• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

निबन्ध : केही प्रश्न भगवानसँग

64x64
नेपाल लाइभ शनिबार, माघ २६, २०७५  ०६:१६
1140x725

भगवान,
मैले तिमीलाई आजसम्म देखेकी छैन, न कहिल्यै भेटेकी छु। तिम्रो आवाज कस्तो हुन्छ न मैले सुन्न नै पाएकी छु। तैपनि मनमा केही भइदिओस् भन्ने इच्छा पलायो भने सबैभन्दा पहिले तिमीलाई भन्छु। तिमीले मेरो रहर पुरा गर्छौ भन्ने आसमा, तिमी छौ भन्ने विश्वासमा म आपत परे पनि तिमीलाई सम्झिन्छु र खुसी भए पनि।

तिमीप्रतिको यो प्रेम एकोहोरो हो वा दोहोरो, मलाई थाहा छैन। तर पनि म तिमीलाई सर्वश्रेष्ठ मान्छु, चमत्कारी ठान्छु। मेरो आवाज तिमीसँग पुग्छ कि पुग्दैन। तिमी छौ भन्ने कुरा पनि सत्य हो वा होइन। भोगिरहेको संसार भ्रम हो भन्छौ तिमी, तर तिमी स्वयम् प्रकट नै हुँदैनौ, तिमी के हौ भ्रम हौ वा सत्य त्यो पनि हेक्का छैन। यद्यपि तिम्रो पिछा गरिरहन्छु।

मेरो मनमा तिमीप्रति जति विश्वास छ, त्यति नै शंका पनि। कतिपय अवस्थामा स्थिति यस्तो भैदिन्छ कि म दोधारमा हुन्छु, तिमीलाई मानौँ या नमानौँ। मैले धर्मग्रन्थ पढेकी छैन, तर यति थाहा छ हरेक धर्म मान्नेले एउटा अदृश्य शक्तिलाई मान्छन् र शक्तिशाली ठान्छन्। साँच्चै हरेक मान्छे यस्तो किन सोच्छन्? तिमी भएर हौ वा यत्तिकै, त्यो पनि मलाई हेक्का छैन।

धेरै पटक सुनेकी छु, पवित्र मन, निस्वार्थ भावना लिएर मनैदेखि प्रार्थना गर्यो भने तिमी सुन्छौ रे नि हो? यही विश्वासमा पटक–पटक तिमीसँग धेरै कुरा मागेकी थिएँ। तर, किन मलाई विश्वास लागेन कि तिमी सुन्छौ पनि। हुन त मेरो मन पवित्र नभएर होला। यात मेरा भावनामा स्वार्थको लेप पो लागेको थियो कि?

अन्ततः मागेको पुगेन भनौँ सच्चा नभएको सावित होला भन्ने पीर, पुग्यो भनौँ आफैंमाथि कसरी झुट बोलौँ? तिम्रो अगाडि एउटा औँला ठड्याउँदा आफूतिर तीन वटा औंला तेर्सिन्छन् भन्ने हेक्का नभएको होइन। यसर्थ गाह्रो हुन्छ जोकसैको विपक्षमा बोल्न पनि। तथापि आज तिमीसँग प्रश्न गर्ने दुसाहस गर्दैछु। आग्रह यत्ति भने अवश्य छ कि यही प्रश्नकै आधारमा मलाई नास्तिक नसोचियोस्। किनकी हरेक प्रश्न एउटा गतिलो जवाफ बोकेर उभिएका हुन्छन्। त्यसकारण पनि प्रश्न जरुरी छ। प्रश्नमा नै त यो संसार चलेको छ। लाग्छ मेरो मनमा प्रश्न जीवित छ र त तिम्रो अस्तित्व पनि कायम छ। यदि प्रश्न नहुँदो हो त?

केलाई भन्ने निस्वार्थ भावना? दिमागमा रिंगटा चल्छ। नचलोस् पनि कसरी? मलाई लाग्छ माग्नु स्वयम् स्वार्थीपनको उच्चतम् उदाहरण हो। तिम्रो अगाडि केही नमागी बसौँ मन मान्दैन, मागौँ आफ्नै नजरमा स्वार्थी ठहरिन्छु। अब कसरी तिमीसम्म आफ्नो आवाज पुर्‍याउनु? कि तिमी केही नभनीकनै सारा कुरा बुझ्छौ र आफैं सबैका इच्छा पुरा गरिदिन्छौ? तिमी त सर्वव्यापी हौ रे नि? प्रश्न उब्जिन्छ, सोधिहाल्छु। आखिर प्रश्न सोध्नका लागि त उब्जिन्छ। तिमी पूजा या प्रार्थना गर्नेको कुरा मात्र सुन्छौ कि नगर्ने को पनि? सबैको सुन्छौ भने त तिमी समावेशी भइगयौ। यदि पूजा र प्रार्थना गर्नेको मात्र सुन्छौ भने तिमी आफैं पनि त स्वार्थी भयौ नि हैन र?

कल्पन्छु तिम्रो स्वरुप। वास्तवमा भगवान कस्तो होला? ठ्याक्कै तस्बिरमा देखिएजस्तो या बेग्लै? कस्तो ठाउँमा बस्छौ? के खान्छौ? ठूलो इच्छा छ तिम्रो दर्शन गर्ने। तिमी आकास, धर्ती यात धर्तीकाे गर्भमा बस्छौ भनौँ भने वैज्ञानिकहरुले पूरापूर ब्रह्माण्डको फन्को लगाइसके भन्छन्। उनीहरुको नजरमा तिमी परेनौ कि तिमी आफैं देखिन चाहेनौ? देखेको भए पक्कै भेट्थे, कुरा गर्थे र हालखबर सोध्थे होलान्। म जस्तै कोही पुगेको भए तिम्रो छेउ पक्कै सोध्यो होला एउटा प्रश्न–तिम्रो आँखामा म कस्तो देखिन्छु?

खोइ कहाँ छौ तिमी? कि तिमी हावाजस्तो छौ नदेखिने? हावा नदेखिए पनि महसुस गर्न त सकिन्छ। तिमीलाई त महसुस गर्न पनि सक्दिन। मैले नजानेर पो हो कि, कुनै विशेष तरिका पो छ कि? साह्रै मन छ तिम्रो दर्शन गर्न, भनन कहाँ छौ? कि त मेरोसामु आउ या त मलाई बोलाउ, म स्वयम् तिम्रो दर्शन गर्न आउनेछु।

Ncell 2
Ncell 2
nimb
nimb

तिम्रो नाममा धेरै मठमन्दिर, गुम्बा, चैत्य, मस्जिद र गिर्जाघर बनेका छन्। तिमी त्यहाँ बस्छौ भन्ने धेरैजना विश्वास पनि गर्छन्। र त भिड र लाम देखिन्छ यी ठाउँहरुमा। म पनि गएकी थिएँ तिमीलाई भेट्न, बडो दुःख गरेर। तिमीलाई भेट्न पाएको भए, तिम्रो दर्शन पाएको भए त्यो दुःख मेरा लागि जाबो हुने थियो। तर, तिमीले वास्तै गरेनौँ। यसले यस्तो भन्यो नभन्नु, सम्झनु यो सब भन्नुमा मेरै मात्र स्वार्थ लुकेको छ। कारण मैले मलाई त बुझ्न सकिरहेको छैन भने तिम्रो कुरा.....?

जतिबेला तिमी बस्छौ भन्ने ठाउँमा पुगेको थिएँ, तिमी प्रतिक्रियाविहीन भएर बसिरह्यौ। शून्यमै सकियो त्यो पल। लाग्ला तिमीलाई आवाज जरुरी थियो। बरोबर यो भ्रम नै त थियो होला, लागिरह्यो–शून्यमा आवाज कसरी संख्याको उकालो उक्लिनसक्छ?

म भड्किन चाहन्न। फरि त्यहीं पुग्छु, जहाँ म छोडिएको छु।

हाम्रो घरमा त तिमी आएनौ–आएनौ, तिम्रोमा आउँदा त त्यस्तो गर्न हुँदैनथ्यो नि? अझै यस्तो पनि अवस्था छ, तिमी या तिमी नै हौ भन्ने मानेका ती चिज (मूर्ति, क्रस, अनि यस्तैयस्तै), जो प्रतिक्रियाविहीन छन्। (भनिन्छ त्यसमा प्राण भरिएको हुन्छ, मान्छेले नै तिमीलाई त्यहाँ स्थापित गर्छन्, तर, उही मान्छेसँग भने तिम्रो पानी बाराबारको सम्बन्ध छ।) केही दिँदैनौ, तै पनि दर्शन गर्छु भन्दा समय हेरेर मन्दिर, चैत्य, मस्जिद, चर्चमा ढोका बन्द गरिन्छ। के तिमीले नै आदेश दिएका छौ–ढोका बन्द गर्नु भनेर, यात जसले तिम्रो प्राण मूर्तिमा स्थापित गरे, उनीहरुले नै आफूखुसी बन्द गरिदिएका हुन्। ठिक यतिबेला थप अर्को प्रश्न पहाड बनेर उभिन्छ–साँच्चै तिम्रो इशारामा मान्छे चल्छ कि, मान्छेको इशारामा तिमी?

Xtrem

Xtrem

हामी त घरमा आधा रातमा पाहुना आए पनि ‘अतिथि देवो भवः’ बिर्सन्नौ। मुुसुक्क हाँसेर सत्कार गर्छौं। तिम्रो घरमा त बिहान या साँझ, बस् ताल्चा लाग्छ। तिमी भाग्छौ भन्ने पिरले यी मान्छेले तिमीलाई ताल्चा लगाएर राखेका त होइनन्?

थाहा छ होला तिमीलाई यहाँ तिम्रै नाममा धेरै अधर्मी कामहरु हुन्छन्। मान्छेबाट मानवता हराएको छ। कति जनावरहरुको बली चढाइन्छ। के तिमीलाई ठीक लाग्छ हत्याहिंसा? यो सब हेरिरहन के तिमी निरिह छौ यात बाध्य? कि तिमी आफैंलाई केही श्राप परेको छ। हैन भने बोल्न मन छैन नबोल ठिकै छ, तर केही चमत्कार त गर। तिमी त चमत्कारी हौ नि। खासीबोकाको टाउको छिन्ने बित्तिक्कै फेरि जोडिदेउ न। कम्तीमा काट्ने/कटाउने मान्छे हेरेको हेरै होस्। बुझुन् न सबैले कि तिमीलाई बली दिएको मन पर्दैन भनेर। चुपचाप रगतमा डुबेर बस्छौ, तिमी भगवान हौ कि राक्षस?

मन्दिर बाहिर कति भोका नाङ्गा बसेका हुन्छन्, मान्छे तिमी भनेर ढुंगाहरुमा के–के चढाउँछन्– अक्षता, फूलप्रसाद, अनेकादि व्यञ्जन आदिआदि। तिमीलाई चढाएको व्यञ्जन चमत्कार गरेर भोको मान्छेका मुखमा पुर्‍याइदेउन। सक्छौ कि सक्दैनौ? सक्दैनौ भने तिमी र ममा के फरक?

थाहानै होला तिमीलाई संसार त ‘रे’मा चलेको छ। यस्तो भयो रे, त्यस्तो भयो रे, यसो गर्नुपर्छ रे, उसो गर्नुपर्छ रे, यसो गर्नुहुन्छ रे, त्यसो गर्नुहुन्न रे, यो गरे पाप रे, त्यो गरे धर्म रे। वास्तवमा ‘रे’मा बाँच्न गाह्रो हुनेरैछ। को थिए ती भाग्यमानी पुस्ता जसका अगाडि आफैं आएर तिमीले पहिलाेपटक धर्म र पाप सिकायौ, पूजा–प्रार्थना कसरी गर्ने बतायौ। अनि पूजाप्रार्थना कसले गर्न हुने, कसले गर्न नहुने बतायौ। तिम्रा लागि त सबै समान हुनुपर्ने हैन र? जसले पनि पूजाप्रार्थना गर्न पाउनु पर्ने हैन र? खै त पाएको?

अगाडि पनि भनिसकें, तिमीले बोलेको सुनेको छैन। तर, तिमी छौ, बोल्छौ भनेर यहाँ थुप्रै धर्मगुरु र माताहरु बोल्छन्। के तिमी आफू आउन नसकेर उनीहरुको मुखबाट बोलेका हौ त? हौ भने किन भन्दैनौ धर्म भनेको मठमन्दिर, गुम्बा र गिर्जाघर धाउनु हैन, दियो बाल्नु हैन, व्रत बस्नु हैन, पूजाप्रार्थना गर्नु हैन, नमाज पढ्नु हैन भनेर। कि तिमी पूजा र प्रार्थनाको लोभी छौ?

धर्म भनेको त धारणा होइन र? असल जीवन बाँच्ने धारणा। भोकालाई गाँस, बेघरलाई बास र नाङ्गालाई कपास दिनु हैन र? दुःखीको सहयोग गर्नु नै धर्म हुनुपर्ने हो मेरो विचारमा। तिम्रो विचारमा के हो? तिम्रो नाममा मुछिने टिकामा प्रयोग हुने चामलले कसैको भोक मेट्नसके पो राम्रो, तिम्रो नाममा प्रयोग हुने पैसा कसैको भलो हुने काममा लगाए पो राम्रो। तिमी त आफैं सम्पूर्ण हौ। तिमीलाई हामीले दिएकाले पुग्ने नि हैन, लाग्छ हामीसँग तिमीलाई पुग्नेगरी दिने पनि त केही छैन।

त्यसैले तिम्रो चमत्कारको प्रतिक्षामा छु। यहाँ तिम्रो नाम बेचेर धेरैले दुरुपयोग गरेका छन्। तिम्रा भक्त र अनुयायीहरुको आँखा खुल्न जरुरी छ। म तिम्रो भक्त हुँ। त्यसैले डराउँछु, कतै तिम्रो नाम बदनाम त हुने होइन? त्यसैले तिमीले चमत्कार देखाउनै पर्छ, हैन भने मजस्तै एकदिन तिमी पनि सबैको मन–मस्तिष्कबाट मर्नैपर्छ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०७५  ०६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्