काठमाडौं- सरकारले विपद व्यवस्थापन सम्बन्धी विधेयक संसदको आगामी बैठकमा पेश गर्ने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विपद व्यवस्थापन न्युनीकरण विधेयक सिधै संसदमा पेश गर्ने निर्णय गरेको हो।
विपद व्यवस्थापनका लागि कानुन नभएकाले सरकारले सिधै संसदमा विधेयक टेबल गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताए।
'विपद व्यवस्थापनका लागि कानुनको माग धेरै भएकाले हामीले संसदको आगामी बैठकमा सिधै विधेयक पेश गर्ने निर्णय गरेका छौँ,' मन्त्री बस्नेतले भने।
यस्तै, सरकारले निजामति सेवा दिवस २०७४ को अवसरमा १० जना सह-सचिव र अन्य ३० कर्मचारीलाई पुरस्कार दिने निर्णय गरेको छ। मुख्यसचिव राजेन्द्रकुमार क्षेत्रीको नेतृत्वमा रहेको समितिले १० सहसचिव र ३० कर्मचारीलाई पुरस्कारका लागि छनौट गरेको हो।
यी हुन् पुरस्कृत हुने १० सहसचिव
दीपक सुवेदी
डिल्लीराज घिमिरे
केबल भण्डारी
प्रमेलाल लामिछाने
जीवनराज सेडाईं
प्रल्हादकुमार योगी
अनिल खनाल
इन्द्रप्रसाद आचार्य
जगन्नाथ बराल
लक्ष्मीदत्त कलैनी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।