर, सभापति देउवा कोइराला परिवारसँग किन यति भयग्रस्त छन् त? उनमा देखिएको यो उग्र भावको अभिष्ट के हो त? 

यो प्रश्नको जवाफ ‘कोइराला विरोधी कार्ड’ प्रयोग गरेर विगतमा देउवाले आर्जेको शक्ति, पाएको भागबण्डा र योसँग जोडिएको सूत्र वरपर छ। र, आगतका लागि देउवाले पुनः यही यही कार्ड प्रयोग गर्न चाहन्छन् भन्ने रुचिसँग सम्बन्धित छ।

जस्तोः कोइरालाकै साथले पहिलो पटक प्रधानमन्त्री बनेका देउवाको दोस्रो पटक प्रधानमन्त्री हुँदाको पृष्ठभूमि र सन्दर्भ केलाऔं।

दरबारसँगको टक्करका कारण आफ्नो हातबाट सत्ताको बागडोर खुस्केपछि २०५८ सालमा गिरिजाप्रसाद कोइरालाले चक्रप्रसाद बास्तोला प्रधानमन्त्री बनिदिऊन् भन्ने चाहन्थे। नेतृ शैलजाले चुनावमा पराजय भोगेकी थिइन्। रामचन्द्र पौडेलसँग पनि गिरिजाप्रसादको सम्बन्ध चिसिएको थियो। तर कोइराला परिवारलाई बास्तोलालाई प्रधानमन्त्री बनाउन नहुने कुरामा सहमत गराइयो।

कुनै आकर्षक सिद्धान्त, योजना र शैलीबिना नै केवल कोटरी बनाएर राजनीतिमा टिकिरहन सकिन्छ भन्ने मान्यताका अनुयायी र प्रतिमूर्ति देउवाले सत्तासीन हुनकै निम्ति आफ्नो दलले आर्जेका तमाम मूल्य र मान्यतालाई बलि दिएका छन्।

गिरिजाप्रसादले राखेको सन्निकटहरुको एउटा महत्वपूर्ण बैठकमा नेता कृष्णप्रसाद सिटौलाले त मुखै खोलेर भने, ‘चक्रजीलाई प्रधानमन्त्री बनाइयो भने कोइराला परिवारको हातबाट पार्टी पनि गुम्छ र प्रधानमन्त्री पद पनि फेरि दुर्लभ बन्छ।’

खासमा त्यतिबेलादेखि नै कोइराला परिवारले दोस्रो छिमलको नेतृत्व आफ्नै पारिवारिक वृत्तबाट विकास गर्न चाहन्थ्यो। त्यसका लागि सुशील कोइराला उपयुक्त पात्र थिए। यही कारण संसदीय दलमा सुशील कोइराला र शेरबहादुर देउवाको स्पर्धा देखियो। 

यी दुई उम्मेदवार कोइराला पक्ष र विरोधीका विम्ब मात्र थिए। यिनीहरुमा कुनै सैद्धान्तिक, दार्शनिक र सांस्कृतिक मूल्य तथा मर्ममा मतान्तर थिएन। थियो त केवल गुटीय राजनीतिको योग र संयोग। कोइरालाविरोधी मान्यता र यही रणनीतिका कारण देउवा संसदीय दलको नेता भए। र, उनलाई नेपाली राजनीतिको सबैभन्दा आकर्षक स्थान दोस्रो पटक प्राप्त भयो।

कुनै आकर्षक सिद्धान्त, योजना र शैलीबिना नै केवल कोटरी बनाएर राजनीतिमा टिकिरहन सकिन्छ भन्ने मान्यताका अनुयायी र प्रतिमूर्ति देउवाले सत्तासीन हुनकै निम्ति आफ्नो दलले आर्जेका तमाम मूल्य र मान्यतालाई बलि दिएका छन्। माओवादी विद्रोहलाई निस्तेज पार्न संकटकालको अवधि लम्ब्याउने वा नलम्ब्याउने भन्ने विषयमा कांग्रेसभित्र मतभेद चलिरहँदा यसको उचित राजनीतिक व्यवस्थापन गर्न निष्फल देउवाले ०५९ जेठ ८ मा प्रतिनिधिसभा विघटन गरे। र, कांग्रेस नै विभाजनको स्थिति सिर्जना भयो। 

कांग्रेस विभाजनसम्म आइसक्दा पनि देउवाले केवल ‘कोइराला विरोधी सूत्र’मा मात्रै आफ्नो सफलता र शक्ति खोजे। किनभने उनीसँग कहिल्यै पनि कांग्रेसभित्र अर्को आदर्शजनक र आकर्षक एजेन्डा प्रस्तुत गर्ने क्षमता देखिएन। न त मान्यता र मूल्यको मानक बन्ने लक्षण नै देखियो।

पटकपटक सरकारको नेतृत्व र पार्टीको शीर्षस्थानमा रहेर पनि देउवाले राजनीतिमा कुनै करिश्मा देखाउन सकेनन्। उनका कारण कांग्रेसले छवि कमाएको भन्दा बढी गुमाएको छ। सत्ताको अनुभवप्राप्त देउवासँग न गर्विलो विगत न आकर्षक आगत स्पष्ट छ।

पार्टीभित्र द्वन्द चर्किइरहँदा देउवाका साथमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र विमलेन्द्र निधि थिए। धेरै–थोरै अलग कुरा तर पौडेल, सिंह र निधिमा पनि कोइरालाविरोधी भावना अन्तरनिहित थियो। देउवाले यही भावनालाई जागृत गर्ने र गराउने काम गरे। 

‘त्यो बेला मात्र होइन, त्यसअघि पनि कुनै नेतालाई आफ्ना पक्षमा पार्न देउवाले केवल कोइरालाविरोधी कुराहरु मात्र गर्थे। कोइराला परिवार यस्तो, उस्तो भन्दै बद्ख्वाइँका तर्कहरु अघि सार्थे,' कुनै बेला देउवासँग सामीप्य भएर राजनीति गरेका एक नेताले भने, ‘कोइरालाहरुले गल्ति नगरेका होइनन् तर देउवाले केवल कोइरालाविरोधी भावनामा मात्र आफ्नो जय देख्नु उनको राजनीतिक अयोग्यता हो।’

हुन पनि हो, पटकपटक सरकारको नेतृत्व र पार्टीको शीर्षस्थानमा रहेर पनि देउवाले राजनीतिमा कुनै करिश्मा देखाउन सकेनन्। उनका कारण कांग्रेसले छवि कमाएको भन्दा बढी गुमाएको छ। सत्ताको अनुभवप्राप्त देउवासँग न गर्विलो विगत न आकर्षक आगत स्पष्ट छ। किशोर र तन्नेरीहरुलाई आफ्नो दलप्रति लोभ्याउन उनका हातमा न कुनै त्यस्तो मुद्दा छ न त कुनै त्यस्तो योजना। 

भएका तमाम कार्यकर्ताहरुको आत्मा चिसो छ। शिथिल र लोलाएका कार्यकर्ता र पार्टी संरचाभित्र अझै पनि सभापति देउवाले ‘कोइराला विरोधी कार्ड’मा १४ औं महाधिवेशनका लागि ‘सूत्र’ देखिरहेका छन्। 

थाहा छैन, देउवाको यो लोभले कांग्रेस कहाँ पुग्छ!

प्रकाशित मिति: शनिबार, चैत २, २०७५  १२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान
भोटेकोशी बाढी: मृतकको संख्या १ हजार २९४ पुग्यो, १३ हजार ९५ जनाको उद्धार
सम्बन्धित सामग्री
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो अन्ततः, विपद्को समयमा मानवीय संवेदना सबैभन्दा ठूलो शक्ति हो । उद्धारमा राज्य, सुरक्षा निकाय र समुदायको सहकार्य आवश्यक छ । राहतमा सबै... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी सबैभन्दा गम्भीर पक्ष उद्धारका लागि सुरुदेखि नै विदेशी मुलुकहरूले देखाएको सहयोगको तत्परता हो। बाह्रवटा देशले आफ्ना फसेका नागरिकहरूको... बिहीबार, भदौ १८, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी: मृतकको संख्या १ हजार २९४ पुग्यो, १३ हजार ९५ जनाको उद्धार शुक्रबार, भदौ १९, २०८३
चीनले दियो एक सय मिटर लम्बाईका दुई बेलिब्रिज पुल शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्