यस्तो छ, मन्त्रीसहित ७ जनाको मृत्यु हुनेगरी भएको हेलिकोप्टर दुर्घटनास्थल [भिडियो]

नेपाल लाइभ | २०७५ फागुन १५ बुधबार | Wednesday, February 27, 2019 १७:५६:०० मा प्रकाशित

काठमाडौं- ताप्लेजुङको फुङलिङमा एयर डाइनेस्टीको हेलिकोप्टर आज दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाएका छन्। 

उक्त दुर्घटनामा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया र पाइलट प्रभाकर केसीको निधन भएको हो।

यस्तो छ, हेलिकोप्टरबाट खिचिएकाे फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकै तारेढुंगा भीरस्थित दुर्घटनास्थलको दृश्य-