जनकपुर- पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा भएको सडक दुर्घटनामा परी करिब दुई दर्जन व्यक्ति घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ महुली खोला पुलमा आज बिहान बस दुर्घटना भएको हो । काठमाडौंबाट काँकडभिट्टातर्फ जादै गरेको ना ६ ख ३१८९ नम्बरको बस
अनियन्त्रित भई दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। बस सडकबाट ९ फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको अनुसार दुर्घटनामा झापाका ३० वर्षीय लेखनाथ ओली, २२ वर्षीय शैलेश आचार्य, ३४ वर्षीय जीवनकुमार कोइराला, २८ वर्षीया निर्मला श्रेष्ठ, ६० वर्षीया लक्ष्मी श्रेष्ठ, ३० वर्षीया बबी विक, ३३ वर्षीय अशोककुमार राजवंशी घाइते भएका छन् ।
यसैगरी, झापाकै ३० वर्षीया रेवती पौडेल, ५५ वर्षीया बसमती राजवंशी, सुनसरीका २२ वर्षीय जनत साहु, पाँचथरका २७ वर्षीय सुमन चेम्जुङ, २७ वर्षीय बसन्त चेम्जुङ र चालक सिन्धुलीका ३० वर्षीय टुपबहादुर आलेमगर घाइते भएका छन्।
उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेकोले उपचारको लागि विराटनगर र धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।