एजेन्सी– बलिउड स्टार अक्षय कुमार लगातार एकपछि अर्को फिल्ममा अभिनय गर्दैछन्। उनको फिल्म ‘केसरी’ रिलिजको तयारीमा छ भने करण जौहरको फिल्म ‘गुड न्युज’ र रोहित सेट्टीको ‘सूर्यवंशी’ को छायांकनमा व्यस्त छन्।
समाचार अनुसार अक्षय कुमार छिट्टै दक्षिण भारतको हिट हरर फिल्म ‘कंचना’ को हिन्दी रिमेक ‘लक्ष्मी’ सुरु गर्दैछन्। अक्षयलाई यो फिल्मको स्क्रिप्ट निकै पहिलेदेखि नै मन परेको थियो।
सूर्यवंशीको छायांकन सकिएलगत्तै लक्ष्मी सुरु हुने बताइएको छ। यो फिल्ममा अक्षयको भूमिका दर्शकका लागि एक सरप्राइज प्याकेज हुने एजेन्सीहरुले जनाएका छन्। फिल्म लक्ष्मीमा सोभिता धुलिपालाले पनि अभिनय गर्नेछिन्।
सोभिता सेफ अली खानसँग फिल्म ‘सेफ’ मा देखिएकी थिइन्। फिल्म लक्ष्मीमा सविना खान र तुसार कपुर निर्माता रहनेछन् भने कंचनाकै निर्देशक राघव लरेन्सले निर्देशन गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।