• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक १५, २०८२ Sat, Nov 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सिरियाबाट अमेरिकी सेना फिर्ता : के आइसिस फेरि उदाउला?

64x64
नेपाल लाइभ शुक्रबार, माघ २५, २०७५  ०८:३०
1140x725

डिसेम्बर तेस्रो साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट आफ्ना सेना फिर्ता गर्ने निर्णय गरेपछि यो निर्णयको सर्वत्र चर्चा भयो। अमेरिकाको नजिकका सहयोगी राष्ट्रहरुले राष्ट्रपतिको उक्त निर्णय अनपेक्षित भन्दै पुनर्विचार गर्न आग्रह गरे तापनि ट्रम्प उक्त निर्णयबाट पछि हटेनन्।

अहिले अमेरिकी सेनाका उपकरणहरु फिर्ता गर्ने काम सुरु भएको छ। अचानक गरिएको उक्त निर्णयले आइसिसको पुनरोदय हुनसक्ने वा इरानले आफ्नो प्रभुत्व झन् बलियो बनाउन सक्ने आँकलन सबैतिर गरिएको छ।

विशेषगरी युरोपको सुरक्षा मध्यपूर्वको स्थायित्वसँग गाँसिएको हुनाले युरोपका अमेरिकी सहयोगी राष्ट्रहरु यो निर्णयप्रति खुसी छैनन्। रसियाले आफ्नो जित ठानिरहेको छ भने इरान उक्त निर्णयबाट उत्साहित देखिन्छ। 

कुनै बेला सिरिया र इराकको १ लाख वर्ग किलोमिटर क्षेत्रमा आफ्नो वर्चस्व राख्न सफल भएको आइसिस अहिले पराजित अवस्थामा पुगेको छ र ९८ प्रतिशतभन्दा धेरै भूभाग गुमाइसकेको छ। इराक र सिरियाको सिमानाका केही गाँउहरुमा सीमित रहँदै अन्य ठाँउहरुमा ससाना आक्रमण गरिरहेको आइसिस अब पूर्ण रुपमा पराजित भइसकेको भन्दै आफ्ना सैनिकहरु सिरियाको भूमिबाट फिर्ता गर्ने निर्णय गरेका हुन् राष्ट्रपति ट्रम्पले।

अचानक गरिएको अमेरिकी सेना फिर्तीको निर्णयले आइसिसको पुनरोदय हुनसक्ने वा इरानले आफ्नो प्रभुत्व झन् बलियो बनाउनसक्ने आकलन सबैतिर गरिएको छ।

सिरियाको युद्ध आजसम्मकै युद्धहरुमध्ये सबैभन्दा जटिल हो। बहुपक्षीय यो युद्धमा रसिया, इरान र लेबनानी हेजबुल्लाहको सहयोगमा सिरियन राष्ट्रपति आसादका सेनाहरु, आइसिस लडाकुहरु, आफ्नो छुट्टै राज्य निर्माणको लागि लामो समयदेखि लडिरहेका कुर्दहरु, टर्कीको सहयोग प्राप्त टर्किस लडाकुहरु र अमेरिका–बेलायत लगायत पश्चिमा राष्ट्रहरुको सहयोग प्राप्त फ्री सिरियन आर्मीहरु एक आपसमा भिडन्त गरिरहेका थिए र छन्।

अझै अल क्वेदा समर्पित नुस्रा फ्रन्ट लगायत कयौ ससाना समूहहरु आफ्ना आफ्ना स्वार्थ र उद्देश्य पूर्तीका लागि लडिनै रहेका थिए। तर अब यो युद्ध अलि सरल बाटोमा हिँड्न सुरु गरेको जस्तो देखिन्छ। आइसिस अब लगभग पराजित अवस्थामा छ भने फ्री सिरियन आर्मी पनि देशको अधिकांश भूभागमा पराजित हुँदै अहिले उत्तरी सिरियाको इडलिव प्रान्तमा सिमित भएको छ।

कुर्दहरु लामो समयसम्म रसियाको सहयोग पाएका हुनाले अहिले राष्ट्रपति आसादप्रति नरम नै छन् र उनीहरुले पूर्वी र उत्तरी सिरियाको अधिकांश कुर्दिस भूमिमा कब्जा जमाएर बसेका छन् यसैगरी टर्किस लडाकुहरुले टर्कीको सिमानाको अफ्रिन प्रान्तमा अड्डा जमाएका छन्। अहिले सिरियाको ८० प्रतिशतभन्दा धेरै भूमि सरकारी नियन्त्रणमा रहेको छ र युद्ध खुम्चिँदो अवस्थामा छ। तर लडाईं भने जारी नै छ।
 
सिरिया मध्यपूर्वको एक रणनीतिक क्षेत्र हो। टर्की, इराक, लेबनान र इजरायलको स्थायित्व पनि सिरियासँग जोडिएको छ। लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति आसाद रसिया र इरानको नजिकका मित्र हुन्।

Ncell 2
Ncell 2

सन् २०११ को अरब स्प्रिङ्गलाई माध्यम बनाएर आसादलाई पदच्युत गर्दै आफूअनुकूलको सरकार बनाउने अमेरिका लगायत पश्चिमा राष्ट्रहरुको चाहना पूरा हुन सकेन। फ्री सिरियन आर्मीको रुपमा गठन भएको विद्रोही समूहलाई तालिम र हतियार सहयोग गर्दै अमेरिका र उसका सहयोगी राष्ट्रहरुले आसादलाई सत्ताच्युत गर्न निकै प्रयास गरे तर उनीहरुको कदम आफैंका लागि प्रत्युत्पादक सावित भयो।

६ हजार फ्री सिरियन आर्मीका लडाकुलाई विशेष तालिम र हतियार उपलब्ध गराएको अमेरिकाले केही महिनापछि छानबिन गर्दा आधिकांश लडाकु हतियारसहित आइसिसमा बिलय भएको पत्ता लागेको थियो। त्यसपछि अमेरिकाले आफ्ना दुई हजार सेना सिरियाको भूभागमा पठाएको हो।

टर्की पनि पश्चिमा राष्ट्रहरु जस्तै आसादको अन्त्य चाहन्छ तर फरक के छ भने ऊ आफ्नै चाहनाको सरकार स्थापना होस् अनि टर्की र सिरियाको सिमानामा छरिएर रहेका कुर्दहरुलाई कडा नियन्त्रण गरोस भन्ने चाहन्छ। कुर्दहरुको रसियासँग लामो समयदेखिको सम्बन्ध छ र रसियाले उनीहरु विरुद्ध कडा कदम चाल्दैन।

अमेरिका लगायत उसका सहयोगी राष्ट्रहरुले त अहिले कुर्दहरुलाई हतियार सहित सहयोग गरेर आइसिस विरुद्ध लडाएकै हुन्। सिरियन र इराकी कुर्दहरुको भूभागमा तेलको ठूलो भन्डार छ त्यसैले सबैको स्वार्थ त्यसैमा गाँसिएको छ। सिरियाका कुर्दहरुलाई छुट्टै राज्यको लागि सहयोग गर्नु भनेको इराकी कुर्दिसलाई बल मिल्नु हो। यदि इराकबाट कुर्दिस्तान छुट्टियो भने इराकको तेल खानीबाट जति पश्चिमा देशहरुले फाइदा लिइरहेका छन् त्यो गुम्न सक्छ, त्यही अवस्था सिरियामा पनि हुनेछ।

टर्कीका कुर्दिश पिकेके विद्रोही झन् शक्तिशाली हुनेछन् र टर्कीको स्थायित्वमा पनि खलल पुग्नेछ। कम्युनिस्ट सिद्धान्तबाट निर्देशित पिकेकेलाई अमेरिका र टर्कीले आतङ्ककारी संगठन मान्दछन्। पिकेके र सिरियन कुर्दहरुको गहिरो सम्बन्ध छ किनकी पिकेके पनि कुर्दहरुकै संगठन हो। तर इराकी र सिरियन कुर्दहरुलाई अमेरिका र उसका सहयोगी राष्ट्रहरुले मित्र मान्दै सहयोग गरिरहेका छन्। 

टर्कीमा आउने तेलको मुख्य स्रोत नै सिरियाका तेल भन्डारहरु हुन्। सिरियामा आफू अनुकूल सरकार निर्माण गर्न सकियो भने सिरियाको तेल खानी दोहन गर्न पाइन्छ भन्ने उसको चाहना एकातिर छ भने अर्कोतिर सिरियन कुर्द र उनीहरुका लडाकु संगठन वाइपिजी र वाइपिडीलाई नियन्त्रण गर्दै आफ्ना देश भित्रका पिकेके विद्रोहीलाई तह लगाउन सहज हुने टर्कीको आकलन छ।

टर्कीले पटकपटक सिरियन कुर्दहरुमाथि आक्रमण समेत गरेको छ र अब छिट्टै सिरिया भित्रको कुर्दिस सहर मान्बिजमा आक्रमण गर्ने घोषणा पनि गरेको छ। अहिले अमेरिकाले सिरियन कुर्दहरुलाई सहयोग गरिरहँदा अमेरिका र टर्कीको सम्बन्ध थप बिग्रिएको छ र अमेरिकाले यही विषयलाई लिएर टर्कीको अर्थतन्त्र ध्वस्त पार्ने धम्की समेत दिएको छ। 

उत्तरी सिरिया देशकै उर्बर भूमि र तेलको भन्डार रहेको हुनाले सिरियन सरकार त्यो क्षेत्र गुमाउन चाहँदैन र कुनै मूल्यमा पनि टर्कीको कब्जामा जान नदिन प्रयास गर्नेछ।

अमेरिकी सेना फिर्ता हुनेबित्तिकै टर्कीले कुर्दहरुमाथि थप आक्रमण गर्नसक्ने चिन्ता थपिएको छ। त्यस्तो अवस्थामा सिरियन कुर्दहरुले रसिया र सरकारी सेनाको साथ लिनसक्ने संकेतहरु देखा परिसकेका छन्। यस्तो भयो भने युद्धले अर्कै मोड लिनसक्ने सम्भावना देखिन्छ।

उत्तरी सिरिया देशकै उर्बर भूमि रहेको र तेलको भन्डार रहेको हुनाले सिरियन सरकार त्यो क्षेत्र गुमाउन चाहँदैन र कुनै मूल्यमा पनि टर्कीको कब्जामा जान नदिन प्रयास गर्नेछ। यस्तो अवस्थामा युद्ध रसिया र इरानको सहयोगमा सिरिया र टर्कीको प्रत्यक्ष युद्ध बन्न पुग्नेछ भने सुसुप्त अवस्थामा रहेको आइसिसले फेरि टाउको उठाउने मौका पाउन सक्छ। 

अमेरिकाले सिरियामा आफ्नो स्वार्थ लगभग पूरा गरिसकेको छ। आइसिसलाई नियन्त्रण गर्नुको मुख्य उद्देश्य इराकमा रहेको तेल भन्डार उनीहरुको कब्जामा नपुगोस् भन्ने थियो जसमा अमेरिका सफल भइसकेको छ। नेटो राष्ट्रहरुको इराकमा धावा बोल्नुको मुख्य उद्देश्य पनि इराकको तेल भन्डार अरुको नियन्त्रणमा नपरोस् भन्ने नै थियो । टर्की नेटोको सदस्य राष्ट्र भएर पनि कुर्दहरुको मामिलामा भिन्न मत राख्छ र अमेरिकासँग उसको मत मिल्दैन। 
अमेरिकी सेना सिरियाबाट फिर्तीसँगै देखिने सम्भावित असरहरु निम्न छन्:

आइसिसको पुन:उदय 
आइसिस समूह पराजित भएको हो तर अस्तित्व नै सकिएको भने पक्कै होइन। अहिले पनि आइसिसका हजारौं लडाकु सिरिया र इराकका विभिन्न क्षेत्रमा लुकेर बसिरहेका छन्। यो समूहको उदय निश्चित धर्म र समुदायमा आधारित भएको हुनाले पुन:उदय  हुनलाई गाह्रो पर्ने अवस्थामा छैन।

अमेरिकी सेनाको फिर्तीसँगै माथि भनिए जस्तै फरकफरक समूहको भिडन्त हुँदा आइसिसले फेरि टाउको उठाउने हो कि भन्ने आशंका जीवित छ र त्यो सम्भवना बलियो देखिन्छ। सिरिया, इराक, यमन, लिबियामा मात्र होइन पश्चिमा देशहरुमा समेत आफ्नो प्रभाव फैलाउन सफल आइसिसको पुन:उदय भयो भने अर्को ठूलो संकट निम्तिने छ।

सिरियन कुर्दहरुको अस्तित्व संकट 
सिरियाको उत्तरी भूभागमा रहेका सिरियन कुर्दहरुले टर्किस कुर्द समूह पिकेकेलाई सहयोग गरिरहेको आरोप लगाउदै टर्कीले आफू समर्पित लडाकु र आफ्ना सेनाहरु मार्फत बेला बेलामा उनीहरुलाई सिरियाकै भिमभित्र छिरेर आक्रमण गरिरहेकै छ। आइसिसले कोबानेमा नरसंहार गर्दा पनि टर्कीले हेरेर मात्र बस्यो कुनै सहयोग गरेन।

पिकेकेलाई टर्कीले आफ्नो देशको लागि सबैभन्दा जोखिम समूह मान्छ। अर्कोतर्फ सिरियाको तेल भन्डार त्यही क्षेत्रमा रहेको र सिरियाको अन्य भूभागबाट आउने तेल पनि कुर्दिस क्षेत्र भएर नै ल्याउनुपर्ने अवस्थामा कुर्दहरु बलियो हुँदा टर्कीलाई ठूलो समस्या हुन सक्छ।

सिरिया, इराक, यमन, लिबियामा मात्र होइन पश्चिमा देशहरुमा समेत आफ्नो प्रभाव फैलाउन सफल आइसिसको पुन:उदय भयो भने अर्को ठूलो संकट निम्तिने छ।

राष्ट्रपती आसाद पनि यो भूभाग जुनसुकै मूल्यमा आफ्नो नियन्त्रणमा लिन चाहन्छन्। यस्तो अवस्थामा दुई पक्षको चेपमा परेर सम्पूर्ण सिरियन कुर्दहरुको अस्तित्व नै धरापमा पर्नसक्ने अवस्था छ। अहिले अमेरिकी सेनाको उपस्थितिले सम्पूर्ण कुर्द क्षेत्रलाई बफर जोन बनाएकोले उनीहरुले केही सुरक्षित महसुस गरेका छन्।

इरान र रसियाको प्रभाव बढ्ने
मध्यपूर्वमा आफ्नो प्रभाव बढाउँदै गइरहेको रसिया इरानसँगको सहकार्यमा अमेरिकी सेना फिर्तीपछि त्यो क्षेत्रमा झनै शक्तीशाली बन्ने पक्का छ। सिरियामार्फत आफ्नो पकड बढाउँदै लगेको रसिया टर्कीलाई साइजमा राख्न चाहन्छ।

लेबननका हेज्बुल्लाह र इरानी प्रभाव त्यो क्षेत्रमा फैलिँदो छ। यमनमा हाउथीमार्फत आफ्नो प्रभुत्व जमाउन सफल इरान सिरियामार्फत साउदीलाई थप चुनौती दिन चाहन्छ। यो अवस्थामा सम्पूर्ण मध्यपूर्वको तेल भन्डारमा अमेरिका र अन्य पश्चिमी राष्ट्रहरुको प्रभाव कम हुँदै जानेछ भने इरान र रसिया थप मजबुत हुनेछन्। कतिपयले त अमेरिकी सेनाको फिर्तीलाई रसिया र इरानको जित भन्न सुरु गरिसकेका छन्।

टर्की र इजरायलमाथि दबाब 
त्यो क्षेत्रमा टर्कीको लागि कुर्दहरु र इजरालको लागि इरान प्रमुख दुश्मन हुन्। अमेरिकी सेनाको फिर्तीसँगै कुर्दहरु सिरियन सरकार र रसियासँग नजिक हुने निश्चित छ। त्यस्तो हुनु भनेको टर्कीको सिमानामा इरान बलियो हुनु हो। त्यस्तो हुँदा इजरायल र टर्कीले आफूलाई झन् खतरा बढेको महसुस गर्नेछन्।

अहिले इजरायलले बेलाबेलामा आसादका सैनिक अखडाहरुमा हवाइ आक्रमण गरिरहेको छ। रसियाको लडाकु विमानलाई टर्कीले जमिनमा झारेकै थियो तर अबको अवस्थामा झन् टर्की र इजरायललाई थप दबाब हुने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग २ : अमेरिकालाई नेपालले दियो २७२ रनको चुनौतीपूर्ण लक्ष्य
अध्यक्षले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
ऊर्जामन्त्री घिसिङ भन्छन्– विद्युत् बक्यौता उठाउने मेरो इमानदार प्रयास हो
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
विश्वकप लिग २ : अमेरिकालाई नेपालले दियो २७२ रनको चुनौतीपूर्ण लक्ष्य शनिबार, कात्तिक १५, २०८२
अध्यक्षले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई शनिबार, कात्तिक १५, २०८२
ऊर्जामन्त्री घिसिङ भन्छन्– विद्युत् बक्यौता उठाउने मेरो इमानदार प्रयास हो शनिबार, कात्तिक १५, २०८२
गुण्डुमा सुरु भयो एमालेको सचिवालय बैठक शनिबार, कात्तिक १५, २०८२
एपीएफले तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका ११ नेपालीको गर्यो उद्धार शनिबार, कात्तिक १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
आज यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना शुक्रबार, कात्तिक १४, २०८२
फेरि बढ्यो सुनको मूल्य शुक्रबार, कात्तिक १४, २०८२
‘मोन्था’ को प्रभाव कम हुँदै , पश्चिमी वायु र न्यूनचापीय प्रणालीले आज यी स्थानमा वर्षा शनिबार, कात्तिक १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्