• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २९, २०८२ Sun, Apr 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कथा : आमाको मृत्यु

64x64
नेपाल लाइभ शनिबार, फागुन ११, २०७५  ०७:०२
1140x725

यस पालाको बैसाखमा काठमाडौँमा विगतका वर्षहरूभन्दा अलि बढी नै गर्मी महसुस भइरहेको छ। शनिबारको दिन भएर होला टुँडिखेलमा खेलकुद खेल्ने र टहलिनेको सङ्ख्या पनि बाक्लै छ। नेपाल एयरलायन्स अगाडिको बिसौनीमा टेम्पो र माइक्रोबसका खँलासीहरू यात्रु बोलाउन व्यस्त छन्। सँगैको फुटपाथमा सडक व्यापारीहरू घोक्रो फुलाएर आ–आफ्नो सामानको विज्ञापन गरिरहेका छन्। कोही हातभरि सामान बोकेका, कोही भुइँमा प्लास्टिक ओछ्याएर असरल्ल सामान छरेका। सँगैको काठमाडौँ मलमा समान किनमेल गर्न आउने–जानेको पनि दोहोरीलत्त छ। 

बाटोको छेउको बारमा पुराना किताब बेच्नेले वल्लो छेउदेखि पल्लो छेउसम्म किताब फिँजाएर राखेका छन्। सबैलाई आफ्नै सुर, आफ्नै हतारो, मान्छेहरू एक–आपसमा ठोक्किँदाछन्, हिँड्दाछन्। यही व्यस्त फुटपाथको छेउको पुराना किताब बेच्नेले राखेको किताब राखेका छेवैमा बसेकी छिन् एक वृद्धा। 

उनले पुरानो चोलो, त्यसमाथि गोजी भएको घिउ रंगको पुरानो मैलो सुइटर र शरीरको तल्लो भागमा अर्धानो भएको मैलो फरिया लगाएकी छिन्। अनुहार चाउरी परेको छ। झट्ट हेर्दा माथिपट्टिका दाँत छैनन् झैँ लाग्छ। तलतिर भने दुईतिर छेउमा एकएक वटा दाँत बाहिर निस्किएका छन्। उनको शरीरका अवस्था हेर्दा ७५ वर्ष नाघेको हुनुपर्छ। उनका आँखा त्यहाँ भएको कोलाहलपूर्ण वातावरणको कुनै दृश्यमा पनि अडिएका छैनन्। र एकोहोरिएकी छिन्। 

छोराछोरी ठूलो भइसके पनि बाबुआमाको नजरमा उनीहरू सधैँ सानै हुन्छन्। कान्छोले घर छोडेर हिँडेपछि पिरले बूढाबूढी आधामासु भए। कहाँ गयो होला? के खायो होला?

झट्ट हेर्दा उनलाई त्यहाँ किन बसेकी अड्कल गर्न मुस्किल छ। फुटपाथमा हिँड्ने मानिसहरूका नजर उनमा बिरलै पर्छन्। एकादुई मात्र उनलाई नियाल्दै अघि बढ्छन्। उनी घरीघरी झस्किएर आफ्नो हात केही माग्ने भावमा अघि सार्छिन्। केही दानीले हातमा राखिदिएको दुईचार पैसा आफ्नो सुइटरको बाहिरपट्टिको गोजीमा राख्छिन्। तर मानसिक रूपमा विक्षिप्त भएर हो वा पाको उमेर भएर हो उनले आफूले पाएको पैसा गोजीमा कोच्नुबाहेक खासै जतनसाथ राखेको देखिँदैन। धुवाँधुलोको प्रदूषण र त्योभन्दा बढी उनी बुढ्यौली अवस्थाका कारणले शिथिल र गलेकी छन्। यी सबैका बाबजुद उनको विगत पाँच वर्षदेखिको दिनचर्या यही छ। कहिले रत्नपार्क गेट, कहिले सुन्धारा, कहिले सहिदगेट त कहिले महाङ्काल मन्दिर। यिनै ठाउँहरूका फुटपाथमा हात पसारेर बिते उनका पाँच वर्ष। अब उनको शरीरले यो सब गर्न धान्छ जस्तो लाग्दैन। 

OOO

पाँच वर्षअघि गाउँमा उनको श्रीमान् बितेपछि उनी काठमाडौँ आएकी थिइन्। आएकी थिइन् के भन्नु, ल्याइएको थियो। गाउँमा पनि उनको परिवार दुःखमै थियो। निम्नवर्गीय उनको परिवार पूर्वी पहाडको एउटा गाउँमा बस्थ्यो। श्रीमान् दुई छोरा र एक छोरी अनि बूढाबूढी । सानै परिवार भन्नुपर्छ उनको। सम्पत्तिको नाममा दुई हलको मेलो बारी थियो। उनीहरूको जग्गा ठूलाठूला गरा भएको टाहार भए पनि सुक्खा क्षेत्र भएकाले खासै उब्जनी नहुने खालको थियो। मुस्किलले ३०, ४० भारी मकै र २, ३ मुरी धान हुन्थ्यो जुन उनीहरूको परिवारलाई ४, ५ महिना धान्न मुस्किल हुन्थ्यो। वर्षका बाँकी अरू महिना अर्काकै मेलापात गरेर हातमुख जोर्ने जोहो गर्नुपर्थ्यो उनको परिवारले। मेलापात गरेबापत पैसा पाउने चलन थिएन उनको पालामा। अरूको खेताला गरेबापत ज्यालास्वरूप जनको ४ मानाको दरले अन्न पाउँथे। विवाह गरेर आएदेखि नै उनको दिनचर्या यसरी नै बितेको थियो। हुन त माइती घरमा पनि उनको परिवार विपन्न नै थियो। त्यसैले उता पनि अर्काको मेलापात नगरी वर्षभरि हातमुख जोर्न हम्मेहम्मे नै थियो। 

त्यसैले विवाहपछि पनि अर्काको मेलापातमा जान उनलाई खासै अनौठौ लागेन। लागेर पो के गर्नु ! आफ्नो र लालाबालाको मुखमा माड लाउन भए पनि अर्काकोमा बनि गर्न नगई हुँदैनथ्यो। विवाहको केही वर्षमा ३ जना छोराछोरी भए उनका, पहिलो र अन्तिमको छोरो अनि बिचकी छोरी। घरको खानपान दह्रो नहुँदा केटाकेटी मसिना हुन्जेल जोइपोइलाई निकै गाह्रो भयो। 

nimb
nimb
Ncell 2
Ncell 2

केटाकेटी अलि खुट्टा लाग्ने भएपछि भने मेलापात जाँदा आफूसँगै लिएर हिँड्न थालेका थिए। हुन त अलि ठूला भएपछि उनीहरूले छोराछोरीलाई पढ्न पनि पठाइटोपले। पाँच कक्षासम्मको स्कुल गाउँमै भएकोले केटाकेटी कहिलेकाहीँ पढ्न जान्थे। एवम् प्रकारले समय बित्दै गयो। केटाकेटी हुर्कंदै गए। पखेटा लागेपछि बचराले कहाँ माउ भनेर बस्दो रहेछ र? उनीहरूको पनि त्यस्तै भयो। विवाह गरेर जेठो छोरो छुट्टिएर बस्न थाल्यो। छोरीलाई विवाह गरेर डाँडापारि दिए। कान्छो छोरो थियो उनीहरूको एउटा टेक्ने साहारा भनेको। 

हल्ला सुनेर घरमाथिबाट कार्की बूढा माथिपट्टि समाउने ठाउँमा चरो कुँदिएको धुँवाले कालोकालो भएको घँघारुको लौरो टेक्दै आँगनमा उत्रिए। उनी घरभित्र छिरे अनि बूढाको नाडी छामेर यसो काननिर लगेर नाडीको धड्कन सुन्दै भने, ‘ए बुढा त सिद्देछन् नि।’ 

एक बिहान उठ्दा बूढा बाले कान्छो छोरो ओछ्यानमा देखेनन्। खासै घर बाहिर नहिँड्ने छोरो एकाएक बिहान ओछ्यानमा नदेखेपछि यसो घरवरिपरि खोजी हेरे। तर कान्छो देखिएन। कतै साथी भाइकहाँ गएको होला भनेर बूढाबूढीले चित्त बुझाए। घाम आँपको रुखभन्दा निकै माथि आइसक्दा पनि छोराको अत्तोपत्तो नभएपछि उनीहरू आत्तिए। बूढीआमा फत्फताउँदै कोदोको ढिँडो फत्काउँदै थिइन्। बूढा भने घरको पिँढीमा अर्धानो भएको गुन्द्रीमा बसेर भोर्लाको पातमा बेरेको सुर्ती अगुल्टोले झोस्दै तान्दै थिए। त्यतिकैमा तामाङ साइलो घरमुनिको गल्ली हुँदै जाँदै गर्दा सुर्तीको सर्को सर्किएर बुढाले खोक्दै सोधे, ‘ए साइँला हाम्रो कान्छोलाई देखिस्?’ 

उसले हिँड्दाहिँड्दै उत्तर दियो, ‘भागेर दमाई कान्छोसँग काठमाडौं गयो अरे।' 

छोराछोरी ठूलो भइसके पनि बाबुआमाको नजरमा उनीहरू सधैँ सानै हुन्छन्। कान्छोले घर छोडेर हिँडेपछि पिरले बूढाबूढी आधामासु भए। कहाँ गयो होला? के खायो होला? आदि इत्यादि सोच्दासोच्दै गरिबी र कामले सकेको उनीहरूको ज्यान हेरिनसक्नु हुँदै गयो। हाडछाला मात्र भएको उनीहरूको ज्यान बालीमा राखेको बुख्याँचामा कपडा बेरेजस्तो देखिन थाल्यो। बूढीजस्तो बाहिर पिर नदेखाए पनि बूढालाई भित्रभित्रै निक्कै पिर परेको थियो जुन उनको व्यवहारमा झल्कन्थ्यो। 

केही समय बिराएर सुर्ती तान्ने उनले अब मुखै नबिसाई सुर्ती तान्न थालेका थिए। यसले गर्दा उनको बुढ्यौलो शरीर अझ जिङरिङ्ग हुँदै गइरहेको थियो। यसरी बूढाको ज्यान थला पर्दै गएपछि घरको सबै जिम्मेवारी बूढीलाई नै थोपरिँदै गयो। आफ्नो भएको थोरै खेती कमाइ, केही गाईबस्तु सबै भ्याउनु त छँदै थियो उनलाई। त्यसमाथि अर्कोको मेलापातसम्मको काम ढाक्नुपर्ने हुन्थ्यो। जति बूढी भयो उनी तरुनो बल निकालेर काम गर्नुपर्ने भयो उनलाई। मेलापातको कामका लागि धेरैजना साहु एकैदिनको लागि भन्न आउँथे तर विवशतावश सबैको मेलोमा जान सक्दिनथिन्। काम गर्न जान नसकेकाहरूले धारे हात लगाउँथे। उनीहरूलाई उनको दुःखपीडाको केही मतलब थिएन। थियो त केवल आफ्नो काम र आफूले काम गर्नका लागि अग्रिम दिएको अन्न अथवा पैसाको।

चाडपर्व आउँदा उनीहरूको मन झन् बोझिलो भएर आउँथ्यो। दुःखै गरेर भए पनि चाडपर्वमा मिठोमसिनोको जोहो गर्थे तर खाने बेलामा घाँटीबाट तल झर्दैनथ्यो। कान्छो छोरो टाढा भए पनि जेठो छोरो त घर तल्तिर टारको छेउमा सानो घर बनाएर छुट्टिएर बसेको थियो। बुहारीले रडाको गरेर बुढाबुढीलाई देख्न नसकेपछि उनीहरू छुट्टिएका थिए। जेठा छोराको छोरो नाति टुकुटुकु हिँड्ने भएपछि तीनचार कान्लामाथि रहेको हजुरबा आमाको घरमा आउन थालेको थियो। बूढाबूढी नातिको मुख हेरेर आफ्नो पिर केही हलुका पार्दथे। जेठो छोरो कहिलकाहीँ काम पर्दा घर आए पनि छुट्टिएदेखि बुहारीले घरको सङ्घार टेकेकी थिइनन्। आमाको मन मिठोमसिनो पाकेको बेला नातीलाई झोलामा बोकाएर ‘ला आमाबालाई लगिदे’ भनेर झोला पछाडि भिराएर खाने कुरा पठाइदिन्थिन्। 

हाटबजार जानु उनीहरूको लागि टाढाको कुरा। पहिलेपहिले अलि बलबैंस हुँदा अरूको अन्नपात बोकेर हाट बजार जान्थे। त्यसबापत पाएको पैसाले अलिकति मसला, नुन र बूढालाई सुर्ती ल्याउँथे। अघि औँसी, पूर्णिमा तिथिमा लाग्ने हाटबजार आजकाल गते र बारअनुसार लाग्न थालको छ रे भन्ने उनले सुनेका थिए। उनीहरू आफुले भने हाट भर्न नगएको वर्षौं भइसकेको थियो। 

परदेश गएकाहरू दसैंतिहार र अरू चाडपर्व पारेर घर फर्कन्थे। अहँ उनीहरूको छोरो कान्छो वर्षौं फर्किएन। उनीहरूका कैयौं आशाका दसैँ निराशामा परिणत भए। काठमाडौँ बसेर आउनेहरूले खबर ल्याउँथे, ‘छन चाहिँ कान्छो काठमाडैँमै छ रे।' 

हाडछाला मात्र भएको बूढाको बिस्तारै खोक्दा रगत देखिन थाल्यो। गाउँमै धामी झाँक्री लगाए तर अहँ बेथा बिसको उन्नाइस भएन। असारको एक साँझ बूढी अर्काको मेलामा रोपाइँ सकेर फर्कंदा बूढा चुलोसँगै आँटी उठाएर लगाएको ओछ्यानमा सुतिरहेका थिए। बूढीले ठानिन्, ‘बेथाले सारो पारेर सुतेका होलान्।’ र केही पकाएर खान बोलाउँला भन्ने सोचिन्। दिनभर अर्काको मेलोमा रोपाइँ गरेर बनीबापत ल्याएको चारमाना धान ओखलमा हालेर कुट्न थालिन्। 

उनले आफ्नो शरीर दिनभर मेलोमा काम गरेर शिथिल भएको छ भन्न पनि पाइनन्। कसलाई भन्नु कसलाई सुनाउनु ‘तँलाई थकाइ लाग्यो म गर्दिन्छु’ भन्ने आखिर कोही पनि त थिएन। फतक्क गलेका नाडी नभनी उनले हतार हतार चामल बनाइन्। बिरामी बूढालाई र आफूलाई पनि हुन्छ भनेर जाउलो पकाइन्। त्यसपछि उनले खाना खान बूढालाई बोलाइन् तर उनी बोलेनन्। नाडी छामिन्, चिसो लाग्यो। त्यसपछि उनका हातखुट्टा सल्याकसुर्लुक भए। आँगनमा निस्किएर कोकोहोलो गर्दै कराइन्, ‘ए जेठा तेरा बालाई के भयो, बोल्दैनन्, छिटो आइज।' 

आमा चिच्याएको सुनेर जेठो दगुरेर आयो। बालाई झक्झक्यायो, बोलायो तर बोलेनन्। हल्ला सुनेर घरमाथिबाट कार्की बूढा माथिपट्टि समाउने ठाउँमा चरो कुँदिएको धुँवाले कालोकालो भएको घँघारुको लौरो टेक्दै आँगनमा उत्रिए। उनी घरभित्र छिरे अनि बूढाको नाडी छामेर यसो काननिर लगेर नाडीको धड्कन सुन्दै भने, ‘ए बुढा त सिद्देछन् नि।’ 

उनले आफूले लगाएको ढाका टोपी झिके। बूढा बितेको कुरा गाउँघरमा डढेलोसरी फैलियो। बाक्लो गाउँ छिनभरमाा ३०, ४० जना जति मानिस भेला भए। त्यो दिन झमक्कै साँझ परिसकेको हुनाले गाउँका दुई, चार जना बूढापाका बसेर अर्को दिन मात्रै सदगद गर्न लैजाने निधो गरे। जेठो छोरो झोक्रिएर एउटा कुनामा बस्यो। बुढी आमा रुदाँरुँदा थकित भएर अर्को कुनामा बसिन्। गाउँका केही आइमाई रोएर फुस्रा भएका आँखा लिएर आमैको छेवैमा बसेका थिए। केही ठिटाले घरको तल्लोपट्टि लाछिमा गजारो ओछ्याए। अनि रात कटौनी भन्दै तास खेल्न नारिए। 

उनी केही पनि बोल्न सकिनन् र फटाफट घरमुन्तिर झरिन्। आँगनमा जम्मा भएकाहरूले आँगनको डिलबाट उनीहरू गएको हेरिरहे। आमैले पछाडि फर्किएर हेरेको देखिएन। 

भोलिपल्ट अन्तिम संस्कारको काम सिद्धियो। कान्छो छोरो बाउको अनुहार हेर्न आइपुगेन। मर्नभन्दा केही दिनअघि बूढाले भन्थे रे, ‘अब त्यसको र मेरो देखभेट हुँदैन।’ 

हुन पनि त्यस्तै भयो। १३ दिनको काम सिद्धियो। १३ दिनको कामभरि त मान्छे आवतजावत हुन्थ्यो। १३ दिन सिद्धिएपछि बिस्तारै मानिस आउन छाडे। अब भने बूढी आमै एक्लै भइन्। लोग्ने मरेर शोकले खस्किएको उनको शरीरले अब अर्काको मेलापात गर्न सक्न छोड्यो। खै कसले हो कान्छालाई काठमाडौँमा बुवा मरेको र आमाको बिजोग भएका सुनाइदिएछ। असारमा बाउ खसे, दसैंअघि अरू केटाहरूसँगै कान्छो पनि घर आयो। कान्छालाई देखेर आमा भक्कानिइन्, ‘यतिका बर्ख काँ मरेको थिस्, तँलाई बाउ भेट्न नजुरेको।’ 

बाउ खसेको वर्ष दसैं मान्न नभए पनि कान्छो तिहारसम्म घरै बस्यो। आमालाई लाग्यो अब यो घरमै बस्ने रहेछ। तर उनको सोचाइ गलत ठहरियो। तिहार सकिएलगत्तै कान्छोले काठमाडौँ फर्कने हतारो गर्न थाल्यो। उसले आमालाई पनि आफूसँगै काठमाडौँ लैजाने कुरा गर्यो। लगभग आफ्नो पूरा जीवन बिताएको गाउँ, झुप्रै भए पनि आफू दुलही बनेर भित्रिएको घर, आफ्नो जीवनसाथीले अन्तिम सास फेरेको घर छाडेर जाने। यो सब सुन्दा मात्र पनि उनको मनमा आँधी आए जस्तो भयो। तर उता कान्छो छोरोले भने एकदुई दिनभित्रै काठमाडौँ जाने कुरा गर्दै थियो। श्रीमान् बितेको वियोग, काम गर्न सक्न छोडेपछि गाउँलेले गर्न थालेको बेवास्ता सम्झिएर, उनलाई पनि गाउँमा बस्न मन लाग्न छोडेको थियो। यद्यपि आफ्नो पूरा जीवन बिताएको गाउँघर, छरछिमेक सबै छाड्न उनको मनले मानेको थिएन। 

अन्ततः उनले निकै भारी मनले उनले गाउँ छोड्ने निर्णय गरिन्। घर छोड्ने अघिल्लो रात सामान तयार पार्न थालिन्। सामान भन्नु के थियो र? एकदुई जोर अर्धानो भएका कपडा, गुन्द्रुक, सिन्कीको पोको, त्यस्तै खिच्रिङ्मिच्रिङले झोला भरिन्। भोलिपल्ट बिहान घर छोड्ने बेला तल्लो घर माथिल्लो घरका दुईचार जना जम्मा भए। जेठो छोरो नाति लिएर आएको थियो। छुट्टिएर गएदेखि घरमा पाइलो नटेकेकी जेठी बुहारी पनि घरको सुरमा उभिएकी थिइन्। कान्छो छोरोले घरको दैलो लगायो। उसले घरको साँचो जेठा दाजुको हातमा हालिदियो। कोही घरको पिँढीमा, कोही, आँगनको डिलमा उभिएका थिए। कान्छो छोरो झोला बोकेर घरमुनि हुँदै बाटो लाग्यो। आमा भारी गोडा लिएर सिकुवाबाट बाहिर निस्किइन्। जेठाको छोरो नाति दगुर्दै आएर उनको गुन्युको फेर समात्दै भन्यो, ‘आमै बजाल दाने हो म पनि दान्तु।’ 

उनी केही पनि बोल्न सकिनन् र फटाफट घरमुन्तिर झरिन्। आँगनमा जम्मा भएकाहरूले आँगनको डिलबाट उनीहरू गएको हेरिरहे। आमैले पछाडि फर्किएर हेरेको देखिएन। 

दुई दिन पैदल हिँडेर आमाछोरा गाडी चढ्ने ठाउँमा पुगे। त्यसै दिन बेलुका उनीहरू काठमाडौँका लागि नाइट बस चढे। अर्को बिहान कान्छो र आमा काठमाडौँ झरे। काठमाडौँ झरेपछि झोला कान्छोले बोक्यो। जीवनमा पहिलोचोटि गाडी चढेकी उनी गाडीको धङ्धङीले हिँड्नसमेत नसक्ने भइसकेकी थिइन्। सकीनसकी उनले कान्छालाई पछ्याइरहिन्। काँचो इँटाले बनेका पुरानो घरहरूको बीचका साँघुरो घुम्ती गल्ली निकैबेर हिँडिरहे उनीहरू। अन्त्यमा एउटा पुरानो घरको तल्लो तलाको ढोकाअगाडि कान्छोले झोला बिसायो। उसले बिस्तारै ढोका ढक्ढक्यायो। २५, २६ वर्षकी झैँ लाग्ने एक महिलाले ढोका खोलिन्। तिनले छोटो कपाल पनि बेपर्वाह छोडेकी थिइन्। उनले पुरानो रङ्ग खुइलिएको निलो ब्लाउज र तल मैलो फरिया लगाएकी थिइन्। दाहिने हातमा लगभग दुई वर्षजतिको बच्चा बोकेकी थिइन्। तिनले ढोका खोल्नेबित्तिकै कान्छाले चिनायो ‘आमा‘… अनि आमातिर फर्किएर भन्यो ‘आमा बुहारी’। 

गाउँघर, साथीसङ्गी, मेलापात उनको आँखाबाट हट्न सकेन। उनलाई चरी भए भुरुरु उडेर अहिल्यै गाउँ पुग्थेँ झैँ लाग्थ्यो। अलपत्र छोडेर हिँडेको घरले श्राप दिएझैँ लाग्यो उनलाई। 

बुहारी छक्क परेर बिस्फारित नेत्रले बूढी आमातिर हेरिन्। उनले अभिवादन गर्ने लन्ठो भने उठाइनन्। बूढो शरीर र यात्राको थकानले बूढी केही बोल्न सक्ने अवस्थामा थिइनन्। कान्छोले आमालाई भित्र बस्न भन्यो। भुइँतल्लाको अलि अलि ढुसी उठेको गन्हाउने ओसिलो कोठा थियो। कोठाको एक छेउमा तरकारी र भातका सिताले मैलो भएको एउटा स्टोभ, स्टोभसँगै एउटा कुकर, एउटा कराइ, केही थाल र कचौरा थिए। कोठाको अर्को छेउमा चिसो छल्न दुवैपट्टि केही इँट्टा र त्यसमाथि फलेक लगाएर बनाएको ओछ्यान थियो। ओछ्यानको माथिल्तिर भित्तामा एउटा पुरानो नेपाली सिनेमाका पोस्टर टाँसिएको थियो। आमा भित्र पसेर शरीर थाम्न नसकेर ओछ्यानमा पल्टिइन्। थाकेको जिउ पल्टाउँदै गर्दा कान्छो यत्रो वर्ष हराएको र घरमा बस्न नमानेर हतारिएर काठमाडौँ आउन चाहेको कारण बुझिन्। उसले त्यतिका दिन घर बस्दा कसैलाई पनि आफूले विवाह गरेको कुरा चुहाएको थिएन। 

काठमाडौँ आएपछि उनको दिनरातको बसाइ त्यही एउटै कोठाका थियो। वरिपरिका मानिसहरूले बोल्न त परै जाओस् देखे पनि नदेखे झैँ गर्थे। छोरो पनि बिहानै एउटा ठूलो बोरा बोकेर निस्कन्थ्यो। बुहारी पनि खै कुन्नि कता हो निस्किन्थिन्। दिनभर आमा कोठामा एक्लै हुन्थिन्। कहिलकाहीँ यसो कोठासँगैको पिँढीमा बस्थिन्। पिँढीसँगैको गल्लीमा मानिसहरूको निकै आवतजावत हुन्थ्यो। उनले गाउँका धेरै मानिस काठमाडौँ आएर बसेका छन् रे भन्ने सुनेकी थिइन्। त्यसैले प्रत्येक मानिस आउँदा जाँदा आफ्नै गाउँको पो हो कि भनेर हेर्न छुटाउँदिन थिइन्। 

उनलाई केही हप्तामै आफ्नो  जीवन पिँजडाको सुगाझैँ लाग्न थाल्यो। कमसेकम गाउँमा वरपरका मानिसहरू घरमा आएर बोलेर जान्थे। गाउँभन्दा निकै वरपरका मानिसहरूसँग चिनजान हुन्थ्यो। यहाँ त कसैलाई कसैको मतलब नहुने रहेछ। उनलाई यहाँको हावा पनि गन्ध आए जस्तो लाग्थ्यो। पानी पनि त्यस्तै बेस्वादको। गाउँको हावा पानी कति राम्रो। पानी मात्रै खाएर पनि धेरै दिन बाँचिन्छ झैँ लाग्ने। किन किन सबैले राम्रो भनेको सहर उनलाई पटककै मन परेन। गाउँघर, साथीसङ्गी, मेलापात उनको आँखाबाट हट्न सकेन। उनलाई चरी भए भुरुरु उडेर अहिल्यै गाउँ पुग्थेँ झैँ लाग्थ्यो। अलपत्र छोडेर हिँडेको घरले श्राप दिएझैँ लाग्यो उनलाई। 

कान्छो छोरोले र बुहारीले खै कुन्नि के सल्लाह गरे। एक दिन बिहानै कान्छोले आमालाई धेरै भूमिका बाँधेर भन्न थाल्यो, ‘आमा काठमाडौँमा महङ्गी छ, अब आमालाई पनि दिनभर कोठामा बस्दा दिग्दार लाग्दो हो।’ त्यतिकैमा रोएको छोरोलाई बोक्दै ऊसले भन्यो, ‘अब तपाईंले पनि केही काम गर्नुपर्ला जस्तो छ।’ 

कान्छाको कुराले आमा अलमलमा परिन्। गाउँघरमा खेतीपात, घरधन्दाबाहेक केही काम नगरेकी उनलाई कान्छाको भनाइ सुनेर अचम्म लाग्यो। आमाको मनोभाव बुझेर कान्छाले भन्यो, ‘तिमीले केही गर्नु पर्दैन आमा, गएर बसे मात्र हुन्छ।'

दिनभर बसे पनि उनलाई त्यहाँ बसेको हेक्का नै भएन। उनले माग्न हात नफैलाए पनि आवतजावत गर्ने मान्छेले माग्न बसेको ठानेर केही पैसा हातमा राखिदिए। अर्धचेत दिमागले ती पैसा उनले पोल्टामा च्यापिन्।

आमाले सोचिन्, अब कोठामा दिनभर नानावली सम्झेर बस्नुभन्दा बसे हुने काम भए ठिकै छ। यसो अलमल पनि हुन्छ भन्ने ठानेर आमा काममा जान राजी भइन्। त्यसदिन बिहानको खाना खाइओरी कान्छाले आमालाई कोठाबाट सँगै निकालेर गल्लीको बाटो हुँदै धेरै गाडी, मानिस आवतजावत हुने ठाउँमा पुर्यायो। त्यहीँ फुटपाथको एक छेउमा राख्यो र भन्यो, ‘आजदेखि तिमी यहीँ बस्नु, अनि आउनेजाने मान्छेसँग पैसा माग्नु है।' 

कान्छाको कुरा सुनेर उनलाई टाउकोमा झड्का लागेझैँ भयो। दस नङ्ग्रा खियाएर, अर्काको मेलापात गरेर भएपनि जीवनभर श्रम, इमानदारी र स्वाभिमानको कमाइ खाएकी थिइन् उनले। उनलाई छोराको कुरा पचाउन गाह्रो भयो। 

यो कुराले उनको दिमागमा नराम्रो चोट पुर्याएछ कि त्यसपछि उनले कुनै कुराको केही प्रतिक्रिया नै जनाइनन्। आमा केही नबोलेपछि आमाले स्वीकृति दिएको ठानी उनलाई फुटपाथको एकछेउमा राखेर आफूचाहिँ आफ्नो काममा हिँड्यो। आमा दिनभर त्यही छेउमा बसिन्। दिनभर बसे पनि उनलाई त्यहाँ बसेको हेक्का नै भएन। उनले माग्न हात नफैलाए पनि आवतजावत गर्ने मान्छेले माग्न बसेको ठानेर केही पैसा हातमा राखिदिए। अर्धचेत दिमागले ती पैसा उनले पोल्टामा च्यापिन्। 

त्यस दिनपछि उनले आफ्नो दिमागको नियन्त्रण गुमाइन्। उनलाई आफू के गर्दैछु भन्ने हेक्का पनि हुन छाड्यो। त्यो दिनपछि प्रत्येक दिन बिहान छोराले उनलाई विभिन्न भिडभाड हुने स्थानमा पुर्याउँथ्यो र बेलुकी कोठामा लैजान्थ्यो। एवं प्रकारले पाँच वर्ष बिते। 

सधैँझैं  त्यो दिन कान्छाले आमालाई काठमाडौँ मल अगाडिको फुटपाथमा राखेर आफू प्लास्टिक बटुल्न निस्कियो। बेलुकी ऊ फर्केर आउँदा आमा पर्खालमा ढल्केर बसेकी थिइन्। कान्छाले आमा निदाएको ठानी झक्झक्यायो। तर उनी ब्युँझनुको सट्टा पर्लक्क भुइँमा पल्टिइन्। उसले आमालाई बोलायो ‘आमा’ तर अहँ उनी बोलिनन्। कान्छाले उनको दाहिने हातको नाडी छाम्यो। नाडी चिसो भइसकेको थियो। सायद उनले निकै समयअघि यो स्वार्थी संसार त्याग गरिसकेकी थिइन्। कान्छाले उनको नाडी छाम्दै गर्दा उनका मुठ्ठीबाट पाँच, दसका गुचुमुच्च परेका केही नोटहरू र केही सिक्का भुइँमा खसे।

(इन्डिगो इन्कबाट प्रकाशित कथासङ्ग्रह 'पोर्टर'बाट) 

प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राप्रपा असन्तुष्ट पक्षले गर्‍यो लिङ्देन नेतृत्वको समिति भंगको माग
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
दलको नेता छान्न कांग्रेसले वैशाख २ गते कार्यतालिका ल्याउने, ४ गते निर्वाचन
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
राप्रपा असन्तुष्ट पक्षले गर्‍यो लिङ्देन नेतृत्वको समिति भंगको माग आइतबार, चैत २९, २०८२
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा आइतबार, चैत २९, २०८२
दलको नेता छान्न कांग्रेसले वैशाख २ गते कार्यतालिका ल्याउने, ४ गते निर्वाचन आइतबार, चैत २९, २०८२
सीमा विवादमा वार्ता गर्न आग्रह आइतबार, चैत २९, २०८२
तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ आइतबार, चैत २९, २०८२
आज यी स्थानमा वर्षा र हिमपात हुने आइतबार, चैत २९, २०८२
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा जारी शनिबार, चैत २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्