विराटनगर– धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट ५ केजी गाँजा सहित १ युवकलाई प्रहरीले पक्राउ गरेको छ। साँगुरीगढी ८ का ३० बर्षीय अविनास राईलाई प्रहरीले पक्राउ गरेको हो।
धनकुटाबाट धरान जाँदै गरेको को१६प ९६९४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि बाधेर राखिएको गाँजा फेला परेपछि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।