• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सिरियाबाट अमेरिकी सेना फिर्ता : के आइसिस फेरि उदाउला?

64x64
नेपाल लाइभ शुक्रबार, माघ २५, २०७५  ०८:३०
1140x725

डिसेम्बर तेस्रो साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट आफ्ना सेना फिर्ता गर्ने निर्णय गरेपछि यो निर्णयको सर्वत्र चर्चा भयो। अमेरिकाको नजिकका सहयोगी राष्ट्रहरुले राष्ट्रपतिको उक्त निर्णय अनपेक्षित भन्दै पुनर्विचार गर्न आग्रह गरे तापनि ट्रम्प उक्त निर्णयबाट पछि हटेनन्।

अहिले अमेरिकी सेनाका उपकरणहरु फिर्ता गर्ने काम सुरु भएको छ। अचानक गरिएको उक्त निर्णयले आइसिसको पुनरोदय हुनसक्ने वा इरानले आफ्नो प्रभुत्व झन् बलियो बनाउन सक्ने आँकलन सबैतिर गरिएको छ।

विशेषगरी युरोपको सुरक्षा मध्यपूर्वको स्थायित्वसँग गाँसिएको हुनाले युरोपका अमेरिकी सहयोगी राष्ट्रहरु यो निर्णयप्रति खुसी छैनन्। रसियाले आफ्नो जित ठानिरहेको छ भने इरान उक्त निर्णयबाट उत्साहित देखिन्छ। 

कुनै बेला सिरिया र इराकको १ लाख वर्ग किलोमिटर क्षेत्रमा आफ्नो वर्चस्व राख्न सफल भएको आइसिस अहिले पराजित अवस्थामा पुगेको छ र ९८ प्रतिशतभन्दा धेरै भूभाग गुमाइसकेको छ। इराक र सिरियाको सिमानाका केही गाँउहरुमा सीमित रहँदै अन्य ठाँउहरुमा ससाना आक्रमण गरिरहेको आइसिस अब पूर्ण रुपमा पराजित भइसकेको भन्दै आफ्ना सैनिकहरु सिरियाको भूमिबाट फिर्ता गर्ने निर्णय गरेका हुन् राष्ट्रपति ट्रम्पले।

अचानक गरिएको अमेरिकी सेना फिर्तीको निर्णयले आइसिसको पुनरोदय हुनसक्ने वा इरानले आफ्नो प्रभुत्व झन् बलियो बनाउनसक्ने आकलन सबैतिर गरिएको छ।

सिरियाको युद्ध आजसम्मकै युद्धहरुमध्ये सबैभन्दा जटिल हो। बहुपक्षीय यो युद्धमा रसिया, इरान र लेबनानी हेजबुल्लाहको सहयोगमा सिरियन राष्ट्रपति आसादका सेनाहरु, आइसिस लडाकुहरु, आफ्नो छुट्टै राज्य निर्माणको लागि लामो समयदेखि लडिरहेका कुर्दहरु, टर्कीको सहयोग प्राप्त टर्किस लडाकुहरु र अमेरिका–बेलायत लगायत पश्चिमा राष्ट्रहरुको सहयोग प्राप्त फ्री सिरियन आर्मीहरु एक आपसमा भिडन्त गरिरहेका थिए र छन्।

अझै अल क्वेदा समर्पित नुस्रा फ्रन्ट लगायत कयौ ससाना समूहहरु आफ्ना आफ्ना स्वार्थ र उद्देश्य पूर्तीका लागि लडिनै रहेका थिए। तर अब यो युद्ध अलि सरल बाटोमा हिँड्न सुरु गरेको जस्तो देखिन्छ। आइसिस अब लगभग पराजित अवस्थामा छ भने फ्री सिरियन आर्मी पनि देशको अधिकांश भूभागमा पराजित हुँदै अहिले उत्तरी सिरियाको इडलिव प्रान्तमा सिमित भएको छ।

कुर्दहरु लामो समयसम्म रसियाको सहयोग पाएका हुनाले अहिले राष्ट्रपति आसादप्रति नरम नै छन् र उनीहरुले पूर्वी र उत्तरी सिरियाको अधिकांश कुर्दिस भूमिमा कब्जा जमाएर बसेका छन् यसैगरी टर्किस लडाकुहरुले टर्कीको सिमानाको अफ्रिन प्रान्तमा अड्डा जमाएका छन्। अहिले सिरियाको ८० प्रतिशतभन्दा धेरै भूमि सरकारी नियन्त्रणमा रहेको छ र युद्ध खुम्चिँदो अवस्थामा छ। तर लडाईं भने जारी नै छ।
 
सिरिया मध्यपूर्वको एक रणनीतिक क्षेत्र हो। टर्की, इराक, लेबनान र इजरायलको स्थायित्व पनि सिरियासँग जोडिएको छ। लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति आसाद रसिया र इरानको नजिकका मित्र हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०११ को अरब स्प्रिङ्गलाई माध्यम बनाएर आसादलाई पदच्युत गर्दै आफूअनुकूलको सरकार बनाउने अमेरिका लगायत पश्चिमा राष्ट्रहरुको चाहना पूरा हुन सकेन। फ्री सिरियन आर्मीको रुपमा गठन भएको विद्रोही समूहलाई तालिम र हतियार सहयोग गर्दै अमेरिका र उसका सहयोगी राष्ट्रहरुले आसादलाई सत्ताच्युत गर्न निकै प्रयास गरे तर उनीहरुको कदम आफैंका लागि प्रत्युत्पादक सावित भयो।

६ हजार फ्री सिरियन आर्मीका लडाकुलाई विशेष तालिम र हतियार उपलब्ध गराएको अमेरिकाले केही महिनापछि छानबिन गर्दा आधिकांश लडाकु हतियारसहित आइसिसमा बिलय भएको पत्ता लागेको थियो। त्यसपछि अमेरिकाले आफ्ना दुई हजार सेना सिरियाको भूभागमा पठाएको हो।

टर्की पनि पश्चिमा राष्ट्रहरु जस्तै आसादको अन्त्य चाहन्छ तर फरक के छ भने ऊ आफ्नै चाहनाको सरकार स्थापना होस् अनि टर्की र सिरियाको सिमानामा छरिएर रहेका कुर्दहरुलाई कडा नियन्त्रण गरोस भन्ने चाहन्छ। कुर्दहरुको रसियासँग लामो समयदेखिको सम्बन्ध छ र रसियाले उनीहरु विरुद्ध कडा कदम चाल्दैन।

अमेरिका लगायत उसका सहयोगी राष्ट्रहरुले त अहिले कुर्दहरुलाई हतियार सहित सहयोग गरेर आइसिस विरुद्ध लडाएकै हुन्। सिरियन र इराकी कुर्दहरुको भूभागमा तेलको ठूलो भन्डार छ त्यसैले सबैको स्वार्थ त्यसैमा गाँसिएको छ। सिरियाका कुर्दहरुलाई छुट्टै राज्यको लागि सहयोग गर्नु भनेको इराकी कुर्दिसलाई बल मिल्नु हो। यदि इराकबाट कुर्दिस्तान छुट्टियो भने इराकको तेल खानीबाट जति पश्चिमा देशहरुले फाइदा लिइरहेका छन् त्यो गुम्न सक्छ, त्यही अवस्था सिरियामा पनि हुनेछ।

Xtrem

Xtrem

टर्कीका कुर्दिश पिकेके विद्रोही झन् शक्तिशाली हुनेछन् र टर्कीको स्थायित्वमा पनि खलल पुग्नेछ। कम्युनिस्ट सिद्धान्तबाट निर्देशित पिकेकेलाई अमेरिका र टर्कीले आतङ्ककारी संगठन मान्दछन्। पिकेके र सिरियन कुर्दहरुको गहिरो सम्बन्ध छ किनकी पिकेके पनि कुर्दहरुकै संगठन हो। तर इराकी र सिरियन कुर्दहरुलाई अमेरिका र उसका सहयोगी राष्ट्रहरुले मित्र मान्दै सहयोग गरिरहेका छन्। 

टर्कीमा आउने तेलको मुख्य स्रोत नै सिरियाका तेल भन्डारहरु हुन्। सिरियामा आफू अनुकूल सरकार निर्माण गर्न सकियो भने सिरियाको तेल खानी दोहन गर्न पाइन्छ भन्ने उसको चाहना एकातिर छ भने अर्कोतिर सिरियन कुर्द र उनीहरुका लडाकु संगठन वाइपिजी र वाइपिडीलाई नियन्त्रण गर्दै आफ्ना देश भित्रका पिकेके विद्रोहीलाई तह लगाउन सहज हुने टर्कीको आकलन छ।

टर्कीले पटकपटक सिरियन कुर्दहरुमाथि आक्रमण समेत गरेको छ र अब छिट्टै सिरिया भित्रको कुर्दिस सहर मान्बिजमा आक्रमण गर्ने घोषणा पनि गरेको छ। अहिले अमेरिकाले सिरियन कुर्दहरुलाई सहयोग गरिरहँदा अमेरिका र टर्कीको सम्बन्ध थप बिग्रिएको छ र अमेरिकाले यही विषयलाई लिएर टर्कीको अर्थतन्त्र ध्वस्त पार्ने धम्की समेत दिएको छ। 

उत्तरी सिरिया देशकै उर्बर भूमि र तेलको भन्डार रहेको हुनाले सिरियन सरकार त्यो क्षेत्र गुमाउन चाहँदैन र कुनै मूल्यमा पनि टर्कीको कब्जामा जान नदिन प्रयास गर्नेछ।

अमेरिकी सेना फिर्ता हुनेबित्तिकै टर्कीले कुर्दहरुमाथि थप आक्रमण गर्नसक्ने चिन्ता थपिएको छ। त्यस्तो अवस्थामा सिरियन कुर्दहरुले रसिया र सरकारी सेनाको साथ लिनसक्ने संकेतहरु देखा परिसकेका छन्। यस्तो भयो भने युद्धले अर्कै मोड लिनसक्ने सम्भावना देखिन्छ।

उत्तरी सिरिया देशकै उर्बर भूमि रहेको र तेलको भन्डार रहेको हुनाले सिरियन सरकार त्यो क्षेत्र गुमाउन चाहँदैन र कुनै मूल्यमा पनि टर्कीको कब्जामा जान नदिन प्रयास गर्नेछ। यस्तो अवस्थामा युद्ध रसिया र इरानको सहयोगमा सिरिया र टर्कीको प्रत्यक्ष युद्ध बन्न पुग्नेछ भने सुसुप्त अवस्थामा रहेको आइसिसले फेरि टाउको उठाउने मौका पाउन सक्छ। 

अमेरिकाले सिरियामा आफ्नो स्वार्थ लगभग पूरा गरिसकेको छ। आइसिसलाई नियन्त्रण गर्नुको मुख्य उद्देश्य इराकमा रहेको तेल भन्डार उनीहरुको कब्जामा नपुगोस् भन्ने थियो जसमा अमेरिका सफल भइसकेको छ। नेटो राष्ट्रहरुको इराकमा धावा बोल्नुको मुख्य उद्देश्य पनि इराकको तेल भन्डार अरुको नियन्त्रणमा नपरोस् भन्ने नै थियो । टर्की नेटोको सदस्य राष्ट्र भएर पनि कुर्दहरुको मामिलामा भिन्न मत राख्छ र अमेरिकासँग उसको मत मिल्दैन। 
अमेरिकी सेना सिरियाबाट फिर्तीसँगै देखिने सम्भावित असरहरु निम्न छन्:

आइसिसको पुन:उदय 
आइसिस समूह पराजित भएको हो तर अस्तित्व नै सकिएको भने पक्कै होइन। अहिले पनि आइसिसका हजारौं लडाकु सिरिया र इराकका विभिन्न क्षेत्रमा लुकेर बसिरहेका छन्। यो समूहको उदय निश्चित धर्म र समुदायमा आधारित भएको हुनाले पुन:उदय  हुनलाई गाह्रो पर्ने अवस्थामा छैन।

अमेरिकी सेनाको फिर्तीसँगै माथि भनिए जस्तै फरकफरक समूहको भिडन्त हुँदा आइसिसले फेरि टाउको उठाउने हो कि भन्ने आशंका जीवित छ र त्यो सम्भवना बलियो देखिन्छ। सिरिया, इराक, यमन, लिबियामा मात्र होइन पश्चिमा देशहरुमा समेत आफ्नो प्रभाव फैलाउन सफल आइसिसको पुन:उदय भयो भने अर्को ठूलो संकट निम्तिने छ।

सिरियन कुर्दहरुको अस्तित्व संकट 
सिरियाको उत्तरी भूभागमा रहेका सिरियन कुर्दहरुले टर्किस कुर्द समूह पिकेकेलाई सहयोग गरिरहेको आरोप लगाउदै टर्कीले आफू समर्पित लडाकु र आफ्ना सेनाहरु मार्फत बेला बेलामा उनीहरुलाई सिरियाकै भिमभित्र छिरेर आक्रमण गरिरहेकै छ। आइसिसले कोबानेमा नरसंहार गर्दा पनि टर्कीले हेरेर मात्र बस्यो कुनै सहयोग गरेन।

पिकेकेलाई टर्कीले आफ्नो देशको लागि सबैभन्दा जोखिम समूह मान्छ। अर्कोतर्फ सिरियाको तेल भन्डार त्यही क्षेत्रमा रहेको र सिरियाको अन्य भूभागबाट आउने तेल पनि कुर्दिस क्षेत्र भएर नै ल्याउनुपर्ने अवस्थामा कुर्दहरु बलियो हुँदा टर्कीलाई ठूलो समस्या हुन सक्छ।

सिरिया, इराक, यमन, लिबियामा मात्र होइन पश्चिमा देशहरुमा समेत आफ्नो प्रभाव फैलाउन सफल आइसिसको पुन:उदय भयो भने अर्को ठूलो संकट निम्तिने छ।

राष्ट्रपती आसाद पनि यो भूभाग जुनसुकै मूल्यमा आफ्नो नियन्त्रणमा लिन चाहन्छन्। यस्तो अवस्थामा दुई पक्षको चेपमा परेर सम्पूर्ण सिरियन कुर्दहरुको अस्तित्व नै धरापमा पर्नसक्ने अवस्था छ। अहिले अमेरिकी सेनाको उपस्थितिले सम्पूर्ण कुर्द क्षेत्रलाई बफर जोन बनाएकोले उनीहरुले केही सुरक्षित महसुस गरेका छन्।

इरान र रसियाको प्रभाव बढ्ने
मध्यपूर्वमा आफ्नो प्रभाव बढाउँदै गइरहेको रसिया इरानसँगको सहकार्यमा अमेरिकी सेना फिर्तीपछि त्यो क्षेत्रमा झनै शक्तीशाली बन्ने पक्का छ। सिरियामार्फत आफ्नो पकड बढाउँदै लगेको रसिया टर्कीलाई साइजमा राख्न चाहन्छ।

लेबननका हेज्बुल्लाह र इरानी प्रभाव त्यो क्षेत्रमा फैलिँदो छ। यमनमा हाउथीमार्फत आफ्नो प्रभुत्व जमाउन सफल इरान सिरियामार्फत साउदीलाई थप चुनौती दिन चाहन्छ। यो अवस्थामा सम्पूर्ण मध्यपूर्वको तेल भन्डारमा अमेरिका र अन्य पश्चिमी राष्ट्रहरुको प्रभाव कम हुँदै जानेछ भने इरान र रसिया थप मजबुत हुनेछन्। कतिपयले त अमेरिकी सेनाको फिर्तीलाई रसिया र इरानको जित भन्न सुरु गरिसकेका छन्।

टर्की र इजरायलमाथि दबाब 
त्यो क्षेत्रमा टर्कीको लागि कुर्दहरु र इजरालको लागि इरान प्रमुख दुश्मन हुन्। अमेरिकी सेनाको फिर्तीसँगै कुर्दहरु सिरियन सरकार र रसियासँग नजिक हुने निश्चित छ। त्यस्तो हुनु भनेको टर्कीको सिमानामा इरान बलियो हुनु हो। त्यस्तो हुँदा इजरायल र टर्कीले आफूलाई झन् खतरा बढेको महसुस गर्नेछन्।

अहिले इजरायलले बेलाबेलामा आसादका सैनिक अखडाहरुमा हवाइ आक्रमण गरिरहेको छ। रसियाको लडाकु विमानलाई टर्कीले जमिनमा झारेकै थियो तर अबको अवस्थामा झन् टर्की र इजरायललाई थप दबाब हुने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्