काठमाडौं–पर्सा जिल्लाको दुई विद्यालयका प्रधानाध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। छिपहरमाई गाउँपालिका वडा नं.-४, तुल्सीवरवा स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रभु गिरी र रेडक्रस प्राथमिक विद्यालय मुडली फूलवरिया, पर्साका प्रधानाध्यापक अब्बास मिया विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।
गिरीले नेपाल बैङ्क लिमिटेड, श्रीपुर शाखा वीरगंजबाट कृषि ऋण मिलाइदिने बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाले छानविन गरेको थियो । त्यसक्रममा उनलाई रू.१२ हजार घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गरेको हो।
रेडक्रस प्राथमिक विद्यालय मुडली फूलवरिया, पर्साका प्रधानाध्यापक अब्बास मियाले आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी कृषि कर्जा लिनका लागि बैंकका कर्मचारीलाई मिलाउन भनेर रकमको बार्गेनिङ्ग गरी सेवाग्राहीलाई घुस बाध्य पारी रू,४० हजार लिइसकेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।