• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पिपलबोटे खुल्ला विद्यालय : निःशुल्क \'ट्युसन\'को २५ वर्षे इतिहास

64x64
नेपाल लाइभ बिहीबार, फागुन ९, २०७५  ०७:०२
1140x725

इटहरी- हिउँदको चिसो बिहानी। खुल्ला आकाशमुनि। भुइमा लहरै बसेका विद्यार्थी। कक्षा १ देखि १० सम्मका विद्यार्थी। शिक्षक हुन् चन्द्र भण्डारी। झट्ट हेर्दा गुरुकुल शिक्षा आर्जन गर्ने ठाउँजस्तै देखिन्छ।

इटहरीको मूल बजारकै बीचमा। बीच बजार भएर बग्छ टेङ्ग्रा खोला। त्यही खोलाको किनारमा छ पिपलको बोट। त्यही बोटका फेद वरिपरि हरेक बिहानी एउटा विद्यालय खुल्छ। नाम हो, पिपलबोटे खुल्ला विद्यालय।  

जाडोयामको बिहानीमा पनि स-साना विद्यार्थी पनि कुनै कष्ट मान्दैनन्, शिक्षक भण्डारीको सामीप्यता पाउन। विद्यार्थी भेला हुन थाले पिपलका फेदमा। पिपलबोटे खुल्ला विद्यालय लेखिएको स्वेटर लगाएका ४२ जना विद्यार्थी लामबद्ध भए। कुनै संस्थाले उपलब्ध गराएको स्पिकरमा नेपाली राष्ट्रिय गान बज्यो। एकैछिन सबै विद्यार्थी नतमस्तक भए। राष्ट्रभक्तिको गीत गुञ्जियो। 

-000-

 उमेरले ६० कटेका भण्डारीको दैनिकी नै बालबालिकाको सामिप्यताबाट नै सुरु हुन्छ। उनको यो दैनिकी केही दिन अघिदेखि मात्र सुरु भएको होइन। केही वर्षअघि देखि मात्र पनि सुरु भएको हैन। विगत २५ वर्षदेखि अर्थात् एकै प्रकृतिको यही दैनिकीसँग रमाइरहेका छन् भण्डारी।

यो समयका बीचमा सिंगै एउटा पुस्ता पार लगाइसकेका छन् उनले। बुबाआमा पुस्ता भइसकेको छ, उनले कखरा सिकाएको पहिलो ब्याच। त्यही पुस्ताका छोराछोरीलाई पनि पनि कखरा सिक्ने भइसके। तर शिक्षक भण्डारीको दैनिकी पुरानै छ।

समय फेरियो। समाज फेरियो। पूरै इटहरी फेरियो। देशै पनि फेरियो। राजनीतिक प्रणाली फेरिए। सूचना प्रविधिको फड्को कहाँ पुग्यो जाँच्ने फुर्सद छैन उनलाई। तर उनको काम पुरानै छ। साना उमेरका विद्यार्थीको वरीपरी बस्यो। क, ख, ग, घ.......। ए, बी, सी, डी.......। जोड, घटाउ, गुणन, भागा.....। यी र यस्तै कुरा दोहोर्‍याइरहेका छन्। 

-000-

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय गान बजिसकेपछि शिक्षक भण्डारी अघिल्लो दिनकै दैनिकी दोहोर्‍याउन थाले। सबैलाई 'होमवर्क' निकाल्न आग्रह गरे। होमवर्क मिलाएका विद्यार्थीलाई पढाइमा अझ उत्प्रेरणा जागोस् र होमवर्कमा कमजोरी भएका विद्यार्थीका लागि पनि पुरस्कार प्राप्त गर्ने चाहना बढोस् भनेर नै होला, होमवर्क मिलाएका विद्यार्थीलाई एकएक वटा चकलेट दिए। होमवर्क गरेर पनि नमिलाएका विद्यार्थीलाई सुझाव दिए। नगर्नेहरूले कारबाही स्वरुप भोलि थप होमवर्क गर्नुपर्ने भयो। 

-000-

पिपलबोटे खुल्ला विद्यालयको ५० मिटरको दुरीमा पर्छ पुर्वपश्चिम राजमार्ग। गाडीको हर्नले बेलाबेला माहोल अशान्त बनाइदिन्छ। सडकपेटीमै पढाउनुपर्ने भएकोले ठुला गाडी आवतजावत गर्दा अप्ठ्यारो हुने गरेको भण्डारी सुनाउँछन्। इटहरीको ट्याङ्ग्रा खोला किनारमा पिपलको रुखमुनि विगत २५ वर्षदखिको अनवरत दैनीकी हो यो उनको। 

दाह्रीजुँगा आधाआधी फुलिसकेका उनको साना बालबालिकासंग खेल्ने/बोल्न अभिलाषा भने अझै पाको भएको छैन। सबैसँग हाँसेर मात्र बोल्छन् उनी। कोही आए भने घरछिमेकमा पढ्न नपाएका बालबालिका भए पठाइदिन आग्रह गर्न छुटाउँदैनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

-000-

वर्षाका समयमा पानीझरी र हिउँदमा शीतलहरले समस्या निम्त्याउने गरेको उनी सुनाउँछन्। 'पहिला एउटा सानो छाप्रो थियो त्यो पनि नगरपालिकाले भत्काइ दियो,' शिक्षक भण्डारीले भने 'त्यही कुराले मन अमिलो बनाउँछ बेलाबेला।'

जनप्रतिनिधीहरु संग पनि आफूले बारम्बार भेट गरिसकेको तर सुनुवाइ नभएको उनले गुनासो गरे। 

हिजो कुटीबाट सुरु भएको शिक्षा हाल आधुनिक विश्वविद्यालयमा रूपान्तरण भइसकेको छ। गाउँका विद्यार्थी सहरमा, सहरका विद्यार्थी महंगा बोर्डिङ्ग स्कुलमा छन्। प्रविधिले शैक्षिक क्षेत्रमा छलाङ मारिसकेको छ। तर पिपलबोट खुल्ला विद्यालय भने परम्परागत शिक्षामै केन्द्रित छ। 

-000-

‘गरिबका छोराछोरी पैसा तिरेर ट्युसन/कोचिङ्ग पढ्न सक्दैनन्,’ उनी भन्छन्, ‘यो काम पनि कसैले गर्नै पर्थ्यो। त्यसैले मैले गरेको हुँ। कम्तीमा गरिब जनताका छोराछोरीले सित्तैमा पढ्न त पाए।’ 

‘गाउँका बालबालिकालाई सरकारले विभिन्न कोटा दिन्छ। सहरमा बस्ने सबैलाई सम्पन्न नै भनेर सरकारले एउटै आखाँले हेरिरहेको छ,’ उनी भन्छन्, ‘तर सहरमा भाडामा र खोला किनारमा बस्ने गरिब जनताका छोराछोरी गुणस्तरीय शिक्षाबाट बञ्चित भइरहेका छन्।’ 

साना बालबालिका धूलोमा खेलिरहेको देखेपछि उनलाई केही गर्नुपर्छ भन्ने लाग्यो। मनमनै असहज महसूस भयो। यसैले आफ्नो सहजता र आनन्दका लागि विद्यार्थी भेला पारेर पढाउन सुरु गरे। 'यो काम सुरु गरेको पनि २५ वर्ष बितेछ,' केही क्षण रोकिएर उनले भने। 

-000-

पहिला जो आएपनि पढाइदिने गरेका उनले आजकल अभिभावक विना विद्यार्थी भर्ना लिँदैनन्। त्यसैले अहिले अभिभावक आफैं पढाइदिनु पर्‍यो भन्दै आउने गरेका छन्। 

भण्डारी आफैंले औपचारिक रुपमा उच्च शिक्षा लिएका छैनन्। तर आफ्नो दक्षता र क्षमताले भ्याएसम्म निशुल्क पढाइरहेका छन् बालबालिकालाई। पैसा अभावले बीचमै पढाइ छाड्नुपर्ने बाध्यतामा परेका उनले अभावलाई राम्ररी नियालेका छन्।

आफ्नो 'हेडमास्टर' बन्ने सपना पूरा नभएपछि उनी सडकमै बालबालिका पढाउन थालेका हुन्। अहिले पिपलबोटे खुल्ला विद्यालयको फाउन्डरदेखि हेडमास्टरसम्म उनी आफैं हुन्।

गरिबका छोराछोरीलाई वास्ता नगरिए समाजमा नकारात्मक असर पर्ने उनको बुझाइ छ। ‘खाली समयमा नकारात्मक सोच्न सक्छन्। पछि त्यहिँ बाटो समाउँछन्। कम्तीमा मैले दिनको दुई घन्टा समय दिएँ भने त्यो समस्या टर्छ,’ उनी भन्छन्, 'मलाई नदेखी अन्धो हुनेसँगभन्दा देखेर अन्धो हुनेहरुले समाज बिगारेको जस्तो लाग्छ।' 

-000-

उनले पढाएका धेरै विद्यार्थी अहिले अमेरिका, अष्ट्रेलियालगायतका विकसित देश पुगेका छन्। उनी पनि त्यसैमा दंग छन्। 

कहिलेकाहीँ विभिन्न संघसंस्थाले गरेको सम्मानले उनलाई पुलकित बनाउँछ। विद्यार्थीका लागि पनि कापीकलम लिएर आउँछन् तिनै संस्था। जसले आफूमा थप ऊर्जा प्राप्त हुने उनको अनुभव छ। 

'जीवन जसरी चलायो, त्यसरी नै चल्छ,' उनको अनुभव छ, 'जिवनको खास आकार छैन। जसरी खुसी र आनन्द प्राप्त हुन्छ, त्यहीँ गर्नुपर्छ। सो कामले समाजमा पनि योगदान पुग्यो भने त खुशी झन् थपिन्छ।'

प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्