एजेन्सी- बलिउडको कमेडी फिल्म 'टोटल धमाल'ले रिलिज भएको ९ दिनमा नै एक सय करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।
फिल्म समीक्षक तरण आदर्शका अनुसार फिल्मले शुक्रबारसम्ममा ४ करोड ७५ लाख भारुको व्यापार गरेको थियो।
तर शनिबार फिल्मको व्यापार बढेर ७ करोड भारु नाघेको थियो।
टोटल धमाल सुपर हिट फिल्म 'धमाल'को तेस्रो संस्करण हो।
टोटल धमाल अजय देवगनको करियरको ९औं सफल फिल्म बनेको छ। यो फिल्म माधुरी दिक्षीत अभिनित पहिलो फिल्म हो, जसले एक सय करोडको व्यापार गर्न सफल भएको छ।
फिल्ममा अजय देवगन र माधुरीसहित अनिल कपुर, रितेश देशमुख र अरशद वारसीको मुख्य भुमिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।