• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बुढीगण्डकी : कसले र कहिले बनाउने अन्याेलमै अल्झिएको आयाेजना

64x64
नेपाल लाइभ बिहीबार, फागुन २, २०७५  १६:०९
1140x725

काठमाडौं– सरकारले ऊर्जा क्षेत्रको विकासमार्फत् आर्थिक समृद्धिको पैरवी गरिरहँदा ठूला आयोजना निर्माणमा भने खास उपलब्धि हासिल हुन सकेको छैन। 

राष्ट्रिय गौरवको र मुलुककै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बुढीगण्डकी सरकार आफैंले बनाउने भन्दै लगानीसमेत जुटाउने प्रयास भयो। उच्च खपत हुने पेट्रोल बिक्रीमा प्रतिलिटर पाँच रुपैयाँ अहिलेपनि उठाइदै आएको छ।

तर सरकार आफ्नै निर्णयलाई निस्तेज बनाउँदै उक्त आयोजना चिनीयाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर गु्रप कम्पनी (सिजिजिसी) दिने निर्णयमा पुग्छ।जिम्मा त दिइएको भनियो तर चाईना गेजुवाले भने आयोजना निर्माणका लागि कुनै चासो देखाएको छैन। 

ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्याल भने आयोजनामा प्रारम्भिक चरणको काम भइरहेको दावी गर्छन्। तर प्राविधिक रुपमा देखिनेगरी कुनै पनि काम भएको छैन। ‘आयोजना प्रभावित क्षेत्रमा मुआब्जा वितरण र प्राविधिक अध्ययनको काम चलिरहेको छ। यो निकै प्रारम्भिक चरणको काम हो,’ अर्यालले भने। 

लगानी–खरीद–ईन्जिनियरिङ र निर्माण(आईपीसीएफ) मोडलमा आयोजना बनाउने गरी गेजुवालाई जिम्मेवारी दिने सरकारको भनाई छ। यो मोडलअनुसार गेजुवाले आयोजनाको सम्पूर्ण लागत जुटाउने र निर्माणसमेत गर्नेछ। 

शेरबहादुर नेतृत्वको सरकारले बुढी गण्डकीबाट चाईना गेजुवालाई निकाल्ने निर्णय गरेको थियो। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रुपमा विशिष्ठकृत आयोजना कार्यान्वयन इकाइ स्थापना गरी आयोजना अगाडि बढाउने देउवा सरकारको निर्णय पनि अहिले उल्टिएकाे छ।

आन्तरिक लगानीबाटै आयोजना बनाउने यस अघिको निर्णय अहिलेको सरकारले उल्टाएपनि त्यसपछिको काममा भने सरकार आफैले ध्यान दिन दिएको छैन। हालसम्म पनि सिजिजिसीसँग आयोजना निर्माणको विस्तृत सम्झौता भने भईसकेको छैन।

यस्तो थियो स्वदेशी लगानीको मोडल
तत्कालीन कृषि तथा जलस्रोत समितिले बुढी गण्डकी आयोजना नेपाली लगानीमा बनाउन सकिने भन्दै स्रोत सुनिश्चिततासहितको प्रस्ताव अघि सारेको थियो। समितिका तत्कालीन सभापति गगन थापाले आयोजना सम्पन गर्न आवश्यक पर्ने २ खर्ब ५० अर्ब रुपैयाँ पूँजी जुटाउने प्रस्ताव अघि सारेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालभित्रकै लगानीमा नागरिक लगानी कोषबाट स्किम सञ्चालन गरी ७५ अर्ब, टेलिकमबाट स्किम सञ्चालन गरी ५० अर्ब, संस्थागत लगानीकर्ताबाट २५ अर्ब, नेपाल सरकारको इक्विटी ६० अर्ब, सर्वसाधारण सेयर जारी गरी १० अर्ब, वाणिज्य बैंकहरुबाट १० अर्ब, सार्वजानिक संस्थानहरुबाट १५ अर्ब, अर्थमन्त्रालय तथा अन्यबाट ५ अर्ब रुपैयाँ संकलन गरी आयोजना निर्माण गर्न सकिने प्रस्ताव गरिएको थियो।

अर्थ मन्त्रालय, ऊर्र्जा मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरणलले संयुक्त रुपमागरेको एक अध्ययनअनुसार आयोजना स्वदेशीलगानी मै निर्माण गर्न सकिने देखाएको थियो। ती निकायहरुले संयुक्त रुपमा तयार पारेको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धमा लगानीको खाका तयार गर्न गठित समितिको प्रतिवेदनअनुसार २ खर्ब ७० अर्ब रुपयाँ स्वदेशी लगानीमा आयोजना निर्माण गर्न सम्भव देखाएको हो। 

सरकारले वार्षिक बजेटमार्फत, सम्झौतापूर्ण बचत गर्ने संस्थाहरुको लगानी र पेट्रोलियम तथा कार्बनमा लाग्ने करमार्फत आयोजना लागत जुटाउन सकिने सुझाव समितिले दिएको हो। तर, अहिलेको सरकारको पछिल्लो निर्णयले उक्त प्रतिवेदनले देखाएका संभावनालाई छाँयामा पारेको छ।

अझ रोचक त के भने आयोजनालाई कम्पनी मोडलमा स्वदेशीलगानीमा नै निर्माण गर्ने भन्दै वर्तमान सरकारले नै चालू आर्थिक वर्षको बजेटमा ५ अर्ब रुपैयाँसमेत छुट्याएको छ। निर्माणको प्रारम्भिक चरणका कामहरु जग्गा अधिग्रहण र मुआब्जा वितरणका लागि सरकारले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार विकास कर उठाउँदै आएको छ । यसबाट हालसम्म २५ अर्ब रुपैयाँ संकलन भईसकेको छ।
 
बुढीगण्डकीमा गेजुवा मोह
पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा आयोजना निर्माण गर्न चीन सरकारको स्वामित्वमा रहेको कम्पनी चाईना गेजुवा वाटर एण्ड पावर गु्रप कम्पनी (सिजिजिसी) लाई अनुमति दिने निर्णय गरेको थियो। तत्कालीन सरकारले विद्युत ऐन २०४९ को दफा ३५ अनुसार आयोजना निर्माणको जिम्मा गेजुवालाई दिने निर्णय गरेको जनाएको थियो। तर त्यसबेलाको संसदको सार्वजनिक लेखा समितिले बिना प्रतिस्पर्धा सीजीजिसीलाई जिम्मा दिइएको भन्दै उक्त निर्णय खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सोही निर्देशनअनुसार गतवर्ष कार्तिक २७ गतेको मन्त्री परिषद् बैठकले आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सकिने भन्दै सिजीजिसीसँगको सम्झौता रद्द गरेको थियो। तर सरकार गठनसँगै आफैले ल्याएको बजेट वक्तव्यमा समेत स्वदेशी लगानीमा बनाउने गरी विनियोजन पनि गरियो। दाहालको अघिल्लो कार्यकालको मोहलाई मूर्तरुप दिन ऊर्जामन्त्री वर्षमान पुनले गेजुवालाई नै आयोजना दिने निर्णय गराएका हुन्। 

बुढीगण्डकी आयोजना सन् ७० को दशकमा गण्डकी बेसिनको अध्ययनका क्रममा पत्ता लागेको थियो । समयक्रममा आयोजना निर्माणका लागि विभिन्न क्षेत्रबाट अध्ययन हुने तथा निर्माणको प्रतिवद्धता आएपनि आयोजनामा चिनीयाँ कम्पनी गेजुवाको सबैभन्दा बढी मोह देखिन्छ ।

कस्तो बनाइँदै छ आयोजना
देशको सबैभन्दा ठूलो जलाशययुक्त उक्त जलविद्युत आयोजना गोरखा, धादिङ, र नुवाकोटको करिब डेढ लाख रोपनी जग्गामा पर्दछ। गोरखाको २ हजार ७ सय वर्गकिलोमिटर, धादिङको ९ सय वर्ग किलोमिटर र नुवाकोटको ३५ वर्ग किलोमिटर ओगट्छ। यीमध्ये गत मंसीर मसान्तसम्म गोरखातर्फ ७ सय ५७ र धादिङतर्फ १ हजार ३८० वटा निवेदन परेको छ। 

धादिङको साविकको सलाङ गाविसमा २ सय २५ मीटर अग्लो बाँध निर्माण गरिनेछ। जसले २ दशमलब ७६ अर्ब घनमिटर पानी सञ्चित गर्ने जलाशय बन्नेछ। आयोजनामा ठूलो क्षेत्रफलमा जलाशय निर्माण गरिनेहुँदा विद्युत उत्पादनका दृष्टिकोणले मात्र नभई पर्यटन, माछापालनलगायतका व्यवसायहरु पनि संचालन गर्न सकिने भएकाले पनि आयोजनाको निर्माणलाई बहुउपयोगी पनि बनाउने लक्ष हो।

बुढीगण्डकी करिडोरलाई पर्यटकीय केन्द्र बनाउने, एकिकृत जलाधार विकास कार्यक्रम सञ्चालन गर्ने, जलयातायातको विकास गर्ने तथा जलाशयको वरीपरी आधुनिक वस्ती विकासका लागि पनि उक्त आयोजनाले ठूलो सम्भावना बोकेको हो। 

प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५  १६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्