• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १०, २०८३ Sun, Jul 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

द्वन्द्वकालमा छोरा गुमाउने घिमिरे परिवारको बिलौना– ‘नक्कली’ सहिदको नाममा राजनीति भयो

64x64
नेपाल लाइभ बुधबार, माघ १६, २०७५  २०:५०
1140x725

इटहरी– २०५८ मंसिर ११ अर्थात् संकटकाल घोषणा भएको दिन। तर, त्यसको ठिक अघिल्लो दिन इटहरीका–४ स्थित घिमिरे परिवारमा महासंकट आइलाग्यो। देशमा लागेको संकटकाल केही वर्षमा हट्यो तर घिमिरे परिवारमाथि आइपरेको संकटकाल अझै हट्न सकेको छैन।

त्यस दिन १६ वर्षीय रोशन घिमिरे घरमै बम र बारुदको व्यवस्थापन गरिरहेका थिए। देशभर तत्कालीन नेकपा (माओवादी) को सशस्त्र संघर्षको जगजगी थियो। उनी पनि त्यही युद्धका एक छापामार थिए। संघर्षको मैदानमा पाइला राखेको केही समयमै उनी बम बनाउन जान्ने भइसकेका थिए। त्यसकारण पनि उनी कुनै पनि बेला नेपाली सेनाले आफ्नो घर घेराउ गर्छ भन्नेमा सशंकित थिए।

डरका बीच रोशन र उनका केही साथीहरु त्यस दिन पनि बम र बारुदसँगै खेलिरहेका थिए। एक्कासि सेना आयो भन्ने हल्ला फैलियो। बम बनाइरहेका उनका हात काँपे। हडबडीकै बीचमा अचानक बम पड्कियो। घिमिरे र उनीसँगैका दुई साथीहरुको एकै स्थानमा ज्यान गयो। युद्धको समय, चारैतिर बम विस्फोट र गोलाबारीका खबर सुनिरहेको मनकामना टोल पनि उस्तै घटनाको साक्षी बन्न पुग्यो। गाउँभरि कोकोहोलो फैलियो। घटना लगत्तै सेना र प्रहरीले घर घेराउ हाले। रोशनको घरलाई सरकारी पक्षबाट ‘आतंककारीको अखडा’ नै भनेर घोषणा गरियो। सो क्षेत्रमा कसैलाई पनि प्रवेश दिइएन।

एक महिनाको अन्तरमा दुई परिवारका सदस्य गुमाउनको पीडा त्यतिबेला घिमिरे परिवार बाहेक सायदै कसैले बुझेको छ।

घरमा बुवाआमा कोही पनि नभएको दिन, रोशनकी बहिनी निरु भने भर्खरै स्कुलबाट घर फर्किंदै थिइन्। बाटोमै घटनाबारे सुनिन्। अन्ततः रुँदै–चिच्याउँदै गर्दा उनको गला अवरुद्ध भयो, अचेत भइन्, घरमा पुगेर दाजुको लाससमेत हेर्न पाइनन्।

निरुका जेठा दाजु हरि एक महिना अगाडि मात्रै घरबाट बेपत्ता थिए। एक महिनाको अन्तरमा दुई परिवारका सदस्य गुमाउनको पीडा त्यतिबेला घिमिरे परिवार बाहेक सायदै कसैले बुझेको छ।

०००

रोशनकी आमा कमला त्यस दिन दिदीको घर गएकी रहिछन्। ‘रोशनलाई पेट दुखेर साह्रै अप्ठेरो भएको छ, तपाईंलाई खोज्दैछ’ भन्ने खबर कमलासम्म पुग्यो। ‘हैन पेट दुखो भने मलाई लिन आउने कि बिरामीलाई अस्पताल लाने? म आउँछु तपाईंहरु जाँदै गर्नुहोला’, खबर गर्नेलाई प्रतिप्रश्न गर्दै कमला केहीबेरमा घरतर्फ लागेको सुनाउँछिन्।

nimb
nimb
Ncell 2
Ncell 2

तर, घरमा रोशनको पेट दुखेको चित्कार होइन, उनको मृत्युपछिको सन्नाटा मात्र थियो। कमला भने छोराको अवस्थाबारे अनभिज्ञ थिइन्। जब गाउँ नजिक पुगिन्, उनमा शंकाको उचाई बढ्दै गयो। ‘छोरालाई नै केही भएको छ भन्ने त थिएन, तर गाउँमा केही नराम्रो त पक्कै भएको छ भन्ने चाहिँ गाउँलेको हर्कतले देखाएको थियो’, कमलाले सम्झिइन्। गाउँको मनकामना मन्दिर (मन्दिर रोशनको घरबाट २ किमीको दुरीमा पर्छ।) देखि नै बाटो भरिभराउ थियो। सबैका आँखा कमलामाथि नै ठडिएका थिए। त्यतिबेला बल्ल मनमा शंका उब्जिएको बताउँछिन् उनी।

‘मनमा शंका लाग्यो। कसैले यही हो आमा भन्दै कानेखुसी गर्न थाले। मलाई प्रहरीले तपाईं अगाडि नजानुहोस् भन्दै रोक्यो’, त्यो दिनको पीडादायी क्षणको गाँठो फुकाउँदै कमलाले भनिन्, ‘एकै छिनमा बम पड्केर छोरो बित्यो भन्ने खबर पाएँ। त्यसपछी मलाई केही थाहा छैन।’

अरु बेला त निरुलाई पनि सामान्य नै लाग्छ। तर, जब तिहार नजिकिन्छ। घरआगँनमा फूल फुल्छ, उनको पनि मुटु फुल्छ।

आफ्नो सन्तानको मृत्युको खबर कुन अभिभावकलाई सह्य हुन्थ्यो र? छोराको मृत्युको खबर सुन्ने बित्तिकै कमलाले होस गुमाइन्। जसलाई फर्किन झन्डै ३ महिना लागेको उनले सम्झिइन्।

जसरी त्यस दिन कमलाको हालत थियो, अहिले सम्झिँदा पनि उनको मनमा गाँठो पर्छ। एकाएक आँखा भरिएर आउँछ। हामीलाई छोरा गुमाउँदाको घटना सुनाइरहेकी कमला रोकिइन्। बोल्न सकिनन्। आडैमा बसेकी छोरी निरुको आवाज सुनियो, ‘ममी तपाईं नरुनु, म पाल्छु हजुरलाई, दाजु त सहिद भइहाल्नुभयो।’ त्यस दिनदेखि अहिलेसम्म निरुले नै बाआमाको हेरचाह गरिरहेकी छिन्। दुबै छोरा गुमाएको घिमिरे परिवारका लागि निरु नै खम्बा बनेकी छिन्।

अरु बेला त निरुलाई पनि सामान्य नै लाग्छ। तर, जब तिहार नजिकिन्छ। घरआगँनमा फूल फुल्छ, उनको पनि मुटु फुल्छ। त्यसबेला दाइको सम्झनाले आँसु थाम्न नसक्ने बताउँछिन् उनी। रोशनले ज्यान गुमाएपछि आजसम्म उनले तिहार मनाउन पाएकी छैनन्। जेठा दाजु त्यही वर्षको असारदेखि नै बेपत्ता छन्। आजसम्म उनी घर फिरेका छैनन्। केही समय अगाडि आफू कतारमा रहेको जानकारी दिएका थिए। तर, घर आएका छैनन्।

०००

घटना भएको १७ वर्ष बितिसक्यो, तर त्यो दिनको संझना कमलाको मनमा ताजै छ। छोराले प्रयोग गर्ने केही चिजवस्तुहरु अझै घरमै छन्। ‘छोरा त गुमाएँ, तर उसले प्रयोग गर्ने सामान किन फाल्ने भन्ने लाग्छ’, बार्दलीमा राखिएको रोशनको जुत्ता देखाउँदै कमलाले भनिन्, ‘उसको बचेका सम्झना भन्नु नै यिनै त हुन्। देख्दा मन भरिन्छ, तर जति रुन परेपनि फाल्न मन लाग्दैन।’

घरको बार्दलीमा रोशनले लगाउने जुत्ता राखिएका छन्। लामो समय भएका कारण जुत्ता खुइलिएको छ, तर स्वरुप भने हराइसकेको छैन। सानै उमेरदेखि लवाइखवाईमा सौखिन रोशन पढाइमा पनि अब्बल रहेको बताउँछिन् उनी। ‘कतै नजिकै निस्किनु छ भने पनि चिटिक्क भएर हिँड्थ्यो,’ उनले भनिन्, ‘पढाइमा पनि जेहेन्दार र चलाख थियो भनेर सरहरु भन्ने गर्नुहुन्थ्यो।’

‘१७ वर्ष भयो, सुत्न खोज्यो निद्रा लाग्दैन, मन शान्त छैन। फेरि तपाईंहरु पनि मेरो घाउ कोट्याउन आउनुभयो।' 

हिजोआज छोरा गुमाएको पीडा सँगसँगै देशले कोल्टे नफेरेकोमा पनि उनलाई उत्तिकै चिन्ता लाग्छ। उनलाई लाग्छ देश बन्यो भने मात्र रोशनजस्ताको प्राण त्यागले साँच्चै अर्थ राख्छ। देशको नेतृत्व वर्गमाथि उनको आश भने अझै कायमै रहेछ। ‘धेरै ढिला त भइसक्यो, तैपनि देश बनाउन उहाँहरुको ध्यान जाओस्’, नेताहरुप्रति कमलाको प्रश्न छ, ‘यदि तपाईंहरुका छोराछोरीको त्यो हालत भएको भए के हुन्थ्यो? आफ्नै छोराछोरी गुमाएको सोच्नुस् र काम गर्नुस्।’

०००

आमा कमलासँग कुरा गरिरहँदा रोशनकी हजुरआमा आडैमा बसेर सुनिरहेकी थिइन्। उमेरले ८२ वर्ष टेकेकी उनलाई नाम सोध्यौं, तर उनी आफ्नो नाम भन्न नमान्ने रहिछन्। अन्य प्रश्न सोध्न नपाउँदै उनले सोझै कुरा रोशनतर्फै मोडिन। तर, नातीको बारेमा केही पनि नसोध्न आग्रह गरिन्। खासमा उनलाई नातिका बारेमा कसैले पनि नसोधोस्, नभनोस् भन्ने लाग्दो रहेछ। ‘१७ वर्ष भयो, सुत्न खोज्यो निद्रा लाग्दैन, मन शान्त छैन। फेरि तपाईंहरु पनि मेरो घाउ कोट्याउन आउनुभयो’, रसिला आँखा पार्दै उनले भनिन्।

घटना र त्यसपछिको अवस्थाबारे हामीले रोशनका बुवा कृष्ण घिमिरेलाई पनि सोध्यौं। घटनाको दिन उनी भोजपुरको घोडेटारमा रहेछन्। जो उनीहरुको पुरानो घर थियो। कृष्ण उतै बस्ने गरेका थिए। रेडियो नेपालबाट साँझ सात बजेको समाचार सुनिरहेका उनको हातबाट अकस्मात् रेडियो भूइँमा खस्न पुग्छ। समाचारमा छोराको मृत्युको खबर सुनेका कृष्ण केहीबेर बेहोस हुन्छन्। होस फिरेपछि आडैमा रहेका छिमेकीले कारण सोधे तर, त्यो समय आफूले केही पनि भन्न नसकेको सम्झन्छन् उनी।

भोलिपल्टसम्म पनि घर नेपाली सेनाको घेराउमा थियो। जब कृष्ण घर पुगे, छोराको शव चिन्नसक्ने अवस्थामा थिएन।

केहीबेरपछि कृष्ण आफैंले कान्छो छोरो बितेको खबर सुनाएछन्। रोशन बितेको खबर एक कान दुई कान हुँदै घोडेटारभरि फैलिएछ। रात छिप्पिँदै थियो। तर, कृष्णलाई अँध्यारोको कुनै प्रवाह थिएन। किनकी उनको जीवनमै रात परेको थियो। ‘होस खुलेको केहीबेरमै म त्यहाँबाट इटहरीतर्फ लागेँ, तर साथमा कोही थिएन’, कृष्णले सम्झिए, ‘अरुण नदीको पुलमा राति ९ बजेदेखि बिहान ४ बजेसम्म गेट लाग्थ्यो, म पुग्दा गेट बन्द भइसकेको रहेछ। रातभर त्यहीँ बसेँ। बिहानको ४ बजे गेट खुल्ने बित्तिकै त्यहाँबाट हिँडे।’

कृष्णले बाटोभरी पटक–पटक छोराले भनेको कुरा सम्झिएको बताए। ‘उ भन्थ्यो– यो देशमा हामीले केही नगरे परिवर्तन हुँदैन, देश र जनताको हितमा हामीले संघर्ष नगरे कसैले गर्दैन’, कृष्णले त्यतिबेला रोशनले बनेका कुरा सम्झिए।

कतै होइन कि! बा रेडियोले गलत नाम पो भनेको थियो कि! अर्कै कोहीसँग नाम मिलेको पो हो की! कृष्ण रोशनका बुवा न थिए। छोरा गुमाएको सहजै विश्वास गर्न कहाँ मन मान्थ्यो र? कृष्ण भन्छन्, ‘मेरो छोरो नभइदिए हुन्थ्यो भन्ने सोच्दै म इटहरी आइपुगें।’ तर, घरसम्म आइपुग्दा उनका सबै सोच मिथ्या भइसकेका थिए।

भोलिपल्टसम्म पनि घर नेपाली सेनाको घेराउमा थियो। जब कृष्ण घर पुगे, छोराको शव चिन्नसक्ने अवस्थामा थिएन। प्रहरीले घर अगाडि नै रोशनको शव खाडल खनेर पुर्यो। छोराको त्यो अन्त्येष्टिको दृश्य कुनामा बसेर उनलाई हेर्नुको विकल्प थिएन। ‘छोराको किरिया गर्न बसेको बेला पनि किरियापुत्रीकै भेषमा तारेखमा जानुपथ्र्यो। यो सिलसिला एक वर्षसम्म चल्यो।’, निधार खुम्चाउँदै कृष्ण भन्छन्, ‘यो आतंककारीको घर भन्दै प्रहरी र सेनाले बारम्बार टर्चर दिन्थे। जेठो छोरा निकाल नत्र तलाईं नै समस्या पर्ला भनेर भन्थे।’

‘अझै यो देशले कति जनाको रगत खोजिरहेको छ, मलाई त थाहा छैन। नभए किन देश अझै समृद्ध बनेन त?’

अब कृष्णको घर प्रहरीको लागि निगरानी गर्ने प्रमुख थलो बनिसकेको थियो। तर, जेठो छोराको बारेमा सोध्दा घिमिरे परिवारका कसैसँग पनि फर्काउने जवाफ हुन्थेन। किनकी उनी बेपत्ता भएदेखि सम्पर्कमा आएका थिएनन्। ‘एकातिर दुबै छोरा गुमाउनको सन्ताप छ, अर्कोतिर प्रहरीको निरन्तरको निगरानी र केरकार, हामीले त्यतिबेला आफ्नो मानसिक सन्तुलन गुमाउन मात्रै बाँकी थियो’, कृष्णले स्मरण गरे।

हाल उनी सहिद परीवार समाज सुनसरीका अध्यक्ष छन्। सामान्य घटनामा मृत्यु भएकाहरु धेरैलाई ‘गोजीबाट सहिद घोषणा’ गरिएकोमा उनलाई चित्त बुझेको छैन। वास्तविक सहिदहरु ओझेल पर्ने र ‘नक्कली’ सहिदको नाममा राजनीति गर्ने प्रवृत्ति सच्चिनुपर्ने मत राख्छन् उनी।

‘यो देशका मेरो छोराजस्ता १७ हजारले बलिदान दिए।,’ श्रीमती कमलासँग मिल्दोजुल्दो हुनेगरी कृष्ण प्रश्न गर्छन्, ‘तर अझै यो देशले कति जनाको रगत खोजिरहेको छ, मलाई त थाहा छैन। नभए किन देश अझै समृद्ध बनेन त?’

घिमिरे परिवार अहिले पनि त्यही घरमा बस्छन्, जसमा रोशन जन्मिए र नामेट पनि भए। बम बड्किएको कोठा नै अहिले उनीहरुको भान्सा कोठा भएको छ। आमा कमला भन्छिन्, ‘भात खाँदा हरेक गासमा त्यही छोरालाई सम्झिन्छु। त्यही संकटकाल सम्झिन्छु।’

प्रकाशित मिति: बुधबार, माघ १६, २०७५  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’-अर्थमन्त्री वाग्ले
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
‘ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’-अर्थमन्त्री वाग्ले आइतबार, साउन १०, २०८३
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी आइतबार, साउन १०, २०८३
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति शनिबार, साउन ९, २०८३
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० शनिबार, साउन ९, २०८३
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने? शनिबार, साउन ९, २०८३
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्