काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन र राष्ट्रपति तथा उपराष्ट्रपति सम्बन्धी निर्वाचन ऐन अविलम्ब जारी गर्न सरकारलाई परमादेश दिएको छ। न्यायाधीश द्वय हरीकृष्ण कार्की र दीपकराज जोशीको संयुक्त इजलासले सरकारको नामा परमादेश जारी गरेको हो।
अधिवक्ता चन्द्रकान्त ज्ञवाली, लीलाधर उपाध्याय र शशी कार्कीले २०७३ असोज २० गते दायर गरेको रिटमा फैसला गर्दै यस्तो आदेश दिएको हो। रिट निवेदनमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन कानुन ल्याउन र मिति तोक्न पनि आदेशको माग गरिएको थियो। सरकारले निर्वाचनको मिति मंसिर १० र २१ गते घोषणा गरिसकेको छ भने निर्वाचन कानुन सोमबार मात्रै पारित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।