• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
भिडियो

संसदमा मन्त्रीसँग प्रश्नाेत्तर [LIVE]

64x64
नेपाल लाइभ बुधबार, माघ २३, २०७५  १२:५०
1140x725

काठमाडौं- बुधबारको प्रतिनिधिसभा बैठकमा मन्त्रीहरुसँग प्रश्नाेत्तर हुने भएकाे छ।  दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा ५ मन्त्रीले सांसदहरुको प्रश्नको सामना गर्ने सम्भावित कार्यसूची छ।

संसद सचिवालयका अनुसार सांसदहरुको प्रश्नको जवाफ दिनेमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल र महिला तथा बालबालिका मन्त्री थममाया थापा छन्।

गृहमन्त्री थापाले निर्मला पन्त प्रकरणको विषयमा जवाफ दिनेछन्। उनलाई कांग्रेस सांसद डिला संग्रौलाले निर्मला पन्तको हत्यारा पत्ता नलागेको विषयमा मौखिक प्रश्न दर्ता गराएकी थिइन्।

त्यस्तै, थापाले भक्तपुरमा एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएपछिको 'इन्काउन्टर'को विषयमा पनि जवाफ दिनेछन्। गत साउन २१ गते साँझ अपहरणमा परेका खड्काको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको थियो। सो 'इन्काउन्टर'लाई 'फेक' भएको आरोप लाग्ने गरेको छ। कांग्रेसकै सांसद देवेन्द्र कँडेलले यससम्बन्धी प्रश्न दर्ता गराएका थिए।

लाइभ भिडियाे:

अछामको मंगलसेनमा नमराज विष्टको हत्यारा पक्राउ नपरेको विषयमा र मोरङमा खानेपानी ट्यांकीमा विषादी मिसाइएको घटनाको अनुसन्धानको विषयमा पनि गृहमन्त्री थापाले जवाफ दिनेछन्।

नमराज विष्ट हत्या सम्बन्धमा अछामका कांग्रेस सांसद रामबहादुर विष्टले तथा लेटाङ प्रकरणबारे सत्ता पक्षकै सांसद घनश्याम खतिवडाले प्रश्न दर्ता गराएका हुन्।

Ncell 2
Ncell 2

अर्थमन्त्री खतिवडाले पनि कांग्रेस सांसद संग्रौलाकै प्रश्नको जवाफ दिनेछन्। संग्रौलाले नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले आफ्ना कर्मचारी र डिलरलाई विदेश भ्रमणमा पठाउँदा विदेशी मुद्रा बाहिरिएको र त्यसलाई रोक्न भइरहेको पहलको विषयमा प्रश्न दर्ता गरेकी थिइन्।

खतिवडाले कांग्रेसकै अर्का सांसद दिलेन्द्रप्रसाद बडुको प्रश्नको पनि सामना गर्नेछन्। बडुले बडुले दार्चुलाका स्थानीय तहमा बैंकको शाखा नपुगेको विषयमा प्रश्न दर्ता गराएका छन्।

वनमन्त्री बस्नेतले भने नेकपाकै सांसद खगराज अधिकारीको प्रश्नको सामना गर्नेछन्। अधिकारीले पोखरामा प्राणी उद्यम बनाउने योजनाको विषयमा प्रश्न दर्ता गराएका छन्।

महिला तथा बालबालिका मन्त्री थापाले भने नेकपाकै सांसद सरिता न्यौपानेको प्रश्नको जवाफ दिनेछिन्। न्यौपानेले हिंसापीडित महिलाका लागि सातै प्रदेशमा आवास निर्माणको प्रगति मागेकी छन्।

संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र अर्थमन्त्रीलाई सांसदले मौखिक प्रश्न सोध्न सक्नेछन् ।

४ मन्त्रीलाई सोधिने प्रश्न सांसदले यसअघि नै दर्ता गराइसकेका सचिवालयले जनाएकाे छ। सांसद उठाएका प्रश्नकाे मन्त्रीहरूले संसदकाे रोस्ट्रममै गएर जवाफ दिनुपर्नेछ।

सचिवालयका अनुसार सांसदले ८८ मौखिक प्रश्न दर्ता गराएकाेमा ४३ प्रश्नको जवाफ मन्त्रालयले सचिवालयमा पठाइसकेका छन्। सचिवालयमा २८ वटा लिखित प्रश्न दर्ता भएका थिए।

प्रकाशित मिति: बुधबार, माघ २३, २०७५  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम
सम्बन्धित सामग्री
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) भेलामा केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरूङ, अजयबाबु शिवाकोटी पनि सहभागी छन्। साथै लुम्बिनी कांग्रेस सभापति अम... बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
ताजा समाचारसबै
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्