रामेछाप - मन्थली नगरपालिका–२ करमबोटमा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक महिला गम्भीर घाइते भएकी छिन्।
मृत्यु हुनेमा माइक्रोबसका धनी काठमाडौँ मनमैजुका ४५ वर्षीय कर्मा लामा रहेको प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए। दुर्घटनामा परी मन्थली नगरपालिका–२ की अञ्जना खड्का घाइते भएकी छिन्।
मन्थलीबाट मालुखोलातर्फ जाँदै गरेको कुशेश्वर यातायातको बा१ज ९९०१ नंको माइक्रोबस दुर्घटनामा परेको हो । घाइते लामाको उपचारका लागि मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । अर्का घाइते खड्कालाई उपचारका लागि काठमाडौँ लगिएको छ । गाडी सडकबाट करीब १०० मिटर तल तामाकोसी नदीमा खसेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।