काठमाडौं- फिल्म 'जात्रै जात्रा'मा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा श्रीपाइली केमियो भूमिकामा देखिने भएका छन्। ‘माया पिरिम’ बोलको गीतमा फिल्मका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतसँगै उनीहरुको पनि नृत्य छ।
साथमा, फिल्मका अर्का कलाकार दयाहाङ राइ ,रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई पनि गीतमा देख्न सकिनेछ।
कविराज गहतराजले कोरियोग्राफी गरिरहेको फिल्म जात्रै जात्रा को यो गीतमा मनिषा पोखरेल र निशान भट्टराइको स्वर छ भने लेखु सहयात्रीको शब्द र कृष्ण भारद्धाजको संगीत छ।
शिवराम श्रेष्ठको छायांकन रहेको फिल्म प्रदिप भट्टराइको निर्देशन र रविन्द्र सिंह बाँनियाले निर्माण छ।
यो फिल्म ‘जात्रा’को सिक्वेल हो।
फिल्मको गीतमा नायक विपिन कार्की र नायिका वर्षा राउतसँगै सदाबहार नायिका करिश्मा मानन्धर, निश्चल बस्नेत र सारा श्रीपाइलीको नृत्य रहेको छ।
बैवाहिक माहोलको गीतमा करिश्मा, निश्चल र साराको नृत्य मात्र रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।