श्रीदेवी
बलिउडकी बहुचर्चित नायिका श्रीदेवीको निधन २०१८ फेब्रुअरी २४ मा भएको हो। संयुक्त अरब इमिरेट्सको दुबइमा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला हृदयाघातका कारण उनको मृत्यु भएको थियो ।
सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा जन्मिएकी श्रीदेवी चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन्। ५४ वर्षको उमेरमा निधन भएकी उनले ५० वर्ष त फिल्म क्षेत्रमै काम गरेकी थिइन्। उनका मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, सद्मा जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिकरुपमा सफल चलचित्र छन्।
परवीन बाँबी
सन् १९८० को दशकमा अमर अक्बर एन्थोनी, नमक हलाल र शान जस्तो बलिउडका प्रख्यात चलचित्रमा नाम कमाउन सफल उनको सन् १९४९ मा भारतको गुजरात राज्यमा जन्म भएको थियो। बाँबीको सन् २००५ को २० जुलाईका मुम्बइस्थित आफ्नै घरमा ५५ वर्षको उमेरका सुतेकै अवस्था मृत्यु भएको थियो। यो पनि अर्को एक रहस्यमय निधन नै थियो।
दिब्या भारती
अभिनेत्री दिब्या भारतीको १९ वर्षको उमेरमा मृत्यु भएको थियो। सन् १९७४ फेबु्रअरी २५ मा महाराष्ट्रमा जन्मिएकी उनको सन् १९९३ अप्रिल ५ मा मृत्यु भएको थियो। हिन्दी र तलेगु चलचित्रमा सानै उमेरमा सफलता प्राप्त गरेकी दिब्याले सन् १९९० को सुरुमा नै सफलता प्राप्त गरेकी थिइन्। कम समयमा नै सफलताको चुचुरोमा पुग्न सफल दिब्याले बिश्वात्मा, सोला ओर सबनम र दिवानाजस्ता चलचित्रबाट भारतमात्र नभएर बाहिरकै कैयौँ आत्मालाई दिवाना बनाउन सफल भएकी थिइन्। यी नायिकाको मुम्बइस्थित एक अपार्टमेन्टको कौसीबाट खसेर मृत्यु भएको भनिएको थियो। तर यो हत्या थियो भन्ने विवाद पनि नचलेको होइन । आजसम्म पनि उनको मृत्यु रहस्यकै गर्वमा छ भनिन्छ।
स्मिता पाटिल
एक दशकमा हिन्दी र मराथी ८० भन्दा बढी चलचित्रमा अभिनय गरेकी अभिनेत्री स्मिता पाटिलको ३१ वर्षको उमेरमा मृत्यु भएको थियो । सन् १९५५ को अक्टोबर १७ मा जन्मिएकी पाटिलको १९८६ को १३ डिसेम्बरमा मृत्यु भएको थियो । उनले दुई वटा राष्ट्रिय चलचित्र पुरस्कार पाएकी थिइन्। भारत नागरिकलाई दिइने चौथो उच्चस्तरीय पुरस्कार पदमश्री पाएकी थिइन्।
भारतीय चलचित्रको नै अभिनेता राजबबरसँग विबाह सम्बन्धमा बाधिएकी स्मिताको बच्चा जन्मिदा उत्पन्न प्रसुतीजन्य जटिलताका कारण मृत्यु भएको थियो। उनले हिन्दी भाषाका प्रख्यात चलचित्र अर्थ, भूमिका, वासिस, आजकी आवाज मिर्च मसाला, नमक हलालजस्ता कैयौ चलचित्रमा अभिनय अभिनय गरेकी थिइन्।
मीना कुमारी
सन् १९३३ को १ अगस्तमा जन्मिएकी मिनाकुमारीको ३९ वर्षको उमेरमा मृत्यु भएको थियो। बालकलाकारबाट नै चलचित्र जगतमा प्रवेश गरेकी मिनाको १९७२ को ३१ अगस्तमा मृत्यु भएको थियो । उनलाई बलिउड जगतमा ‘द ट्रजिडी क्वीन’ को नामबाट पनि चिनिन्थ्यो। उनले बलिउडका प्रख्यात चलचित्र सहिब बिवी ओर गुलाम, पाकिजा, मेरे अफ्ने, बैजु बावरा, दिल अप्ने और प्रित पराई जस्ता कैयौँ चलचित्रमा अभिनय गरेकी थिइन्। उनको निधन क्यान्सरको कारण भएको थियो। राससकाे सहयाेगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।