कैलाली- कैलाली बर्दगोरिया गाउपालिका-३ बाट लुकाइछिपाइ राखेको काठ प्रहरीले बरामद गरेको छ। वडाको खैरेनी देखि १०० मिटर दक्षिण कुलामा लुकाई छिपाई चिरान गर्दै गरेको काठ बरामद भएको हो।
खैरेनीबाट चिरान गर्दै गरेका करीब २६ क्युबिक फिट बराबरका ३ गोलिया काचो सालको काठ आइतबार बिहान करिब १० बजे इलाका वन कार्यालय रामपुरले बरामद गरेको हो।
काठ चिरान गर्दै गरेको सूचना खैरेनीमा रहेको साईनिङ स्टार युवा क्लबले खबर दिएपछि इलाका वन कार्यालय रामपुरको टोली सो परिमाणको को काठ बरामद गरेको हो।
काठमा लुकाउने काममा संलग्न सोही ठाउँका मोहन भट्टराई (खत्री) रहेको ईलाका वन कार्यालय रामपुरका जमदार प्रकाश जोशीले जानकारी दिए। भट्टराई फरार रहेको जोशिले बताए।
ईलाका वन कार्यालय रामपुरले मुचुल्का उठएर सो काठ कार्यालयमा ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।